ओसाकाको होटलमा युवतीको हत्या आरोपमा २९ वर्षीय युवक पक्राउ
जापान । जापानको ओसाकामा एक युवतीको हत्या गरेको आरोपमा प्रहरीले २९ वर्षीय एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मिए प्रिफेक्चरको योक्काइची सिटी निवासी युया मोरी रहेका छन्। प्रहरीका अनुसार शनिबार बिहान ओसाकाको चुओ वार्डस्थित नाम्बा क्षेत्रको एक होटल कोठामा २० वर्षको सुरुवाती उमेरकी युवती मृत अवस्थामा फेला परेकी थिइन्। घटनापछि प्रहरीले मोरीलाई डकैती तथा हत्या अभियोगमा पक्राउ गरेको हो। स्थानीय...
होर्मुज सङ्कटबिच जापान–यूएई सहमति, कच्चा तेल भण्डारण विस्तार गर्ने प्रतिबद्धता
जापान । जापानले संयुक्त अरब इमिरेट्स (यूएई) सँग आफ्नो भूमिमा यूएई कम्पनीहरूले राख्ने संयुक्त कच्चा तेल भण्डार विस्तार गर्ने सहमति प्राप्त गरेको छ। जापानका अर्थ, व्यापार तथा उद्योग मन्त्री र्योसेई अकाजावाले यसबारे जानकारी दिएका हुन्। अकाजावाले अबुधाबीमा यूएईका समकक्षी तथा जापानका विशेष दूत समेत रहेका सुल्तान अल जाबेरसँग भएको भेटमा यस्तो प्रस्ताव राखेका थिए। सो भेटमा दुवै पक्षले मध्यपूर्वको बिग्रँदो...
यस्ता ठगी गर्ने, अवाञ्छित गतिविधि गर्नेहरूलाई कारबाही गर्नु पहिलो शर्त हो
जापानमा “काम लगाइदिन्छु” भन्दै ठगी गर्नेहरूको बिगबिगी आजको समस्या होइन, धेरै पहिलेदेखि देखिँदै आएको विकृति हो। दुखद कुरा त के छ भने, विदेशी कामदारलाई सहजीकरण गर्न र लक्षित समुदायसम्म सहजै पुग्न भनेर कुनै कम्पनीले जागिरमा राखेका व्यक्तिहरूले(सबैले होईन केहिले)नै विदेशीहरूलाई ठग्ने, गलत बार्गेनिङ गर्ने र अनावश्यक रकम असुल्ने काम गर्ने गरेका छन्। खासगरी मानव संशाधन कम्पनीमा काम गर्नेहरू, अनि कम्पनीसँग...
जापानको नागानोमा एकै परिवारका तीन मृत फेला, हत्या–आत्महत्याको आशंका
काठमाडाैँ । जापानको नागानो प्रान्तमा एकै घरभित्र तीन जनाको शव फेला परेको छ। प्रहरीका अनुसार मंगलबार बिहान नागानो प्रान्तको अची गाउँस्थित एक घरमा ४० वर्षीया महिला, एक किशोर र एक किशोरी मृत अवस्थामा भेटिएका हुन्। नागानो प्रिफेक्चरल प्रहरीले दिएको जानकारीअनुसार सोही घरमा बस्ने एक किशोरले बिहान करिब ३ बजे प्रहरी चौकीमा पुगेर आफ्नी आमाले आफूलाई कुटपिट गरेको जानकारी दिएका थिए। त्यसपछि...

