काठमाडौं, १७ बैशाख । उत्तर कोरियाका कारण विश्वका शक्ति राष्ट्रहरुबीच तनाव बढ्दै गएपछि फ्रान्सको एक लडाकु जहाज सैन्य अभ्यासका लागि शनिबार जापान पुगेको छ ।
उत्तर कोरियाको पछिल्लो मिसाइल परीक्षणपछि स्थिति झन् तनावपूर्ण बन्दै गएको छ । यसका लागि जापान, फ्रान्स, अमेरिका र बेलायतले पहिलो सैन्य अभ्यास शुरु गर्न लागिरहेका छन् । यस सैन्य अभ्यासमा सहभागी हुनका लागि फ्रान्सको लडाकु विमान दक्षिण–पश्चिम जापान स्थित सासेबो नौसेना अडामा पुगेको छ । उत्तर कोरियाद्वारा शनिबार गरिएको मिसाइल परीक्षणपछि उसले अर्को पनि परमाणु परीक्षण गर्न सक्ने अनुमान लगाउन थालिएको छ । साथै अमेरिका र उत्तर कोरियाबीच दुरी बढ्दै गएपछि युद्ध हुनसक्ने भन्दै चीन र रुसले चेनावती दिइसकेको छ ।
रुस र चीनले युद्ध हुनसक्ने भन्दै चेतावनी दिइरहँदा जापान, अमेरिका, फ्रान्स र बेलायतले ३ मेदेखि प्रशान्त महासागरमा एक संयुक्त सैन्य अभ्यास शुरु गर्दैछन् । यस अभ्यास २२ मे सम्म चल्नेछ । यी चार देशका कुल सात सय सैन्य अधिकारी यस अभ्यासमा सहभागी हुँदैछन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार