जापान।आज दोस्रो दिन पनि जि सेभेन(G7) हिरोशिमा शिखर सम्मेलन निर्धारित तालिका अनुसार नै अघि बढिरहेको छ। विश्वका ७ शक्ति राष्ट्रहरुको सहभागिता र जापानको अध्यक्षतामा जारी हिरोशिमा सम्मेलनमा आज विश्व खाद्य सुरक्षा तथा आर्थिक वृद्धि एवं स्थिरताका साथै रसियाको आक्रमणबाट ध्वस्त तर युक्रेनको अवस्था,पुनर्निर्माण तथा आगामी कार्यदिशाका बारेमा वृहत छलफल गरि सामूहकि बिचार निर्माण जस्ता महत्वपूर्ण सेसनहरु सम्पन्न भएका छन् ।

आज,अरब लिगको शिखर सम्मेलनमा भाग लिन साउदी अरब आईपुगेका युक्रेनका राष्ट्रपती भेलोदिमिर जेलेन्स्कीको सहभागिता तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिको सकृय सहभागिता लगायतका विषयहरु विश्वभरका संचार माध्यमहरुमा अत्यन्तै महत्वका साथ प्रचार/प्रसार भईरहेका छन्।

यस सम्मेलनको दोस्रो दिनसम्म आईपुग्दा,सात राष्ट्रहरू र युरोपियन युनियनका अलवा एशिया-प्रशान्त देशहरू छन् – विशेष गरी भारत, इन्डोनेसिया, दक्षिण कोरिया, भियतनाम र अष्ट्रेलिया समेत सहभागी हुन आईपुगेका छन् ।

हिरोशिमामा जारी सम्मेलनमा युक्रेन युद्ध, चीनको बढ्दो प्रभुत्व र ताइवानमाथि बढ्दो खतरामा केन्द्रित भएको छ। यससँग सम्बन्धित आपूर्ति शृङ्खलाहरू, र आर्थिक तथा ऊर्जा सुरक्षाका समस्याहरू बारे आज महत्वपूर्ण छलफल भएका छन् । साथै, जि २० को अध्यक्षता गरिरहेको भारतले ग्लोबल साउथलाई विश्वव्यापीरुपमा शसक्त बनाउने तर्फ थप प्रयत्न गर्ने लगायतका विषयहरुमा बहस तथा प्रतिवद्दताहरु व्यक्त गरिएको छ ।

सम्बन्धित खबरहरु

जि सेभेन(G7) को बुझ्नुपर्ने रोचक पाटो,सदस्य राष्ट्र ७ वटा तर किन शिर्ष सहभागी संख्या ९ जना देखिन्छ त ?

आज युक्रेनका राष्ट्रपती जेलेन्स्की जापान आईपुग्ने,२१ तारिख जि ७ सम्मेलनमा भाग लिने

अमेरिकी राष्ट्रपति बाईडेनले शनिबार जापानमा क्वाड नेताहरुसंग भेट्ने

“म चाहन्छु कि त्यहाँ उभिएका गन्यमान्य मानिसहरुले त्यहाँ गुमेका

हज्जारौँ जीवनहरूको कल्पना गरुन् “- तोकुसो

जि ७ हिरोशिमा शिखर सम्मेलन सुरु,विश्वभरका शक्ति राष्ट्रका शिर्षस्थ नेताहरु जापानमा

जापान र बेलायतबिच रक्षा, स्वच्छ ऊर्जा तथा सेमीकन्डक्टर क्षेत्रमा ऐतिहासिक सम्झौता

अष्ट्रेलियामा हुने भनिएको क्वाड सम्मेलन पनि जापानको हिरोशिमा मै गरिने

 

 

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार