जापानमा न्यूनतम पारिश्रमिक थप बढ्ने, साना तथा मझौला व्यवसायलाई सरकारी सहयोग

टोकियो /जापान। जापान सरकारले न्यूनतम पारिश्रमिक वृद्धिबाट प्रभावित हुने साना तथा मझौला व्यवसायलाई आवश्यक सहयोग उपलब्ध गराउने भएको छ। सन् २०२६ का लागि जापानको औसत न्यूनतम पारिश्रमिक प्रतिघण्टा ५५ येनले बढाएर १ हजार १७६ येन पुर्‍याउने मापदण्ड तय गरिएको छ। नयाँ दर अघिल्लो वर्षको तुलनामा ४ दशमलव ९ प्रतिशत बढी हो। क्षेत्रअनुसार प्रतिघण्टा ५४ देखि ५६ येनसम्म वृद्धि गर्ने प्रस्ताव छ।...

जापानका नेपाली व्यवसायी टिका श्रेष्ठद्वारा बाढी प्रभावितका लागि २१ लाख येन सहयोग

टोकियो, जापान। जापानमा व्यवसाय गर्दै आएका नेपाली युवा व्यवसायी टिका श्रेष्ठले नेपालका बाढी तथा प्राकृतिक विपदबाट प्रभावित नागरिकहरूको राहतका लागि २१ लाख जापानी येन सहयोग गरेका छन्। जापानमा पूर्ण ट्रेन्डिङ सञ्चालन गर्दै व्यवसायमा आफ्नो पृथक पहिचान बनाएका श्रेष्ठले विपद्को कठिन समयमा प्रभावित परिवारलाई राहत पुर्‍याउने उद्देश्यले उक्त रकम सहयोग गरेका हुन्। श्रेष्ठद्वारा प्राप्त विवरणअनुसार आज( अगस्ट ३१मा) येहे रेमिट मार्फत २१...

नेपालका बाढी–पहिरो प्रभावितका लागि धादिङ समाज जापानद्वारा १० लाख ५० हजार येन सहयोग

टोकियो, जापान। नेपालमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले धादिङ समाज जापानले सञ्चालन गरेको ४८ घण्टे आर्थिक सहयोग अभियानबाट संकलित १० लाख ५० हजार येन नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाएको छ। नेपालमा बाढी–पहिरोबाट ठूलो जनधनको क्षति भएपछि धादिङ समाज जापानले जापानमा रहेका नेपाली समुदायमाझ छोटो अवधिको आर्थिक सहयोग...

नेपालका बाढी प्रभावितहरुको लागि तनहुँ समाज जापानले राहत कोष स्थापना गर्ने, तीजको दर खाने कार्यक्रम रद्द

टोकियो, जापान। नेपालमा हालै आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा सहयोगका लागि तनहुँ समाज जापानले राहत कोष स्थापना गर्ने निर्णय गरेको छ। विपद्को अवस्थालाई मध्यनजर गर्दै समाजले यसअघि आयोजना गर्ने तयारी गरेको तीजको दर खाने कार्यक्रमसमेत रद्द गरेको छ। तनहुँ समाज जापानका अध्यक्ष डा. भोजराज पन्थको अध्यक्षतामा बिहीबार, अगष्ट २७ मा बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो। बैठकले नेपालमा बाढीबाट...

बाढी–पहिरो प्रभावितका लागि धादिङ समाज जापानको ४८ घण्टे आर्थिक अभियान, संस्थाबाट ५ लाख येन सहयोग

टोकियो, जापान। नेपालका विभिन्न क्षेत्रमा आएको बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई राहत पुर्‍याउने उद्देश्यले धादिङ समाज जापानले ४८ घण्टे आर्थिक सहयोग अभियान सञ्चालन गर्ने भएको छ। अभियानको सुरुवात गर्दै समाजले संस्थाको तर्फबाट ५ लाख येन सहयोग गर्ने घोषणा गरेको छ। धादिङ समाज जापानका महासचिव सुशान्त बानियाँका अनुसार रसुवा, नुवाकोट र धादिङलगायत बाढी तथा पहिरो प्रभावित क्षेत्रका पीडितलाई सहयोग पुर्‍याउने उद्देश्यले...

धादिङ समाज जापानको बीबीक्यू र तीज कार्यक्रम स्थगित, बाढी प्रभावितका लागि ५ लाख येनसहित राहत संकलन गर्ने

टोकियो, जापान। धादिङ समाज जापानले हालको विपद् तथा आपत्कालीन अवस्थालाई मध्यनजर गर्दै पूर्वनिर्धारित बीबीक्यू तथा तीज कार्यक्रम स्थगित गरी बाढी प्रभावितको राहत तथा सहयोगमा केन्द्रित हुने निर्णय गरेको छ। समाजका अध्यक्ष विमल श्रेष्ठका अनुसार बिहीबार बसेको अनलाइन बैठकमा सहभागी पदाधिकारी तथा सदस्यहरूको सुझाव र छलफलपछि यसअघि आयोजना गर्ने भनिएको बीबीक्यू तथा तीज कार्यक्रम हाललाई स्थगित गर्ने निर्णय गरिएको हो। बैठकले यसअघि...

शून्यबाट जापानमा ‘सर्टिफाइड जाभा इन्जिनियर’ सम्म : श्री पौडेलको प्रेरणादायी यात्रा

जीवनमा स्थापित भइसकेको बाटो छोडेर फेरि शून्यबाट सुरु गर्नु सजिलो हुँदैन। त्यसमाथि नयाँ देश, नयाँ भाषा, फरक शिक्षा प्रणाली र पहिलेको भन्दा बिल्कुलै फरक पेशागत क्षेत्र रोज्नु अझ चुनौतीपूर्ण हुन्छ। तर स्पष्ट लक्ष्य, सिक्ने दृढता र निरन्तर मेहनत भयो भने नयाँ ठाउँमा पनि नयाँ पहिचान बनाउन सकिन्छ भन्ने उदाहरण बनेका छन्- पोखराका श्री पौडेल। नेपालमा रहँदा पौडेलको परिचय सूचना प्रविधिभन्दा फरक...

जापानमा ५ वर्षदेखि सेवा दिँदै आएको रेड बड ट्राभल्सको नेपालमा पनि शाखा विस्तार

काठमाडौं। जापानमा विगत पाँच वर्षदेखि ट्राभल तथा हवाई टिकटसम्बन्धी सेवा दिँदै आएको रेड बड ट्राभल्सले नेपालमा पनि आफ्नो शाखा सञ्चालनमा ल्याएको छ। कम्पनीले काठमाडौंको कान्तिपथबाट नेपाल शाखाको सेवा सुरु गरेको हो। रेड बड ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत नारायण रिमालका अनुसार नेपाल शाखाबाट संसारभरका गन्तव्यका लागि हवाई टिकट बुकिङसँगै विभिन्न देशका टुर प्याकेज उपलब्ध गराइनेछ। जापान, इन्डोनेसिया, माल्दिभ्स, युएई, भियतनाम, थाइल्यान्ड...

ब्लु ब्वाइज युनियनको प्रथम महाधिवेशन सम्पन्न, अध्यक्षमा मोहन कुँवर

ओसाका, जापान । जापानको ओसाकामा नेपाली युवाहरूको सामाजिक संस्था ‘ब्लु ब्वाइज युनियन’को प्रथम महाधिवेशन तथा दोस्रो वार्षिकोत्सव समारोह भव्य रूपमा सम्पन्न भएको छ। महाधिवेशनले मोहन कुँवरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। संस्थापक अध्यक्ष बासुदेव लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एनआरएनए जापान कान्साईका संयोजक भीम काउचा प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा जापानस्थित विभिन्न नेपाली सामाजिक संस्थाका प्रतिनिधि तथा समुदायका सदस्यहरूको...

अनेसास जापानको ८४औँ नियमित साहित्य शृङ्खला सम्पन्न, साहित्यकार सुष्मा ओमातालाई ‘दीर्घ साहित्य साधना सम्मान’

टोकियो/जापान। अनेसास जापानले टोकियोमा एक विशेष कार्यक्रमको आयोजना गरी आफ्नो ८४औँ नियमित साहित्य शृङ्खला सम्पन्न गरेको छ। अनेसासकी बोर्ड अफ ट्रस्टी सदस्य तथा अग्रज साहित्यकार एवं सितार वादक सुष्मा शाह ओमाताको ८४औँ वर्ष प्रवेश र संस्थाको ८४औँ शृङ्खलाको दुर्लभ संयोगको अवसर पारेर कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा सुष्मा ओमातालाई वहाँले नेपाली भाषा, साहित्य, कला र संस्कृतिको विकास र विस्तारमा...