लागु औषध कारोबारी युवती सहित ५ जना पक्राऊ

धनगढी : कैलाली प्रहरीले लागूऔषध ब्राउन सुगरको कारोवारमा संलग्न भएको आशंकामा एक युवतीसहित पाँचजनालाई पक्राउ गरेको छ। धनगढी उप-महानगरपालिका-१ को अदालत पछाडि लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा पाँचैजनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। पक्राउ पर्नेमा धनगढी उप-महानगरपालिका-१ का २२ वर्षीय समिर घिमिरे, २६ वर्षीय सौगात बोन सिजापती, २३ वर्षीय रोहित नेपाली, ३० वर्षीय रोशन सिंह र २० वर्षीया...

सुदूरपश्चिममा पुनः हिमपात शुरु, जनजीवन प्रभावित

बाजुरा । मौसममा आएको परिवर्तनसँगै सुदूरपश्चिमका अधिकांश उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । हिमपातले यहाँको जनजीवन प्रभावित बनेको छ । वर्षासँगै सुदूरपश्चिमका बाजुरासहित अछाम, डोटी, डडेल्धुरा, बझाङ, बैतडी र दार्चुला जिल्लामा बिहीबार हिमपात भएको हो । हिमपातसँगै जिल्लामा चिसो बढेको छ । बाजुराका गौमुल, हिमाली, स्वामीकार्तिक खप्तड छेडेदह गाउँपालिका र बडीमालिका नगरपालिकालगायतका क्षेत्रमा हिमपात भएको स्थानीयवासीले बताएका छन् ।...

अब भाडामा बस्नेको विस्तृत विवरण संकलन गरिने, यस्तो छ कारण !

काठमाडौं । सरकारले घर भाडामा दिने घरबेटी मार्फत भाडामा बस्नेहरुको विवरण खोज्ने तयारी गरेको छ । पछिल्लो समय राजधानी काठमाडौंसहित देशका मुख्य शहरी क्षेत्रमा भाडामा बस्नेहरु मार्फत आपराधिक गतिविधि बढेको निश्कर्षसहित सरकारले घरबेटीमार्फत नै घर भाडामा लिएर बस्नेहरुको विवरण खोज्ने तयारी गरेको हो । गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा मंगलबार गृह मन्त्रालयमा बसेको बैठकमा सो बारे छलफल भएको हो । गृहसचिव...

मृग वर्षको बिदाई र मुसा वर्षलाई स्वागत गरेर तमु ल्होसार मनाइँदै

काठमाडौं । गुरुङ समुदायले आज तमु ल्होसार मनाउँदैछन् । १५ पुसलाई नयाँ वर्ष मान्ने गुरुङ समुदायको परम्पराअनुसार आज तमु ल्होसार मनाउन लागिएको हो । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । यसवर्ष पुस १४ गते राति १२ बजे मृग वर्षलाई बिदाइ गरी मुसा वर्षलाई स्वागत गरिने तमुल्होसार मूलआयोजक समितिले...

सिसडोलमा फोहरबाट स्वास्थ्य र वातावरणमा असर छैन: नास्ट

काठमाडौं । काठमाडौँ उपत्यकाको फोहर विसर्जनस्थल सिसडोलमा फोहरका कारण स्थानीयवासीको स्वास्थ्य र यहाँको वातावरणमा नकारात्मक असर नदेखिएको पाइएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले यस क्षेत्रको वातावरणीय प्रभाव मूल्याङ्कनको अध्ययन र अनुसन्धान गरी सो क्षेत्रमा खासै समस्या नरहेको प्रतिवेदन आज सार्वजनिक गरेको छ । काठमाडौँ महानगरपालिकाले नास्टलाई दिएको जिम्मेवारीअनुसार नास्टले गत असोजदेखि दुई महिना लगाई सिसडोल क्षेत्रमा...

प्रेस रिभ्यू : ६ वर्षमै सुरुङै सुरुङ, अपराध कर्ममा कालाकोटे  

काठमाडौं । आज पुस १२ गते शनिबार काठमाडौँ उपत्यकाबाट प्रकाशित मुख्य दैनिक पत्रिकाले पोखरा र लुम्बिनी रेल आयोजना निर्माणको लागत अनुमानक एवं समसामयिक राजनीतिक तथा सामाजिक विषयलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा देखिएको विवाद एवं पैदलयात्रीका लागि असुरक्षित बन्दै गएको काठमाडौँ उपत्यकाकाको सडकको विषयले आज प्राथमिकता पाएको छ । ६ वर्षमा सुरुङ र आकाशे...

काठमाडौंको न्यूनतम तापक्रम १ डिग्रीभन्दा तल

काठमाडौं । उपत्यकाको न्यूनतम तापक्रम ० दशमलव ९ डिग्रीमा झरेको छ । काठमाडौंको अहिलेको तापक्रम भने १ दशमलव ५ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ । यसअघि बुधबार र बिहिबार क्रमशः २ २ दशमलव ९ डिग्री सेल्सियस र १ डिग्री सेल्सियस रहेको थियो । काठमाडौं उपत्यकाको तापक्रम दिनानुदिन घट्ने क्रममा रहेको छ । मौसमविद् विभूति पोखरेलका अनुसार...

प्रेम सापकोटाको ‘ जाले रुमाल’ले बजार ततायो, यस्तो छ गीत ( भिडियो)

टोकियो । जापानको व्यस्थतामा  पनि नेपाली गीत संगीतमा निरन्तर समर्पित , लोकप्रिय सर्जक तथा गायक प्रेम सापकोटा सोनुको आवाजमा रहेको  उत्कृष्ट गीत ‘जाले रुमाल’ लाई दर्शक श्रोताहरुले निक्कै मायाँ गरेका छन् । केहिदिन अघि  मात्रै सार्वजनिक भएको गितलाई धेरै दर्शक स्रोताहरुले अत्यधिक रुचाएका  छन् । प्रेम सापकोटा सोनु र शान्ता सुनारको आवाज रहेको सो गीतले माया प्रेमलाई विषय बनाएको छ ।...

हारुना ताल (榛名湖)को रात्रीकालिन सौन्दर्य, कान्तो क्षेत्रमा बस्नेहरु एक पटक पुग्न लायक ठाउँ( भिडियो)

गुन्मा । टोकियोबाट ९६ किलोमिटर ( चरा उँडाई जस्तो सिधा मापन गर्दा)उत्तरमा  रहेको, प्राकृतिक सुन्दरताले भरिएको प्रिफेक्चर हो गुन्मा । यो ठाउँ,  तातोपनी कुण्ड-ओनसेन( 温泉) तथा हिँउसंग सम्बन्धित खेल स्किई का लागि अत्यन्तै प्रसिद्ध छ । यो संगै,यस प्रिफेक्चरको केहि अग्ला पहाडहरु आकागी पहाड(赤城山)तथा हारुना पहाड( 榛名山)पनि पर्यटकीय दृष्टिकोणले लोकप्रिय छन । यहि मध्ये हारुना पहाडको काँखमा१४ सय मिटर उचाईमा...

जापानको एनएचके टेलिभिजनमा नेपाल चिनाउँदै केहि नेपालीहरु ( भिडियो सहित)

टोकियो । लामो समयदेखि जापान रहँदै आएका नेपालीहरुले, जापानको लोकप्रिय टेलिभिजनको एक स्पोर्ट्स कार्यक्रममा, नेपालमा कुनैपनि खेल हुँदा समर्थकहरुले खेलाडीहरुलाई कसरी प्रोत्सान गर्छन् भनेर देखाएका छन् । एनएचके टेलिभिजनको  लोकप्रिय कार्यक्रम ‘ सेखाई ओ ओउएन सिओउ(世界を応援しよう) नामक कार्यक्रमा, उनिहरुले नेपालको संझक्षिप्त परिचय संगै नेपालको खेल तथा खेलाडी प्रोत्सान सिकाएका हुन् । उक्त कार्यक्रममा, लामो समयदेखि जापान रहँदै,आएका दिलिप श्रेष्ठका साथ परिधी...