बोक्सीको आरोपमा वृद्धा दम्पतीमाथि निर्घात कुटपिट

मोरङ । बोक्सी र बोक्सा आरोपमा कुटपिट हुँदा मोरङको सुन्दरहरैंचा नगरपालिका ११ का वृद्धवृद्धा घाइते भएका छन् । ६० वर्षीय वृद्ध र उनकी श्रीमतीलाई एकै परिवारका चार सदस्यले कुछपिट गरेका हुन् । वृद्धा बेहोस भएर घटनास्थमै ढलेको प्रहरीले जनाएको छ । दुवै जनालाई उपचारका लागि नोबेल अस्पताल बेलबारीमा भर्ना गरिएको थियो । त्यसपछि वृद्धालाई विराटनगरको कोसी अस्पताल ल्याएर थप उपचार गरिएको...

०७२ भूकम्प सम्झनाः सबै सम्पदा पुनर्निर्माण गर्न १२ अर्ब लाग्ने

काठमाडौं, १२ बैशाख । भूकम्पले ध्वस्त देशभरका अधिकांश सम्पदाको पुनर्निर्माण कार्य भइरहेको छ । भूकम्पले क्षति बनाएका विश्वसम्पदा सूचीमा रहेका उपत्यकाका ७ क्षेत्रका १ सय ७३ मध्ये ८७ सम्पदा पुनर्निर्माण भइसकेका छन् । विश्वको ध्यान खिच्न सफल रानीपोखरी पुनर्निर्माणको क्रममा रहेको छ । हनुमानढोका दरबार क्षेत्रको काष्ठमण्डप र धरहरा पुनर्निर्माणको क्रममा रहेका छन् । चीन सरकारको सहयोगमा वसन्तपुरस्थित नौतले दरबार यो...

चार वर्षअघि भूकम्पमा ज्याए गुमाएका ३१ को अझै सनाखत भएन

काठमाडौं, १२ बैशाख । ०७२ सालमा भूकम्प गएको भोलिपल्ट त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभाग प्रमुख डा. प्रमोदकुमार श्रेष्ठले कार्यकक्ष वरिपरि शवै शव देखे । अनगिन्ति शवको पहिचान कसरी गर्ने ? यो चिन्तासँगै सनाखत गरी आफन्तलाई कसरी बुझाउने पोस्टमार्टम गर्ने चिकित्सकलाई चुनौती भयो । डा. श्रेष्ठ भन्छन्, ‘दाँतको अवस्था र डीएनए परीक्षणबाट पत्ता लगाएर शव जिम्म लगाइयो ।’ यसरी सनाखत गर्दा...

सावधान ! अनुहारको रौ हटाएर राम्री बन्न पार्लर पुगेकी यी युवती भइन् यस्तो कुरुप, भयो आधा अनुहार जलेर कालो

काठमाडौ । प्राय सबै महिलाहरुमा सुन्दर भएर हिड्ने चाहना हुन्छ । त्यसका लागी महिलाहरु विभिन्न कस्मेट्रिक चिजहरुको प्रयोग गरेर वा व्युटी पार्लर धाएर भएपनि सुन्दर र आकर्षक बनेर हिड्दछन् । तर पार्लरमा ट्रिटमेन्टमा भएको सानो गल्तीले राम्रो हुन खोज्दा कुरुप भएको थुप्रै उदाहरणहरु छन् । आज हामी त्यस्तै एक पछिल्लो उदाहरण बनेकी अस्ट्रेलियाकी एक युवतीको बारेमा कुरा गदै छौ...

वैदेशिक रोजगारीमा जाने नेपाली ३८ प्रतिशतले घट्यो

काठमाडौं । स्वदेशमा रोजगारीका अवसर सिर्जना भएको नदेखिए पनि वैदेशिक रोजगरीमा जानेको संख्या घटेको छ । गत साउनदेखि फागुनसम्मको तथ्यांक अनुसार वैदेशिक रोजगारीमा जानेको संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३८ प्रतिशतले घटेको वैदेशिक रोजगार विभागले जनाएको छ । नेपालीका लागि आकर्षक मानिएका अधिकांश गन्तव्यमा जानेको संख्या घटेको छ । पछिल्लो तथ्यांकअनुसार मलेसिया, कतार, साउदी अरब, बहराइन, ओमनमा कामको खोजीमा जाने...

सहरको फोहोर सिधै नदीमा !

बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल फागुन २ गते बुटवलको सडक सरसफाइमा जुटे, नालीमै पसेर फोहोर टिपे । उनीसँगै सरकारी उच्च अधिकारी तथा बुटवल नगरपालिकाका मेयर–उपमेयरसहितको टोलीले बिहानभरि संकलन गरेको फोहोर तिनाउ नदीको किनारमा लगेर फालियो । प्रदेश स्थापनाको अवसर पारेर सरकारले फागुन २ गतेदेखि सफा र स्वस्थ प्रदेश अभियानको सुरु गरेको छ । तर प्रदेश मुकाममै फोहोर...

श्रीलंका विष्फोटः मृत्यु हुनेको सङ्ख्या ३ सय नाघ्यो

बीबीसी । श्रीलंकामा गत आइतबार चर्च र होटलहरुमा भएका आठ वटा श्रृंखलावद्ध बम विष्फोटमा परी मृत्यु हुनेको संख्या तीन नाघेको छ । प्रहरीले विष्फोटमा परी पाँच सय मानिसहरु घाइते भएका जनाएको छ । श्रीलंकाका सरकारी अधिकारीहरुले अन्तर्राष्ट्रिय सञ्जालको सहयोगमा बम विष्फोट गराइएको दाबी गरिरहेका छन् । सरकारले विष्फोटमा नेशनल तौहीद जमात नामक स्थानीय चरमपन्थी समूहको हात रहेको बताइरहेको छ । तर अहिलेसम्म...

विवाहमा छुवाछुत र भेदभावः अगुवाले दक्षिणा दिए, भोज खाएनन्

रुपन्देही – जातीय छुवाछुतलाई फौजदारी अपराध मानेर मुद्दा र कारबाही चलाइने कानुनी प्रावधान भए पनि कानुनको उल्लंघन गर्दै समाजमा जातीय छुवाछुतका घटना दोहोरिरहेका छन् । त्यसैको पछिल्लो उदाहरण बनेको छ– रुपन्देही, शुद्धोदन गाउँपालिका–४ फर्साटिकरकी २२ वर्षीया आरती विकको विवाह समारोहमा उपस्थित कथित उपल्लो जाति भनिएकाहरुाबाट प्रदर्शित व्यवहार । बैशाख ५ मा भएको सो विवाह समारोहमा सहभागी हुन आएका राजनीतिक दलका कार्यकर्ता...

इन्जेक्सन लगाएर किशोरीमाथि ‘सामुहिक बलत्कार’

कैलाली, ८ बैशाख । कैलालीको घोडाघोडीकी १६ वर्षीया एक किशोरीमाथि ७ जनाको समूहले सामूहिक बलात्कार गरेको छ । उनीहरुले बैशाख १ गते किशोरीलाई घोडाघोडीको जंगलमा इन्जेक्सन लगाएर सामुहिक बलात्कार गरेका प्रहरीको भनाई छ । घटनाको विषयमा शनिबार जाहेरी परेपछि ६ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए। बलात्कारको आरोपमा घोडाघोडी नगरपालिका–१ का केशव भनेर चिनिने...

‘दाइजो’ महिलाको ‘काल’ बन्दै

वीरगन्ज, ८ बैशाख । तराई मधेसका महिलाहरु सुख सयलका साथ बाँकी जीवन बिताउने सपना सँगालेर आफ्ना पतिको घर अर्थात ‘ससुराल’ जान्छन् । तर कतिपय महिलाका लागि त्यही ससुराल ‘दहेज’कै कारण ‘काल’ बनेको छ । यस्तै खाले दुखद घटनको पछिल्लो उदाहरण बनेकी छन्, वीरगञ्ज महानगरपालिका, २३ प्रसौनी बिर्ताकी २८ वर्षीय अन्जुदेवी तात्वाँ । शुक्रबार दिउँसो सिर्सिया नदीमा अन्जुदेवीको शव जलाउन लागेको...