निप्पोरी गाईजको प्रथम अधिवेशन सम्पन्न,अध्यक्षमा भीम रायमाझी

टोकियो । १९ सदस्य कार्यसमिति गठन गर्दै निप्पोरी गाईज(Nippori  Guys)को प्रथम अधिवेशन सम्पन्न भएको छ । सिनओकुबोस्थित, सोलमारी मुरा हलमा शनिबार सम्पन्न अधिवेशनले, भीम रायमाझी को अध्यक्षतामा, औपचारिक कार्ससमिती गठन गरेको हो । संस्थाद्वारा प्राप्त जानकारीका अनुसार,अन्यपदाधिकारीहरुमा-उपाध्यक्षत्रय सागर लामा,सौगातजंग कार्की,र रबि लामा, महासचिवमा बसन्त मोक्तान,सचिवमा युवराज तामाङ्,कोषाध्यमा प्रज्ज्वल घिसिङ्(लामा), सह-कोषाध्यक्षमा अशोक लामा चयन भएका छन् ।  त्यस्तै, सदस्यहरुमा -हिमाल मोक्तान,सुमन...

दुर्घटनाले शोकमा डुब्यो कटुवाचौपारी गाँउ

पर्वत, १३ असार । तनहुँको आँबुखैरेनी गाउँपालिका–१, बरादीमा मंगलबार भएको दुर्घटनामा पर्वतको एकै परिवारका बाबुछोरीको मृत्यु र आमा गम्भीर अवस्थामा अस्पतालमा रहेपछि सिंगो गाउँ नै शोकमा डुबेको छ । मृतक कुश्मा नगरपालिका–९, कटुवाचौपारीका कमल लामिछानेका छिमेकी रामकृष्ण लामिछानेका अनुसार कमलका दाजु रोजगारीको सिलसिलामा कोरियामा तथा भाउजु छोरीका साथ सदरमुकाम कुश्मा बस्दै आएका छन् । कटुवाचौपारीको घरमा कमल र ५५ वर्षीया...

भारतले माल्दिभ्समाथि ‘नाकाबन्दी’ लगायो

दिल्ली, एजेन्सी । माल्दिभ्सको राजनीतिक नेतृत्व चीनतर्फ ढल्किएपछि भारत र माल्दिभ्सबीचको सम्बन्धमा पछिल्ला केही वर्षदेखि तिक्तता बढेको छ। दुई मुलुकबीचको सम्बन्धमा चिसोपन आएसँगै नयाँदिल्लीले टापु राष्ट्र माल्दिभ्समा निर्यात गर्दै आएको अत्यावश्यक सामग्रीको परिमाणमा कटौती गरी अघोषित नाकाबन्दी गरेको छ । भारतको डिरेक्टोरेट जनरल अफ फरेन ट्रेड (डिजिएफटी) ले माल्दिभ्स निर्यात गर्दै आएको धान, आलु, प्याज र दाल निर्यातमा आधाभन्दा बढी परिमाण...

उता खेलाडी दबाबमा, यता दर्शक तनाबमा !

काठमाडौं, ११ असार । संसार विश्वकपमय भइरहेको छ । खेलाडीहरू उता जति आवेगमा छन् । त्यति नै उत्सवी मुडमा छन् हेर्ने दर्शकहरू पनि । नेपाली दर्शकहरूलाई पनि विश्वकपले खानपिन र रामरमिताको माहौल दिएको छ । नेपाली फुटबलप्रेमीहरू रुसमा भइरहेको विश्वकपमा रातरातभरि अनिँदो बसेर, मासु–मदिरा खाएर र आपसमा बाजी राखेर रमाइरहेका छन् । आफ्नो टिमको विजय–पराजयमा मानसिक तनाव त छँदैछ । विश्वकपमा...

राजधानीका २३ डेरीका दूधमा कोलिफर्म सूक्ष्म जीवाणु !

काठमाडौं, ११ असार । राजधानीका २३ वटा प्रशोधित दूध डेरीका ३३ वटा ब्रान्ड (पाउच) मा मानव स्वास्थ्यलाई हानि पु¥याउने कोलिफर्म नामक सूक्ष्म जीवाणु फेला परेको छ । कृषिमन्त्री चक्रपाणि खनालको नेतृत्वमा १५ दिनअघि (जेठ २८) संकलन गरिएका ४२ वटा दूधका नमुनामध्ये ३३ वटामा हानिकारक जीवाणु फेला परेको छ । बबरमहलस्थित खाद्य तथा प्रविधिमातहतको केन्द्रीय प्रयोगशालाका अनुसार अन्तर्राष्ट्रियस्तरको खाद्य सुरक्षा व्यवस्थापन...

जन्म र मृत्युमा चामल दिने कार्यक्रम प्रभावहीन

कर्णाली, १० असार । सरकारले कर्णाली अञ्चलमा जन्म र मृत्युमा २० किलो चामल दिने कार्यक्रमअ लागू गरे पनि यसतप्रति स्थानीयको आकर्षण घट्दै गएको छ । कर्णालीका ५ जिल्लामा जन्मँदा र मृत्युका बेला परिवारलाई वितरण गर्ने चामल लिन स्थानीय नआएपछि कार्यक्रम प्रभावकारी बन्न नसकेको कारोबार दैनिकमा समाचार छापिएको छ । चालू आर्थिक वर्षका लागि यस शीर्षकमा छुट्याइएको ४ करोड रुपैयाँमध्ये २ लाख...

एनआरएन जापानले जुलाई ३ मा रोजगार सेमिनार गर्ने,नेपाली विद्यार्थीहरुलाई मौकाको फाईदा लिन आग्रह

टोकियो । जुलाई ३ तारिख टोकियोको आसागयामा नेपाली विद्यार्थी लक्षित वृहत रोजगार सेमिनार आयोजना हुनेभएको छ ।  गैर आवासीय नेपाली संघ (एनआरएनए )जापानले  जापानमा आई अध्यायन  सक्काएर कामको खोजीमा रहेका नेपाली बिध्यार्थीहरुलाई  लक्षित् गर्दै  “जब हण्टिङ्ग सेमिनार फर स्टुडेन्ट”(Job Hunting Seminar For Student) को आयोजना गर्न लागेको हो । जापानमा आई यहाँको प्राधिक विद्यालय तथा  विश्वविद्यालय को  पढ़ाई पुरा गरेर जागिरको...

मन्दिरमा दलित महिला पुजारी

काठमाडौं, ७ असार । छुवाछुत अपराध मानिए पनि देशका अधिकांश ठाउँका मन्दिरभित्र दलितको प्रवेश प्रत्यक्ष–अप्रत्इक्ष रुपमा रोक लगाइएको पाइन्छ । तर दाङमा यस्तो मन्दिर छ, जहाँ दलित महिला नै पुजारी छिन् । स्थानीयले मन्दिर निर्माण गरी दलित महिलालाई पुजारी राखेको नयाँ पत्रिकाको समाचारमा उल्लेख छ । उपल्लो जातका मानिस उनीबाटै आशीर्वाद लिन्छन् । तर कसैले पनि उनीसँग जातभात सोध्दैनन्...

प्राकृतिक विपतले जान्छ बर्सेनी ५ सयको ज्यान

काठमाडौं, ७ असार । प्राकृतिक विपतमा परी नेपालमा प्रत्येक वर्ष सरदर पाँच सयको ज्यान जाने गरेको छ । तथ्यांकअनुसार प्राकृतिक विपतबाट ०७३ मा चार सय ८३ को र ०७४ मा पाँच सय ९७ को मृत्यु भएको छ । यी दुई वर्षमा मुलुकभर ६ अर्ब ३० करोड ३ लाख १८ हजार तीन सय ४७ रुपैयाँ मूल्यबराबरको संरचना तथा सम्पत्ति क्षति भएको...

७४ प्रतिशत जारको पानी दूषित

काठमाडौं, ६ असार सर्वसाधारणले उपभोग गर्ने जारको पानीमा दिसामा पाइने जीवाणु (इकोलाई) भेटिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले गरेको अध्ययन परीक्षणमा करिब ७४ प्रतिशत जारको पानीमा उक्त जीवाणु फेला परेको कान्तिपुर दैनिकमा खबर छ । नाष्टका वरिष्ठ वैज्ञानिक अधिकृत भोजराज पन्तका अनुसार ५० ब्रान्डका जारको पानीको नमूना परीक्षण गरिएको थियो । त्यसक्रममा कोलिफर्मसँगै इकोलाई पनि फेला परेको...