डा. केसीको मस्तिष्कमा समस्या !
जुम्ला, ३१ असार । जुम्लामा पन्ध्र दिनदेखि अनशन बसिरहेका डा. गोविन्द केसीले औषधि प्रयोग गर्न नमान्दा उनलाई विभिन्न स्वास्थ्य समस्याले च्याप्दै लगेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । डा. केसीले औषधि लिएर अनशनमा बस्नुको कुनै अर्थ रहेन भन्दै स्वास्थ्य अवस्था गम्भीर भए पनि औषधि लिन नमानेका हुन् । डा. केसीलाई उधृत गर्दै उपचारमा संलग्नक डा. पुजन रोकायाले भने, औषधि लिएर अनशन...
यी साधानः प्रयोग गर्दैनन् किशोरकिशोरी !
काठमाडौं, ३१ असार । परिवार नियोजन लक्षित धेरै कार्यक्रम र योजना सरकारले ल्याए पनि किशोरकिशोरीमा यसको प्रयोग भने निकै कम पाईएको छ । जनचेतना कमी, गोपनीयता नहुने र वैदेशिक रोजगारका कारण उनीहरुमा यसको प्रयोग न्युन भएको हो । वैदेशिक रोजगारीका कारण नवविवाहित दम्पत्ती लामो समयसम्म छुट्टिएर वस्दा उनीहरुबीच योनसम्पर्क नहुँदा साधन प्रयोगमा युवाको तथ्यांक न्युन देखिएको विशेषज्ञ बताउँछन् । आजको कान्तिपुर...
अब श्रीमानले चाहे पनि सम्बन्ध विच्छेद
काठमाडौं, ३१ असार । अब श्रीमानले चाहे पनि सम्बन्ध विच्छेद हुने भएको छ । मुलुकी देवानी संहिता ऐन, २०७४ मा श्रीमानले चाहे पनि सम्बन्ध विच्छेद हुने व्यवस्था राखिएको आजको नेपाल समाचार पत्र दैनिकमा समाचार छ । यो संहिता आगामी भदौ १ गतेबाट लागु हुने छ । विद्यमान कानुनमा श्रीमतीले चाहे मात्रै सम्बन्ध विच्छेद हुने व्यवस्था छ । अब भने नयाँ...
दलितलाई पानी खुवाउँदा गाउँ निकाला
बाजुरा, ३१ असार । बाजुरामा दलितलाई पानी खुवाउँदा एक दम्पती विगत ६ वर्षदेखि गाउँबाहिर बस्नु परेको छ । बाजुराको हिमाली गाउँपालिका–२ नातिखोलाको एक परिवार गाउँनिकालाको उत्पीडन सहन बाध्य छ । साविकको रुगिन गाविसको कवाडी गाउँमा बस्दै आएका जयलाल बुढाको घरमा २०६९ सालमा एक जना दलित पसेर पानी खाएको गाउँलेले देखेका थिए । अछूतलाई पानी खुवाएको भनेर बुढा परिवारलाई अछूत भन्दै...
अस्पतालको शौचालयमा जन्मियो शिशु
सुनसरी, ३१ असार । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियाको स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नहुँदा स्थानीय २६ वर्षीया दौलतीकुमारी साहले शौचालयमा शिशुलाई जन्म दिएको छ । साहलाई प्रसव व्यथाले च्यापेपछि उनको मामाको छोरा दाजु रञ्जित कुमार साहले प्रसूति गराउन स्वास्थ्य चौकी लगेका थिए । तर स्वास्थ्यकर्मी भेटिएनन् । रञ्जित कुमारले भने, ‘ स्वास्थ्य संस्थामा कार्यालय सहयोगी मात्र थिए । म त के गर्नु...
जापानी महिलाहरुकाे छाला राम्रो र गोरो कसरी ? यस्ता छन् उपाय…
धेरै मानिसहरु गाेराेपना र मुलायम छालाकाे लागि धेरै थरीका फेयरनेस क्रिमहरु प्रयाेग गर्ने गर्छन् । यस्ता क्रिमहरुले त्यति मानिसहरुलाइ एकैछिनकाे लागि गाेराे देखाएपनि त्यसले विभिन्न साइड इफेक्ट पनि गर्न सक्छ । अाज हामी जापानकाे एक यस्ताे परम्परागत घरेलु विधि बताउन गइरहेका छाैं त्यसलाइ अपनाएमा तपाइले कुनै पनि फेयरनेस क्रिमहरुकाे प्रयाेग गरिराख्नु पर्दैन । हुनत जापानका मानिसहरु जन्मजात नै गोरो हुन्छन्...
अधुरै रह्यो छोरी मायाको पहिलो कमाइ खाने देउसराको सपना
कैलाली : २१ वर्षीय छोरी मायालाई सम्झदै आमा देउसरा बिक सामूहिक कार्यक्रममै भक्कानिन्। कैलालीको गौरिगंग नगरपालिका –११ कटाकी माया दलित समुदायबाट पहिलो एसएलसी उत्तिर्ण गर्ने किशोरी थिइन्। उनले एसएलसी पास गर्दा गाउँमा मिठाइ बडिएको थियो। मायलाई उच्च शिक्षा बढ्ने ठुलो धोको थियो, चरम गरिबीमा गुज्रिरहेको उनको परिवारमा त्यो सहज थिएनन्। उनलाई पढाउन मायाकी आमा कुबेत गइन्। जेनतेन गरेर माया एसएलसी उत्तिर्ण...
ऐँसेलु बेचेरै करोड आम्दानी
संखुवासभा, २९ असार । ऐंसेलु जंगलमा फल्छ । बटुवा वा गोठालोले टिपेर खाएमात्र यसको खपत हुन्छ नत्र झरेर जान्छ । अहिलेसम्म नेपालमा यसको व्यावसायिक खेती भएको सुनिएको छैन । तर ऐँसेलु बेचेर यो सिजनको २ महिनामा भने एकै गाउँका कृषकले १ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् । संखुवासभा टुटेको मकालु वाइन इन्डष्ट्रिजलाई ऐँसेलु बिक्री गरेर उनीहरुले करोड रुपैयाँभन्दा बढी...
मान्छेले खोलो मिचे, खोलोले मान्छे
भक्तपुर, २९ असार । भक्तपुरमा अविरल वर्षापछि आएको बाढी र पहिरोले ठूलो धन–जनको क्षति पु¥याएको छ । एकै परिवारका ३ जनाको मृत्यु भएको छ । वस्तीहरु जलमग्न हुँदा खाद्यान्न र लत्ताकपडा भिजेर बिजोग भएको छ । यो २५ वर्षयताकै ठूलो बाढी हो । ०५० मा हनुमन्ते खोलामा बिहीबार बिहानको जत्तिकै बाढी आएको मध्यपुर ठिमी नगरपालिकाका प्रशासकीय अधिकृत कमल ज्ञवालीलाई कोट...
बाढीमा फसेका दुईको उद्धार : उपत्यकामै तीनको मृत्यु
काठमाडौं: बाढीका कारण खोलामा भसेका दुई जनाको उद्धार गरेर काठमाडौं ल्याइएको छ। काभ्रे नमोबुद्ध नगरपालिका ६ स्थित रोशी खोलामा फसेका दुई युवकलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेस थापाले बताए। भक्तपुरमा घरले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ। यसबाहेक अहिलेसम्म देशभर बाढीका कारणले कुनै पनि मानविय क्षति नभएको एसएसपी थापाले बताए। बाढीका कारण प्रभावित जिल्लाहरुमा...

