जापानमा ६.१ रेक्टर स्केलको भूकम्प
टोकियो । जापानमा सोमबार बिहान भूकम्प गएको छ । ओसाका केन्द्र बिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको हो । बीबीसीले भूकम्पमा परी अहिलेसम्म ३ जनाको मृत्यु र दर्जनौं घाइते भएको जनाएको छ । भूकम्पबाट ओसाका सँगै टोकियो, ह्योगोलगायतका स्थान प्रभावित भएको जनाएको छ । जापानको प्रकोप व्यवस्थापन विभागले ओसाका र यस नजिकका जिल्लाहरु होयोगो र क्योटोमा गरी ४० जना घाइते भएको...
हिले वर्षाको पानी प्रयोग नगर्न र नभिज्न विज्ञको सूझाव
काठमाडौं, ३ असार । के तपाईहरुले आकासे पानी संकलन गरेर पानीको गर्जो टार्दै आउनु भएको छ ? त्यसो हो भने सावधान अब त्यस्तो कहिल्यै नगर्नुहोला ? कारण पछिल्लो केही दिन यता परेको हिले पानीको प्रयोगले झाडाबान्ता, टाइफाइड, जन्डिसजन्य महामारीको साथै छाला र आँखाको समस्या निम्ताउने खतरा पनि हुन्छ । शुक्रबार रातिदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा परेको हिलोसहितको पानी भने...
अनिल पत्नी चिन्दैनन्, सञ्जुदेवी पति
रौतहट, १ असार । चन्द्रपुर नगरपालिका–८ का अनिल मल्लिकलाई पत्नीको नाम थाहा छ तर चिन्दैनन् । ६ वर्षीय नाबालक अनिलको विवाह भएकै तीन वर्ष बित्यो । पत्नीको नाम पनि अभिभावकले घोकाएर स्मरण भएको हो । उनलाई पत्नी माइतमा छिन् भन्ने पनि अभिभावकले सिकाए । उनी भन्छन्, ‘मेरी पत्नी किरणदेवी हो, उनी माइतीमा छिन् ।’ तीन वर्षको हुँदा अभिभावकले पथरा टोलकी...
आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गर्ने श्रीमान जेलमा
ताप्लेजुङ, १ असार । आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गर्ने श्रीमानलाई तीन वर्ष जेल सजाय सुनाइएको छ । जिल्ला अदालत ताप्लेजुङका न्यायाधीश कृपासुर कार्कीले बुधबार श्रीमानलाई ३ बर्ष कैद सजाय र ५० हजार क्षतिपूर्ती दिलाउन आदेश दिएको आजको कान्तिपुर दैनिकमा समाचार छापिएको छ । पीडक श्रीमानले बयानका क्रममा आफ्नो जायजेथा नभएको बताएपछि उनको जायजेथा भए त्यसैबाट र नभए सरकारबाट पीडितलाई ५०...
फोन रेकर्डले प्रहरीबीचमै शंका
काठमाडौं, १ असार । सनम शाक्य हत्या र साढे ३३ किलो सुन गायब प्रकरणमा प्रहरी अधिकारीबीचको संवाद रेकर्ड बाहिरिएपछि त्यसले अनेक शंका उब्जाएको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोली धरान जानुअघि तत्कालीन प्रहरी निमित्त महानिरीक्षक बमबहादुर भण्डारीसँग एसएसपी दिवेश लोहनीले दोहोरो कुराकानी गरेका थिए । आवश्यक परे गोली नै चलाउन निर्देशन दिएको छु भनेर भण्डारीसँग आदेश लिएका लोहनीले वार्तालापको...
मन्त्रीकै अनुगमन तयारीमा प्रधानमन्त्री ओली
काठमाडौं, १ असार । प्रधानमन्त्री कार्यालयको पुर्नसंरचनासँगै प्रधानमन्त्री केपी ओलीले मन्त्रालयहरुको कार्यसम्पादन थप प्रभावकारी रुपमा अनुगमन गर्ने भएको छ । मन्त्रालयको कार्यसम्पादनको अनुगमन, अन्तरमन्त्रालय र विभागहरुबीच सहजीकरण तथा समन्वय नयाँ ढंगले अघि बढिरहेको प्रधानमन्त्री कार्यालयका प्रवक्ताको भनाईलाई समेट्दै आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । समाचार अनुसार गुनासो सम्बोधनका निम्ति प्रधानमन्त्री ओली एप्समार्फत पनि जनतासँगै जोडिँदै छन् । ...
मलेसियामा नेपाली–नेपालीबीच कुटपिट, पर्वतका नसिवले ज्यान गुमाए
पर्वत, ३० जेठ । मलेसियामा नेपाली नेपालीबीचको कुटपिटमा परि पर्वत घर भएका किशोर केसी (नसिब) को मृत्यु भएको छ । आफ्नै साथीहरुको कुटपिटबाट मलेसियामा ज्यान गुमाएका पर्वतका तीन साता बितिसक्दा पनि शव नेपाल आउन सकेको छैन । लामो समयसम्म पनि शव नेपाल आइनपुगेपछि परिवारले छोराको शव नेपाल झिकाइदिन अपिल गरेका छन् । पर्वतको मोदी गाउँपालिका–५ बाजुङ धमिलपानी गाउँका २२ वर्षीय...
जडिबुटीमा ट्रिपरमाथि आगजनी, सडक अबरुद्ध
काठमाडौं, ३० जेठ । काठमाडौं जडिबुटीमा ट्रिपरमाथि स्थानीयले आगजनी गरेका छन् । ट्रिपरले स्कुटरलाई ठक्कर दिएपछि आक्रोशित स्थानीयले आगजनी गरेको महानगरीय प्रहरी प्रभाग, कोटेश्वरले जनाएको छ । ट्रिपरमाथिको आगजनीसँगै सडक अबरुद्ध बनेको छ । महानगरीय ट्राफिक महाशाखाका अनुसार दुर्घटनापछि स्थानीयले सडक अबरुद्ध गरेका कारण पेप्सिकोला, कोटेश्वरबाट र लोकन्थलीबाट जडिबुटीतर्फ जाने सवारी साधनहरु प्रभावित भएका छन् । प्रहरीका अनुसार बा ४ ख...
वरिष्ठ कलाकार भीमबहादुर थापाको निधन
काठमाडौं, ३० जेठ । वरिष्ठ कलाकार भीम बहादुर थापाको निधन भएको छ । कलाकार थापाको ९२ वर्षको उमेरमा बुधबार बिहान दुई बजेतिर उनको निधन भएको हो । उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि प्रज्ञाभवनमा राखिएको थियो । स्वर्गीय थापाको आजै पशुपति आर्यघाटमा थापाको अन्तिम संस्कार गरिएको छ । थापाले झण्डै एक सयवटा चलचित्र र टेलीचलचित्रमा अभिनय गरेका छन् । वि.सं. १९८३ असार...
एनआरएनए महिला फोरम जापानद्वारा महिला स्वास्थ्य समस्या न्युनिकरणका लागि विशेष सेमिनारको आयोजना गरिने
टोकियो । जापानमा रहेका महिला दिदीबहिनीहरुको बढ्दो स्वास्थ्य समस्या न्युनिकरणमा एनआरएनए महिला फोरम जापानले पहल गर्ने भएको छ । जापानमा बढ्दो नेपालीहरुको संख्यासंगै स्वास्थ्य समस्याहरु पनि बढिरहेको छ, त्यसमा पनि महिला दिदीबहिनीहरुको समस्या अझ बिकराल बन्दै गईरहेको अवस्थामा यो कार्यक्रम गर्न लागिएको संयोजक सबिता श्रेष्ठले जानकारी दिनुभयो । एनआरएनए महिला फोरम जापानले जापान सरकारको वडाकार्यलयहरुबाट गरिने स्वास्थ्य जाँच र सुबिधा बारे...

