‘भुँडे सैनिक’लाई बढुवा निषेध

काठमाडौं, २८ जेठ । सैनिकहरुको भुँडी लाग्यो भने के हुन्छ ? नेपाली सेनामा कार्यरत सैनिक अधिकारीहरु हुन् भने अब बढुवा रोकिन्छ अनि शान्ति मिसनबाट पनि नाम हटाइन्छ । मोटोपना र दुब्लोपना अत्यधिक भएमा त्यस्ता सैनिक अधिकारीहरुको बढुवा रोकिने मात्रै होइन, शान्ति सेनालगायत स्वदेश तथा विदेशमा हुने तालिमबाट समेत उनीहरु वञ्चित हुनेछन् । सैनिक मुख्यालयले आफ्ना सैनिकको स्वास्थ्य स्थितिलाई दृष्टिगत गर्दै...

डा. उपेन्द्र देवकोटाको स्वास्थ्य स्थिर

काठमाडौं, २६ जेठ । स्वास्थ्य समस्या भोगिरहेको डा. उपेन्द्र देवकोटाको स्वास्थ्य स्थिर रहेको न्युरो अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. बसन्त देवकोटाले बताएका छन् । डाक्टर देवकोटाको अनुसार डा. उपेन्द्रलाई भेन्टिलेटरबाट बाहिर निकालिएको छ । तर डा. देवकोटालाई अहिले पनि आईसीयुमै राखिएको छ छ । पित्तथैलीको क्यान्सरबाट पीडित देवकोटाको काठमाडौंको बाँसबासीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । उनलाई बेलाबेलामा रोगले च्याप्ने...

सय रुपैयाँ नतिर्दा हत्या !

काठमाडौं, २५ जेठ । अहिलेको समयमा एक सय रुपैयाँले ठूलो गर्जो टर्दैन । तर, सय रुपैयाँकै लेनदेन विवादमा कलैया उपमहानगरपालिका १२ विश्वम्भरपुरका एक वृद्धले ज्यान गुमाउनुपरेको छ । स्थानीय मैनेजरप्रसाद साहले अर्का स्थानीय मख्खन साहको पम्पिङ सेटबाट आफ्नो खेतमा सिँचाइ गरेका थिए । त्यसवापत उनले मख्खनलाई सय रुपैयाँ तिर्न बाँकी थियो । मख्खनले बुधबार साँझ मैनेजरसँग पैसा मागेपछि विवाद भएको थियो...

युवालाई बाँदर समात्ने  जागिर !

पर्वत, २४ जेठ । बाँदरले बाली सखाप पारेको गुनासो चुलिएपछि पर्वतको महाशिला गाउँपालिकाले बजेटै छुट्याएर नियन्त्रण गर्ने योजना अघि सारेको छ । गाउँपालिकाको दोस्रो गाउँसभाले मंगलबार बाँदर नियन्त्रणको संकल्प प्रस्तावसहित ३० लाखको योजना पारित गरेको आजको कान्तिपुर दैनिकमा समाचार छापिएको छ । सबै वडामा बाँदर आतंक बढेको भन्दै जनप्रतिनिधिले नियन्त्रणका लाडि हस्ताक्षरसहित गाउँसभामा संकल्प प्रस्ताव पेश गरेका थिए । गाउँसभामा बाँदर...

नारायणगढ–मुग्लिङ सडकखण्ड पुरै कालोपत्रे, दैनिक हुने बन्द हट्यो

चितवन जेठ २३ । नारायणगढ–मुग्लिङ सडकखण्डको ३३.२ किलोमिटर कालोपत्रेले जोडिएको छ । मंगलबार राति १२ बजे चेपाङ्ग डाँडाको घुम्तीको ६० मिटर सडकमा पहिलो तहको कालोपत्रे गरेपछि सबै सडक कालोपत्रेले जोडिएको हो । अब सडकखण्डमा कहिँ पनि खाल्डाखुल्डी, धुलो र हिलोको समस्या हुने छैन । यससँगै सडक निर्माणका लागि भन्दै विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म ६ घण्टा गरिएको बन्द आजबाट हटाइएको...

एउटै कोठामा पाँच कक्षा सम्मको पढाईं

काठमाडौं, २३ जेठ । प्रदेश २ सरकारले ‘बेटी बचाऊँ, बेटी पढाऊँ’ अभियानअन्तर्गत आठ जिल्लामा सात सय साइकल वितरण गर्ने भएको छ । मुख्यमन्त्रीको पहिलो प्राथमिकतामा यो अभियान रहेकाले यसलाई सफल पार्न साइकल खरिद गरी वितरण गर्ने तयारी रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । माध्यमिक तहमा अध्ययनरत छात्रालाई साइकल वितरण गर्न लागिएको छ । ५० देखि १ सय थानसम्म पर्ने...

ठगी आरोपमा जेल परेका बस्नेत धरौटीमा रिहा

भक्तपुर, २२ जेठ । विभिन्न कम्पनीका नाममा १ अर्ब ६० करोडभन्दा बढी ठगी गरेको आरोपमा थुनामा रहेका व्यापारी सुधीर बस्नेतलाई भक्तपुर जिल्ला अदालतले धरौटीमा रिहा गरेको छ । सहकारीको निक्षेप ठगी आरोपमा २०७३ साल पुस १३ गते धापासीस्थित घरबाट पक्राउ परेपछि काठमाडौँ र भक्तपुर जिल्ला अदालतले जेल सजाय सुनाएपछि उहाँ डिल्लीबजार सदरखोरमा सजाय भोगिरहेका थिए । यसअघि काठमाडौँले २ वर्ष कैद...

गोरेका प्रमुख सहयोगी तिवारी पक्राउ

काठमाडौं, २२ जेठ । गायब भएको साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याका मुख्य योजनाकार चुडामणि उप्रेती गोरेका प्रमुख सहयोगी रामकुमार तिवारी पक्राउ परेका छन् । पक्राउ परेका तिवारी दक्षिण कोरियाबाट फर्के लगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेको एसएसपी बसन्त लामाले बताए । तिवारी मे २१ मा कोरिया गएर मंगलबार फर्किएका हुन् । काभ्रेका तिवारीलाई समितिका सदस्य भिष्म हुमागाईको...

हेडमास्टरमाथि बली दिने प्रयास गरेको आरोप

नवलपरासी, २२ जेठ । नवलपरासीमा हेडमास्टरमाथि सुन पाउने अन्धविश्वासमा छिमेकी महिलालाई बली दिने प्रयास गरेको आरोप लागेको छ । नवलपरासीको प्रतापपुर गाउँपालिका ३, अमुवास्थित न्यू गोल्डेन लाइफ इंग्लिस स्कुलका संचालक तथा प्रिन्सिपल हरेन्द्र शर्मामाथि छिमेकी फूलमती मुसहरलाई बली दिने प्रयास गरेको आरोप लागेको हो । यसका लागि उनले विद्यालय परिसरभित्रै ४ फिट गहिरो डेढ फिट लम्बाई र चौडाईको खाल्डो खनेका थिए...

अब ९८ दिन सुत्केरी बिदा !

अब सरकारी, गैरसरकारी तथा निजी संघसंस्थामा कार्यरत महिलाले सुत्केरी हुनुअघि र पछि गरी कम्तीमा ९८ दिन बिदा पाउने भएका छन् । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार व्यवस्था गर्न बनेको विधेयकमा महिलालाई ९८ दिनसम्म तलबसहितको प्रसुति बिदा दिन प्रस्ताव गरिएको छ । कुनै गर्भवतिलाई उक्त विदा अपुग भए स्वास्थयकर्मीको परामर्शबमोजिम थप एक महिना तलबसहितको अतिरिक्त बिदा पाउने व्यवस्था गर्नुपर्नेछ, विधेयकमा छ...