यी हुन् मोबाइल नबोक्ने ‘भिआइपी’

काठमाडौं, १५ बैशाख । एक्काइसौँ शताब्दीमा मानिस प्रविधिविनाको जिन्दगीको कल्पना पनि गर्न सक्दैनन् । नयाँ प्रविधिसँग मानिस आफूलाई व्यस्त बनाउन चाहन्छन् । कम्प्युटर, मोबाइल, ट्याबलगायतका प्रविधिले मानिसलाई यति धेरै सुविधा दिलाइदिएको छ कि जतिवेला पनि ऊ त्यसमै रमाइरहेको छ । प्रविधिको सबैभन्दा सजिलो उत्पादन मोबाइल त अहिले मानिसको दैनिक जीवन नै भइसकेको छ । मानिस हरपल मोबाइलमा गफिइरहेको हुन्छ,...

बर्सेनि ज्यान गुमाउछन् यार्सा टिप्नेहरु

चैनपुर, १५ बैशाख । बहुमूल्य बुटी यार्सागुम्बा टिप्ने सिजनको सुरुवातमै यस बर्ष जिल्लाको साइपाल गाउँपालिका ३ का २० बर्षीय भीमबहादुर बोहराको हिमाली क्षेत्र फराल खेतमा हिउँले पुरिएर यसै साता मृत्यु भयो । यसपालि यार्सा टिप्न जादा ज्यान गुमाउने उनी पहिलो हुन् । आठ नौ बर्षको उमेरमा अभिभावकहरुसँग यार्सा टिप्न गइरहने बोहरा यार्सा पाइने ठाउँमा हेरफेर गर्न जाँदा हिमपहिरोले पुरिएपछि बितेका हुन्...

शनिबार र आइतबार पनि वर्षा हुने

काठमाडौँ, १४ वैशाख । तुलनात्मक रुपमा मौसमी गतिविधि सक्रिय हुनाका साथै सतही रुपमा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले नेपालमा बदली र वर्षा गराएको छ । उक्त जलवाष्पयुक्त हावाका साथै भारतको उत्तर प्रदेश र विहार आसपास क्षेत्रमा न्यूनचापीय क्षेत्र विकास भएका कारण बदली र वर्षा गराएको मौसमविद् सुवास रिमालले जानकारी दिए । उनका अनुसार अहिले पश्चिमी भेगमा पूर्ण बदली तथा...

यी चिनियाँ नागरिक मगन्ते कि पर्यटक ?

काठमाडौं, १४ बैशाख । उपत्यकाका सडक र सार्वजनिकस्थलमा नेपाली र भारतीय मगन्ते देखिनु–भेटिनु नौलो होइन । केही समययता उपत्यकामा चिनियाँ मगन्तेसमेत भेटिन थालेका छन् । चिनियाँ गीत–संगीत, सारङगी र अन्य वाद्यवादन बजाउँदै–सुनाउँदै पैसा मागिरहेका अवस्थामा चिनियाँ भेटिने गरेका छन् । सर्वसाधारणको बाक्लो चहल–पहल हुने काठमाडौंको वसन्तपुर, रत्नपार्क, बालाजु, ललितपुरको जावलाखेललगायतका स्थानमा २÷३ जनाको समूह र कतै भने एक्लाएक्लै पनि पैसा...

सरकारले १३ अर्ब नतिर्दा गुठी संस्थान थला

काठमाडौं, १३ बैशाख । धर्म, संस्कृति र सम्पदा संरक्षणको जिम्मेवारी लिएर बसेको गुठी संस्थानलाई सरकारले वर्षौंदेखि झन्डै १३ अर्ब रुपैयाँ तिरेको छैन । सरकारले संस्थानलाई हालसम्मको १२ अर्ब ६२ करोड, ५ लाख, ७९ हजार ५ सय ६४ रुपैयाँ तिर्न–बुझाउन बाँकी छ । सरकारले लामो समयदेखि गुठीको सम्पत्ति सित्तैमा उपभोग गरिरहेको छ । सबैभन्दा धेरै रकम जनकपुरका सरकारी कार्यालय र संघसंस्थाले गुठी...

बाग्लुङ समाज जापानद्वारा खेलाडीहरू हरूलाई नगद पुरस्कार सहित सम्मान

टोकियो । बाग्लुङ समाज जापान को आयोजनामा नेपालबाट अन्तराष्ट्रीय तेक्वान्डो खेलमा सहभागी हुन आएका खेलाडीहरू लाई सम्मान तथा बिदाई कार्यक्रम गरिएको छ। मंगलबार टोकियोमा गरिएको उक्त कार्यक्रममा,  समाज का अध्यक्ष सिद्धार्थ श्रेष्ठको सभापतित्व तथा प्रवासी नेपाली मंचका कार्यबहाक अध्यक्ष बाबुराम भन्डारीको प्रमुख आतिथ्यताका साथ,  एन आर एन जापानका प्रबक्ता पर्शु बस्नेत, अन्तराष्ट्रीय नेपाली समाज जापान का अध्यक्ष एवं चितवन समाज...

‘सरखार, गरिपलाई पनि हेर्नू ’

सिन्धुपाल्चोक । भूकम्प गएको तीन वर्षमा सिन्धुपाल्चोक बाह्रबिसेका बिकमान थामीको टहरामा सम्झनलायक तीन दृश्य देखिए । पहिलो दृश्य–चुनावकोः १० जनाको परिवार भएको बिकमानसँग केही भोट छन् । फरकफरक पार्टीका नेता उनको टहरामा आए । घर बनाइदिने बाचा गरे । भोट हालेर स्याँस्याँ गर्दै फर्किए बिकमान । केही दिनपछि सडकमा विजय जुलुस निस्कियो । मोटरसाइकल र पँजेरोको आवाजले बिकमानको टहरामा आउने...

उस्तै छ, भुकम्पले भत्काएको जीवन…

ललितपुर, १२ बैशाख । ललितपुर छम्पीका काइँला सिङ्तानको परिवार अझै जस्ताको साँघुरो टहरामा बसिरहेको छ । टहराभित्र हरेक बर्खामा पानीको भेल पस्छ । जाडोमा शीत झर्छ । उनकी पत्नी काइँली सिङ्तान दुखेसो पोख्छिन्, साना बच्चालाई चिसोमा कसरी जोगाउनु ? बर्खेभेल टहरोमा पस्दा कहाँ राख्नु ? २०७२ वैशाख १२ गते अगाडि सिङ्तान परिवारको जीवन ठीकठाक चलिरहेको थियो । तर तर जव १२...

६ हजार प्रहरी एकैपटक सरुवा हुँदै

काठमाडौं, ११ बैशाख । प्रहरी महानिरीक्षकमा बढुवा भएपछि सर्वेन्द्र खनालले संगठनमा लामो समयदेखि सुविधासम्पन्न र लाभ हुने ठाउँमा बस्दै आएका जवानदेखि अधिकृतहरूको नामावली संकलन तीव्र पारेका छन् । महानिरीक्षक खनालले लामो समयदेखि तल्लो तहमा रोकिएको बढुवासमेतको फाइल उठाउन निर्देशन दिएपछि कर्मचारी प्रशासन महाशाखाले तयारी तीव्र बनाएको हो । तीन वर्षदेखि तल्लो तहको बढुवा रोकेका तत्कालीन प्रहरी महानिरीक्षकहरू उपेन्द्रकान्त अर्याल, र...

कतारमा ४२७ नेपाली अलपत्र

काठमाडौं । कतारको हमाद विन खालिद विन हमाद डब्लुएलएल एचकेएच कम्पनीमा कार्यरत ४ सय २७ नेपालीसहित १२ सय विदेशी कामदार अलपत्र परेका छन् । यो कम्पनी कतारी राजपरिवारका सदस्य शेख हमाद विन खालिद विन हमाद विन अल थानीको हो । कतारका महत्वपुर्ण परियोजना बनाउने जिम्मा लिएको एचकेएनले आफ्ना कामदारलाई तलब दिन नसकेको कान्तिपुर दैनिकमा खबर छ । उनीहरुको ४ महिनादेखि ७...