गज्जबको रेष्टुरेन्टः तपाईं पेटभर खानुस्, पैसा अर्कैले तिरिदिन्छ
भारतको गुजराँतस्थित अहमदावादमा यस्तो रेष्टुरेन्ट छ जहाँ तपाइँ आफूले चाहेको खाना अर्डर गर्न र खान सक्नुहुन्छ, तर त्यसको पैसा तिर्नुपर्दैन । रकम अरु कसैले चुक्ता गरिसकेको छ । अतिथि देवो भवः को भावनामा चलिरहेको छ, त्यो रेष्टुरेन्ट । गुजराती सेवा क्याफे नामक उक्त रेष्टुरेन्टमा दिउँसो र बेलुकाको खाना तपाइँ सित्तैमा खान सक्नुहुन्छ, उपहारको रुपमा । कुनै अन्जान मानिसले तपाइँलाई भोजन...
अल्सर बिग्रिए ज्यानै जान सक्छ , थाहा पाइराख्नुस अल्सरका सात लक्षण, बच्ने उपायसहित
पेटमा अल्सर हुनु मात्र दुखाई मात्रै होइन, निकै खतरनाकसमेत सावित हुन सक्दछ । यो समस्या थाहा पाउने बित्तिकै यसको उपचार सुरु गर्नु जरुरी हुन्छ । अन्यथा यसले आन्द्राको क्यान्सर पनि जन्माउन सक्छ । पेटको अल्सर अर्थात पेटमा हुने छाला वा यस्तो घाउ जुन फोका बनेपछि हुन्छ । यसप्रकारको समस्या अक्सर खानपानमा गलत परिवर्तनका कारण उत्पन्न हुने गर्दछ, जुन कहिलेकाँहि घातक...
महिलाले नै भत्काए छाउ गोठ
अछाम, २१ चैत । स्थानीय महिलामा आएको जनजागरणसँगै जिल्लामा छाउपडी गोठ भत्काइदै छन् । मेल्लेख–७ नन्देगडामा महिलाकै सक्रियतामा यस्ता गोठ भत्काइएको छ । गाउँ–गाउँमा महिनावारी हुँदा बस्नका लागि घरदेखि टाढा एकान्तमा यस्ता गोठ देख्न सकिन्छ । कतिपय गाउँका यस्ता गोठ भत्काइसकिएको छ भने कतिपय गाउँमा भत्काउनका लागि मतो मिलाउने काम भइरहेको छ । महिनावारी भएका बेला घरदेखि टाढा बस्नु ठिक नहुने निष्कर्षसहित...
यसवर्षको कोरियन भाषा परीक्षाका लागि ८२ हजारको आवेदन
काठमाडौं, १९ चैत । यसवर्षको कोरियन भाषा परीक्षाका लागि ८२ हजार भन्दा बढीले आवेदन दिएका छन् । सन् २०१९का लागि कोरिया जान भाषा परीक्षा दिन ८२ हजार २ सय ६४ जनाको आवेदन परेको छ । यो वर्ष गतवर्षभन्दा झण्डै ७ हजार बढी युवाले कोरिया जानका लागि आवेदन भरेका हुन । गतवर्ष ७५ हजार ५ सय ८० युवाले कोरिया जान फारम...
आमाको उपचारको लागि पैसा लिएर आएका छोरा बाटोमै यसरी लुटिए
विराटनगर, १९ चैत । बिरामी आमाको उपचारका लागि सुनसरीबाट रकम लिएर विराटनगर आउँदै गरेका एक युवा विराटनगरमै लुटिएका छन् । लुटेराहरुले पीडितको साथबाट मोटरसाइकल र ५० हजार नगद लिएर फरार भएका छन् । बिरामी भएर कोशी अञ्चल अस्पतालमा भर्ना गरिएकी आमाको उपचारका लागि नगद ५० हजार लिएर विराटनगर आउँदै गरेका सुनसरी देवानगन्ज २ का २४ बर्षीय वीरेन्द्र यादवलाई लुटेराहरुले कुटपिट गरी...
महिला नै मलामी जान बाध्य
म्याग्दी, १८ चैत । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको बेली गाउँमा कसैको मृत्यु भयो भने मलामी जानका लागि महिलाको लर्को लाग्ने गरेको छ । गाउँका प्रायः सबै घरका युवा वैदेशिक रोजगारीका लागि विदेश गएपछि मगर र दलित समुदायको बाहुल्यता रहेको बेली गाउँ युवाविहीन छ । गाउँमा रहेका केही पुरुष पनि दैनिक ज्याला मजदुरीका लागि अन्यत्रै हिँडेपछि गाउँमा वृद्धवृद्धा र महिला मात्र...
एसईई परीक्षा दिन गएका किशोरीहरु बलात्कृत
काठमाडौं । सूर्यप्रकाश मावि पलैंटे सुर्खेत पढेकी गौरीकला रोकाया एसईई परीक्षा दिन विद्याज्योति मावि बाबियाचौर आइन् । घरदेखि २ घण्टा टाढाको अर्को विद्यालयमा परीक्षा केन्द्र निर्धारण भएपछि उनको परिवारले बाबियाचौरमै कोठा खोजे । कोठामा उनी एक्लै बस्थिन् । तीन विषयको परीक्षा दिइन् । तर चौथो परीक्षा दिनु अगावै मंगलबार डेरामै मृत फेला परिन् । बलात्कारपछि हत्याको आशंकामा प्रहरीले अनुसन्धान...
१६ वर्षीया किशोरीको सामूहिक बलात्कारको शिकार
काठमाडौं, १६ चैत । पर्वतको छमर्केमा मेला भर्न गएकी १६ वर्षीया किशोरी सामूहिक बलात्कारमा परेकी छिन् । मेला भरेर घर फर्कन बस कुरिरहेको अवस्थामा लिफ्ट दिने नाममा होटलमा पु¥याएको र मदिरा पिलाएर बलात्कार गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । सँगै रहेकी किशोरीले भागेर प्रहरीलाई खबर गरेपछि घटनामा संलग्न ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कुश्मा–१, सहस्रधाराका २३ वर्षीय शिशिर...
चोरीको आरोपमा मुम्वईमा नेपाली युवा पक्राउ
सुर्खेत, १६ चैत । भारतको मुम्बई थाने भन्ने स्थानबाट २७ लाख चोरेको आरोपमा एक नेपाली युवालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराह गाउँपालिका–३ तरंगा सुर्खेतका ३० वर्षीय कर्णबहादुर शाही रहेका छन् । उनलाई सुर्खेत प्रहरीले यही चैत १३ गतेका दिन पक्राउ गरेको हो । भारतीय प्रहरीले इन्टरपोलमार्फत आरोपित शाहीलाई बुझेर सहयोग गर्न अनुरोध गरेपछि उनलाई समातिएको जिल्ला...
डिप पोलिटिकल लभ:नविना र प्रविण
अनेरास्ववियुकी अध्यक्ष नवीना लामा विवाह बन्धनमा बाँधिने तय भएको छ । अनेरास्ववियुकै पूर्वकेन्द्रीय सदस्य प्रवीण श्रेष्ठसँगको १४ वर्ष लामो प्रेमसम्बन्धलाई नवीनाले वैशाखको पहिलो साता विवाहमा परिणत गर्न लागेकी छिन् । काभ्रे, मादनकुँडारीकी नवीना तथा काभ्रे, पाँचखालका प्रवीणबीच फागुनको दोस्रो सातामा नै विवाह हुने कुरा तय भएको थियो, तर अन्तिम समयमा नवीनाका हजुरबुवाको निधन भएपछि उनीहरूको विवाह वैशाखमा सारिएको हो...

