कपिलको टेलिभिजन शो बन्द
मुम्बई । कमेडियन कपिल शर्माको फ्यानका लागि दुःखको खबर छ । लामो समयदेखि विवादमा रहेको कपिल शर्माको ‘फेमिली टाइम विथ कपिल शर्मा’ नामक टेलिभिजन शो सधैंका लागि बन्द हुने भएको छ । समाचार एजेन्सीले उल्लेख गरेअनुसार सोनी च्यानलले ३ एपिसोड प्रसारण गरेपछि कपिलको शो बन्द गर्ने निर्णय गरेको हो । ‘कपिलको अब्यवसायिक रवैयाको कारण च्यानलले कार्यक्रम बन्द गर्ने निर्णय गरेको’...
अप्रिल २९ मा टोकियोमा सामुहिक बेल विवाह
टोकियो । नेवा अन्तर्राष्ट्रिय फोरम जापानको आयोजनामा यही अप्रिल २९ मा दोस्रो पटक सामुहिक बेल विवाह (ईही) को आयोजना गरिने भएको छ । दुई वर्ष अगाडी सातजना बालिकाहरूको सामुहिक बेल विवाह सफलता पुर्वक आयोजना गरेको यस संस्थाले यसवर्ष पनि कार्यक्रमलार्इ निरन्तरता दिन लागेको हो । जापानमा नेवारहरूको जनसंख्या बढेसँगै नेवारहरूलाई संगठित गरी आफ्नो कला संस्कृति, रिति रिवाजलाई मनाउन कार्यक्रमको आयोजना...
पानी बचाउने सजिलो तरिका छ– मासु खान छाडिदिनुस् !
मनेका गान्धी, भारतीय महिला तथा बाल विकास मन्त्री भारतीय सिंचाइ विभागमा एउटा शब्दावली प्रयोग गरिन्छ ‘डार्क जोन’ । यसले यस्तो क्षेत्रलाई जनाउँछ जहाँ कतै पनि ट्युबेल गाड्दा पानी आउँदैन । किनकि यी स्थानमा पानीको स्तर ५०० फुटभन्दा पनि तल गइसकेको छ । बितेको दस वर्षमा धेरै क्षेत्र ‘डार्क जोन’ बने । दस वर्ष अघिसम्म पानीले भरिपूर्ण बिलसन्डा क्षेत्र ‘डार्क जोन’मा...
देवर भाउजु, नन्द भाउजु र साली भिनाजु सिस्नु हानाहान गर्ने पर्वको रौनक
अछाम। नयाँ वर्ष नजिकिँदै गर्दा सुदुरपश्चिममा बिसु पर्वको रौनक शुरु भएको छ । नयाँ वर्षको पहिलो दिनलाई धुमधामका साथ बिसु पर्वका रुपमा मनाउने चलन छ । बिसु पर्व विशेषगरी सुदुरपश्चिमका सात वटा पहाडी जिल्लामा मनाइन्छ । अछाम, डोटी, डडेल्धुरा, बझाग, बाजुरा र बैतडीमा यो पर्व वैशाख १ गते मनाउने प्रचलन छ । देवर भाउजु, नन्द भाउजु र साली भिनाजुले एक आपसमा...
आफ्नै शुक्रकिट प्रयोग गरी ११ महिलालाई गर्भवती बनाए यी डाक्टरले
काठमाडौं । क्यानडामा एक डाक्टरले आफ्नो शुक्रकिटको अनधिकृत प्रयोग गरी ११ जना महिलालाई गर्भवती बनाएका छन् । फर्टिलिटी अर्थात् प्रजनन सम्बन्धी ती डाक्टरले आफूकहाँ सन्तानलाभको उपचारका लागि आउने महिलाहरुलाई उनीहरुका लोग्नेको अनुमति तथा जानकारी विना नै आफ्नो शुक्रकिट प्रयोग गरी गर्भवती बनाएको आरोप लागेको छ । नर्मन बारविन नामका डाक्टरले त्यसो गरेर ११ जना महिलालाई गर्भवती बनाई ११ वटा बच्चाका जैविक...
कहिले आउला मेलम्चीको पानी ?
काठमाडौं, २८ चैत । ‘पाइपभित्र विभिन्न फोहोर जमेका हुन सक्छन् । स्वास्थ्यमा असर गर्ने खालका कीटाणु पनि पाइपमा हुन सक्छन् । ट्रिटमेन्ट गर्न समय लाग्छ । त्यसबाहेक उपभोक्ताका घरघरमा जोडिएका प्रत्येक पाइपमा मिटर जडान गर्न बाँकी छ । यसका लागि मात्रै ३ महिनाभन्दा धेरै समय लाग्ने देखिन्छ,’ परियोजना कार्यन्वयन निर्देशनालयका प्रमुख तिरेश खत्रीले भने । बहुप्रतीक्षित मेलम्ची खानेपानीको साढे २७...
अब राजधानीमै कर्णाली
काठमाडौं २५ चैत । राजधानीमै कर्णालीको सभ्यतासहित कला, संस्कृति, सम्पदा एकसाथ हेर्न पाइने भएको छ। भक्तपुरको पलाँसेस्थित काठमाडौं फन भ्यालीभित्र ‘कर्नाली ढुकुरी’ संग्रहालय सञ्चालनमा आएपछि राजधानीमै बसेर कर्णालीको अवलोकन गर्न पाइने भएको हो। कर्णाली अञ्चलका दुई सय ७८ वर्ष पुराना सम्पदा र दक्षिण एसियाली देशका यस्तै संस्कृति, सभ्यता र सम्पदालाई समेटेर संग्रहालय सञ्चालन गरिएको छ। करिब १५ वर्षको प्रयासपछि यो...
थाह छ, जोन अब्राहमको बाहुबली ज्यानको राज !
करिब एक दशकदेखि बलिउडमा सक्रिय अभिनेता जोन अब्राहम शानदार बडी भएका फिट अभिनेतामा गनिन्छन् । वर्कआउट गर्नेबाहेक फिट र बोल्ड ज्यानका लगि उनले ‘भेजिटेरियन डाइट’ लिने गरेका छन् । वर्कआउटका क्रममा जोन बाइ सेप्सका लागि विशेष मेहनत गर्छन् । वर्कआउटपछि ज्यानलाई सामान्य अवस्थामा ल्याउन उनी २०–२५ मिनेट दौडिने गर्छन् । उनी आफू भेजेटेरियन भएको बताउँछन् । मासु कहिल्यै सेवन गर्दैनन् ।...
साबधान ! यसकारण बढ्दैछ पुरुषको स्तन
पुरुषहरुमा, खासगरी युवाहरुमा छातिमा स्तनको आकार बढ्नुमा तेलको प्रभाव रहेको एक शोधले देखाएको छ । खासगरी लावेन्डर तथा चियाको तेलमा हुने रसायनका कारण युवाहरुमा स्तनको आकार बढिरहेको अध्ययनको निष्कर्ष छ । तेलमा हुने ८ प्रकारका रसायनले पुरुषको शरीरमा हर्मोनसँग प्रतिक्रिया गरी स्तनको आकार बढाउँछ । पुरुषमा स्तनको आकार असामान्य हुनुलाई गाइनेकेमस्टिया भनिन्छ । एस्ट्रोजेन हर्मोनका कारण पुरुषमा स्तनको आकार ठूलो हुन्छ...
चीनले बनाउँदैछ यस्तो होटल : १७ तला जमिनमुनि, २ तला पानीमुनि (फोटो फिचरसहित)ड
चीनले हालै विश्वको सबैभन्दा भव्य, ठूलो तथा अत्याधुनिक अन्तर्राष्ट्रिय विमानस्थल बनायो, राजधानी बेइजिङमा । चीनको कीर्तिमानीको यो रफ्तार यत्तिमा मात्र रोकिनेवाला छैन । अब छिटै अर्को आश्चर्यजनक तथा कीर्तिमानी भौतिक संरचनाले पुनः अन्तर्राष्ट्रिय सञ्चार माध्यममा चर्चा कमाउँदैछ । चीनको सांघाइमा एउटा यस्तो होटल बन्दैछ जसलाई डिप पिट होटेल अर्थात् गहिरो खाल्डोको होटेल भन्दा पनि हुन्छ । यो होटल निकै ठूलो हुनेछ ।...

