बागलुङ समाज जापानको ५ औँ अधिवेशन जनवरी १९ हुने

टोकियो/जापान। बागलुङ समाज जापानको ५ औँ अधिवेशन आगामी जनवरी १९ तारिखमा हुने भएको हो। गत नोभेम्बर २४ मा समाजका अध्यक्ष यमकान्त कँडेलको अध्यक्षतामा बसेको बैठकले अधिवेशनका लागि मिति तय गरेको प्रवक्ता रामू खत्रीले जानकारी दिए । अधिवेशनबाट नयाँ नेतृत्व चयन र समाजका आगामी दिनमा गर्ने भावी कार्ययोजनाहरु पनि तय गर्नेछ।अधिवेशन भब्य रुपमा सम्पन्न गर्नका लागी सबै तयारी थालिएको प्रवक्ता खत्रीले बताए...

यो वर्ष हालसम्म टोकियो महानगरका केहि पार्क नजिकै वेश्यावृत्तिमा संलग्न ८८ जना पक्राउ परेका छन्

टोकियो/जापान। जापानको राजधानी टोकियोको सिन्जुकु वार्डको ओकुबो पार्क नजिकैबाट जनवरीदेखि गत नोभेम्बरसम्म कुल ८८ जना महिला तथा किशोरीहरुलाई वेश्यावृत्तिमा संलग्न भएको अभियोगमा पक्राउ गरिएको महानगरीय प्रहरी विभागले जनाएको छ। जापानमा कायम वेश्यावृत्ति विरोधी कानून अन्तर्गत गरिएका गिरफ्तार गरिएको बताईएको छ। जापानको राजधानी टोकियोका कतिपय स्थानहरुमा यस्ता वेश्यावृतिमा संलग्न हुनेहरुको जमात बढिरहेको पछिल्ला घटनाहरुले पुष्टि गरेको समाचारहरुमा जनाइएको छ । प्रहरी अधिकारीहरूले...

टोकियोमा जापानवासी नेपाली विज्ञहरूद्वारा समृद्धिका लागि अनुभव साटासाट

टोकियो/जापान। शैक्षिक तथा व्यावसायिक क्षेत्रमा उच्च अहोदामा कार्यरत जापानवासी नेपाली विज्ञहरूको एक कार्यक्रम “नेपाल र नेपालीको समृद्धिका लागि अनुभव साटासाट” कार्यक्रम सम्पन्न भएको छ। डिसेम्बर १ तारिख, आइतबार, टोकियोस्थित एशियाली विकास बैंक इन्स्टिट्युट (ADBI) को सभाहलमा आयोजित कार्यक्रममा नेपाली प्राध्यापक, चिकित्सक, इन्जिनियर, अर्थशास्त्री, समाजशास्त्री तथा विभिन्न विधामा स्नातकोत्तर र विद्यावारिधिको अध्ययन गर्ने विद्यार्थीहरूको उत्साहजनक सहभागिता थियो। कार्यक्रमका प्रमुख अतिथि जापानका लागि...

१४ औँ नेपाल फेस्टिवलको अवसरमा टोकियोमा सामाजिक अभियन्ता दीपक बाबु नेपाल सम्मानित

टोकियो/जापान। जापानमा डेड दशकदेखि सामाजिक क्षेत्रमा क्रियाशिल अभियान्ता दीपक नेपाल सम्मानित भएका छन् । नेपाललाई गत नोभेम्बर ३० देखि डिसेम्बर १ तारिखसम्म नेपाली दूतावास जापान, गैरआवासीय नेपाली संघ जापान र नेपाल आदिवासी जनजाति महासंघ जापानले टोकियोमा आयोजना गरेको १३ औँ नेपाल फेस्टिवलको अवसरमा सम्मान गरिएको हो। दीपक नेपाल जापान आयोजना हुने हरेक कार्यक्रमहरु सफल बनाउन आफ्नो दिलो ज्यानले लाग्ने गर्दछन् ।...

जापानमा माईनम्बर कार्डको प्रयोगको दायरा विस्तार,तपाईले बनाउनु भयो त ?

टोकियो/जापान। जापान सरकारले जापानका सबै बासिन्दाका लागि माई नम्बर कार्ड प्रयोगको दायरामा ल्याउने लक्ष्य राखेको छ। यस वर्षको अक्टोबरको अन्त्यसम्ममा कुल ९ करोड ४४ लाख ९० हजार मानिसहरुलो माईनम्बर कार्ड बनाएको सरकारी तथ्यांकले देखाएको छ। यो संख्या जापानको कुल जनसंख्याको ७५.७ प्रतिशत हो । सन २०१६ बाट जारी गर्न सुरु भएको माईनम्बर कार्डलाई सरकारले आफ्ना सम्पूर्ण नागरिकहरु (जापानमा बसोवास गर्ने विदेशी...

जापानी भाषा वक्तृत्व कला प्रतियोगितामा मेलिना सिंह ठकुरी प्रथम, १ लाख येन नगद सहित प्रमाणपत्रद्वारा सम्मानित

टोकियो/जापान। जापानमा रहेका नेपाली विद्यार्थी हरुको भाषागत सुधार ल्याउने उदेश्य सहित डिसेम्बर १ तारीख आईतबारका दिन जपानको राजधानी टोकियोमा आयोजित नेपाल फेस्टिवलमा भएको जापानी भाषा वक्तृत्व कला प्रतियोगितामा मेलिना सिंह ठकुरी प्रथम भएकी छिन् । नेपाली विद्यार्थी समाज जापानले संचालन गरेको उक्त कार्यक्रम,खुम बहादुर रावल द्वितीय र विष्णु लामासे तृतीय स्थान हासिल गरेको आयोजक संस्था नेपाली विद्यार्थी समाजा जापानका महासचिव...

आजबाट जापानमा नयाँ स्वास्थ्य बिमा कार्ड जारी नगरिने,माईनाहोकेन्स्यो पूर्णरुपमा कार्यन्वयन

टोकियो/जापान। माई नम्बर कार्ड र स्वास्थ्य बीमा कार्डलाई एकिकृत गरिएको ‘माइना होकेन्स्यो कार्ड’ को प्रयोगलाई प्रवर्द्धन गर्न सरकारले आज २ तारिखदेखि नयाँ स्वास्थ्य बीमा कार्ड जारी गर्न बन्द गर्ने भएको छ । यदि तपाईले अझै माईना होकेन्स्यो बनाउनुभएको छैन र तपाईको ईन्स्योरेन्स कार्डमा डेट छ भने हालको यो कार्ड एक वर्षसम्म प्रयोग गर्न जारी राख्न सक्नुहुनेछ। साथै सरकारले माईना होकेन्स्यो...

जापानी प्रधानमंत्री इसिबाद्वारा कम्पनीहरुलाई तलव बढाउन दबाब,सन २०२९ सम्म प्रति घण्टा औसत ज्याला १५ सय पुर्याउने लक्ष

टोकियो/जापान। जापानी प्रधानमन्त्री इसिबा सिगेरुले कम्पनीहरूलाई कामदारहरूको तलब वृद्धि जारी राख्न आह्वान गरेका छन् ।इसिबा सरकारले स्थिर मुद्रास्फीति र आर्थिक वृद्धिलाई सुरक्षित गर्न खोजेको छ । जसको लागि बढ्दो लागतलाई पनि प्रतिक्रिया दिनुपर्नेछ । इशिबाले श्रमिक संघ र व्यवसायी नेताहरुसँगको भेटपछि भने, “यस वर्षको गतिलाई बलियो बनाउन अर्को वर्षको ज्याला वार्तामा उल्लेख्य ज्याला वृद्धिका लागि सहयोगको गर्न आग्रह गरेको छु।”...

यहि मंसिर १५ गतेबाट आयोजना हुने नेपाल प्रिमियर लिगले क्रिकेट प्रेमीहरुमा छाएको खुशी

नेपाल क्रिकेट संघ (क्यान)ले यहि मंसिर १५ गतेबाट पुस ६ गतेसम्म आयोजना गर्न गइरहेको एनपिएलले नेपाली क्रिकेट जगत र फ्यानहरुमा छुट्टै किसिमको खुसि र उत्साह प्रदान गरेको छ्। विगत लामो समय देखि घरेलु लिगका प्रतियोगिताहरु नभएको कारण पनि यतिबेला एनपिएलको प्रथम संस्करलाई निकै महत्त्व र नेपाली क्रिकेट खेलाडीहरुको भविष्यको रुपमा पनि हेरिएको छ। प्रतियोगिताका हरेक खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय...

जापानमा ग्राहक उत्पिडन(カスハラ) को स्पष्ट परिभाषा सहित, कम्पनीहरुमा अनिवार्य सुरक्षा अप्नाउनुपर्ने कानून बनाउन पहल

टोकियो। जापान। जापानको स्वास्थ्य तथा श्रम मन्त्रालयले हालै “कस्टमर ह्यारास्मेन्ट” (カスタマーハラスメント) अर्थात् ग्राहकद्वारा गरिने अनावश्यक दवाव र दुर्व्यवहारको परिभाषा स्पष्ट गर्दै यसका विरुद्ध कम्पनीहरूले अनिवार्य सुरक्षा उपाय अपनाउनुपर्ने कानून बनाउन पहल सुरु गरेको छ। कस्टमर ह्यारास्मेन्टका कारण जापानमा हालसम्म हज्जारौँ कामदारहरूको मानसिक स्वास्थ्यमा नकारात्मक असर पारी नियमित काम गर्नै नसक्ने अवस्थामा पुगेका उदाहरणहरु छन् । श्रम मन्त्रालयद्वारा नयाँ प्रस्तावित नियमहरू...