जापानमा ७८% मानिसहरु चिन्तित महसुस गर्ने सरकारको सर्वेक्षण,तपाई पनि चिन्तित हुनुहुन्छ की ?
टोकियो/जापान। शुक्रबार जारी एक सरकारी सर्वेक्षणले देखाए अनुसार जापानमा ७८.२ प्रतिशत मानिसहरु चिन्तित महसुस गर्ने गर्दछन् । सरकारले सन १९८१ बाट सुरु गरेको यस्तो वार्षिक सर्वेक्षणमा यति धेरै मानिसहरुले चिन्ता व्यक्त गरेको यो पहिलो पटक हो । यस सर्वेक्षणमा अनलाईन मार्फत ३ हजार मानिसहरुले सहभागिता जनाएका थिए, जसमा उनीहरूले आर्थिक स्थिति, भविष्यको अनिश्चितता, र सामाजिक सम्बन्धका समस्या लगायतका विषयमा आफ्नो...
जापानमा नोभेम्बर महिनामा मुद्रास्फीति २.७% बढ्यो
टोकियो/जापान। नोभेम्बर महिनामा जापानको मुद्रास्फीति दर २.७ प्रतिशतले वृद्धि भएको छ। यो वृद्धिले जापानी अर्थतन्त्रका लागि नयाँ चुनौती प्रस्तुत गरेको छ। मूल्य वृद्धिमा मुख्य योगदान खाद्यान्न, ऊर्जा, र आयातित वस्तुहरूको उच्च लागतलाई दिइएको छ। जापान सरकारद्वारा जारी उपभोक्ता मूल्य सूचकांक (CPI) को तथ्यांकले यो वृद्धिको संकेत गरेको हो। सामान्यतया, बैंक अफ जापान (BOJ) ले मुद्रास्फीतिको दर २ प्रतिशतको लक्ष्य राख्ने...
जापानमा ६ जना नेपाली विद्यार्थीहरूमाथि रेलको भाडा छलि गरेको आरोप
क्योतो/जापान। जापानमा अध्ययन गरिरहेका ६ जना नेपाली विद्यार्थीहरूलाई रेलवे प्रणालीमा अनियमितता गरेको आरोपमा कारबाहीका लागि प्रकृया अघि बढाईएको जापानी संचार माध्यमहरुले जनाएका छन् । उनीहरूले रेलवे स्टेसनको गेट (改札口) अवैध रूपमा पार गरेको र छोटो दूरीको टिकट प्रयोग गरी लामो दूरीको यात्रा गरेको आशंका गरिएको छ। स्थानीय प्रहरीका अनुसार, ती विद्यार्थीहरूले आफ्नो दैनिक यातायात खर्च कटौती गरी बचत गरिएको रकमलाई अन्य...
जापानका प्रभावशाली पत्रकार वातानावेको ९८ वर्षको उमेर निधन
टोकियो/जापान। जापानका प्रभावशाली पत्रकार चुनेओ वातानानेको ९८ वर्षको उमेरमा निधन भएको छ। जापानको प्रमुख दैनिक समाचार पत्रिका “योमिउरी शिनबुन”का पूर्व अध्यक्ष र प्रधान सम्पादक समेत रहेका वातानाबेको ९८ वर्षको उमेरमा निमोनियाँका कारण निधन भएको उनको कम्पनीले जनाएको छ । सन १९२६ मा जापानको टोकियोमा जन्मिएका वातानावेले जापानको मिडिया क्षेत्रमा ठूलो प्रभाव पारेका थिए।सन १९५० को दशकमा पत्रकारिता क्षेत्रमा कदम राखेका उनि...
टोकियोमा यस वर्ष घरायसी आगलागीमा ७२ जनाको मृत्यु, पछिल्लो १० वर्ष यताकै सबैभन्दा बढी
टोकियो/जापान। जापानको राजधानी टोकियोमा यस वर्ष अहिले सम्मको डेटामा घरायसी आगलागीका कारण ७२ जनाको मृत्यु भएको छ। यो संख्या पछिल्लो १० वर्षमा सबैभन्दा धेरै हो। टोकियो दमकल विभागका अनुसार आगलागीका प्रमुख कारणहरूमा “चुरोटको बेवास्ता”, “हीटर वा स्टोभको गलत प्रयोग” जस्ता दैनिक जीवनका लापरवाहीहरू रहेका छन्। विशेषज्ञहरूका अनुसार जाडो मौसममा सुक्खा वातावरण र तताउने उपकरणहरूको प्रयोग बढ्ने भएकाले आगलागीको जोखिम बढी...
तपाई कपाल काट्न कहाँ जाने गर्नुहुन्छ ? जापानमा सबैभन्दा सस्तोमा कपाल काट्ने सेवा दिने कन्पनीले पनि शुल्क बढाउने भयो
टोकियो/जापान। जापानमा सस्तो र छिटो कपाल काट्ने सेवा उपलब्ध गराउँदै आएको क्युबि हाउस(QB ハウス) ले सन २०२५ को फेब्रुअरीदेखि कपाल काट्ने शुल्क १४०० येन बनाउने भएको छ। कम्पनीका अनुसार सबै वस्तु तथा सेवाहरुको मूल्य वृद्धि भएपछि,वर्तमान बढ्दो मूल्य वृद्धि तथा समग्र महंगीसंग समायोजन गर्दै हाल कायम १३५० येनबाट बढाएर १४०० येनमा पुर्याउने तय गरिएको हो। कम्पनीले भनेको छ, वस्तुहरूको मूल्यवृद्धि, कर्मचारीहरूको...
जापानको अग्लो हिमाल माउन्ट फुजी आरोहण गर्नेहरुसंग अब सिजुओका प्रिफेक्चरले ४ हजार येन शुल्क लिने तयारी
टोकियो/जापान। जापानको शिजुओका प्रिफेक्चरल सरकारले शुक्रबार एक मस्यौदा अध्यादेशको रूपरेखा सार्वजनिक गर्यो जसमा अर्को गर्मि मौसमदेखि सिजुओका प्रिफेक्चरबाट माउन्ट फुजी आरोहण गर्नेहरूबाट प्रति व्यक्ति ४ हजार येन संकलन गर्ने प्रस्ताव गरिएको छ। जापानको सबैभन्दा अग्लो हिमालको प्रवेश शुल्कको प्रस्ताव, प्रिफेक्चरल सभाको संस्कृति तथा पर्यटन समितिमा पेश गरिएको हो । पछिल्ला वर्षहरुमा माउन्ट फुजी आरोहण गर्नेहरुको भीडभाड अत्याधिक बढेपछि मानिसहरुको आवागमन...
जापानमा पार्भोभाईरसको संक्रमण फैलिँदो,बालबालिका तथा गर्भवती महिलाहरुले विशेष सतर्कता अप्नाउनुहोला
टोकियो/जापान। जापानमा अहिले पार्भोभाइरस B19 का केसहरु बढिरहेको जापानी संचार माध्यमहरुले जनाएका छन् । पार्भोभाईरसले एरिथेमी इन्फेक्सिएम(erythema infectiosum) लाई निम्त्याउँछ, जसलाई सामान्यतया “स्ल्याप्ड-चीक रोग” भनिन्छ । यस भाईरसको संक्रमणबाट गालामा रातो दागहरु देखा पर्दछ। जसलाई गालामा थप्पड हानेर डाम बसेजस्तो रातो देखिन्छ। जापानको कान्तो क्षेत्र र अन्य भागहरूमा सन २०१९ पछि पहिलो पटक अहिले तीब्ररुरुपमा फैलिरहेको छ । जापान सोसाइटी फर...
जापान सरकारद्वारा सन २०२७ देखि जापानमा काम खोज्ने विद्यार्थीहरुको हितमा नयाँ नियम कार्यन्वयन गर्ने,थप सहज हुने
टोकियो/जापान। जापान सरकारले सन २०२७ को वसन्तमा कम्पनीमा भर्ना हुने विद्यार्थीहरूका लागि रोजगारी खोज्ने सम्बन्धमा नियमहरू बनाएको छ। जसमा अघिल्लो वर्षको जुनमा जागिरको अन्तर्वार्ता सुरु हुनेछ। यसले विद्यार्थीहरुलाई रोजगारी प्रस्ताव गरेता पनि आफुलाई मन नपरेको खण्डमा अरु कम्पनी खोज्ने समय हुने अपेक्षा गरिएको छ। सरकारले, व्यवसायीक समूह केइदानरेन र विश्वविद्यालयका अधिकारीहरूसँगको परामर्शमा, सन २०२७ को वसन्तमा कम्पनीमा सामेल हुने विद्यार्थीहरूको लागि...
बलेवा सेवा समाजले नयाँ वर्ष सँगितिक साँझ गर्ने
टोकियो/जापान। बलेवा सेवा समाज जापानले अंग्रेजि नयाँ वर्षको अवसरमा नयाँ वर्ष सांगितिक साँझ आयोजना गर्ने भएको छ । सुन्दर वलेवामा शिक्षा र स्वास्थ्यको सहयोगार्थ भन्ने नाराका साथ जनवरि ४ तारिखका दिन कार्यक्रमको आयोजना गरेको समाजले जनाएको छ । टोकियो स्थित खामेईदो साँस्कृतिक केन्द्रमा हुने सांगितिक साँझमा चर्चित गायिका अस्मिता अधिकारि र पछिल्लो समयका चर्चित गाएक बाबु कृष्ण परियारले प्रस्तुति दिने समाजका...

