टोकियोको एक विश्वविद्यालयमा अन्धाधुन्ध हथौडा प्रहार गर्ने २२ वर्षिया विद्यार्थी पक्राउ,कक्षा कोठामा हुने बुलिङका कारण घटना घटेको अनुमान
टोकियो/जापान। शुक्रबार टोकियोको तामामा रहेको होसेई विश्वविद्यालयको कक्षाकोठामा अन्धाधुन्दा हथौडाले प्रहार गरि ८ जना संगै अध्ययनरत विद्यार्थीहरुलाई घाईते बनाएपछि, दक्षिण कोरियाली २२ वर्षिया विद्यार्थी घटनास्थलबाटै पक्राउ परेकी छिन् । घटनास्थलका दृश्यहरुमा केहि विद्यार्थीहरुको टाउकोबाट रगत बगिरहेको बताइएपनि, घाईते भएका सबै विद्यार्थीहरुको अवस्था सामान्य रहेको बताईएको छ। यो घटना कक्षामा हुने बुलिङ(जिस्काउने/दुर्व्यवहार गर्नेजस्ता)कारण घटेको आँकलन गरिएको छ। अनुसन्धान र अन्य स्रोतहरूका अनुसार,...
बिहुँकोट समाज जापानको १८ औँ साधारण सभा सम्पन्न
टोकियो/जापान। बिहुँकोट समाज जापानको १८ औँ साधारण सभा आईतबार टोकियोमा सम्पन्न भएको छ । बिहुँकोट समाज जापानका अध्यक्ष दिपक कडेंलको सभापतित्व एनआरएनए जापानका अध्यक्ष नविन निऊरेको प्रमुख आथित्यता रहेको कार्यक्रमको सन्चालन महासचिब घनश्याम कंडेल ( अर्जुन ) ले गरेका थिए भने स्वागत ऊपाध्यक्ष रामु कंडेलले गरेका थिए। समाजको हालसम्मका गतिबिधी बारे ऊपाध्यक्ष द्वय फणिन्द्र शर्मा र टिकाराम कंडेलले प्रस्तुत गरेका...
नेपाल मगर संघ जापान कान्साईले ओसाकामा माघे सक्रान्ति विशेष सांगितिक साँझ आयोजना गर्ने
ओसाका/जापान । नेपाल मगर संघ जापान कान्साई क्षेत्रीय समितिले मगरहरूको मुख्य चाड माघे संक्रान्ति पर्ब विशेष समारोहको आयोजना गरी मनाउने भएको छ । माघे संक्रान्ति विशेष सांगितिक साँझको आयोजना गरि ओसाकामा भव्य रुपमा मनाउन लागेको मगर समाजका अभिभावक तथा समाजसेवी भीम काउछा अनुपले जानकारी दिए। जापानको ओसाकामा बस्ने आम नेपाली दाजुभाई तथा दीदीबहिनीका साथ सामूहिक रूपमा यही जनावरी १३ तारिकमा भव्यताका...
ब्लु ब्वाइज युनियनद्वारा ओसाकामा अन्तर्राष्ट्रिय टोपी दिवसको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
टोकियो-जापान । अङ्रेजी नयाँ वर्ष २०२५ तथा अन्तर्राष्ट्रिय टोपी दिवसको अवसरमा जापानको ओसाकामा ब्लु ब्वाइज युनियनद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम र नयाँ सदस्यहरुलाई स्वागत र प्रमाणपत्र वितरण गरि कार्यक्रम सम्पन भएको छ। अध्यक्ष बासुदेव लामिछानेको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष रामकुमार पाण्ड्येको शुभकामना मन्तव्य रहेको थियो।साथै कार्यक्रममा सदस्य मोहन कुवरले टोपी दिवसको अवसरमा नेपाली टोपीको इतिहास र...
टोकियोमा यस पटकको नयाँ वर्षमा मोची खाँदा ९ जना अस्पताल भर्ना, दुईजनाको मृत्यु
टोकियो/जापान। नयाँ वर्षको पहिलो तीन दिनमा मोची खाँदा घाँटीमा अड्किएपछि, जापानको राजधानी टोकियोमा ९ जना मानिसहरु अस्पताल भर्ना भएका छन्। तीमध्ये हालसम्म २ जनाको मृत्यु भएको बताईएको छ। टोकियो फायर डिपार्टमेन्टका अनुसार, अस्पताल लगिएका ९ जनाको उमेर ७३ देखि ८४ वर्षको थियो। जनवरी १ को दिउँसो १२:३० बजेपछि इताबाशी वार्डमा आफ्नै घरमा मोची खाँदै गर्दा ७० वर्षको एक पुरुषलाई समस्या...
जापानका धाराका पानीमा देखिएको पिएफएएस(PFAS)के हो ? यसले कस्तो असर गर्दछ ? यसबाट कसरी जोगिने ?
टोकियो/जापान। जापानका धाराहरुमा वितरण भएका धेरै स्थानका पानीमा क्यान्सरजनक रसायन भनेर चिनिने पिएफएएस(PFAS) फेला परेको जापानी संचार माध्यमहरुले जनाएका छन् । अहिले धेरै मानिसहरुमा यस्तो रसायन आफ्नो शरीरमा कति छ ? यसले कस्तो असर पार्दछ भनेर चिन्ता थपिदिएके छ । यसैबिच धेरै वर्षदेखि पीएफएएस अनुसन्धानमा संलग्न क्योतो विश्वविद्यालयका एसोसिएट प्रोफेसर हारादा कोजीले बताए अनुसार रगत परीक्षणबाट रगतमा यस्ता रसायनको मापन...
जापानमा नयाँ वर्षको विदामा आफ्नो जन्मस्थान फर्किनेहरुको भिड,तपाई पनि कतै घुम्न जानुभयो कि ?
टोकियो/जापान। जापानमा नयाँ वर्षको बिदा सुरु भइसकेको छ। यो वर्ष पनि रेलवे स्टेशन र देशभरका विमानस्थल नयाँ वर्ष र वर्षअन्तको बिदा मनाउन घर फर्किने यात्रुहरूले खचाखच भरिएका छन् । तपाई पनि घुमघाममा लाग्नुभयो कि ? पूर्वी जापान रेलवे कम्पनीका अनुसार आईतबार बिहानसम्म होकुरिकु शिन्कान्सेनका टोकियोबाट कानाजावातर्फ जाने आरक्षित नभएका रेलहरु १२०% यात्रु क्षमतामा सञ्चालन भइरहेका थिए। तोहोकु र जोएचु शिन्कान्सेन...
जापानमा नयाँ वर्षमा खाईने मोची(餅) के हो त ?
टोकियो/जापान। मोची (餅) जापानी पारम्परिक खानाको एक प्रकार हो, जुन विशेष प्रकारको चामलबाट बनाइन्छ। यो चामललाई पिसेर वा स्टीम गरेर गाढा र लचकदार पेस्ट जस्तो बनाइन्छ। मोचीलाई जापानमा सांस्कृतिक, धार्मिक, र दैनिक जीवनमा विशेष महत्व दिइन्छ। मोची(餅)उत्पत्ति र इतिहास मोचीको इतिहास प्राचीन जापानदेखि सुरू भएको मानिन्छ। यसलाई पहिले खेतीपातीका देवी-देवताहरूको पूजा गर्नका लागि तयार गरिन्थ्यो। १० औं शताब्दीमा जापानी सामुराईहरूले युद्धमा...
जापानमा नयाँ वर्षमा मोची(餅)खाँदा ख्याल गरौँ ! हरेक वर्ष दर्जनौं अस्पत्ताल भर्ना तथा मृत्यु, सतर्क रहन सुझाव
टोकियो/जापान। जापानमा नयाँ वर्षको समयमा पारम्परिक भोजनका रूपमा खाइने मोची (चामलबाट बनाइएको परिकार ) धेरै परिवारहरूको मुख्य परिकार हो। तर, यो स्वादिष्ट परिकार घाँटीमा अड्किएर घातक बन्ने घटनाहरू बारम्बार दोहोरिइरहेका छन्। प्रत्येक वर्ष जापानमा नयाँ वर्षको अवसरमा मोची खाँदा दर्जनौं मानिस अस्पताल भर्ना हुने र केहीको मृत्यु हुने गर्छ। यो समस्या विशेषगरी वृद्ध नागरिकहरूमा बढी देखिन्छ, जसले मोची राम्ररी चपाउन...
नयाँ वर्ष संगितिक साँझको तयारी अन्तिम चरणमा
टोकियो/जापान। बलेवा सेवा समाज जापानले अंग्रेजि नयाँ वर्षको अवसरमा आयोजना गरेको नयाँ वर्ष सांगितिक साँझको तयारी अन्तिम चरणमा पुगेको छ । सुन्दर वलेवामा शिक्षा र स्वास्थ्यको सहयोगार्थ भन्ने नाराका साथ जनवरि ४ तारिखका दिन आयोजना गरेको कार्यक्रमको तयारी तिव्र पारेको समाजका संरक्षक तथा कार्यक्रमका आर्थिक संयोजक महेन्द्र पिसिले जानकारी दिनुभयो । टोकियो स्थित खामेईदो सास्कृतिक केन्द्रमा हुने संगितिक साँझमा चर्चित गायिका...

