नेपाली सहित अन्य विदेशी विद्यार्थीहरुको स्वास्थ्य बिमा कार्ड दुरुपयोग गरि २ करोड येन ठगिको अभियोगमा एक दन्तचिकित्सक सहित ५ जना पक्राउ
टोकियो/जापान। टोकियो प्रहरीले नेपाली सहित अन्य विदेशी विद्यार्थीहरूको स्वास्थ्य बीमा कार्डको दुरुपयोग गरेर नक्कली दन्त उपचार शुल्क लिएको आरोपमा दन्त चिकित्सकहरू सहितको एक समूहलाई पक्राउ गरेको छ, जसमा २ करोड येन अनियमितता गरेको बताईएको छ। महानगरीय प्रहरी विभागको अन्तर्राष्ट्रिय अपराध महाशाखाले ओसाकाको निशी वार्डका ३४ वर्षीय दन्त चिकित्सक हिरोताका कोयामा र नागोयाको नाकागावा वार्डमा बसोबास गर्ने कुनै निश्चित पेशा नभएका...
एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्चले आन्तरिक प्रशिक्षण सहित जापानको ३ शहरमा खुला अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने
टोकियो/जापान। प्रवासी नेपाली मञ्च जापानले नेकपा(एमाले)का महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा आन्तरिक प्रशिक्षण तथा खुला अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ । एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्चले आन्तरिक प्रशिक्षण सहित जापानको मुख्य तीन शहरमा खुला अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको हो । जापानमा रहेका नेपालीहरूसंग प्रवासको चुनौती र राज्यले गर्नुपर्ने सहयोग लगायत विषयमा खुला अन्तरक्रिया कार्यक्रम समेत आयोजना हुने अध्यक्ष...
जापानको परम्परागत खेल सुमो के हो ? कहिलेबाट सुरु भयो ? अनि आर्थिक सम्भावना के छ ?
टोकियो/जापान। सुमो जापानको परम्परागत र सांस्कृतिक रूपमा गहिरो जरो गाडेको खेल हो, जसमा दुई पहलवान (रिकीशी) एकअर्कालाई चक्राकार अखडा (दोह्यो) बाहिर धकेल्ने वा कुनै अंग भूमिमा टेक्न बाध्य पार्न प्रतिस्पर्धा गर्छन्। यो खेल जापानको शिन्तो धर्मसँग गहिरो रूपमा सम्बन्धित छ। खेलको सुरुवात शिन्तो धर्मसँगै देवताहरूको सम्मानका लागि धार्मिक अनुष्ठानको रूपमा भएको मानिन्छ। पहिलो पटक लेखिएका प्रमाणअनुसार सुमो आठौं शताब्दीमा कुनै...
चोरी तथा लुटपाट रोक्न,सेक्युरिटी क्यामेरा जडान गर्दा टोकियो महानगरले २० हजार येनसम्म आर्थिक साहयता प्रदान गर्ने तयारी
टोकियो/जापान। जापानमा पछिल्ला केहि समयता बढेको लुटपाट तथा चोरीका घटनाहरुलाई न्युनिकरण गर्न,टोकियो महानगरले सेक्युरिटी क्यामराहरु जडान गर्ने घरपरिवारलाई आर्थिक सहयोग गर्ने योजना बनाएको छ। यामी बाईतो भनेर चिनिले गैरकानुनी काम गर्नेहरुबाट जापानको टिकियो,चिवा,साईतामा तथा खानागावा लगायतका प्रिफेक्चरका विभिन्न निजी घरहरुमा विगत केहि समय अघिदेखि श्रृंखलाबद्ध लुटपाट तथा चोरीका घटनाहरु बढेको छ। यस्ता डकैत रोक्नका लागि केन्द्रिय सरकार तथा स्थानीय प्रहरीहरुले...
नेपाल तामाङ समाज जापान कान्साईले ओसाकामा सोनाम ल्होछार विशेष सांगितिक कार्यक्रमको आयोजना गर्ने
ओसाका/जापान । “राष्ट्रिय पर्व सोनाम ल्होछार राष्ट्रको सान, भाषा, धर्म संस्कृती हाम्रो पहिचान” भन्ने मूल नारा सहित यस वर्षको मञ्जुश्री सम्बत २८६१ औं साः पुखी (सर्प) ल्हो, सोनाम ल्होछारको अवसरमा तामाङ समाज जापान कान्साई क्षेत्रीय समितिले भव्य रुपमा सांस्कृतीक कार्यक्रमको आयोजना गर्ने भएको छ । जापानको ओसाकामा विभिन्न राष्ट्रिय कलाकारहरु सहित जापानमा रहेका स्थानिय कलाकारहरुको बेजोड प्रस्तुतीमा कार्यक्रम आयोजना गरिएको...
जापानमा वास्तविक ज्याला लगातार घट्दो,देखिएन सुधारको संकेत
टोकियो/जापान।जापानमा वास्तविक ज्याला (Real Wages) लगातार चौथो महिनासम्म घट्न पुगेको छ। जसले गर्दा जापानमा वसोवास गर्नेहरुक आर्थिक स्थिति झन् जटिल बनेको छ। मुद्रास्फीति र वस्तुहरूको उच्च मूल्यका कारण घरपरिवारहरूको दैनिक खर्च व्यवस्थापन गर्न कठिनाइ भइरहेको छ। वास्तविक ज्याला भनेको के हो ? वास्तविक तलब भनेको नोमिनल तलब (Nominal Wages) र मुद्रास्फीतिको समायोजनपछि बाँकी रहने क्रयशक्ति हो, जसले उपभोक्ताको खर्च गर्ने...
जापानमा हरेक वर्ष मनाईने सेइजिन नो हि (成人の日) भनेको के हो? यस वर्ष कति युवाहरु १८ वर्ष पुगे त ?
टोकियो/जापान । सेइजिन नो हि (成人の日) जापानमा १८ वर्ष पुगेका युवाहरूलाई सम्मान र वयस्क जीवनमा प्रवेश गरेकोमा स्वागत गर्न मनाइने परम्परागत राष्ट्रिय दिवस हो। यो दिन युवाहरूलाई उनीहरूको नयाँ जिम्मेवारी, अधिकार, र स्वतन्त्रताको प्रतीकको रूपमा बधाई दिइन्छ। यो जापानी समाजमा वयस्कतामा प्रवेशको महत्त्वपूर्ण समारोह मानिन्छ। यो दिन स्थानीय नगरपालिकाहरूले औपचारिक कार्यक्रम आयोजना गर्छन्, जसलाई सेइजिन सिकी “成人式” भनिन्छ। कार्यक्रमहरूमा परम्परागत...
ओसाकामा प्रथम नेपाल फेस्टिवल कान्साई २०२५ हुदैँ
ओसाका/जापान । जापानको ओसाकामा “प्रथम नेपाल फेस्टिवल कान्साई २०२५” हुने भएको छ । गैरआवसिय नेपाली संघ एनआरएन जापान,कान्साईको आयोजना तथा जापानमा रहेका अन्य नेपाली सामाजिक संघ संस्थाको सह-आयोजनामा बृहत रुपमा फेष्टिवल आउँदो अप्रील २६ र २७ तारिक २ दिन ओसाकाको क्योवासी, फुलाली पार्कमा आयोजना गर्न लागिएको हो । बिहिबार एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै एनआरएन कान्साईले फेष्टिवल आयोजना बारे कान्साईमा...
जापानमा रामेन पसलहरु धमाधम बन्द हुँदै,अघिल्लो वर्ष ७२ कम्पनी टाट पल्टिए
टोकियो/जापान। जापानमा सन् २०२४ मा रामेन पसलहरु ऐतिहासिक उच्च संख्यामा बन्द भएको एक अध्ययनले देखाएको छ। एक अनुसन्धान फर्मका अनुसार,खाद्य पदार्थको किफायती छवि कायम गर्नुपर्ने भएकाले मूल्य बढाउन सकिने ठाउँ सीमित भएको र सामग्री तथा समग्र लागत आकासिएपछि यस्तो अवस्था आएको हो। श्रम अभावका कारण श्रमिक खर्च बढ्नुले पनि प्रभाव पारेको बताईएको छ। सन २०२४ मा कम्तीमा १ करोड येनको...
टोकियो महानगरले “पिडारहित प्रसुति”का लागि १ लाख येनसम्म साहयता प्रदान गर्ने
टोकियो/जापान। टोकियो महानगरले प्रसूति समयमा हुने पीडालाई कम गर्नको लागि प्रयोग गरिने “पीडारहित प्रसूति” (एनेस्थेसिया) मा लाग्ने खर्चमा १ लाख येन सम्मको सहायता प्रदान गर्ने भएको छ। महानगरका अनुसार, पीडारहित प्रसूति खर्चमा सहयोग गर्ने यो टोकियोको महानगरको निर्णय जापानमै पहिलो पटक भएको हो। अहिलेसम्म जापानभर कतै पनि बच्चा जन्माउने समयमा हुने पिडा कम गर्नका लागि प्रयोग गरिने एनेस्थेसियाको लागतमा...

