जुलाईमा प्रक्षेपण गरिएको चन्द्रयान -३ चन्द्रमामा पुग्यो,भारतले ईतिहास रच्यो
काठमाडौँ।भारत चन्द्रमामा यान पुर्याउने चौथो मुलुक बनेको छ। बुधबार साँझ भारतले पठाएको चन्द्रयान-३ को रोभर चन्द्रमाको दक्षिणी ध्रुवमा सफल अवतरण भएको हो। नेपाली समयअनुसार साँझ ६ बजेर १८ मिनेटमा चन्द्रयानबाट ल्यान्डर चन्द्रमाको सतहमा पुगेको इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) ले जनाएको छ।इसरोले ल्यान्डर अवतरणको भिडिओ लाइभ गरेको थियो। जुलाई १४ मा चन्द्रयान-३ प्रक्षेपण भएको थियो। चन्द्रयान-३ मा अर्बिटर, ल्यान्डर र रोभर गरी तीन महत्वपूर्ण...
फोनको स्टोरेज फुल भयो ? महत्त्वपूर्ण फाइल डिलिट नगरी यसरी खाली गर्नुहोस्
फोनको स्टोरेज फुल भयो ? महत्त्वपूर्ण फाइल डिलिट नगरी यसरी खाली गर्नुहोस् काठमाडौं । सस्तो वा महँगो जुनसुकै फोन होस्, सबैमा स्टोरेजको समस्या हुन्छ । अहिलेका धेरैजसो एन्ड्रोइड फोनमा १२८ जीबी स्टोरेज दिइएकाे हुन्छ । तर ख्याल गरिएन भने त्यो फुल हुन कत्ति पनि समय लाग्दैन । आफ्नो फोनलाई उच्च पर्फर्मेन्समा चलाउने तरिकामध्ये स्टोरेजलाई विशेष ध्यान दिनु पनि एक हो ।...
आज जापान भर उच्च गर्मी,३९ डिग्रीसम्मको तापक्रम कायम हुने,हिटस्ट्रोकबाट जोगिन चेतावनी जारी
टोकियो/जापान। आज (जुलाई ३० तारिख)पनि जापानको सबैजसो स्थानमा उच्च गर्मी कायम हुनेछ। मौसम विज्ञान एजेन्सीका अनुसार आज जापानभर घाम लाग्ने र उच्च गर्मी हुनेछ। आज खतरनाक तापक्रम ३९ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ । मौसम विज्ञान एजेन्सीले चेतावनी सहित भनेको छ-“कृपया वातानुकूलित उपकरणहरू उचित रूपमा प्रयोग गर्न जारी राख्नुहोस्, र हिट स्ट्रोक हुनबाट जोगिन अत्यन्त सतर्क रहनुहोस्” कोफु शहर,कुमागाया तथा साईतामा...
तपाईलाई थाह छ ?आउँदो डिसेम्बरदेखि पुराना जिमेल अकाउन्ट डिलिट हुनेछ
के तपाईँसँग कुनै पुराना गुगल अकाउन्ट छन्, जसलाई तपाईँले लामो समयदेखि प्रयोग गर्नु भएको छैन ? यदि छैन भने गुगलले तपाईँको अकाउन्ट डिलिट गरिदिन सक्छ । कम्पनीको एउटा नियम छ, जसअनुसार यदि कुनै जिमेल अकाउन्ट २४ महिनासम्म लगइन भएको छैन भने सो अकाउन्ट स्वत: डिलिट हुनेछ । कम्पनीले सन् २०२० मा अनलिमिटेड स्टोरेजको फिचरसँगै यो नियम पनि ल्याएको हो । यद्यपि...
दोकोमोका पूर्व अस्थायी कम्पनीका कर्मचारीले ५० लाख बढि ग्राहकका व्यक्तिगत जानकारी चुहावट गराएको घोषणा
टोकियो/जापान। जापानको प्रमुख ३ मध्येको १ दुरसंचार सेवा प्रदायक कम्पनी एनटीटी दोकोमोस इन्टरनेट जडान सेवा पलला बाट ५० लाखभन्दा बढी व्यक्तिहरुको व्यक्तिगत जानकारी चुहावट घटनामा आउटसोर्सिंग कम्पनीका एक पूर्व अस्थायी कर्मचारीले डेटा निकालेको पुष्टि भएको सार्वजनिक गरिएको छ। गत मार्चमा, एनटिटि दोकोमोले इन्टरनेट जडान सेवा पलला र भिडियो वितरण सेवा हिकारी टिभीका ५२ लाख ९० हजार प्रयोगकर्ताहरूको नाम, ठेगाना र...
एलन मस्कको कम्पनीको उड्ने कारले परीक्षणको अनुमति पायो
काठमाडौं । एलन मस्कको कम्पनी स्पेस एक्सको लगानी भएको एलेफ एरोनोटिक्सले उड्ने कारको परीक्षणको अनुमति पाएको छ । क्यालिफोर्नियाको उक्त कार निर्माता कम्पनीले हालै एक विज्ञप्ति जारी गर्दै फ्लाइङ कार ‘मोडल ए’ का लागि संघीय उड्डयन प्रशासन (FAA) बाट उडान अनुमति पाएको जानकारी दिएको हो । कम्पनीले आफूलाई उड्ने कारको परीक्षणका लागि अनुमति पाउने पहिलो कम्पनी भएको समेत दाबी गरेको...
जापानले फेरि २ वटा स्याटेलाईट सहितको रकेट अन्तरिक्षमा पठाउने,निर्माणको कार्य तीब्र
टोकियो/जापान। जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सी (JAXA- जाक्सा)ले मार्चमा, प्रक्षेपणको लगत्तै पहिलो H3 रकेट असफल भएपछि अब H3 रकेटको दोस्रो प्रक्षेपणको साथ अन्तरिक्षमा दुईवटा माइक्रोस्याटेलाइटहरू पठाउने योजना बनाएको छ। शिक्षा, संस्कृति, खेलकुद, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार आयोजना गरेको विज्ञहरुको बैठकमा जाक्साले उक्त योजना सार्वजनिक गरेको हो। अब पठाउने भनिएको रकेट CE-SAT-1E डब गरिएको उपग्रह मध्ये एउटा नियमित क्यामेरा जस्तै देखिने प्रकाशमा...
मानिसको दिमागमा चिप राख्ने काम यसै वर्ष सुरु हुने
काठमाडौं । एलन मस्कको ब्रेन-चिप स्टार्टअप कम्पनी न्यूरालिंकले यही वर्षको अन्त्यदेखि मानव मस्तिष्कमा चिप प्रत्यारोपणको परीक्षण सुरु गर्ने भएको छ । फ्रान्सको पेरिसमा भएको भिभाटेक कार्यक्रममा बोल्दै मस्कले न्यूरालिङ्कले टेट्राप्लेजिक वा प्याराप्लेजिकको बिरामीमा चिप प्रत्यारोपणको परीक्षण गर्ने तयारी भइरहेको बताएका हुन् । यो परीक्षणको वेबकास्ट रोयटर्सले गर्ने पनि उनले बताए । गत महिनामात्र कम्पनीले अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनबाट यस परीक्षणको...
चीनिया उड्ने कार निर्माताहरु आक्रमकरुपमा प्रस्तुत हुँदै, सम २०२५ -२६ बाट पूर्ण व्यवसायीकरण सुरु हुने
चीनमा, उड्ने कार निर्माताहरूले उदीयमान उद्योगलाई समर्थन गर्ने सरकारको एजेन्डा अनुरूप आफ्नो व्यवसायलाई मूलधारमा लैजाने तयारी गरिरहेका छन्। चिनियाँ फ्लाइङ कार विकासकर्ता एरोफुगियाका सीईओ गुओ लियाङले यस महिनाको सुरुमा मकाउमा भएको टेक एक्स्पोमा भने “चीनमा उडान कारको पूर्ण व्यावसायीकरण सन् २०२५ वा २०२६ मा सुरु हुनेछ,”। फ्लाइङ कारहरू, जसलाई इलेक्ट्रिक भर्टिकल टेकअफ र ल्यान्डिङ (eVTOL) विमान पनि भनिन्छ । यिनिहरुले हेलिकप्टर,...
आईफोन १५ सार्वजनिक नहुँदै बाहिरियो आईफोन १६ अल्ट्राको जानकारी
काठमाडौं । एप्पल अहिले आईफोन १५ सिरिजका स्मार्टफोनहरू सार्वजनिक गर्ने तयारीमा छ । बजारमा आईफोन १५ को चर्चा चलिरहँदा आगामी वर्ष सार्वजनिक हुने आईफोन १६ सिरिजको जानकारी बाहिरिएको छ । एप्पलका उत्पादनहरूको भित्री जानकारी बाहिर ल्याउने साइछ नाइन टु फाइभ म्याकले आईफोन १६ को स्क्रिनको जानकारी बाहिर ल्याएको छ ।उक्त जानकारी अनुसार आईफोन १६ सिरिज अन्तर्गतको आईफोन १६ प्रो र...

