हाइटीमा शक्तिशाली भूकम्प – ३०४ जनाको मृत्यु, १८ सय बढी घाइते

एजेन्सी । क्यारेबियन मुलुक हाइटीमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा पनि ३०४ जनाको मृत्यु भएको छ। ७.२ म्याग्निच्युडको भूकम्पमा परी १८ सयभन्दा बढी मानिसहरु घाइते भएका छन्। स्थानीय समयअनुसार शनिवार बिहान आएको भूकम्पले कैयौं भवनहरु भत्किएका छन्। भूकम्पपछि कयौं पराकम्पहरु आइरहेका छन्। समाचार एजेन्सी रोयटर्सका अनुसार ९४९ घरहरु, केही चर्चहरु, केही विद्यालयहरु र केही अस्पताल भवनहरुमा क्षति पुगेको छ। भूकम्पको इपिसेन्टर राजधानी...

भूपू गोर्खाको मागप्रति बेलायत सरकार अझै मौन

एजेन्सी । भूतपूर्व गोर्खाहरू समान पेन्सनलगायत माग राख्दै बेलायती प्रधानमन्त्री कार्यालय अगाडि आमरण अनसन बसेको शनिबार ८ औँ दिन प्रवेश गरेपनि बेलायती सांसदहरू र विपक्षी दल लेबरको समेत दबाब हुँदा पनि गोर्खा मागबारे बेलायत सरकार अझै मौन छ । वर्षौँदेखि आफूहरूलाई विभेद गरिएकामा भूतपूर्व गोर्खा सैनिकहरू निकै आन्दोलित र आक्रोशित छन् । बेलायत सरकारले आफ्ना समस्या समाधानमा चासो नदिएको भन्दै...

यूएन मिसनको प्रश्नपत्र ‘लिक’ले प्रहरीमा हंगामा

काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन) को शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन अघि बढाएको छ । यूएन मिसनको प्रि–स्याट परीक्षाको प्रश्नपत्र ‘लिक’ भएको आशंकापछि प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक (डीआइजी) वसन्त लामाको नेतृत्वमा छानबिन समिति बनाएर अनुसन्धान थालेको हो । गत १५ र १६ साउनमा प्रधान कार्यालय तथा सातवटै प्रदेश प्रहरी...

भुटानले नेपाललाई ३ लाख डोज खोप दिने

काठमाडौं । भुटानले कोरोनाविरुद्धको ३ लाख डोज खोप नेपाललाई उपलब्ध गराउने भएको छ । भुटानले लक्षित समूहलाई खोप लगाइसकेपछि नेपाललाई अस्ट्राजेनेकाको खोप सहयोग गर्ने भएको हो । ‘भुटानबाट खोप छिट्टै ल्याउने तयारी भइरहेको छ,’ सरकारका एक उच्च अधिकारीले भने, ‘त्यसका लागि परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक माध्यममार्फत सरकारीस्तरमा पहल भइरहेको छ ।’ नयाँ दिल्लीस्थित नेपाली दूतावासले पनि भुटान सरकारसँग संवाद अघि बढाएको उनले बताए ।   ७ लाख...

कोरियामा कोभिडको चौथो लहर

एजेन्सी । दक्षिण कोरियामा कोरोनाको नयाँ भेरियन्ट ‘डेल्टा’ देखिएसँगै पछिल्लो केही हप्तादेखि कोरोना भाइरस संक्रमण चौथो लहरमा प्रवेश गरेको छ । यसले महामारीको रूप लिन थालेपछि त्यहाँका अस्पतालमा आइसीयू शैय्यासमेत अभाव हुन थालेको छ । कोरिया रोग निवारण केन्द्रका अनुसार दैनिक दुई हजारको हाराहारीमा कोरोना सङ्क्रमित थपिएका छन् । सङ्क्रमित हुनेमा कोरियन नागरिकसँगै अन्य देशबाट आएका नागरिकसमेत छन् । स्वास्थ्य विभागका...

पाकिस्तानमा अफगानिस्तानी राजदूतकी छोरीको अपहरण र कुटपिट

एजेन्सी । पाकिस्तानको राजधानी इस्लामावादमा छिमेकी मुलुक अफगानिस्तानका राजदूतकी छोरीको अपहरण भएको छ। अफगान राजदूत नाजिब अलिखिलकी २६ वर्षीया छोरी सिलसिला अलिखिलको शुक्रबार दिउँसो घर फर्किने क्रममा अपहरण भएको दुबै देशका विदेश मन्त्रालयले जनाएका छन्। सिलसिलालाई अपहरणकारीले पाँच घन्टा बढी समय आफूसँग राखेका थिए। सो क्रममा उनीहरूले उनलाई कुटपिट गरेको खुलेको छ। प्रहरीले उद्धार गरेर ल्याएकी सिलसिलालाई अस्पताल भर्ना गरिएको...

चीनले थप १६ लाख डोज खोप अनुदान दिने

काठमाडौं । चीनले नेपालका लागि कोरोनाविरुद्धको थप १६ लाख डोज खोप अनुदानमा दिने भएको छ। शुक्रबार नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्तामा यस्तो जानकारी दिएकी हुन्। चिनियाँ प्रधानमन्त्री ली कछ्याङले नेपालका लागि थप खोप अनुदानमा दिने निर्णय गरेको उनले जानकारी दिएकी हुन्। भेटका क्रममा खोपसहित दुई देशबीचको अन्य सम्बन्धका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।...

अमेरिकाले उपलब्ध गराएको कोरोना खोप नेपाल आइपुग्यो

काठमाडौं । अमेरिकाले उपलब्ध गराएको कोरोनाविरुद्धको खोप काठमाडौं आइपुगेको छ । कतार एयरवेजको नियमित उडानमार्फत् अमेरिकाले कोरोना खोप पठाएको हो । केहीबेर अगाडि खोप बोकेको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । खोपबारे पत्रकार सम्मेलनमार्फत् जानकारी गराइँदै छ । अमेरिकाले जोनसन एण्ड जोनसन कम्पनीले उत्पादन गरेको १५ लाख डोज खोप नेपाललाई उपलब्ध गराउने निर्णय गरेको छ । यसअघि नेपालका लागि...

पत्नी बितेको पाँच दिनपछि धावक मिल्खा सिंहको कोरोनाबाट मृत्यु

एजेन्सी । भारतका प्रख्यात धावक मिल्खा सिंहको कोरोना संक्रमणबाट चन्डीगढ अस्पतालमा निधन भएको छ । पाँच दिन पहिले मिल्खा सिंहकी पत्नी निर्मल मिल्खा सिंहको निधन पनि कोरोनाकै कारण भएको थियो । ९१ वर्षका सिंहलाई चन्डीगढस्थित पिजीआईएमईआरमा भर्ती गराइएको थियो । जहाँ शुक्रबार उनको स्वास्थ निकै बिग्रियो र धेरै कोसिसका बाबजुद पनि उनलाई बचाउन सकिएन । पिजीआईएमईआर अस्पतालका प्रवक्ता अशोक कुमारका...

नेपाल शान्तिसेनामा योगदान गर्ने मुलुकको सूचीमा विश्वमै तेस्रो स्थानमा

काठमाडौं । नेपाल संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा योगदान गर्ने मुलुकहरुको सूचीमा तेस्रो स्थानमा सूचीकृत भएको छ । नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलका अनुसार नेपाल ५६८६ फौजसहित तेस्रो स्थानमा रहन सफल भएको हो । पहिलो स्थानमा सार्क मुलुक बंगलादेश र दोस्रोमा इथियोपिया छन् । नेपालपछि क्रमशः रुवान्डा, भारत र पाकिस्तान छन् । नेपाली सेनाका अनुसार ३० अप्रिल, २०२१ सम्मको संख्याका आधारमा...