चीनले नेपाललाई थप २० लाख डोज खोप दिने
काठमाडौं ।चीनले नेपाललाई थप २० लाख डोज कोरोनाविरुद्धको खोप दिने घोषणा गरेको छ । परराष्ट्रमन्त्री डा नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच मंगलबार भएको टेलिफोन वार्ताका क्रममा चीनले सो घोषणा गरेको हो । फोनवार्ताका क्रममा मन्त्री खड्काले थप खोप दिने घोषणा गरेकामा विदेशमन्त्री वाङ यीलाई धन्यवाद ज्ञापन गरेका थिए । २० लाख खोप चीनले नेपाललाई अनुदानमा उपलब्ध गराउने बताइएको...
नेपाल बेलायतको ‘रेड लिस्ट’बाट हट्यो
काठमाडौं । बेलायतले नेपाललाई रेड लिस्ट (रातो सूची) बाट हटाएको छ । बेलायत सरकारले बिहीबार गरेको यो निर्णय आउँदो सोमबारबाट लागू हुने छ । कोरोना संक्रमण नियन्त्रणमा लिने उद्देश्यअनुसार बेलायत सरकारले नेपालसहित ५४ देशलाई रातो सूचीमा राखेको थियो । तर बिहीबार ४७ वटा देश रातो सूचीबाट हटेका छन् । नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले नेपाल सोमबारबाट रातो सूचीबाट हट्ने...
भारत–चीनबीच पुनः सीमामा तनाव
एजेन्सी । भारतले चीनमाथि लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा सैनिकको सङ्ख्या बढाइरहेको आरोप लगाएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले बिहीबार चीनले सीमा क्षेत्रमा हतियारको तैनाथी पनि बढाएको आरोप लगाएका हुन् । उनले भारतले चीनको पछिल्लो गतिविधिमाथि नजर राखिरहेको स्पष्ट पारे । पत्रकार सम्मेलनका दौरान बागचीले भने, ‘चीनले उक्साउने हर्कत गर्दै एलएसीमा बदलावको प्रयास गरिरहेको छ ।...
नेपाल अझै बेलायतको रेड लिस्टमा
काठमाडौं । बेलायत सरकारले लगाउँदै आएको अन्तरर्राष्ट्रिय यात्रा प्रतिबन्ध ‘रेड लिस्ट’ लाई शनिबार पुनरावलोकन गर्दा नेपाल भने अझै बेलायतको यात्रा प्रतिबन्ध सम्बन्धि नियमको खतरनाक सूची अर्थात ’रेड लिस्ट’ मा नै रहेको छ । बेलायत सरकारले सेप्टेम्बर २२ बिहानबाट लागू हुनेगरी बंगलादेश, श्रीलंका, पाकिस्तान, माल्दिभ्स, इजिप्ट, टर्की, ओमान र केन्यालाई रेड लिस्टको सूचीबाट हटाउने भएको छ । दक्षिण एसियाका चारवटा मुलुक...
न्यूयोर्कमा आएको बाढीमा ३ नेपालीको मृत्यु
एजेन्सी । समुद्री आँधी आईडाका कारण आएको बाढीमा परेर अमेरिकामा कम्तिमा ४६ जनाको मृत्यु भएको छ । बिहीबार न्यू जर्सीमा मात्र २३ जनाले ज्यान गुमाएको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएको छ । गर्भनर फिल मर्फीका अनुसार मारिने अधिकांश आफ्नो गाडीमा यात्रा गरिरहेका बेला बाढी परेका थिए । अधिकारीहरुले मृतकको संख्या अझ बढ्न सक्ने बताएका छन् । आँधीपछि आएको भारी वर्षाका कारण पूर्व...
कोरोनाको नयाँ भेरियन्ट फेला
एजेन्सी – कोरोना महामारी फैलाउन जिम्मेवार सार्स–कोभ–टू को नयाँ भेरियन्ट फेला परेको छ । सबैभन्दा पहिले दक्षिण अफ्रिकामा पाइएको यो भेरियन्ट विश्वका अन्य मुलुकहरूमा फैलिएको पाइएको हो । यो भेरियन्ट थप सङ्क्रामक र खोपको असरबाट बच्ने बताइएको छ । दक्षिण अफ्रिकाको नेशनल इन्सटीट्यूट फर कम्युनिकेबल डिजज (एनआईसीडी) र क्वाजुलु–नेटाल रिसर्च इनोवेसन एन्ड सिक्वेन्सिङ प्ल्याटफर्म (केआरआईएसपी) का वैज्ञानिकका अनुसार यो वर्षको...
अफगानिस्तानबाट २८८ नेपाली फर्किए
काठमाडौं । रोजगारीको सिलसिलामा अफगानिस्तानमा रहेका २८८ जना नेपालीको उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मित्रराष्ट्रहरुको निरन्तर प्रयास र समन्वयमा २८८ जना नेपालीलाई उद्धार गरेर काठमाडौं ल्याइएको हो । भदौ १ गते विहान ११८ जना र राति ८४ जना तथा भदौ २ गते विहान ६१ जना र अपराह्न २५ जना काठमाडौं आइपुगेका हुन् । अफगानिस्तानबाट उद्धार भएका...
अफगानिस्तानबाट नेपाली फर्काउन गृहकार्य सुरु
काठमाडौं । द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानबाट नेपाली फर्काउनका लागि गृहकार्य थालिएको छ । सरकारले अफगानिस्तानमा रहेका नेपालीहरूलाई उद्धार गर्न संयोजन गर्न एक समिति निर्माण गरेको छ । सरकारले द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमा समस्यामा परेका नेपालीहरूलाई उद्धारका लागि समन्वय गर्न भन्दै परराष्ट्र मन्त्रालयका सहसचिव हरीशचन्द्र घिमिरेको संयोजकत्वमा एक समिति गठन गरेको परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले जानकारी दिए । प्रतिनिधिसभा अन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध समितिमा...
अफगानिस्तान युद्ध – तालिबानद्वारा विजय भएको दाबी
एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा प्रवेश गरेर राष्ट्रपति भवन कब्जामा लिएसँगै तालिबानले विजय भएको दाबी गरेका छन्। त्यहाँको सरकार गिरेको छ र राष्ट्रपति अशरफ गनी देश छाडेर भागेका छन्। तालिबानका एक प्रवक्ताले अल जजिरासँग बोल्दै भने, ‘अफगानिस्तानमा युद्ध सकिएको छ। हामीले चाहेको कुरा प्राप्त गरेका छौँ, हाम्रो देशको मुक्ति अनि हाम्रा जनताको स्वतन्त्रता ।’ उनले अब फेरि विदेशी शक्तिहरूले अफगानिस्तानमा...
अफगानी राष्ट्रपति असरफ घानीले देश छाडे
काठमाडौं । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । विद्रोही संगठन तालिवानले धम्की दिएपछि उनले देश छाडेको अफगानी अधिकारीलाई उधृत गर्दै बीबीसीले उल्लेख गरेको छ । तालिवानको धम्कीपछि उपराष्ट्रपति अमरुल्लाह सलेहले पनि देश छाडेका छन् । पछिल्लो १० दिनमा अफगानिस्तानका धेरै शहरमाथि विद्रोही संगठन तालिवानले आफ्नो नियन्त्रणमा लिएको छ । ...

