अमेरिकामा एकैदिन १,९३४ को मृत्यु, संक्रमितको संख्या ३ लाख ९५ हजार
एजेन्सी । कोरोनाभाइरसका कारण अमेरिकामा पछिल्लो २४ घण्टामा १९ सय ३४ को मृत्यु भएको छ । यससँगै यहाँ अहिलेसम्म कूल १२ हजार ८ सय ५ जनाको मृत्यु भएको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन २८ हजार ७ सय ३५ जनामा संक्रमण देखिएको छ । हालसम्म कूल ३ लाख ९५ हजार ७ सय ३९ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ...
अन्तर्राष्ट्रिय उडान बैशाख १८ सम्म प्रतिबन्ध
काठमाडौं । सरकारले नेपाल आउने अन्तर्राष्ट्रिय हवाई उडानमा लगाएको प्रतिबन्ध वैशाख १८ सम्म लम्ब्याएको छ । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले प्रतिबन्ध लम्ब्याउने निर्णय गरेको हो । अन्तरिक उडानबारे भने छलफल भइरहेको प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले जानकारी दिए । यसअघि ३ वैशाखसम्म आन्तरिक र अन्तराष्ट्रिय हवाई उडानमा प्रतिबन्ध थियो । सरकारले विदेशी एयरलाइन्सहरुलाई यात्रु लिएर आउन रोकेको...
२४ घण्टामा ५ हजारको मृत्यु, ७२ हजार संक्रमित थपिए
काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट २४ घण्टामा ७२ हजार ८ सय नयाँ संक्रमित थपिँदा ५ हजार २ सय व्यक्तिले ज्यान गुमाएका छन् । बितेको २४ घण्टामा सबैभन्दा बढी अमेरिकामा ३० हजार ३ सय नयाँ संक्रमित थपिएका छन् । योसँगै त्यहाँ संक्रमितको संख्या २ लाख ६७ हजार नाघेको छ । अमेरिकामा सोमबार १२ सय ५५ व्यक्तिको मृत्यु भएको...
अमेरिकामा एकैदिन १,२५५ को मृत्यु, संक्रमितको संख्या साढे ३ लाख बढी
एजेन्सी । अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको संक्रमणका कारण १२ सय ५५ ले ज्यान गुमाएका छन् । यससँगै यहाँ हालसम्म १० हजार ८ सय ७१ जनाको मृत्यु भएको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार एकैदिन ३० हजार ३ सय ३१ जना नयाँ संक्रमित थपिँदा संक्रमितको संख्या ३ लाख ६७ हजार ४ पुगेको छ । संक्रमितमध्ये ८ हजार ८ सय ७९...
बेलायती प्रधानमन्त्रीको स्वास्थ्य बिग्रिएपछि आइसीयूमा राखियो
एजेन्सी । बेलायती प्रधानमन्त्री बोरिस जोनसोनलाई लण्डनको अस्पतालमा इन्सेन्टिभ केयर युनिट (आइसीयू) मा राखिएको छ । उनको स्वास्थ्य स्थिती बिग्रिएपछि उनलाई आइसीयूमा राखिएको बताइएको छ । यद्यपि, उनी होशमा नै भएको जानकारी दिइएको छ । जोनसोनलाई ११ दिन अघि कोभिड–१९ को संक्रमण भएको पुष्टि भएको थियो । त्यसपछि आइतबार नियमित चेकजाँचको क्रममा सेन्ट थोमस अस्पतालमा भर्ना गरिएको थियो । बोरिस जोनसोनले...
२४ घण्टामा ७१ हजार संक्रमित थपिए, ४७ सयको मृत्यु
काठमाडौं । विश्वभर कोराना भाइरस ९कोभिड–१९० बाट आइतबार ४ हजार ७ सय व्यक्तिले ज्यान गुमाएका छन् । आइतबार सबैभन्दा बढी अमेरिकामा ११ सय ६५ व्यक्तिको मृत्यु भएको छ । योसँगै त्यहाँ कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ६ सय नाघेको छ । अमेरिकामा २४ घण्टामा २५ हजार नयाँ संक्रमित थपिएका छन् । योसँगै त्यहाँ संक्रमितको संख्या ३ लाख ३६ हजार...
कोरोनोबाट मृत्यु भनिएका शेर्पाको उपचार जारी, परिवारले नै दियो गलत सूचना
काठमाडौं । कोभिड–१९ भाइरसको संक्रमणबाट अमेरिका न्यूयोर्क निवासी निमा टेम्बा शेर्पाको अस्पतालमा मृत्यु भएको जानकारी दिएका उनका परिवारले पछि उनी जीवितै रहेको जानकारी दिएका छन् । उनका दाजु ल्हाक्पायुला शेर्पाले निमाकोे मुटु चलिरहेको खबर आएको बताए । भाइको मुटु चलेको भन्ने खबर अस्पतालबाट आएको यसअघि आफूहरुबाट गलत सूचना दिएर गल्ती भएको स्वीकार गरेका छन् । ‘सामाजिक सञ्जाल फेसबुकमार्फत भाइको मृत्युको खबर...
साढे १२ लाख संक्रमित, ६९ हजारको मृत्यु
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) का कारण सोमबार विहानसम्म १२ लाख ७२ हजार मानिस संक्रमित भएका छन् । कोभिड १९ का कारण ६९ हजर तीन सय ५० जनाको मृत्यु भएको छ । दुई लाख ६० हजार मानिस निको भएर घर फर्किएका छन् । इटलीमा दुई हप्तापछि कोभिड १९ का कारण मृत्यु हुनेको संख्यामा कमी आएको छ । आइतबार इटलीमा...
कोरोना संक्रमणपछि बेलायती प्रधानमन्त्री अस्पताल भर्ना
एजेन्सी – बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनलाई अस्पताल भर्ना गरिएको छ । बेलायती प्रधानमन्त्री कार्यालयका प्रवक्ताका अनुसार डाक्टरको सल्लाहपछि प्रधानमन्त्रीको केही परीक्षण गर्न अस्पताल भर्ना गरिएको हो । सावाधानी अपनाउने उद्देश्यसहित यी परीक्षण गर्न लागिएको बताइएको छ । बोरिसमा १० दिन अघि कोरोनाभाइरसको संक्रमण देखिएको थियो । त्यतिबेलादेखि उनी आइसोलेशनमा बसिरहेका छन् । यद्यपि, आइसोलेशनमा रहँदासमेत उनले आफ्नो काम कारवाही रोकेका...
अमेरिका र फ्रान्समा एकै दिन १ हजार बढीको मृत्यु
एजेन्सी । कोरोनाभाइरसको संक्रमणका कारण अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ४८ को मृत्यु भएको छ । यससँगै यहाँ हालसम्म ८ हजार ४ सय ५२ जनाले ज्यान गुमाइसकेका छन् । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन ३४ हजार १ सय ९६ जना संक्रमित पाइएका छन् । यहाँ हालसम्म संक्रमितको कूल संख्या ३ लाख ११ हजार ३ सय ५७ पुगिसकेको छ...

