पछिल्लो समय जापान लगाएत अन्य देशले विद्यार्थी भिषालाई केहि सहज बनाए संगै नेपालमा कन्सलटेन्सीहरुको संख्या बढ्दै गएको देखिन्छ।जापनको हकमा भन्नुपर्दा विशेषगरी यिनिहरुले जापानका भाषा विद्यालय र नेपाली विद्यार्थीहरु विच निश्चित शुल्क लिएर मध्यस्थ्यकर्ताको भुमिका निभाएका हुन्छन।प्रायजसो कन्सलटेन्सीहरुले उक्त काम वा सेवा प्रदान गरे वापत सामन्यतया १ लाख शुल्क लिने गरेको पाइन्छ भने कुनै कुनै कन्सलटेन्सीहरुले सो रकम भन्दा बढि वा कम लिएर काम गरेको पनि पाइन्छ।कोरोनाको प्रभावको कारण बिदेशी विद्यार्थीहरुको संख्या घटेसंगै यतिबेला जापानले फेरि नयाँ विद्यार्थीहरुको लागि भिषामा केहि सहजीकरण गराएको छ।

यतिबेला जापानमा नेपाली रेष्टुरेन्टतिर काम गर्ने आउने व्यक्तिहरु, SSW (Specified skilled Worker) मार्फत काम गर्न आउने व्यक्तिहरु, विद्यार्थी भिषा लगायत डिपेन्डिङ्ग भिषामा आउने व्यक्तिहरुको संख्या क्रमिक रुपमा बढ्दै गएको देखिन्छ।जसमध्ये सबैभन्दा धेरै अध्ययनको लागि विद्यार्थी भिषामा आउने गरेको पाइन्छ। एउटा विद्यार्थीले १ वर्षको गाक्कोउ शुल्क , ६ महिनाको होस्टेल ( आवास)शुल्क लगायत अन्य खर्च गरि करिब १० देखि १२ लाख तिरेर जापान आउने गरेको पाइन्छ तर आजभोलि धेरैजसो कन्सलटेन्सीहरुले होस्टेल शुल्क लगायत अन्य विविध खर्चको शिर्षक बनाई मनलाग्दो तरिकाले रकम अशुल्ने गरेको पनि पाइन्छ।केहि होस्टेलमा रहेका विद्यार्थीहरु सङ्ग बुझ्दा रुम गाक्कोउ र ट्रेन स्टेसनबाट धेरै भित्र, कोठा पुरानो, साँगुरो साथै एउटा रुममा ४ देखि ६ जना विद्यार्थीहरु बस्नुपर्ने र प्रतिव्यक्ति ४०-६० हजार सम्म लिने गरेको बुझियो साथै ६ महिना पुगेपछि तुरुन्त रुम छोड्नुपर्ने बाध्यता रहेको पनि जानाकारी पाइयो तर उक्त रुमको अवस्था बुझ्दा सुरुमा key money सहित केहि रकम बुझाएपनि बढिमा ६/७ मान भन्दा बढि घरभाडा शुल्क नलाग्ने बुझियो त्यसैले यहाँबाट पनि सजिलै बुझ्न सकिन्छ कि होस्टेल शुल्कमा केहि कन्सलटेन्सीहरुले मनलाग्दो तरिकाले रकम अशुली रहेका छ्न भनेर तर यस विषयमा बोल्ने संस्था तथा निकाय मौन छन।

नेपालका कन्सलटेन्सीहरुले जापानको अवस्थाबारे केहि वास्तविक कुराहरुबारे जानाकारी प्रदान गरेपनि धेरै कुराहरु यथार्तता भन्दा माथि गएर ठुला सपना देखाई विद्यार्थीहरुलाई आकर्षित गरि जापान जान प्रेरित गरेका हुन्छन जस्तै जापान गएपछि महिनाको २/३ लाख सजिलै कमाईन्छ, एउटा बैन्क मार्फत तलब लिने काम र अर्को सजिलै HandCash काम पाइन्छ साथै पढाई सकेपछि तुरुन्त सजिलै वर्किङ्ग गर्न सकिन्छ साथै एजु पनि सजिलै पाइन्छ भन्ने जस्ता बढाईचढाई कुराहरु गरेर विद्यार्थीहरुलाई त्यसो भए म पनि किन नजाने त! भन्ने बातवरण सिर्जना गरेका हुन्छन यदपी केहि कुराहरु वास्तविक भएतापनि ति कुराहरु प्राप्त गर्न के कति सङ्घर्ष गर्नुपर्छ भन्ने कुरा राम्रोसङ्ग बताएका हुदैँनन जुन कुरा जापान आएर आफुले भोगेपछि मात्र बुझिन्छ। त्यसैले जापान आउनु अघि कन्सलटेन्सीको भरमा मात्रै नभई आफन्तजन तथा साथीहरुबाट पनि बुझेर प्रकिया सुरु गरियो भने केहि सहज हुनसक्दछ।

आफ्ना छोराछोरीहरुलाई जापान पठाउदैँ गर्दा भिषा आयो भन्ने थाहा पाउने बित्तिकै जम्मा लाग्ने खर्चको वास्तविकता नबुझि अभिभावकहरुले ऋण खोजेरै भएनि कन्सलटेन्सीले मागेको रकम बुझाउने गरेको पाइन्छ। प्रायजसो हामीले ब्याजमा खोजेको रकमले जब छोराछोरीहरु विदेश अध्ययनमा जान्छन तब उनिहरुलाई आफ्नो अध्ययन भन्दा नि आर्थिक अवस्थाको चिन्ता लिन थाल्द्छ्न नेपालबाट ब्याजमा ऋण खोजि आएको बोझ एकातिर हुन्छ भने गाक्कोउ शुल्क लगाएत अन्य आर्थिक भारको बोझ अर्कातिर थुप्रिएको हुन्छ जसले गर्दा दोहोरो दबाबको चुनौतीले गर्दा केहि भाईबहिनीहरुले त आत्महत्या गर्न पनि बाध्य भएका हुन्छन त्यसैले यसको दोषी अभिभावकहरु मात्र नभैइ चर्को रुपमा रकम अशुल्ने कन्सलटेन्सीहरु पनि हुन। हरेक विद्यार्थीहरुबाट सेवा शुल्क वापत लिएको रकम बाहेक अन्य शिर्षकबाट कमिसन खाने प्रवित्तिको अन्त्य गर्न जरुरी छ साथै यस विषयमा नेपाल सरकारको तर्फबाट शिक्षा मन्त्रालयले निश्चित मापदण्डहरु तय गरि कन्सलटेन्सीहरुको कार्य बारे छानविन गरि मापदण्ड विपरित काम गरेका कन्सलटेन्सीहरुलाई तुरुन्त कारबाही गरि कडा रुपमा अघि बढ्न पनि जरुरी देखिन्छ।
यसैगरी कन्सलटेन्सीहरुको छाता सङ्गठन ECAN (Education consultancy Association of Nepal ) ले पनि कन्सलटेन्सीहरुले विभिन्न देशमा अध्ययनका लागि विद्यार्थीहरु पठाउँदा निश्चित मापडण्द भित्र रहि काम गरे नगरेको बुझ्न जरुरी देखिन्छ।

विशेषगरी जापान अध्ययन गर्न आएका विद्यार्थीहरुको हकमा भाषा कक्षा अध्ययन गर्दा सम्म नेपालबाट विद्यार्थी पठाउने कन्सलटेन्सीहरुले गाक्कोउ र विद्यार्थीहरु सङ्ग निरन्तर सम्पर्कमा रहि विद्यार्थीहरुको अवस्था बारे बुझि उनिहरुका अभिभावकहरुलाई जानाकारी गराउन पनि जरुरी देखिन्छ र अभिभावकहरुले पनि आफ्ना छोराछोरीहरुको अवस्था बारे ध्यान दिन जरुरी देखिन्छ तर धेरै जसो कन्सलटेन्सीहरुले विद्यार्थीबाट पैसा लिने अनि जापान पुगेपछि विद्यार्थीहरु सङ्ग सम्पर्कमा नै नरहने गरेको पनि पाईन्छ।

पछिल्लो क्रममा जापान आउने विद्यार्थीहरुले चर्को रुपमा कन्सलटेन्सीहरुलाई रकम बुझाउन बाध्य भएका छन त्यसैले जापानमा रहेका विभिन्न सामाजिक संघसंस्थाहरु एन आर एन लगायत अन्य संङ्घ संस्थाहरु मिलेर यस विषयमा गम्भिर रुपमा अघि बढ्न जरुरी छ , होइन भने वर्षेनी जापान आउने हजारौँ विद्यार्थीहरुलाई नेपालका कन्सलटेन्सीहरुले ठगिरहनेछन।

अन्य सम्बन्धित लेखहरु

जापानमा रहेका विद्यार्थीहरुले आफ्नो अध्ययन र काम सङ्गै आफुमा भएको क्षमतालाई निरन्तरता दिने प्रयास गर्ने कि?

जापानमा रहेका नेपाली हलालहरुबाट सेवा सुविधा लिदैँ गर्दा सचेत पनि बन्ने होकी

जापान प्रवेश गर्दै गर्दा भाषा सङ्गै व्यावहारिक ज्ञानलाई पनि मनन गर्ने कि?

यसकारण जापानमा विदेशिहरुलाई हेर्ने नजर फरक हुन सक्दछ

यसकारण जापानमा नयाँ विद्यार्थीहरुले भाषालाई विशेष प्राथमिकता दिन जरुरी रहेको छ

(नेपालको सत्यवती-२, चेहेमी, गुल्मी स्थायी घर भएका मोहन कुवर,झण्डै १ दशकदेखि जापानमा छन् । जापानमा अध्ययन पश्चात हाल जागिरे जीवनमा व्यस्त मोहन कुवर पछिल्लो २ वर्षयता नेपालन्युजपोस्टडटकममा नियमित,जानकारी मुलक लेखहरु लेख्दै आएका छन् ।हाल जापानको ओसाकामा बस्ने कुवरलाई सामाजिक संजाल फेसबुकमा Mohan Kunwar  नामबाट भेट्न सकिनेछ।)

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार