विदेशीभूमी, आफ्नो अनि परिवारको सपना साकार पुरा गर्न चालेको एउटा कदम हो यो यात्रामा सबै सपनाहरु छिट्टै पुरा नहोलान तरपनि सपना पुरा हुने आशा र धैर्यता भने राख्नुपर्दछ।
यस्तै केहि महिना अघि मात्रै जापानको ओसाका स्थित एक भाषा विद्यालयमा अध्ययनरत नेपाल चितवन जिल्ला घर भएकी एकनेपाली चेली एक्कासी बेखबर भईन।जसको लागि जापानमा रहेका विभिन्न सामाजिक सङ्घ संस्थाहरु देखि लिएर विभिन्न तहकाव्यक्तिहरुद्वारा निरन्तर जापान सरकार तथा सुरक्षा निकाय प्रहरी सामु खोजतलास गर्नको लागि गरेको बारम्बारको अनुरोध पछिढिलै भएपनि आरती खनाल भेटिइन् तर समुन्द्रमा मृत अवस्थामा !
घटना बारे पुर्ण जानाकारी बाहिर आउन नसकेपनि उनको अन्तिम दाहसंस्कार भने जापानमै भयो।उनि आफ्ना सपना र परिवारकाचाहनाहरुलाई अधुरै अपुरै छाडेर यहि जापानी आकाशमा धुवाँ बनेर बिलिन् भईन् । उनको मृत्यु त दुखद हो नै त्यो पनि खेदजनक कुराचाहीँ अझै पनि उनको मृत्यु रहस्यमय नै छ । घटना कसरी घट्यो कसले घटायो भनेर केहि पतितो लागेको छैन । आशा गरौँघटनाको यथार्थता विवरण छिट्टै बाहिर आउनेछ।
आरती खनालको यो रहस्यमय घटनाबाट अन्य नेपाली दिदिबहिनीहरु सचेत बन्नेकी!
कतिपय घटनाहरु चाहेर घट्छन कतिपय घटनाहरु नचाहेर घट्छन त कतिपय घटनाहरु हामीले पत्तो नै नपाउने गरी घट्छन। पछिल्लोसमय जापानमा भर्खर कलिलो १९/२० वर्षको उमेर मै अध्ययन गर्न आउने भाईबहिनीहरुको संख्या ह्वात्तै बढेको छ त्यसैले जापन आउदैँगर्दा जापनमा रहेका आफन्तजन तथा अन्य व्यक्तिहरुबाट जापानको बारे थाहा नभएका कुराहरु राम्रोसँग सोधेर बुझेर मात्र अघिबढ्नुपर्दछ। जापान आईसकेपछि गाक्कोउले पनि जापानको अवस्था र नियम बारे धेरै कुरा सिकाएको हुन्छ त्यसैले ती कुराहरुलाईअनुशासित रुपमा मनन गरी अघि बढ्न जरुरी पर्दछ।जसरी पिन्जडमा रहेको चरी खुल्ला आकाशमा आउदाँ आफुलाई जतिस्वतन्त्रपुर्ण सोचेको हुन्छ त्यसको विपरित हामी नेपालबाट जापान आउँदा आफुमा जिम्मेवारी र दायित्वले काधँ भरिएको छ भनेर पनिसोच्नुपर्दछ। सुरुमा केहि महिना भाषाको कारणले काम तथा दैनिक जीवनमा केहि कठिनाई होला तर यो विस्तारै सहज हुदैँ जान्छसाथै जापानमा निरन्तर मिहिनेत गर्न भने अत्यन्तै जरुरी हुन्छ।
अभिभावकबाट टाढा रहि आफुलाई स्वतन्त्र रुपमा लिनुको अर्थ यो होइन कि आफुलाई मनलाग्दो जे गर्दा नि हुन्छ, सोहि देशलेतोकेको सीमा भन्दा बाहिर जादाँ नि हुन्छ, अँह यस्तो हुन सक्दैन किनकी हामी जब कुनै सीमा र परिधिभित्र भन्दा बाहिर जान्छौँत्यसपश्चात कुनै पनि घटना घट्न सक्ने सम्भावना पनि बढ्दै गएको हुन्छ। जापानमा अध्ययन गर्दै गर्दा अनावश्यक रुपमा विदेशीसाथीहरु धेरै बनाउने, उनिहरुसङ्गै विभिन्न स्थानमा घुम्न जाने , डिस्को , रेस्टुरेन्ट तथा होटेलमा बस्ने जस्ता कुराहरुमा भने निकैसंयमित भएर सोच्नुपर्दछ। पछिल्लो समय केहि नेपाली भाई बहिनीहरु विदेशी व्यक्तिहरुसङ्ग प्रेम सम्बन्धमा बस्ने गरेको पनिपाईन्छ त्यसैले सबै ब्यक्ति गलत नहुन सक्छन तर सबै व्यक्ति सहि हुन्छन भन्ने पनि हुदैन त्यसैले केहि व्यक्तिहरु आफ्नो व्यक्तिगतस्वार्थका लागि पनि प्रेम सम्बन्धमा बस्ने भएको हुनाले यस्ता विषयमा सचेत हुन जरुरी हुन्छ।
यसैगरी जापानमा पछिल्लो समय सामाजिक सन्जालका विभिन्न पेजहरुमा विदेशी व्यक्तिहरुले नेपाली व्यक्तिहरुका नाम राखिविभिन्न सामानहरु सस्तो मुल्यमा बिक्रि गर्ने, हातमा नगद पैसा पाइने कामहरुको बारेमा पोस्ट गरिरहेका हुन्छन जसबाट उनिहरुलेव्यक्तिगत जानाकारी देखि बैङ्क खाता समेत माग्ने गर्दछन त्यसैले यस्ता कुराहरुमा निकै सचेत हुन जरुरी हुन्छ।
विशेषगरी जापान अध्ययन गर्न आएका विद्यार्थीहरुको हकमा भाषा कक्षा अध्ययन गर्दा सम्म नेपालबाट विद्यार्थी पठाउनेकन्सलटेन्सीहरुले गाक्कोउ र विद्यार्थीहरु सङ्ग निरन्तर सम्पर्कमा रहि विद्यार्थीहरुको अवस्था बारे बुझि उनिहरुकाअभिभावकहरुलाई जानाकारी गराउन पनि जरुरी देखिन्छ र अभिभावकहरुले पनि आफ्ना छोराछोरीहरुको अवस्था बारे ध्यान दिनजरुरी देखिन्छ तर धेरै जसो कन्सलटेन्सीहरुले विद्यार्थीबाट पैसा लिने अनि जापान पुगेपछि विद्यार्थीहरु सङ्ग सम्पर्कमा नै नरहनेगरेको पनि पाईन्छ।
विभिन्न सपना बोकेर आएको एउटा नेपाली चेली यसरी समुन्द्रमा मृत अवस्थामा भेटिँदा हामी जो कोहि नेपालीको मुटु नै छिया छियाहुन्छ भने यो घटनाले परिवारमा कति सम्म पीडा दिएको होला भन्ने कुरा हामी सोच्न समेत सक्दैनौँ। सुनौलो भविष्य बनाउन विदेशपठाएको छोरीको मृत्युको खबर सुन्नुपर्दा आमाबुवाको मन कस्तो होला! त्यसैले हामीले जुन सपना बोकेर आएका थियौँ त्यहि सपनापुरा गर्नको लागि गलत बाटो हिडेर होइन मिहेनत र धैर्य गरेर अघि बढौँ ढिलो होला तर एकदिन अवस्य पुरा गर्न सकिनेछ।
अन्य सम्बन्धित लेखहरु
जापानमा रहेका नेपाली हलालहरुबाट सेवा सुविधा लिदैँ गर्दा सचेत पनि बन्ने होकी
जापान प्रवेश गर्दै गर्दा भाषा सङ्गै व्यावहारिक ज्ञानलाई पनि मनन गर्ने कि?
यसकारण जापानमा विदेशिहरुलाई हेर्ने नजर फरक हुन सक्दछ
यसकारण जापानमा नयाँ विद्यार्थीहरुले भाषालाई विशेष प्राथमिकता दिन जरुरी रहेको छ
(नेपालको सत्यवती–२, चेहेमी, गुल्मी स्थायी घर भएका मोहन कुवर,झण्डै १ दशकदेखि जापानमा छन् । जापानमा अध्ययन पश्चातहाल जागिरे जीवनमा व्यस्त मोहन कुवर पछिल्लो २ वर्षयता नेपालन्युजपोस्टडटकममा नियमित,जानकारी मुलक लेखहरु लेख्दैआएका छन् ।हाल जापानको ओसाकामा बस्ने कुवरलाई सामाजिक संजाल फेसबुकमा Mohan Kunwar नामबाट भेट्नसकिनेछ।)
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




