पछिल्लो तथ्याङ्क अनुसार जापानमा करिब एक लाख चालिस हजार भन्दा बढी नेपालीहरुको संख्या रहेको छ जसमा विभिन्न पेसा, व्यवसाय देखि विद्यार्थी भिसा र पारिवारिक (आश्रीत भिसा) भिसामा रहेका छन।जापान आफैँमा सुन्दर शान्त र हरेक काममा समयको पालना सङ्गै अघि बढ्ने देश भनेर विश्वमा नै आफ्नो बलियो छवि बनाएको छ।यतिबेला जापानमा बढ्दो विदेशि नागरिकहरुको संख्या सङ्गै नेपालीहरुको संख्या पनि बढिरहेको छ त्यसैले जान अन्जानमा विभिन्न अपराधिक घटनाहरु चोरी,ठगी,हत्या लगायत यौन हिंसाका घटनाहरु बारे बेला-बेलामा जापानी मिडियाहरुमा समाचारहरु आईरहेका हुन्छन।जापानमा धेरैजसो विदेशी नागरिकहरुलाई भाषागत समस्याको कारण पनि केहि घटनाहरु नियतवस नभैइ अन्जानमा घट्ने गर्दछन तर पछिल्लो समय नेपालीहरुबाट घटेका घटनाहरु भने जापानको नियम कानुन उलङ्घन गरेर नै आफ्नो स्वार्थको लागि यस्ता काम गरेको देखिन्छ।यसरी बेला बेलामा घट्ने विभिन्न किसिमका अपराधिक घटनाहरुले स्वयम व्यक्तिलाई मात्र नभैइ राष्ट्र अनि सोहि राष्ट्रको नागरिकहरुप्रति पनि नकरात्मक छवि हुन पुग्दछ।

गएको अगष्ट महिनामा मात्रै जापानमा ३ ओटा अपराधिक घटना घटेको थियो जसमा फुकुओका सेनमोन गाक्कोउ पढ्दै गरेका विद्यार्थी अर्काको क्रेडिट कार्डको दुरुपयोग गरि सामान खरिद तथा पुन बिक्रीको अभियोगमा पक्राउ परेका थिए भने,त्यसको केहि दिनमा चिबा प्रिफेक्चरमा अर्का एक नेपाली युवाले कन्विनिएंस स्टोरबाट ह्वीस्कि चोरेको तथा कर्मचारीलाई कुटपिट गरेको अभियोगमा पक्राउ परेको खबर प्रकाशन भएको थियो ।

त्यहि शिलशिलाको निरन्तरता जस्तै सेन्दाई निवासी एक कम्पनीमा कार्यरत २ जना नेपालीले अघिल्लो वर्ष अर्काको सवारी चालक अनुमती पत्र प्रयोग गरेर टोकियो भित्र रहेको मोबाईल फोन पसलबाट १५ वटा फोन सम्झौता गरि २ लाख ४७ हजार ५ सय येन बराबरको ठगी गरेको अभियोगमा पक्राउ परेको खबर प्रकाशन भएको थियो। यस्ता विभिन्न अपराधिक घटनाहरुमा संग्लन केहि नेपालीहरु अझै पनि जेल जीवन बिताईरहेका छन भने केहि हिरासतमा रहेका छन त केहि व्यक्तिहरु आफ्नो जेल जीवन बिताएर स्वदेश फर्किसकेका छन।
आफ्नो अनि परिवारको लागि सुनौलो भविष्य देखेर आएको हामी अनावश्यक किसिमका अपराधिक घटनामा संग्लन हुँदा आफु अनि परिवारको अवस्था कस्तो होला? यस विषयलाई हामीले गम्भिरतापुर्वक सोच्न जरुरी छ।छोटो समयमा नै धेरै कमाउनु भन्दा पनि कसरी जापानको बसाईलाई सहज र दीर्घकालिन बनाउन सकिन्छ भन्ने कुरालाई मनन गरेर अघि बढ्न जरुरी देखिन्छ।जापानमा मिहेनत र लगनशिल भएर काम गर्ने हो भने आफ्नो दक्षता र क्षमता अनुसारको काम पाउन कुनै गार्हो अवस्था हुदैँन।जसरी असल व्यक्ति खराब व्यक्तिको सङ्गतले जति छिटो बिग्रन्छ खराब व्यक्ति असल व्यक्ति हुन कैयौँ गुणा समय लाग्नसक्दछ त्यसैले हामी गलत व्यक्तिको सङ्गतमा छौँ भने पनि बेलैमा सचेत हुन जरुरी हुन्छ।पछिल्लो समय जापानमा विदेशिहरुको संख्या बढे सङ्गै भियतनामी र चाइनिजहरुबाट गैरकानुनी घटनाहरु धेरै भैरहेका छन त्यसैले उनिहरुसङ्ग कुनै पनि व्यापारिक तथा अन्य किसिमका कारोबारहरु गर्दा पनि सचेत हुनुपर्दछ।छोटो समयमा विदेशि व्यक्तिहरुलाई चिनेको भरमा उनिहरुसङ्ग सङ्गै होटेल जाने तथा आफ्नो रुममा ल्याउने जस्ता कृयाकलापबाट सजग बन्नुपर्दछ जसरी केहि महिना अगाडी मात्रै ओसाकामा एक नेपाली चेलीको जुन तरिकाले रहस्यमय मृत्यु भएको थियो आगामी दिनमा यस्ता घटना फेरि पनि नदोहोरियोस भन्नका लागि नेपालीहरु सचेत रहनुपर्दछ।

पछिल्लो समय जापानमा नेपालीहरुबाट विभिन्न किसिमका घटनाहरु बढिरहेका छन जसमा चोरी, ठगी, यौनजन्य घटना, नेलालीद्वारा नेपालीकै हत्या, सानो विवादलाई पुलिस केसमा पुर्याउने प्रवृत्ति , नेपालीले नेपालीलाई नै ठग्ने प्रवृत्ति,बढ्दो आत्महत्या, झुटो नाता सम्बन्धको प्रमाण पत्र बनाई जापान प्रवेश, बिजिनेस भिसा बनाई बाहिर काम गर्ने लगायत विभिन्न किसिमका अपराधिक,अनैतिक र गैरकानुनी घटनाहरु बढिरहेका छन त्यसैले यसबारेमा जापानमा रहेका विभिन्न सङ्घसस्थाहरुले पनि विभिन्न कार्यक्रम तथा अनलाईन जानाकारी मार्फत भएपनि नेपाली समुदायका व्यक्तिहरुलाई सचेत बनाउन जरुरी देखिएको छ।

विशेषगरी पछिल्लो समय जापानमा +2 पास गरेर आउने विद्यार्थीहरुको संख्या ह्वात्तै बढेको छ र यो उमेरमा पुर्ण परिपक्कता पनि नहुने र सङ्गत अनुसार गलत बाटो हिड्ने र आवेगमा आएर जस्तोसुकै निर्णय लिने गरेको पनि पाईन्छ त्यसैले अभिभावकहरुले आफ्नो छोराछोरीहरुलाइ विदेश अध्ययनमा पठाउनु अघि उनिहरुलाई स्वदेशमै पारिवारिक जिम्मेवारी तथा दिर्घकालिन योजनाको बारेमा सचेत बनाउन पनि आवश्यक देखिन्छ साथै एक्लै उनिहरु विदेश जान सक्षम छ कि छैनन यसबारे पनि अभिभावक गम्भिर हुन जरुरी रहेको छ।
जापानलाई जति सुरक्षित मुलुकको रुपमा हेरिन्थ्यो तर पछिल्लो समय जापानीहरुबाट पनि सार्वजनिक स्थलहरुमा अपरिचित व्यक्तिहरुबाट धारिलो हतियारबाट हत्या प्रयासका विभिन्न घटनाहरु भैरहेका छन त्यसैले हामी पनि सजग बन्न आवश्यक छ तर यस्ता घटना कतिबेला कसरी घट्छन थाहा हुदैन तर पनि रातको समयमा सुनसान तथा बस्ति बाट केहि टाढा रहेको ठाउँमा एक्लै नहिड्ने साथै हिड्नै परेपनि ट्याक्सीको प्रयोग गरियो भने सुरक्षित रहन सकिन्छ।

पछिल्लो समय जापान आउने नेपालीहरुको संख्या वृद्धि भएसङ्गै जापानमा रहेका विभिन्न सामाजिक संघसंस्थाहरु, नेपाली दुतावास तथा उच्च तहका व्यक्तिहरु मिलेर नेपाल सरकार सङ्ग सहकार्य गरि जापान आउनु भन्दा पहिले जापानको आधारभुत कुराहरु र सामान्य नियम कानुनबारे जापान आउने व्यक्तिहरुलाई लक्षित गरि छोटो भएपनि अभिमुखीकरण कक्षामा सहभागी गराएर जापान प्रवेश गराउन सकियो भने केहि मात्रामा भएपनि यस्ता घटनाहरु कमि हुने थियो कि!

अन्य सम्बन्धित लेखहरु

जापान आउने नयाँ विद्यार्थीहरुबाट चर्को रुपमा होस्टेल शुल्क अशुल्ने कन्सलटेन्सीहरुबाट सजग बन्नेकि?

जापानमा रहेका विद्यार्थीहरुले आफ्नो अध्ययन र काम सङ्गै आफुमा भएको क्षमतालाई निरन्तरता दिने प्रयास गर्ने कि?

जापानमा रहेका विद्यार्थीहरुले आफ्नो अध्ययन र काम सङ्गै आफुमा भएको क्षमतालाई निरन्तरता दिने प्रयास गर्ने कि?

जापानमा रहेका नेपाली हलालहरुबाट सेवा सुविधा लिदैँ गर्दा सचेत पनि बन्ने होकी

जापान प्रवेश गर्दै गर्दा भाषा सङ्गै व्यावहारिक ज्ञानलाई पनि मनन गर्ने कि?

यसकारण जापानमा विदेशिहरुलाई हेर्ने नजर फरक हुन सक्दछ

यसकारण जापानमा नयाँ विद्यार्थीहरुले भाषालाई विशेष प्राथमिकता दिन जरुरी रहेको छ

(नेपालको सत्यवती-२, चेहेमी, गुल्मी स्थायी घर भएका मोहन कुवर,झण्डै १ दशकदेखि जापानमा छन् । जापानमा अध्ययन पश्चात हाल जागिरे जीवनमा व्यस्त मोहन कुवर पछिल्लो २ वर्षयता नेपालन्युजपोस्टडटकममा नियमित,जानकारी मुलक लेखहरु लेख्दै आएका छन् ।हाल जापानको ओसाकामा बस्ने कुवरलाई सामाजिक संजाल फेसबुकमा Mohan Kunwar  नामबाट भेट्न सकिनेछ।)

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार