पछिल्लो समय नेपालबाट स्नातक वा स्नातकोत्तर पास गरेका सिधै कामदार भिषामा जापान आउने लर्को बढ्दो रहेको छ जसको लागि नेपालमा रहेका विभिन्न कन्सलटेन्सीहरुले मध्यस्थकर्ताको काम पनि गरेका हुन्छन तर सामाजिक सन्जालमा विभिन्न मिडिया तथा व्यक्तिहरुले लेखे जस्तै तलब तथा सेवा सुविधा पाउन भने त्यति सजिलो हुदैँन। नेपालबाट सुनिने कुराहरु तथा देखिने सपना भन्दा निन्तात फरक छ जापानको अवस्था त्यसैले जापान आउनु अघि जापानको बारेमा राम्रोसँग परामर्स लिएर कम्तिमा पनि N4 (JLPT, जापानी भाषा प्रवीणता परीक्षा )पास गरेर आउन सकियो भने केहि सहज हुन सक्छ।

पछिल्लो समय जापानका विभिन्न कम्पनीहरुमा कामदारको अभाव हुदैँ गएको र यहाँको घट्दो जनसंख्याको जन्मदरले पनि आगामी दिनमा जापानमा कामदारको अभाव भई ठुलै संख्यामा विदेशी कामदारहरुको माग हुने अवस्था पनि निश्चित जस्तै छ त्यसैले जापानले आफ्नो घट्दो अर्थतन्त्रको स्तरलाई सुधार गर्न पनि पछिल्लो समय SSW (Specified Skilled Worker )मार्फत विभिन्न देशका नागरिकहरुलाई जापान प्रवेशमा सहज बनाएको छ भने अझै केहि अन्य क्षेत्रहरुमा पनि सहज गराउने योजनामा रहेको छ। जापानको यस्तै यस्तै अवस्था र कुराहरु सुनेर पछिल्लो समय नेपालीहरु पनि आफ्नो पेशा तथा व्यवसायलाई छोडेर जापान आउने गरेको पाईन्छ। तर जापान आउनु भन्दा पहिले यहाँको अवसर र चुनौतीबारेमा राम्रोसङ्ग अध्ययन गर्न पनि जरुरी छ।

विशेषगरी जापानमा अङ्ग्रेजी भाषा खासै प्रयोग नहुने हुनाले पनि पछिल्लो समय नेपालबाट स्नातक वा स्नातकोत्तर पास गरेका नेपालीहरु सिधै जापानी कम्पनीहरुमा कामदार भिषामा आउँदा प्रमुख समस्या भनेकै भाषागत समस्या हो तर नेपालका केहि कन्सलटेन्सीहरुले जापान गएपछि काम गर्दै भाषा पनि सिकिन्छ भन्ने गरेको पाईन्छ त्यसैले यस्ता कुरामा सचेत भैइ भाषा सिकाईलाई प्राथमिकता दिनुपर्दछ।नेपालबाट सिधैँ जापानी कम्पनीमा आउँदा जापानको रहनसहन , दैनिक जीवनयापन सम्बन्धि आधारभुत कुराहरु बारे ज्ञानको कमि, साथै कार्यस्थलमा सामान्य वार्तालापको समेत समस्या हुने हुदाँ केहि कम्पनीहरुले कामदारलाई नै कामबाट निकाल्ने गरेको पनि पाइन्छ यि र यस्ता केहि घटना जापानमा विद्यार्थी भिषामा आएर कामदार भिषामा परिवर्तन गरेकाहरुमा पनि भाषाको समस्याले गर्दा कम्पनीबाट निकाल्ने गरेको समचार पनि सुन्ने गरिन्छ त्यसैले जापानमा आफ्नो बसाई सहज बनाउन पहिलो प्राथमिकता भाषालाई नै दिनुपर्ने हुन्छ।

विशेषगरी नेपालबाट सिधैँ जापानी कम्पनीहरुमा आउँदा करिब १२-१५ लाख सम्म रकम बुझाएर आउने गरेको पाईन्छ। नेपालबाट सुन्दा मासिक तलब धेरै भएतापनि जापानमा आम्दानी सङ्गै खर्च पनि उस्तै हुने गर्दछ जसअन्तरगत सरकारलाई तिर्नुपर्ने बीमा रकम, कर रकम, कोठा भाडा लगायत दैनिकी प्रयोग हुने किनमेलमा चर्को रकम खर्च हुने गर्दछ। जसरी नेपालमा हुदाँ देखिने सपना जापान पुगेपछि केहि कठिन हुने भएकाले पनि केहि व्यक्ति डिप्रेसनमा पुग्ने गरेको पाईन्छ भने केहिले आत्महत्या समेत गरेको पाइन्छ्।

त्यसैले नेपालबाट सिधैँ जापानी कम्पनीमा कामदार भिषामा आउँदा भाषा राम्रो बनाएर आउनुपर्दछ र भाषा राम्रो भयो भने काममा पनि सहज हुन्छ साथै जापानीहरुको अगाडी पनि राम्रो छाप पार्न सकिन्छ।जापान आइसकेपछि काम सङ्गै जापानको वातावरण सङ्ग घुलमिल हुन सकियो भने आश्रीत भिषामा आफ्नो श्रीमान/ श्रीमति साथसाथै छोराछोरीहरुलाई पनि लिन सकिन्छ त्यसपछि जापानको बसाई केहि सहज हुन पुग्दछ।

अन्य सम्बन्धित लेखहरु

जापान आउने नयाँ विद्यार्थीहरुबाट चर्को रुपमा होस्टेल शुल्क अशुल्ने कन्सलटेन्सीहरुबाट सजग बन्नेकि?

जापानमा रहेका विद्यार्थीहरुले आफ्नो अध्ययन र काम सङ्गै आफुमा भएको क्षमतालाई निरन्तरता दिने प्रयास गर्ने कि?

जापानमा रहेका विद्यार्थीहरुले आफ्नो अध्ययन र काम सङ्गै आफुमा भएको क्षमतालाई निरन्तरता दिने प्रयास गर्ने कि?

जापानमा रहेका नेपाली हलालहरुबाट सेवा सुविधा लिदैँ गर्दा सचेत पनि बन्ने होकी

जापान प्रवेश गर्दै गर्दा भाषा सङ्गै व्यावहारिक ज्ञानलाई पनि मनन गर्ने कि?

यसकारण जापानमा विदेशिहरुलाई हेर्ने नजर फरक हुन सक्दछ

यसकारण जापानमा नयाँ विद्यार्थीहरुले भाषालाई विशेष प्राथमिकता दिन जरुरी रहेको छ

(नेपालको सत्यवती-२, चेहेमी, गुल्मी स्थायी घर भएका मोहन कुवर,झण्डै १ दशकदेखि जापानमा छन् । जापानमा अध्ययन पश्चात हाल जागिरे जीवनमा व्यस्त मोहन कुवर पछिल्लो २ वर्षयता नेपालन्युजपोस्टडटकममा नियमित,जानकारी मुलक लेखहरु लेख्दै आएका छन् ।हाल जापानको ओसाकामा बस्ने कुवरलाई सामाजिक संजाल फेसबुकमा Mohan Kunwar  नामबाट भेट्न सकिनेछ।)

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार