एनआरएनएको अध्यक्षमा तीन जनाको नाम घोषणा, जम्बो पदाधिकारी घोषणा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा तीन जनाको नाम घोषणा भएको छ । आइतबार सम्पन्न १०औं विश्व सम्मेलनबाट बद्री केसी, रविना थापा र कुल आचार्य अध्यक्षमा निर्वाचित भएको घोषणा गरिएको हो । घोषणासभामा निवर्तमान अध्यक्ष कुमार पन्तले निर्वाचित तीनै जना अध्यक्ष कार्यकारी भएको र पहिलो बैठकको अध्यक्षता तिनै जनाले गर्नेछन् । त्यसपछि पहिलो ६ महिना कुल आचार्यले, दोस्रो...

मे २९ तारिख “प्रथम एनआरएनए फुट्सल रनिङ कप २०२२”आयोजना गरिने, प्रथम पुरस्कार ५ लाख येन , टिमदर्ता अवधि मे १५ सम्म

टोकियो/जापान । गैरआवसीय नेपाली संघ( एनआरएनए) जापानले प्रथम एनआरएनए रनिङ कप २०२२ आयोजना गर्ने भएको छ । आयोजक संस्था – एनआरएनए जापानका अनुसार प्रतियोगिता आगामी मे महिनाको २९ तारिख जापानको टोकियो फुजीमोरी फुट्सल पार्कमा आयोजना हुनेछ ।प्रथम एनआरएनए फुट्सल रनिङ कप २०२२ मा प्रथम हुने टोलीलाई ५ लाख येनसहित कप र रनिङ सिल्ड दिईने आयोजकले जनाएको छ । त्यसैगरी दोस्रो हुने...

युक्रेनबाट करिव ५०० नेपालीको उद्दार: एनआरएनए

रसियाले युक्रेन माथि आक्रमण गर्न थाले देखि हाल सम्म युक्रेनबाट करिब ५०० जना गैरआवासीय नेपालीहरुको उद्दार गरेको एनआरएनएले जनाएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए ) को काठमाण्डौमा सुरु भएको १० औँ महाधिवेशनमा प्रतिबेदन पेश गर्दै महासचिव डा. हेमराज शर्माले युक्रेनबाट ५०० भन्दा बढी नेपालीहरुको उद्दार गरिएको जानकारी दिएका हुन् । विधानतः अघिल्लो वर्ष नै अधिवेशन गरिसक्नुपर्ने भएपनि विवादका कारण...

दुई जना अध्यक्ष बन्ने सहमतिपछि एनआरएनए विवाद सल्टियो

काठमाडौं । गैरआवासीय नेपाली संघ एनरआएनएको विगत ६ महिनायता जारी विवाद अन्ततः समाधान भएको छ । सहमतिको प्रयासस्वरुप गएराति अबेरसम्म भएको दुई पक्षीय वार्तामा दुई अध्यक्षात्मक प्रणालीसहित महत्त्वपूर्ण पदहरू थप्ने सहमति गरेर विवाद टुङ्ग्याइएको गैरआवासीय नेपाली संघका नेता शनि कुमार ओलीले जानकारी दिए । ‘विवाद टुङ्ग्याइएको छ । दुई अध्यक्ष र महत्त्वपूर्ण पदहरू थपेर अघि बढ्ने भन्ने सहमति भएको छ’,...

एनआरएनएको नेतृत्वका लागि रसियाका केसी र अमेरिकाबाट थापाको प्रतिस्पर्धा हुने निश्चित, यसअघि उमेद्वारी दर्ता गरेका आचार्य भने चुवानी मैदान बाहिर

दीपक गौतम/ जापान विवादका बीच यहि मार्च २४ र २५ तारिख सम्पन्न हुन गैरहेको गैर आवासीय नेपाली संघ (एनआरएनए) को नेतृत्वका लागि डा. बद्री केसी र रबिन थापाबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । नेतृत्वका लागि केसी र थापाले मात्रै उमेद्वारी दर्ता गरेकाले उनीहरुबीच प्रतिस्पर्धा हुने निश्चित भएको निर्वाचन समितिले जानकारी दिएको छ । यस अघि २०२१ अक्टुवरका लागि तय गरिएको...

अजिब गुरुङ (ओम) द्वारा NRNA ICC को सचिब पदमा उम्मेदवारी दिने घोषणा

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समवन्य परिषद्को (NRNA ICC )आगामी महाधिवेशनमा अजिब गुरुङ (ओम) सचिब पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । लामो समयबाट एनआरएन अभियानमा होमिएका गुरुङ, २००८मा एनआरएनए जापानको कार्यसमितिको उपाध्यक्ष भएसगै गुरुङको परिचय बढेको थियो । गुरुङ सबैसग समुधुर सम्बन्ध राख्न सक्ने क्षमताका कारण नै ६ जान अध्यक्षका प्रत्यासीहरु हुदै गर्दा पनि सर्बसम्बत रुपमा अध्यक्ष निर्वाचित हुन सफल...

एनआरएनएका अध्यक्ष पन्तले भने ’घलेका गतिबिधि अदालतको फैसला बिपरित’

गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले संघका पुर्व अध्यक्ष शेष घलेका पछिल्ला गतिबिधिले अदालतको अपहेलना भएको बताएका छन । पन्तले एक विज्ञप्ति जारी गर्दै संघले संरक्षक परिषद र उच्चस्तरीय समिति भङ्ग भैसकेको अवस्थामा समिति पुनर्गठन गरेको भनी बक्तब्यबाजी गर्नु खेदजनक भएको बताएका हुन । सबैलाई समेट्ने प्रयास भैरहेका बेला पुर्व अध्यक्ष घलेले बिधान बिपरितका गतिबिधि गरी समाजलाई बिभाजन...

एनआरएन जापानको क्षेत्रीय भेला चिवामा सम्पन्न, एनआरएनए जापानलाई सशक्त बनाएर लैजाने निष्कर्ष

गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको क्षेत्रीय भेला चिवामा सम्पन्न भएको छ । यसअघिनै तय गरिएको एनआरएनए जापानको क्षेत्रीय भेला कोरोनाका कारण स्थगित गरिएको थियो । अघिल्लो पटक स्थगित भएको क्षेत्रीय भेला शनिवार चिवामा सम्पन्न भएको हो । एनआरएनए जापानका अध्यक्ष शिव पौडेलको अध्यक्षतामा सम्पन्न भएको उक्त भेलामा १२ क्षेत्र मध्ये १० क्षेत्रका संयोजकहरुले आ-आफ्नो क्षेत्रको प्रगति विवरण सहित भाबी...

एनआरएनए जापानको चिबा क्षेत्रीय भेला सम्पन्न

चिबा/जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको क्षेत्रीय भेला यहि मार्च ५ तारिख चिबामा सम्पन्न भएको छ । यसअघिनै तय गरिएको एनआरएनए जापानको क्षेत्रीय भेला कोरोना महामारीका कारण स्थगित गरिएको थियो । एनआरएनए जापानका अध्यक्ष शिव पौडेलको अध्यक्षतामा सम्पन्न भएको उक्त भेलामा १२ क्षेत्र मध्ये १० क्षेत्रका संयोजकहरुले आ-आफ्नो क्षेत्रको प्रगति विवरण सहित भाबी योजना सहितको प्रतिबेदन पेश गरेका थिए...

एनआरएनए जापानमा विद्यार्थी सहभगिता विधान विपरित कि विवाद बढाउने नयाँ खेल ?

एनआरएनए आईसिसि(NRNA ICC)ले सदस्यता शुल्कको लागि अन्तिम आह्वान गरे संगै एनआरएनए जापानमा नयाँ विवाद ल्याउने दुष्प्रयास देखियो। कुरा हो विद्यार्थी सदस्यता को । ९३९४ जना सदस्य रहेको जापान मा अधिकाश विद्यार्थी रहेको र विद्यार्थीको सदस्यता रकम मान्य नहुने हेतुले पत्र लेखिएको रहेछ। हुन त अग्रज भनिएकाहरुले नै विभिन्न समयमा विभिन्न विवाद खडा गरि मिलि बसेको समाजलाइ बिथोल्ने गरेको कुनै...