जापानका अधिकांश मेयरहरू भन्छन्- विदेशी बासिन्दा अपरिहार्य छन्

टोकियो,जापान। जापानी दैनिक पत्रिका सांकेइ सिनबुनले देशभरका मेयर तथा वडा प्रमुखहरूबीच गरेको सर्वेक्षणमा जापानका स्थानीय सरकारहरुको विदेशीप्रतिको धारणाको तथ्य बाहिर आएको हो। सर्वेक्षणमा जापानका १ हजार ७ सय ४१ मध्ये १ हजार ४ सय २२ जना मेयर तथा वडा प्रमुखहरूले प्रतिक्रिया दिएका थिए। तीमध्ये करिब ७० प्रतिशतले विदेशी बासिन्दा र आगन्तुकको वृद्धि आफ्ना समुदायमा प्रत्यक्ष प्रभाव पारिरहेको बताएका छन्। सर्वेक्षणमा सहभागीमध्ये...

धादिङ समाज र स्याङ्जा समाज जापानद्वारा गायिका अस्मिता डल्लाकोटी तथा गायक प्रकाश पराजुली सम्मानित

टोकियो, जापान।जापानमा सांगीतिक भ्रमणमा रहेका गायिका अस्मिता डल्लाकोटी र गायक प्रकाश पराजुलीलाई टोकियोमा एक विशेष कार्यक्रमका बीच स्वागत तथा सम्मान गरिएको छ। धादिङ समाज जापान र स्याङ्जा समाज जापान ले संयुक्त रूपमा आयोजना गरेको उक्त कार्यक्रम बुधबार साँझ टोकियोको सिनओकुबोस्थित सोलमारी मुरा हलमा सम्पन्न भएको हो। कार्यक्रममा धादिङ समाज जापानका अध्यक्ष बिमल श्रेष्ठ, स्याङ्जा समाज जापानका अध्यक्ष वेद कार्की, दुवै...

जापानमा गत वर्ष सवारी दुर्घटनाबाट २ हजार ५ सय ४७ जनाको मृत्यु,खानागावा र टोकियोमा सबैभन्दा उच्च

टोकियो,जापान। जापानमा गत एक वर्षको अवधिमा सवारी दुर्घटनाका कारण मृत्यु हुनेको संख्या २ हजार ५ सय ४७ जना रहेको छ, जुन तथ्यांक सङ्कलन सुरु भएयताकै सबैभन्दा कम हो। अघिल्लो वर्षको तुलनामा यो संख्या १ सय १६ जनाले घटेको जापानको राष्ट्रिय प्रहरी एजेन्सीले जनाएको छ। प्रहरीका अनुसार, सन् शोवा २३ (सन् १९४८) देखि तथ्यांक राख्न थालिएयता सवारी दुर्घटनाबाट मृत्यु हुनेको संख्या...

घान्द्रुक समाज जापानको तमु ‘त’ ल्होसार तथा नयाँ वर्ष २०२६ को शुभकामना आदानप्रदान र सम्मान कार्यक्रम सम्पन्न

टोकियो, जापान।घान्द्रुक समाज जापानको आयोजनामा तमु ‘त’ ल्होसार तथा नयाँ वर्ष २०२६ को अवसरमा शुभकामना आदानप्रदान र सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। गत शुक्रबार (जनवरी २) हिगासी कानागावास्थित ‘कोसेली एशियन डाइनिङ’मा समाजका अध्यक्ष युक्तमान गुरुङको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ (NEFIN) जापानका अध्यक्ष श्री भक्त गुरुङ प्रमुख अतिथि हुनुहुन्थ्यो। त्यसैगरी, विशेष अतिथिहरूमा तमु...

यस वर्ष जापानमा ट्रेन भाडा बढ्दै,महंगीमा अब थप आर्थिक भार बढ्ने

टोकियो,जापान। जापानमा यस वर्ष जेआर इस्ट सहित विभिन्न रेल कम्पनीहरूले ट्रेनको भाडा बढाउने भएका छन्। मानवश्रम लागतमा वृद्धि र लामो समयदेखि रोकिएका ठूला मर्मतसम्भार कार्यका कारण भाडा समायोजन गर्नुपरेको ट्रेन कम्पनीहरूको भनाइ छ। जेआर उस्टले आगामी मार्च १४ देखि औसत ७.१ प्रतिशतले भाडा बढाउने घोषणा गरेको छ। यसअनुसार, टिकटमार्फत यात्रा गर्दा प्रारम्भिक भाडा १० येन बढेर १६० येन पुग्नेछ भने...

नयाँ वर्षका पहिलो ३ दिनमा मोची घाँटीमा अड्किँदा टोकियोमा सात जना वृद्ध अस्पताल भर्ना, १ जनाको मृत्यु

टोकियो,जापान। नयाँ वर्षको पहिलो ३ दिनभित्र मोची (चामलको केक) घाँटीमा अड्किएर टोकियोमा ८० देखि ९६ वर्ष उमेर समूहका ७ जना पुरुष तथा महिला अस्पताल भर्ना गरिएको टोकियो अग्नि नियन्त्रण विभागले जनाएको छ। तीमध्ये ८० वर्षीया एक महिलाको मृत्यु भएको पुष्टि गरिएको छ। विभागका अनुसार ती महिलाले जनवरी १ को बिहान करिब १:१० बजे टोकियोको मिनातो वार्डस्थित आफ्नै घरमा दाइफुकु (मोची)...

जापानमा नेपाली हास्य कलाकार राम प्रसाद आचार्य जोडि यस वर्ष पनि उत्कृष्ट,१० लाख येन नगद पुरस्कार

टोकियो,जापान। जापानको ओकिनवा सहरमा रहेर जापानी रेडियो तथा टेलिभिजनमा कमेडी कार्यक्रम गर्दै आएका नेपाली हास्य कलाकार राम प्रसाद आचार्यले एक टेलिभिजनको हास्य कार्यक्रमको दोस्रो पटक उपाधी जितेका छन्। हरेक वर्ष नयाँ वर्षको अवरसमा ओकिनवा टिभि(OTV) बाट प्रत्यक्ष प्रसारण हुने,कमेडियन कम्पिटिसन शो ०-१ गुरान्पुरीमा आचार्यको जोडी विजयी भएको हो। सुरुवातामा करिब ९० जना प्रतिष्पर्धी कलाकार तथा कलाकार जोडि सहभागिता रहेकोमा त्यसबाट २५...

मुद्रास्फीतिको चापबीच जापानका कन्विनिएंस स्टोरहरु सस्तो सामानतर्फ आकर्षित

टोकियो, जापान। मुद्रास्फीतिका कारण उपभोक्ताहरू खर्चमा कडाइ गरिरहेकाले जापानका खुद्रा व्यापारीहरू कम मूल्यका सामान उपलब्ध गराउन तीव्र प्रतिस्पर्धामा उत्रिएका छन्। कच्चा पदार्थ र श्रम लागत बढ्दा मूल्यमा भिन्नता देखाउन कठिन बन्दै गए पनि, व्यापारीहरूले सस्तो सामग्री, आयातित कच्चा पदार्थ र प्याकेजिङ पुनरावलोकन गरेर मूल्य नियन्त्रण गर्ने प्रयास गरिरहेका छन्। कन्विनिएंस स्टोर सञ्चालक लसन ले फेब्रुअरीदेखि टोकियो र आसपासका क्षेत्रमा सिजनल...

टोकियोमा नयाँ वर्षको दिन मोची घाँटीमा अड्किँदा १ जनाको मृत्यु, ३ जना अचेत

टोकियो,जापान। नयाँ वर्षको पहिलो दिन (जनवरी १) टोकियो महानगर क्षेत्रमा मोची (चामलबाट बनाइने परिकार) घाँटीमा अड्किँदा ४ जनालाई आपतकालीन रूपमा अस्पताल लगिएको छ। तीमध्ये ८० वर्ष उमेरकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको टोकियो अग्नि तथा विपद् व्यवस्थापन विभागले जनाएको छ। टोकियो अग्नि विभागका अनुसार जनवरी १ को बिहान करिब १ बजेतिर मिनातो वार्डस्थित आफ्नै घरमा बसिरहेकी ८० वर्षीया महिलाले...

लेखानी समाज जापानको चौथो अधिवेशन सम्पन्न, दीपक कँडेल अध्यक्षमा निर्विरोध निर्वाचित

टोकियो,जापान। जापानमा क्रियाशील नेपाली समुदायको सामाजिक–सांस्कृतिक संस्था लेखानी समाज जापान को चौथो अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनबाट दीपक कँडेल निर्विरोध रूपमा अध्यक्षमा चयन भएका छन् । अधिवेशनले संस्थाको भावी कार्यदिशा तय गर्दै नयाँ कार्यसमितिलाई सर्वसम्मत रूपमा चयन गरेको हो। समाजको एकता, पहिचान र संस्थागत सुदृढीकरणमा नयाँ नेतृत्वको भूमिका महत्वपूर्ण रहने विश्वास व्यक्त गरिएको छ। चौथो अधिवेशनबाट चयन भएको कार्यसमितिमा अध्यक्षमा...