जापानमा यस पटकको हिउँदे बोनस पनि ऐतिहासिक उच्च,औसत ९ लाख ५७ हजार येन

टोकियो, जापान। जापानमा श्रमिक संघ रहेको प्रमुख कम्पनीहरूमा काम गर्ने कर्मचारीहरूले पाएको यस पटकको हिउँदे बोनस प्रतिव्यक्ति औसत ९ लाख ५७ हजार १८४ येन पुगेको छ। यो रकम लगातार दोस्रो वर्ष पनि अहिलेसम्मकै उच्च भएको श्रम तथा स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयको तथ्यांकले देखाएको छ। मन्त्रालयले श्रम–व्यवस्थापन वार्ताको अवस्था बुझ्नका लागि पुँजी १० अर्ब येनभन्दा बढी र कर्मचारी १ हजारभन्दा...

स्याङ्जा समाज जापानले जापानमा होकेन,नेन्कीन,जेईकिन साथै कानुनी परामर्श सम्बन्धी कार्यक्रम गर्ने

टोकियो,जापान। स्याङ्जा समाज जापानको आयोजनामा बिमा (होकेन),पेन्सन (नेन्किन),कर (जेइकिन),जापानी कानुन बारे जानकारी मुलक कार्यक्रम हुने भएको छ। स्याङ्जा समाज जापानका अध्यक्ष वेद कार्कीका अनुसार जापानमा अत्यन्तै महत्वपूर्ण मानिने होकेन,नेन्किन,जेइकिन तथा जापानको कानुनबारे धेरै विदेशीहरुमा पर्याप्त जानकारी नहुने तथा जानकारी भएर पनि वेवास्था गर्ने प्रवृत्ति अधिक भएकाले सरकारले कडाई गर्ने प्रकृया अघि बढाईसकेको अवस्थामा जापानवासी नेपालीहरुलाई लक्षित गरि यस कार्यक्रम आयोजना...

जापानको नारिता विमानस्थलमा कपडा कम्प्रेस गर्ने मेसिनको परीक्षण, छाडिएका सुटकेस घटाउने लक्ष्य

नारिता, चिबा। टोकियो नजिकैको नारिता अन्तर्राष्ट्रिय विमानस्थलले टर्मिनलमा यात्रुहरूले छाडेर जाने सुटकेसको समस्या कम गर्न कपडा कम्प्रेस (सानो बनाउने) गर्ने मेसिनको परीक्षण सञ्चालन गरेको छ। नारिता इन्टरनेशनल एयरपोर्ट कर्पोरेसन (एनएए) ले यो पहल यात्रुहरूको सुविधा बढाउन र पछिल्ला वर्षहरूमा तीव्र रूपमा बढेको छाडिएका सुटकेसको समस्यालाई सम्बोधन गर्न थालेको जनाएको छ। एनएएका अनुसार, आगामी दिनमा शुल्कसहित यो मेसिन परीक्षण गर्ने र...

मार्च १ तारिख टोकियोमा शेर्पा संघ जापानद्वारा ग्याल्पो ल्होसार सांस्कृतिक तथा विविध कार्यक्रम आयोजना गरिने

टोकियो,जापान। शेर्पा संघ जापानले सदाको बर्षझै यसबर्षपनि “प्रवासमा भाषा, धर्म, कला र संस्कृतिको संरक्षण, शेर्पा संघ जापानको मूल अभियान” भन्ने नाराकासाथ हिमाली बौद्ध धर्मावलम्बीहरूको महान चाड ग्याल्पो ल्होसार (ता लो-२१५३ औं) भव्य रूपमा मनाउने भएको छ। कार्यक्रम मार्च १ तारिख आइतबार टोकियो हामामाचुच्यो स्थित मन्दिर रेष्टुरेन्टमा बिहान ११ बजेदेखि राति ८ बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रममा शेर्पा समुदायका चर्चित हाल युरोपमा...

जनवरी १८ तारिख लि:ल फङ (घले समाज) जापानद्वारा ‘९ औँ ल्होसर साँझ २०२६’ आयोजना गर्ने

टोकियो, जापान। लि:ल फङ (घले समाज) जापानले ९ औँ ल्होसर साँझ २०२६ भव्य रूपमा आयोजना गर्ने भएको छ। संस्थाका अनुसार कार्यक्रम जनवरी १८ तारिखका दिन बेलुका ६:०० बजे देखि ११:३० बजे सम्म टोकियोको शिनोकोबुस्थित रोयल गार्डेन रेस्टुरेन्ट मा हुनेछ। कार्यक्रममा गुरुङ समुदायसहित विभिन्न समुदायको सहभागितामा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ। विशेष आकर्षणका रूपमा मेरो भ्वाइस युनिभर्स (सिजन २) का विजेता...

अब जापानमा विदेशी बासिन्दाका लागि जापानी भाषा अनिवार्य बनाउने प्रस्ताव

टोकियो। जापानमा मध्यमदेखि दीर्घकालीन रूपमा बसोबास गर्ने विदेशी नागरिकहरूका लागि जापानी भाषा र सामाजिक नियम सिक्ने कार्यक्रम अनिवार्य बनाइनुपर्ने प्रस्ताव विज्ञ प्यानलले गरेको छ। बुधबार सार्वजनिक गरिएको प्रतिवेदनमा प्यानलले भाषा, संस्कृति तथा सामाजिक आचारसम्बन्धी ज्ञान बिना जापानी समाजमा घुलमिल हुन विदेशीहरूलाई कठिनाइ भइरहेको निष्कर्ष निकालेको छ। प्यानलका अनुसार अमेरिका, युरोपलगायत केही देशहरूमा विदेशी बासिन्दाका लागि भाषा र सामाजिक संस्कार सिकाउने...

जापानमा एक जनाको नशा, लाखौँ नेपालीको बदनाम

प्रिय जापानबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, हेर्नुस न ! आज जापानमा वैदेशिक रोजगारीको सिलसिलामा बसोबास गर्न थालेको पनि झण्डै एक दशक पूरा भैसकेछ । मेरो जापान यात्रा यामानासी केनबाट सुरु भई आज निरन्तर टोकियोमा जारी छ । यो यात्रामा धेरै मानिसहरू भेटिए, धेरैसँग ठोक्किनुपर्‍यो, धेरै आए गए, र थोरै मात्र साथमा रहे । जीवनका यी वर्षहरूमा दुःख सुख, हाँसो, आँसु, आशा...

तपाईलाई थाह छ ? जापानको एउटा महत्वपूर्ण राष्ट्रिय सार्वजनिक बिदा सेइजिन नो हि (成人の日) के हो त ?

टोकियो,जापान। जापानमा हरेक वर्ष मनाइने राष्ट्रिय सार्वजनिक बिदा सेइजिन नो हि (成人の日) युवाहरुको जीवनमा विशेष महत्व राख्ने दिन हो। यस दिनलाई Coming-of-Age Day का रूपमा चिनिन्छ, जसले युवाहरुको वयस्क जीवनमा प्रवेश, जिम्मेवारी र सामाजिक दायित्वको सुरुवातलाई संकेत गर्छ। सेइजिन नो हिको अवसरमा देशभरका स्थानीय तहहरूले सेइजिनशिकी (成人式) नामक औपचारिक कार्यक्रम आयोजना गर्छन्। कार्यक्रममा सहभागी युवायुवतीहरू परम्परागत पोशाक – महिलाले फुरीसोदे...

दोन्दो–याकी, जापानी जीवनदर्शनको सुन्दर अभिव्यक्ति अनि वर्षलाई बिदाइ गर्ने आगोको उत्सव

दोन्दो–याकी जापानमा नयाँ वर्षको औपचारिक समापनसँग जोडिएको परम्परागत धार्मिक–सांस्कृतिक उत्सव हो। प्रायः जनवरी महिनाको मध्यतिर (धेरैजसो १४ वा १५ तारिख) शिन्तो मन्दिर, बौद्ध मठ वा स्थानीय खुला स्थानमा आयोजना गरिने यो कार्यक्रम नयाँ वर्षभरि प्रयोग गरिएका सजावटहरूलाई पवित्र आगोमा अर्पण गर्दै सम्पन्न हुन्छ। नयाँ वर्षमा घर–घरमा राखिने कादोमाचु, शिमेनावा, कागामी–मोची जस्ता सजावटहरू यस दिन एकै ठाउँमा संकलन गरिन्छ। ती सामग्रीहरूलाई...

प्रवास नेपाली सम्पर्क विभाग क्षेत्रीय समिति सेन्दाईको अधिवेशन सम्पन्न, सन्तोष चौहानको संयोजकत्वमा कार्यसमिति चयन

सेन्दाई / जापान । प्रवास नेपाली सम्पर्क विभाग जापान क्षेत्रीय समिति  तोहोकु (सेन्दाई)को अधिवेशन सम्पन्न भएको छ। कार्यक्रम प्रवास नेपाली सम्पर्क विभाग जापान क्षेत्रीय समिति तोहोकु (सेन्दाई) का संयोजक प्रकाश खतिवडाको सभापतित्वमा सम्पन्न भएको थियो। प्रवास नेपाली सम्पर्क विभाग जापान क्षेत्रीय समिति तोहोकु (सेन्दाई) का सचिव राजेश खनालले सञ्चालन गरेको उक्त कार्यक्रमको प्रमुख अथिति प्रवास नेपाली सम्पर्क विभाग जापानका...