जापानमा अब चिकित्सकको प्रेस्क्रिप्सन बिना ‘आपतकालीन गर्भनिरोधक औषधि ’ उपलब्ध, तर फार्मेसीमै सेवन गर्नुपर्ने
टोकियो,जापान। जापानमा लामो समयदेखि बहसको विषय बनेको आपतकालीन गर्भनिरोधक औषधि (मर्निङ–आफ्टर पिल) अब चिकित्सकको प्रेस्क्रिप्सन बिनानै उपलब्ध हुने भएको छ। फेब्रुअरी महिनादेखि महिलाहरूले यो औषधि सिधै ड्रगस्टोर (फार्मेसी) बाट किन्न सक्नेछन्। यसअघि सन् २०११ देखि यो औषधि प्रयोग गर्न चिकित्सकसँग परामर्श गरी प्रेस्क्रिप्सन अनिवार्य थियो। जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले मर्निङ–आफ्टर पिलको प्रयोगलाई सन् २०११ मा मात्र अनुमति दिएको...
जापानमा बाल दुर्व्यवहारका घटना लगातार दोस्रो वर्ष पनि २ लाख २० हजार नाघ्यो
टोकियो,जापान। जापान सरकारको तथ्यांकअनुसार आर्थिक वर्ष सन २०२४ मा जापानभका बाल कल्याण केन्द्रहरूमा दर्ता भएका बाल दुर्व्यवहारका घटनाहरू २ लाख २० हजार भन्दा बढी पुगेका छन्। यो संख्या लगातार दोस्रो वर्ष पनि यही स्तरमा कायम रहेको हो। स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालय र बालबालिका तथा परिवार एजेन्सीका अनुसार कुल घटनामध्ये करिब ६० प्रतिशत मानसिक (मनोवैज्ञानिक) दुर्व्यवहारसँग सम्बन्धित छन्। आर्थिक वर्ष...
जापानमा एक नेपाली युवाको प्रेरणादायी सफलता,जो ३ वटा फ्यामिलीमार्ट संचालन गरिरहेका छन्
टोकियो,जापान। मेहनत, धैर्य र निरन्तरताका साथ अघि बढेमा जापानमा पनि नेपाली युवाले उल्लेखनीय सफलता हासिल गर्न सक्छन् भन्ने कुरा स्याङ्जाका बालकृष्ण ढुंगानाको यात्राले प्रमाणित गरेको छ। सन २००७ मा विद्यार्थीका रूपमा जापान आएका बालकृष्ण ढुंगानाले सुरुआतमा कन्भिनिएन्स स्टोरमा पार्ट–टाइम काम गर्दै आफ्नो संघर्षपूर्ण यात्रा सुरु गरेका थिए। सामान्य देखिने त्यो सुरुआत आज प्रेरणादायी सफलतामा रूपान्तरण भएको छ। हाल उनी जापानको...
जापानकी प्रधानमन्त्री ताकाइचीको आउँदो आर्थिक वर्ष भित्र खाद्य पदार्थको कर दुई वर्षका लागि हटाउने योजना
टोकियो,जापान। जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले आइतबार आर्थिक वर्ष सन २०२६ भित्र खाद्य तथा पेय पदार्थमा लाग्दै आएको ८ प्रतिशत उपभोग कर दुई वर्षका लागि हटाउने योजना कार्यान्वयन गर्ने लक्ष्य रहेको बताएकी छन्। यो व्यवस्था अप्रिलबाट सुरु गर्ने तयारी रहेको उनले एक टेलिभिजन कार्यक्रममा स्पष्ट पारेकी हुन् । प्रधानमन्त्री ताकाइचीका अनुसार, “खाद्य करमा दुई वर्षको छुट फिर्ता योग्य कर क्रेडिट प्रणाली...
जापानका डिपार्टमेन्ट स्टोरमा चिनियाँ ग्राहक झण्डै ४० प्रतिशतले घटे
टोकियो,जापान। जापानका डिपार्टमेन्ट स्टोरहरूमा डिसेम्बर महिनामा चिनियाँ ग्राहकको संख्या र उनीहरूले गर्ने ड्युटी–फ्री किनमेल दुवै अघिल्लो वर्षको तुलनामा करिब ४० प्रतिशत ले घटेको उद्योगसम्बन्धी तथ्यांकले देखाएको छ। जापान–चीनबीच बढ्दो कूटनीतिक तनाव यसको मुख्य कारण मानिएको छ। जापान डिपार्टमेन्ट स्टोर्स एसोसिएसनका अनुसार, चिनियाँ पर्यटक घटेसँगै समग्र ड्युटी–फ्री बिक्रीमा पनि असर परेको छ। डिसेम्बर महिनामा ड्युटी–फ्री बिक्री १७ दशमलव १ प्रतिशत घटेर...
जापानका उत्तरी तथा पश्चिमी क्षेत्रममा २५ तारिखसम्म पुनः भारी हिमपातको अनुमान,ठूलो क्षेत्रमा हिमपात अझ तीव्र हुने चेतावनी
टोकियो,जापान। जापानमा अत्यन्तै चिसो हावाको लहरको(शित लहर जस्तै) प्रभावका कारण जापान सागर आसपासका क्षेत्रहरूमा निरन्तर हिमपात भइरहेको छ। यसका कारण केही स्थानमा औसतभन्दा धेरै हिउँ जम्मा हन गई जनजिवन असहज बन्न पुगेको छ। मौसम विभागका अनुसार २५ तारिखसम्म पुनः भारी हिमपातको सम्भावना छ। यस अवधिमा देशका व्यापक क्षेत्रमा हिमपातको तीव्रता बढ्ने अनुमान गरिएको छ, जसले यातायात सेवामा उल्लेख्य असर पार्न...
टोकियोमा २५ तारिख “ प्रवासी भूमिमा राष्ट्रिय बहस -कास्की पोखरा समाज जापानसँग सौरभ” कार्यक्रम आयोजना हुने
टोकियो, जापान। कास्की पोखरा समाज जापानको आयोजनामा प्रवासी भूमिबाट राष्ट्रको समग्र अवस्था बुझ्ने र छलफल गर्ने उद्देश्यसहित एक विशेष अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ। “प्रवासी भूमिमा राष्ट्रिय बहस -कास्की पोखरा समाज जापानसँग सौरभ” शीर्षकमा आयोजना हुन लागेको उक्त कार्यक्रममा प्रख्यात विश्लेषक सौरभको विशेष उपस्थिति रहने आयोजक संस्थाले जनाएको छ। कार्यक्रममा नेपालको वर्तमान सामाजिक, आर्थिक तथा राजनीतिक अवस्था साथै राष्ट्रले सामना...
टोकियोमा नेवा: अन्तर्राष्ट्रिय फोरम जापानद्वारा बेल विवाह (ईही) र ब्रतबन्ध (केयता पूजा )आयोजना गर्दै
टोकियो,जापान। टोकियोमा, नेवा:हरूको सक्रिय संस्था नेवा: अन्तर्राष्ट्रिय फोरम जापानले आगामी फेब्रुअरी २२ तारिख (आईतबार) टोकियोको कोतोकुको कितासुना स्थित सामूहिक बेल विवाह (ईही) र ब्रतबन्ध आयोजना गर्ने भएको छ। नेपालबाट नेवा: गुरूज्युलाई जापान आमन्त्रण गरी यो पवित्र संस्कार सम्पन्न गराउन लागिएको हो। संस्थाले यसअघि चार पटक सामूहिक बेल विवाह (ईही) तथा दुई पटक सामूहिक ब्रतबन्ध (केयता पूजा) आयोजना गरिसकेको छ। “हाम्रो कार्यक्रमहरूमा...
जापानी महिलामध्ये बहुसंख्यकले विवाहप्रति पश्चात्ताप गरेको सर्वेक्षण
जापानमा रोमान्टिक सम्बन्धप्रतिको रुचि घट्दै गएको भन्ने धारणा पछिल्ला वर्षहरूमा बलियो बन्दै आएको छ। विवाह गर्ने संख्या घट्नु, ढिलो उमेरमा विवाह हुनु, र युवायुवतीहरूबीच डेटिङ कम हुनुजस्ता तथ्यहरूले यो धारणा झनै बलियो बनाएका छन्। यही सन्दर्भमा सार्वजनिक भएको एक सर्वेक्षणले अनलाइनमा ठूलो चर्चा पाएको छ। उक्त सर्वेक्षणमा सहभागी अधिकांश विवाहित जापानी महिलाले आफ्नै श्रीमानसँग विवाह गरेकोमा पश्चात्ताप भएको बताएका छन्।...
तमुधीं जापानको नवनिर्वाचित अध्यक्ष अमर गुरुङ सहित कार्यसमितिको सपथ ग्रहण
टोकियो,जापान। तमुधीं जापानको २१ औँ अधिवेशनबाट अमर गुरुङको अध्यक्षतामा २५ सदस्यिय नयाँ कार्यसमिति निर्वाचित भएको छ । निर्वाचन समितिका संयोजक ओम गुरुङले नवनिर्वाचित समितिलाई तमुधींको विघान अनुसार आईतबार एक समारोहका बिच सपथ ग्रहण गराएका हुन् । तमुधींको नवनिर्वाचित कार्यसमिको -अध्यक्षमा अमर गुरुङ, उपाध्यक्षहरुमा प्रविन गुरुङ, दिनेश गुरुङ, मिथुन गुरुङ, दिनु गुरुङ, र शर्मिला गुरुङ रहेका छन । महासचिवमा भरत गुरुङ र...

