जापानमा इन्फ्लुएन्जा संक्रमित बढ्दो, एक सातामै करिब १.४ गुणा वृद्धि
टोकियो,जापान। जापानभर इन्फ्लुएन्जा (फ्लु) संक्रमितको संख्या तीव्र रूपमा बढ्दै गएको छ। फेब्रुअरी ८ सम्मको एक साताको अवधिमा देशभरका स्वास्थ्य संस्थाबाट प्राप्त विवरणअनुसार बिरामी संख्या अघिल्लो साताको तुलनामा करिब १.४ गुणाले बढेको छ। योसँगै लगातार ५ सातादेखि संक्रमित संख्या उकालो लागिरहेको छ र यस सिजनकै तेस्रो उच्च स्तरमा पुगेको बताइएको छ। राष्ट्रिय स्वास्थ्य संकट व्यवस्थापन अनुसन्धान निकायका अनुसार देशभरका करिब ३...
जापानमा स्वास्थ्य सेवा शुल्क वृद्धि हुने, सन २०२७ जुन देखि दोब्बर बनाइने योजना
टोकियो,जापान। जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयअन्तर्गतको एक उच्चस्तरीय प्यानलले अस्पताल तथा स्वास्थ्य सेवासम्बन्धी शुल्क वृद्धि गर्ने प्रस्ताव स्वीकृत गरेको छ। यस निर्णयले स्वास्थ्यकर्मीहरूको तलब वृद्धि, बढ्दो महँगी व्यवस्थापन तथा टेलिहेल्थ सेवाको विस्तारमा सहयोग पुग्ने सरकारको अपेक्षा छ। प्यानलले शुक्रबार अनुमोदन गरेको नयाँ शुल्क संरचनाअनुसार सार्वजनिक स्वास्थ्य बीमाअन्तर्गत पर्ने अस्पताल सेवामा बिरामीहरूले तिर्नुपर्ने रकम विभिन्न शीर्षकमा बढ्नेछ। महँगीको प्रभाव सम्बोधन...
सरकारी आवासमा बस्ने विदेशीहरूको विवरण अनिवार्य गर्ने जापान सरकारको नयाँ निर्देशन
टोकियो,टोकियो। जापान सरकारले विदेशी नागरिकसम्बन्धी नीतिको आधारभूत धारणा तय गरेपछि भूमि, पूर्वाधार, यातायात तथा पर्यटन मन्त्रालयले देशभरका स्थानीय तहहरूलाई सार्वजनिक (सरकारी) आवासमा बस्ने विदेशीहरूको विवरण संकलन गर्न नयाँ निर्देशन जारी गरेको छ। यो निर्देशन सन २०२६ फेब्रुअरी १० तारिखका दिन औपचारिक रूपमा पठाइएको हो। सरकारले जनवरी महिनामा बसेको सम्बन्धित मन्त्रीस्तरीय बैठकमार्फत विदेशी नीतिबारे समग्र दृष्टिकोण तय गरेको थियो। सोही निर्णयअनुसार,...
बिहुँकोट समाज जापानले टोकियो र ओसाकामा महाशिवरात्री विशेष कार्यक्रम गर्ने
टोकियो, जापान । महाशिवरात्री पर्वको पावन अवसर पारेर बिहुँकोट समाज जापानले यस वर्ष पनि विशेष धार्मिक कार्यक्रम आयोजना गर्ने भएको छ। विगतका वर्षहरूझैँ यस वर्ष पनि फेब्रुअरी १५ तारिख, शिवरात्रिको दिन टोकियोस्थित कामता चौतारो हलमा शिव पूजा, धौलागिरी भजन समूहको विशेष भजन–कीर्तन तथा झाँकीसहित कार्यक्रम गरिने समाजले जनाएको छ । समाजकाअध्यक्ष टिकाराम कँडेलका अनुसार विदेशमा रहेर पनि हिन्दु धर्मका चाडपर्वको...
महानायक राजेश हमाल जापानका प्रमुख ५ शहरमा आउँदै
टोकियो,जापान। जापानमा बसोबास गर्ने नेपाली समुदायका लागि प्रेरणा, आत्मविश्वास र सकारात्मक सोच अभिवृद्धि गर्ने उद्देश्यले नेपाली सिने जगतका महानायक राजेश हमाल जापानका प्रमुख ५ शहरमा उपस्थित हुने विशेष प्रेरणादायी कार्यक्रम आयोजना हुने भएको छ। “सपना, साधना र सफलता : युगदेखि युगसम्म” शीर्षकमा सञ्चालन हुने उक्त कार्यक्रम गैरआवासीय नेपाली संघ एनआरएनए जापानको आयोजनामा तथा अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) जापान च्याप्टरको...
टोकियोमा ३ दिने शिव महापुराण तथा महाशिवरात्री मेला आयोजना हुने
टोकियो, जापान। जापानस्थित नेपाली हिन्दू समुदायलाई लक्षित गर्दै आगामी फेब्रुअरी १४ देखि १६ तारिखसम्म ३ दिने शिव महापुराण तथा महाशिवरात्री मेला आयोजना हुने भएको छ। धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजक पर्वत समाज जापान ले जनाएको छ। आयोजक पर्वत समाज जापानका अध्यक्ष राम बास्तोलाका अनुसार “धर्म, संस्कृति र सेवाको यो महाअभियानमा सहभागी बनौं”...
जापानमा २०२५ मा ३३७ प्रहरी कर्मचारीमाथि अनुशासनात्मक कारबाही पछिल्लो १० वर्षकै उच्च
टोकियो,जापान। जापानको राष्ट्रिय प्रहरी एजेन्सी (NPA) का अनुसार सन् २०२५ मा देशभरका ३३७ जना प्रहरी अधिकृत तथा कर्मचारीमाथि अनुशासनात्मक कारबाही गरिएको छ। यो संख्या अघिल्लो वर्षको तुलनामा ९८ ले बढी हो र पछिल्लो १० वर्षयताकै सबैभन्दा उच्च रहेको बताइएको छ। एजेन्सीका अनुसार कारबाहीमा परेकामध्ये ६४ जनालाई पक्राउसमेत गरिएको थियो। चर्चित घटनामध्ये कानागावा प्रिफेक्चरको कावासाकी सहरकी एक महिलाको हत्या प्रकरण पनि...
जापानको सत्तारुढ दल एलडिपीभित्र उपभोग कर कटौतीमा बहुमत समर्थन
टोकियो,जापान। जापानको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) भित्र उपभोग कर (कन्जम्प्सन ट्याक्स) घटाउने विषयमा बहुमत समर्थन देखिए पनि पार्टी नेतृत्व तहमा अझै सतर्कता देखिएको छ।जापानी संचार माध्यमको एक सर्वेक्षणअनुसार एलडिपीका ७४ प्रतिशत उम्मेदवारले उपभोग करमा सीमित कटौती गर्नुपर्ने मत व्यक्त गरेका छन्। तर २० प्रतिशत उम्मेदवारले हालको १० प्रतिशत करदर यथावत् राख्नुपर्ने बताएका छन्। प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका कुल १...
आज जापानमा एहोउमाकी(恵方巻き)खाने दिन हो नी !
जापानभरि आज ‘सेचुबुन’ (節分) पर्व हर्षोल्लासका साथ मनाइँदैछ। यो पर्व जापानी पात्रोअनुसार वसन्त ऋतुको सुरुवातको अघिल्लो दिन मनाइन्छ र यसलाई दुष्ट आत्मा (ओनी) लाई घरबाट भगाएर नयाँ वर्षको लागि सौभाग्य र सुख भित्र्याउने दिनको रूपमा लिइन्छ। के हो सेचुबुन? सेचुबुनको शाब्दिक अर्थ “मौसमको विभाजन” हो। परम्परागत रूपमा, यसले जाडोको अन्त्य र वसन्तको सुरुवातलाई जनाउँछ। यस दिन जापानीहरूले विभिन्न परम्परागत विधिहरू अपनाएर...
स्याङ्जा समाज जापानद्वारा रक्तदान कार्यक्रम, जापानभर दर्ता खुला
टोकियो,जापान। जापानमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै स्याङ्जा समाज जापानको पहलमा रक्तदान कार्यक्रम आयोजना हुने भएको छ। उक्त कार्यक्रमका लागि सहभागी दर्ता फारम खुला गरिएको आयोजक संस्थाले जनाएको छ। समाजले जापानका विभिन्न क्षेत्रमा बसोबास गरिरहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आफूलाई पायक पर्ने स्थान छनोट गरी दर्ता फारम भर्न हार्दिक अनुरोध गरेको छ। दर्ता प्रक्रियाले कार्यक्रमको प्रभावकारी व्यवस्थापन र समन्वयमा सहयोग...

