रामकृष्ण बम मल्लको नयाँ गीत ‘तिम्रै चिनो’ सार्वजनिक(भिडियो)
टोकियो,जापान। नेपाली गीत–संगीतको क्षेत्रमा झण्डै तीन दशकदेखि निरन्तर सक्रिय रहँदै आउनुभएका गायक तथा सर्जक रामकृष्ण बम मल्लको नयाँ गीत ‘तिम्रै चिनो’ सार्वजनिक भएको छ। चर्चित गायक तथा सर्जक बसन्त थापा, रामकृष्ण बम मल्ल र गायिका समिक्षा अधिकारीको आवाजमा सजिएको उक्त गीत “पिरो क्रियशन ” युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ। गीतको शब्द बसन्त थापा तथा संगीत रामकृष्ण बम मल्लको रहेको छ...
जापानमा काफुन्स्यो ( परागकण एलर्जी) प्रकोप : यस वर्ष सामान्यभन्दा बढी, सावधानीका उपायहरू अप्नाउनु जरुरी
टोकियो, जापान। जापानभरि अहिले सुगी फूलको परागकण तीव्र गतिमा फैलिरहेको छ, जसले परागकण एलर्जीका बिरामीहरूलाई थप चुनौती दिएको छ। निजी मौसम कम्पनी वेदरन्युजका अनुसार, यस वर्ष पूर्वी जापान र होक्काइडो बाहेक उत्तरी जापानका केही क्षेत्रमा परागकणको मात्रा सामान्य वर्षभन्दा बढी भएको छ। परागकणको फैलावट र चरम समय वेदरन्युजको पछिल्लो प्रतिवेदनअनुसार, तोहोकुदेखि क्युशुसम्म सुगी परागकणको फैलावटले तीव्रता पाएको छ। कान्तो, यामानाशी, तोकाइ,...
गल्कोट समाज जापानद्वारा १९ विद्यालयमा छात्रवृत्ति अक्षयकोष स्थापना
जापान,टोकियो। एनपिओ गल्कोट समाज जापानको सहयोगमा गल्कोट नगरपालिका र तारा गाउँपालिकाका सामुदायिक माध्यमिक विद्यालयहरूमा “छात्रवृत्ति अक्षयकोष हस्तान्तरण तथा स्थापना कार्यक्रम” सम्पन्न भएको छ। “समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षा, स्वास्थ्य र खेलकुदमा लगानी” भन्ने उद्देश्यसहित गल्कोट समाज जापानले अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजना गरेको सांगीतिक श्रृङ्खला सन् २०२५–२०२६ को कार्यक्रम अन्तर्गत गल्कोट नगरपालिका र तारा गाउँपालिकाका १९ विद्यालयमा ५/५ लाख...
जापानका ३० वर्षमुनिका अविवाहित युवामध्ये ६० प्रतिशतभन्दा बढीलाई सन्तान नचाहिने
टोकियो,जापान। जापानका ३० वर्षमुनिका अविवाहित युवामध्ये ६० प्रतिशतभन्दा बढीले सन्तान जन्माउने इच्छा नरहेको बताएका छन्। आर्थिक बोझ र करियरमा अवरोध हुने चिन्ताका कारण उनीहरूले यस्तो धारणा व्यक्त गरेको हालै सार्वजनिक गरिएको सर्वेक्षणले देखाएको हो। जापानी औषधि कम्पनी रोतो फार्मास्युटिकलले १८ देखि २९ वर्ष उमेर समूहका ४ सय अविवाहित पुरुष र महिलामाझ गत डिसेम्बरमा अनलाइन सर्वेक्षण गरेको थियो। गर्भधारण र परिवार...
जापानको कान्तो–कोशिन क्षेत्रमा भारी हिमपातको चेतावनी, यातायातमा असर पर्ने सम्भावना
टोकियो,जापान। जापानको मुख्य टापु होन्शुको दक्षिणी तट हुँदै अगाडि बढिरहेको न्यूनचापीय प्रणालीका कारण कान्तो–कोशिन क्षेत्रमा विशेषगरी पहाडी भूभागमा भारी हिमपातको पूर्वानुमान छ। जापान मौसम विज्ञान एजेन्सीले ३ तारिख दिउँसोदेखि ४ तारिख बिहानसम्म केही क्षेत्रमा भारी हिमपात हुने चेतावनी दिएको छ। मौसम विभागका अनुसार कान्तो उत्तरी पहाडी क्षेत्रमा अधिकतम ४० सेण्टिमिटर, नागानो प्रान्तको पहाडी क्षेत्रमा ३० सेण्टिमिटर, हाकोनेदेखि टामा क्षेत्र र...
जापानमा विदेशी नागरिकहरु पक्राउ पर्ने संख्या घटेको तथ्य
टोकियो,जापान। जापानमा पक्राउ परेका विदेशी नागरिकको संख्या पछिल्ला ५ वर्ष (२०२१–२०२५) को अवधिमा २० वर्षअघिको उच्च विन्दुसँग तुलना गर्दा करिब ४० प्रतिशतले घटेको तथ्य सार्वजनिक भएको छ। प्रहरी तथ्यांकको विश्लेषणअनुसार विदेशी बासिन्दाको संख्या झण्डै दोब्बर बढे पनि अपराधमा संलग्नताको अनुपात भने घटेको देखिएको छ। राष्ट्रिय प्रहरी एजेन्सीका अनुसार सन् २०२१ देखि २०२५ सम्म कुल ५६ हजार ७०६ विदेशी नागरिकलाई प्रहरीले...
नेपाल-जापान मित्रतालाई उजागर गर्दै नरेश महर्जनद्वारा महानायक राजेश हमालको साथमा ‘यो मन’ गीत सार्वजनिक
टोकियो,जापान। नेपाल र जापानबीचको गहिरो मित्रता र सांस्कृतिक समानतालाई कलात्मक रूपमा प्रस्तुत गर्दै नयाँ म्युजिक भिडियो ‘यो मन’ सार्वजनिक भएको छ। महानायक राजेश हमाल र जापानमा ३६ वर्षदेखि बसोबास गर्दै आएका नरेश महर्जनको विशेष संवादबाट सुरु हुने यो गीतले दुई देशबीचको भावनात्मक सम्बन्धलाई उजागर गरेको छ। नरेश महर्जनका शब्दहरुमा, हरिशरण सायमीको संगित अनि प्रताप दासको स्वरमा सजिेको गितको भिडियोको प्रारम्भमा...
अनेसास जापानको ८०औँ नियमित साहित्यिक श्रृंखला अन्तर्गत ‘लालगोपालसँग कविता साँझ’ सम्पन्न
टोकियो,जापान। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरको आयोजनामा ८०औँ नियमित साहित्यिक श्रृंखला अन्तर्गत ‘लालगोपालसँग कविता साँझ’ कार्यक्रम यहि फेब्रुअरी २१ तारिख शनिबार टोकियोमा भव्य रूपमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष आनन्द अधिकारीको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथिका रूपमा वरिष्ठ कवि तथा गीतकार लालगोपाल सुवेदीको गरिमामय उपस्थिति रहेको थियो।कार्यक्रमको प्रारम्भमा विशिष्ट अतिथिहरूलाई एकमुस्ट आसनग्रहण गराइएको थियो भने संस्थाका सचिव नारायण...
जापानमा मेसिन दुर्घटनामा विदेशी कामदारको मृत्यु बढ्दो, नेपालीहरु पनि सचेत हुनुपर्ने गम्भीर संकेत
जापानमा पछिल्ला वर्षहरूमा श्रम अभाव पूर्ति गर्न विदेशी कामदारको संख्या तीव्र रूपमा बढ्दै गएको छ। उत्पादन, निर्माण, कृषि, खाद्य प्रशोधनदेखि होटल, रेस्टुरेन्ट क्षेत्रसम्म हजारौँ नेपालीसहित विभिन्न देशका कामदार कार्यरत छन्। तर रोजगारीसँगै जोखिम पनि बढिरहेको तथ्य हालका श्रम दुर्घटनाका घटनाले देखाउन थालेको छ। विशेषगरी कारखाना तथा मेसिन अपरेटिङ कार्यमा संलग्न केही विदेशी कामदार मेसिनमा च्यापिएर ज्यान गुमाउने घटनाहरू सार्वजनिक...
टोकियोमा अप्रिल ११ र १२ तारिख ‘म्याग्दी मोना इताबाशी नेपाल फेस्टिवल’ आयोजना हुने
टोकियो,जापान। जापानको इताबासीमा आगामी अप्रिल ११ र १२ गते ‘म्याग्दी मोना इताबाशी नेपाल फेस्टिवल’ आयोजना हुने भएको छ। मोना जापानको आयोजनामा हुन लागेको उक्त कार्यक्रमलाई नेपाल दूतावासको सहयोग रहने जनाइएको छ। ताकाशिमादाइरा ३–१ स्थित अकाचुका पार्कमा सञ्चालन हुने फेस्टिवलको पहिलो दिन अर्थात् अप्रिल ११ (शनिबार) बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म तथा दोस्रो दिन अप्रिल १२ (आइतबार) बिहान ११ बजेदेखि...

