जापानबाट २३ विद्यार्थी एसईई परीक्षामा सहभागी, एभरेष्ट इन्टरनेशनल स्कुलको छैटौँ ब्याच

टोकियो, जापान। जापानमा नेपाली पाठ्यक्रमअनुसार कक्षा १२ सम्म अध्ययन अध्यापन गराउँदै आएको एभरेष्ट इन्टरनेशनल स्कुलका छैटौँ ब्याचका विद्यार्थीहरू यस वर्ष (सन २०२६) को एसईई (SEE) परीक्षामा सहभागी भएका छन्। आजबाट सुरु भएको उक्त परीक्षामा विद्यालयका कुल २३ जना विद्यार्थीले भाग लिएका छन्। विद्यालय प्रशासनका अनुसार यस वर्ष ९ जना छात्र र १४ जना छात्रा गरी जम्मा २३ जना विद्यार्थी सहभागी...

जापानमा रोजगारीमा गिरावट, जागिर घटे पनि जनशक्ति अभाव कायम

टोकियो,जापान। जापानमा रोजगारी बजारले मिश्रित संकेत देखाएको छ। सन् २०२६ फेब्रुअरी महिनामा देशभरको औसत प्रभावकारी रोजगारी अनुपात १.१९ गुणा पुगेको छ, जुन अघिल्लो महिनाभन्दा ०.०१ अंकले बढी हो। यो अनुपातले एक जना काम खोज्ने व्यक्तिका लागि कति रोजगारी उपलब्ध छन् भन्ने देखाउँछ। उक्त सूचक दुई महिनापछि पुनः बढेको हो। श्रम मन्त्रालयका अनुसार कच्चा पदार्थको मूल्य वृद्धि र न्यूनतम पारिश्रमिक बढाइएका कारण...

जापानमा विदेशी बालबालिका तीव्र रूपमा बढ्दै

टोकियो। जापानमा घट्दो जन्मदरको समस्या गम्भीर बन्दै गइरहेको बेला पछिल्लो १० वर्षमा विदेशी बालबालिकाको संख्या उल्लेखनीय रूपमा बढेको तथ्य सार्वजनिक भएको छ। जापानी संचार संस्था  एनएचकेले गरेको विश्लेषण अनुसार देशभरका आधाभन्दा बढी स्थानीय तहमा विदेशी बालबालिकाको संख्या बढेको पाइएको हो। सामान्य मामिला मन्त्रालयको बसोबास आधार दर्ताको तथ्यांकलाई आधार मानेर २०१५ र २०२५ को अवस्थाबीच तुलना गर्दा यस्तो निष्कर्ष आएको हो।...

जापानमा मिसाईल आक्रमण भएमा आपतकालीन बंकरको रूपमा भूमिगत संरचना प्रयोग गर्ने तयारी

टोकियो। जापान सरकारले आकस्मिक अवस्था वा आक्रमणको समयमा सुरक्षात्मक उपाय मजबुत बनाउन भूमिगत सपिङ मल, रेल स्टेशन तथा सबवेहरूलाई आपतकालीन बंकरका रूपमा प्रयोग गर्ने योजना अघि बढाएको छ। सम्बन्धित स्रोतहरूका अनुसार सरकारले निजी स्वामित्वमा रहेका भूमिगत संरचनाहरूलाई समेत सुरक्षा प्रयोजनका लागि प्रयोगमा ल्याउने तयारी गरिरहेको हो। हाल देशभर रहेका आपतकालीन आश्रयस्थलमध्ये झण्डै ९० प्रतिशत सार्वजनिक स्वामित्वमा रहेका विद्यालय जस्ता संरचनाहरू...

टोकियोमा दोस्रो चैत्राष्टमी मेला २०२६ सम्पन्न,जापानबासी नेपाली समुदायको उत्साहजनक सहभागिता

टोकियो, जापान। जापानमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै आयोजना गरिएको दोस्रो चैत्राष्टमी मेला (चैते दशैं)–२०२६ सफलतापूर्वक सम्पन्न भएको छ। बागलुङ समाज जापानको मूल आयोजनामा टोकियोमा दुई दिनसम्म सञ्चालन भएको मेलाले धार्मिक, सांस्कृतिक तथा सामाजिक रूपमा विशेष महत्व बोकेको कार्यक्रमको रूपमा आफ्नो पहिचान स्थापित गरेको छ। बागलुङ जिल्लाको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानलाई जापानमा प्रवर्द्धन गर्दै परदेशमा रहेका नेपाली समुदायलाई एकताबद्ध...

अक्षयकोष सहयोगार्थ दोलखा समाज जापानद्वारा ‘नयाँ वर्ष शुभकामना साँझ २०८३’ आयोजना गरिने

टोकियो, जापान ।  दोलखा समाज जापानको आयोजनामा अक्षयकोष सहयोगार्थ ‘नेपाली नयाँ वर्ष शुभकामना साँझ २०८३’ कार्यक्रम आयोजना गरिने भएको छ। कार्यक्रम आगामी ५ अप्रिल २०२६ आइतबारका दिन कोसेली रेस्टुरेन्ट, कानागावा योकोहामामा सम्पन्न हुने जनाइएको छ। समाजले नेपाली नयाँ वर्षको अवसर पारेर आयोजना गर्न लागेको उक्त कार्यक्रममा चर्चित लोकदोहोरी गायक सूर्य खड्का र गायिका ज्योति लोहोनीको विशेष सांगीतिक प्रस्तुति रहनेछ। समाजका...

टोकियोमा दुई दशकभन्दा बढी भोलेन्टियर सेवा गरेका नेपाली शरद कुमार गौचन सम्मानित

टोकियो। जापानको टोकियोस्थित नाकानो क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि निरन्तर सामाजिक तथा भोलेन्टियर सेवा गर्दै आएका नेपाली नागरिक शरद कुमार गौचनलाई सम्मान गरिएको छ। नाकानो कोकुसाई कोर्युखाईको पहलमा आयोजित कार्यक्रममा नाकानो नगरका मेयर साकाई नाओतोले गौचनलाई औपचारिक रूपमा सम्मान प्रदान गरेका हुन्। गौचनले करिब दुई दशकदेखि जापानमा बसोबास गर्ने विदेशी नागरिकहरू—विशेषगरी नेपाली समुदायलाई विभिन्न प्रकारका सहयोग प्रदान गर्दै आएका छन्।...

जापानमा यस वर्षपनि ठूला कम्पनीद्वारा उल्लेख्य तलब वृद्धि

टोकियो। जापानका ठूला कम्पनीहरूले वसन्तकालीन श्रम व्यवस्थापन वार्ता (शुन्तो) अन्तर्गत यस वर्ष उल्लेख्य तलब वृद्धि प्रस्ताव गरेका छन्। विशेषगरी टोयोटा मोटर कर्पोरेशन लगायतका प्रमुख कम्पनीहरूले श्रमिक संघको माग पूर्ण रूपमा स्वीकार गरेका छन्, यद्यपि कच्चा तेलको मूल्यवृद्धिका कारण लागत बढ्ने अपेक्षा गरिएको छ। टोयोटाले लगातार छैटौं वर्ष पनि आफ्ना कर्मचारीहरूको तलब वृद्धि र बोनस माग पूर्ण रूपमा स्वीकृत गर्दै अधिकतम...

रोल्पा समाज जापानको चौथो अधिवेशन मार्च २१ मा हुने

टोकियो,जापान। जापानमा रहेका रोल्पालीहरूको साझा संस्था रोल्पा समाज जापानले आफ्नो चौथो अधिवेशन आगामी मार्च २१ मा आयोजना गर्ने भएको छ। समाजले जनाए अनुसार उक्त अधिवेशनमार्फत नयाँ कार्यसमिति चयन गरिनेछ। संस्थालाई अझ सक्रिय, जिम्मेवार र जुझारु नेतृत्व प्रदान गर्ने उद्देश्यसहित अधिवेशन आयोजना गर्न लागिएको जनाएको छ। समाजले जापानभर रहेका रोल्पाली अग्रज बुबाआमा, दाजुभाइ, दिदीबहिनी, विद्यार्थी वर्ग, सल्लाहकारहरू तथा हालका कार्यसमिति सदस्यहरूलाई कार्यक्रममा...

जापानका ६२.६ प्रतिशत युवाहरुले भविष्यमा सन्तान नचाहने,आर्थिक बोझ प्रमुख कारण

टोकियो,जापान। जापानमा गरिएको हालैको एक सर्वेक्षणले ३० वर्षभन्दा कम उमेरका अविवाहित युवामध्ये ६२.६ प्रतिशतले भविष्यमा सन्तान नचाहने बताएका छन्। बालबालिका हुर्काउने आर्थिक बोझ र करियरमा पर्ने प्रभावका कारण धेरै युवाले यस्तो धारणा व्यक्त गरेको अध्ययनले देखाएको छ। यो सर्वेक्षण एक औषधि कम्पनीद्वारा गरिएको अध्ययनमा आधारित हो, जसमा युवा पुरुष तथा महिलाको परिवार, विवाह र सन्तानसम्बन्धी सोचबारे अनुसन्धान गरिएको थियो। परिणामअनुसार,...