धादिङ समाज जापानद्वारा टोकियोमा नवआगन्तुक विद्यार्थीका लागि ‘हेल्प डेस्क’ सञ्चालन
टोकियो,जापान। जापानमा अध्ययनका लागि आउने नवआगन्तुक नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै धादिङ समाज जापानले ‘हेल्प डेस्क’ सेवा सञ्चालनमा ल्याएको छ। यो सेवा विशेषगरी अप्रिल र मे महिनाभरि उपलब्ध हुने जनाइएको छ। समाजका अनुसार टोकियोको सुगिनामी–कु मोमोई ३–१० क्षेत्रमा सञ्चालन हुने उक्त हेल्प डेस्कमार्फत नयाँ विद्यार्थीहरूलाई बसोबास, कागजी प्रक्रिया, दैनिक जीवन व्यवस्थापन तथा आवश्यक परामर्शसम्बन्धी सहयोग प्रदान गरिनेछ। जापान आइपुग्ने प्रारम्भिक चरणमा...
दोस्रो मोना ईताबासी नेपाल फेस्टिवल सम्पन्न, जापानी तथा नेपाली दर्शकको भव्य आकर्षण
टोकियो, जापान। यही अप्रिल ११ र १२ तारिखमा टोकियोमा आयोजना गरिएको दोस्रो मोना ईताबासी नेपाल फेस्टिवल २०२६ भव्यताका साथ सम्पन्न भएको छ। दुई दिनसम्म चलेको यस फेस्टिवलले जापानी तथा नेपाली समुदायबीच सांस्कृतिक आदानप्रदानलाई अझ सुदृढ बनाएको आयोजकहरूले जनाएका छन्। फेस्टिवलमा दाइतो विश्वविद्यालय, ईताबासी क्याम्पसको विशेष प्रस्तुति आकर्षणको केन्द्र बनेको थियो। साथै, नेपाली राजदूतावास जापान र ताकाशिमादाइरा प्रहरीका जानकारीमूलक स्टलहरूले दर्शकलाई...
जापानमा आवासीय अनुमति शुल्कमा भारी वृद्धि प्रस्ताव
टोकियो,जापान। जापान न्याय मन्त्रालय ले विदेशी नागरिकका लागि आवासीय अनुमति सम्बन्धी शुल्कमा उल्लेखनीय वृद्धि गर्ने प्रस्ताव सार्वजनिक गरेको छ। हालै सार्वजनिक गरिएको प्रारम्भिक विवरण अनुसार, हाल लागू शुल्कमा ठूलो परिवर्तन हुने देखिएको छ। हाल ६ हजार येन रहेको बसोबास स्थिति परिवर्तन वा नवीकरण शुल्क अब बसोबास अवधिअनुसार फरक–फरक हुने प्रस्ताव गरिएको छ। तीन महिनासम्मको छोटो अवधिका लागि करिब १० हजार...
जापानका किशोरहरूमा आप्रवासन प्रमुख मुद्दा बन्न थाल्यो, २ वर्षअघिको तुलनामा ३ गुणा वृद्धि
टोकियो/जापान। जापानका १७ देखि १९ वर्ष उमेर समूहका किशोरहरूमा “आप्रवासीको वृद्धि” लाई प्रमुख राष्ट्रिय मुद्दा मान्नेहरूको संख्या उल्लेखनीय रूपमा बढेको छ। निप्पोन फाउन्डेसन द्वारा गरिएको हालैको अनलाइन सर्वेक्षण अनुसार १९.२ प्रतिशत किशोरहरूले यसलाई मुख्य मुद्दा मानेका छन्, जुन २ वर्षअघिको ६.७ प्रतिशतको तुलनामा करिब ३ गुणा बढी हो। यस वृद्धिको स्पष्ट कारण भने खुलाइएको छैन। तर पछिल्लो समय जापानमा विदेशी जनसंख्या...
जापानमा हेल्थ सप्लिमेन्टको अत्यधिक प्रयोग: ५ जनामध्ये १ जनाले सिफारिसभन्दा बढी सेवन
टोकियो, जापान। जापानमा गरिएको एक अध्ययनले ५ जनामध्ये १ जना मानिसले स्वास्थ्य सप्लिमेन्ट (आहार पूरक) सिफारिस गरिएको मात्रा भन्दा बढी सेवन गर्ने गरेको देखाएको छ, जसले स्वास्थ्यमा जोखिम बढाउन सक्ने चिन्ता व्यक्त गरिएको छ। तोहो विश्वविद्यालय लगायतका अनुसन्धान संस्थाहरूको टोलीले गरेको अध्ययन अनुसार, सप्लिमेन्ट प्रयोग गर्ने करिब २० प्रतिशत व्यक्तिहरूले उत्पादकले तोकेको दैनिक मात्रा भन्दा बढी सेवन गर्ने गरेका छन्। अध्ययनमा...
जापानमा इन्धन अनुदान कोष २ महिनामै सकिने जोखिम, तेल मूल्य वृद्धि कारण खर्च बढ्यो
टोकियो,जापान।जापानमा इन्धन मूल्य नियन्त्रण गर्न सरकारले दिएको अनुदान चाँडै सकिने जोखिम बढेको छ। मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका कारण कच्चा तेलको मूल्य उकालो लागेपछि खर्च ह्वात्तै बढेको हो। सरकारी अनुमानअनुसार, अहिले पेट्रोल तथा इन्धनको मूल्य नियन्त्रणका लागि मासिक करिब ५०० अर्ब येन खर्च हुन थालेको छ, जुन अघिल्लो अनुमान करिब ३०० अर्ब येनभन्दा धेरै हो। हाल कोषमा १ खर्ब येनभन्दा बढी...
दोस्रो मोना ईताबासी नेपाल फेस्टिवलको तयारी अन्तिम चरणमा, १५ हजार दर्शकको सहभागिता रहने अपेक्षा
टोकियो,जापान। अप्रिल ११ र १२ तारिख टोकियोमा आयोजना हुने दोस्रो मोना ईताबासी नेपाल फेस्टिवल २०२६ को तयारी अन्तिम चरणमा पुगेको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानले आयोजना गरेको उक्त फेस्टिवलको तयारी अन्तिम चरणमा पुगेको आईतबार आयोजित पत्रकार सम्मेलनमा जनाएको हो। दोस्रो म्याग्दी मोना ईताबासी नेपाल फेस्टिवलको संयोजक ज्ञानेन्द्र कार्कीका अनुसार- फेस्टिवलका लागि दाइतो विश्वविद्यालय, ईताबासी क्याम्पसको विशेष प्रस्तुति रहनेछ...
जापानमा बालबालिकाको सपना: केटाहरू ‘प्रहरी’, केटीहरू ‘केक पसल’ रोजाइमा अग्रस्थान
टोकियो,जापान। जापानमा प्राथमिक विद्यालयमा भर्ना हुने बालबालिकामाझ गरिएको एक वार्षिक सर्वेक्षणअनुसार केटाहरूको सबैभन्दा ठूलो सपना ‘प्रहरी बन्ने’ रहेको छ भने केटीहरूले ‘केक पसल वा बेकरीमा काम गर्ने’ पेशालाई निरन्तर रूपमा पहिलो रोजाइमा राखेका छन्। विद्यालयका झोला (रान्दोसेरु) बनाउन प्रयोग हुने कृत्रिम छाला आपूर्ति गर्ने कम्पनी कुरारायका अनुसार अप्रिलमा विद्यालय प्रवेश गर्ने केटाहरूले लगातार दोस्रो वर्ष पनि प्रहरी पेशालाई पहिलो रोजाइ...
अनेसास जापानको ८२औँ नियमित साहित्यिक शृङ्खला अन्तर्गत ‘साकुराको फेदमुनि’ साहित्यिक कार्यक्रम सम्पन्न
टोकियो,जापान । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरको आयोजनामा नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर ‘साकुराको फेदमुनि’ साहित्यिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम चिबा केनको इचिकावा स्टेशन नजिक रहेको साकुरा चचुमी पार्कमा आयोजना गरिएको थियो। कार्यक्रममा अनेसास जापानका अध्यक्ष आनन्द अधिकारी सभाध्यक्ष रहनुभएको थियो भने प्रमुख अतिथिका रूपमा साकुराको रुखलाई प्रतीकात्मक रूपमा राखिएको थियो। कार्यक्रममा राष्ट्रिय लोकदोहोरी...
जापानको इबाराकी प्रान्तमा अवैध विदेशी कामदार सम्बन्धी “सूचना दिनेहरुलाई पुरस्कार” योजना छिट्टै लागु हुने
टोकियो,जापान। जापानको इबाराकी प्रान्तका गभर्नर काजुहिको ओइगावा ले विदेशी कामदारलाई अवैध रूपमा काममा राख्ने रोजगारदाताको जानकारी दिने व्यक्तिलाई पुरस्कार दिने योजना छिट्टै लागू गर्ने संकेत दिएका छन्। उनले यो योजना “विदेशीविरुद्धको घृणा होइन” भन्दै स्पष्ट पारेका छन्। यो योजनाअन्तर्गत, यदि कसैले अवैध रोजगारीबारे जानकारी दिएर त्यसको पुष्टि भएमा, सूचना दिने व्यक्तिलाई आर्थिक पुरस्कार प्रदान गरिनेछ। गभर्नर ओइगावाले “अवैध काम गराउनु...

