बिहुँकोट समाज जापानको १० औँ अधिवेशन सम्पन्न,टिकाराम कँडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

टोकियो,जापान। बिहुँकोट समाज जापानको १० औँ अधिवेशन तथा १९ औँ साधारण सभा सम्पन्न भएको छ। डिसेम्बर ३१ तारिख,टोकियोको कामातास्थित चौतारो रेस्टुरेन्टको सभा हलमा सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति समेत चयन गरेको छ। समाजका अध्यक्ष दीपक कँडेलको अध्यक्षतामा सम्पन्न,अधिवेशनमा संस्थाको प्रगती प्रतिवेदन तथा आर्थिक परिवेदन पेश तथा अनुमोदन पनि गरिएको थियो। प्रस्तुत प्रतिवेदनका अनुसार थुप्रै संस्थागत सकारात्मक कार्य सम्पन्न गरेको २ वर्षे...

जापानी नयाँ वर्ष विशेषः जापानको नयाँ वर्षको पूर्वसन्ध्यामा खाईने ‘तोसिगोसी सोबा’ (年越しそば) के हो त ?

जापानमा,मैले बिताएको एक दशकभन्दा बढी समयको अनुभवमा, नयाँ वर्षको पूर्वसन्ध्यामा देखिने एउटा विशेष परम्परा हो – तोसिगोसी सोबा। हरेक वर्ष डिसेम्बर ३१ को साँझ जब वर्ष बित्ने तर्खरमा हुन्छ , जापानी समाज शान्त, संयमित अनि गहिरो भावनात्मक वातावरणमा प्रवेश गर्छ । यही समयमा जापानीहरुले परिवारसंगै रेहर सोबा खान्छन्, जसलाई तोसिगोसी सोबा भनिन्छ। सामान्यतः सोबा अरु समयको पनि लोकप्रिय परिकार मध्ये...

जापानमा हुनुहुन्छ ? जापानीहरुका लागि नयाँ वर्षको महत्व बुझिराखौँ

टोकियो,जापान। जापानमा नयाँ वर्ष केवल पात्रोको मिति फेरिने समय होइन, यो जीवन, सम्बन्ध र संस्कृतिलाई पुनःसम्झिने तथा नयाँ संकल्पसहित अघि बढ्ने महत्वपूर्ण अवसर हो। जापानी समाजमा नयाँ वर्षलाई वर्षकै सबैभन्दा पवित्र र अर्थपूर्ण समयका रूपमा लिइन्छ। त्यसैले यहाँ नयाँ वर्षको तयारी हप्तौँ अगावै सुरु हुन्छ र यसको प्रभाव व्यक्तिगत जीवनदेखि पारिवारिक, सामाजिक तथा व्यवसायिक तहसम्म देखिन्छ। नयाँ वर्ष सुरु हुनु...

जापानका घर किन्ने योजना भएकाहरुलाई अब महंगो पर्ने , ठूला बैंकहरूले आवास ऋणको स्थिर ब्याजदर बढाउने घोषणा

टोकियो,जापान। जापानमा दीर्घकालीन ब्याजदर बढ्दै गएपछि ठूला बैंकहरूले सन् २०२६ को जनवरीदेखि लागू हुने गरी आवास ऋण (हाउसिङ लोन) को स्थिर ब्याजदर बढाउने घोषणा गरेका छन्। यद्यपि, धेरै प्रयोगकर्ताले लिने परिवर्तनीय (भेरिएबल) ब्याजदर भने हाललाई यथावत् राखिएको छ। तर आगामी दिनमा त्यसमा पनि वृद्धि हुन सक्ने संकेत बैंकहरूले दिएका छन्। आवास ऋणको स्थिर ब्याजदर निर्धारण गर्दा बैंकहरूले प्रायः १० वर्षे...

डिसेम्बर ३१ मा, बिहुँकोट समाज जापानको १० औँ अधिवेशन तथा १९ औँ साधारण सभा हुने

टोकियो,जापान। बिहुँकोट समाज जापानको १० औँ अधिवेशन तथा १९ औँ साधारण सभा यहि डिसेम्बर ३१ मा टोकियोको ओता सिटीस्थित कामताको चौतारो रेस्टुरेन्टमा हुने भएको छ। समाजका अध्यक्ष दीपक कंडेलका अनुसार कार्यक्रम दिउँसो १ बजेबाट सुरु हुनेछ । समाजले जापानमा रहेका बागलुङ जिल्लाको बिहुँकोट क्षेत्रका नेपालीहरूलाई एकताबद्ध गर्दै संगठनात्मक गतिविधि सुदृढ बनाउँदै आएको छ। १० औँ अधिवेशनले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति...

नयाँ वर्षमा मोची खाँदा सावधानी अप्नाऔँ, हरेक वर्ष थुप्रै वृद्धवृद्धाको मृत्यु हुने गर्दछ

टोकियो,जापान । जापानको राष्ट्रिय प्रहरी एजेन्सी र अग्नि तथा विपद् व्यवस्थापन एजेन्सीले नयाँ वर्षको अवसरमा मोची (चामलबाट बनेको केक) खाँदा वृद्धवृद्धाले विशेष सावधानी अपनाउन आग्रह गरेका छन्। यो चेतावनी हरेक वर्ष यसै समयमा दिइँदै आएको छ। चिप्लो र टाँसिने स्वभावका कारण मोची खाँदा वृद्धवृद्धामा घाँटी अड्किने दुर्घटना बारम्बार हुने गरेको छ। स्वास्थ्य अधिकारीहरूले मोचीसँग सम्बन्धित दुर्घटनाबाट बच्नका लागि केही सावधानी अपनाउन...

जापानमा नयाँ वर्षमा घर फर्किनेहरूको भिड, जापानभर ट्रेन तथा बस स्टेशनहरुमा उच्च चाप

टोकियो,जापान। जापानमा नयाँ वर्षको लामो बिदा सुरु भएसँगै घर फर्किने यात्रुहरूको भिड शनिबार चरममा पुगेको छ।आज आईतबार पनि बिहानैदेखि प्रमुख रेलस्टेसन र विमानस्थलहरूमा यात्रुको बाक्लो चाप देखिएको छ। सुटकेस र उपहार बोकेका परिवारहरू प्लेटफर्म र चेक–इन काउन्टरमा लाम लागिरहेका छन्। यस वर्षको बिदा अवधि अधिकतम ९ दिनसम्मको रहेको छ। वर्षभरि बढ्दो महँगी र कामकाजी व्यस्ततापछि धेरैले नयाँ वर्षको अवसरमा परिवारसँग...

जापानको कान्साईमा ‘सांगीतिक धमाका २०२६’ आयोजना हुने हेमन्त,प्रकाश र अस्मिताको विशेष प्रस्तुती रहने

ओसाका/जापान। जापानको कान्साई क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायका लागि अंग्रेजी नयाँ वर्ष सन २०२६ को अवसरमा भव्य सांगीतिक कार्यक्रम ‘सांगीतिक धमाका २०२६’ आयोजना हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान क्षेत्रीय समिति कान्साईको आयोजनामा हुन लागेको उक्त कार्यक्रम कन्साई क्षेत्रमा रहेका नेपालीहरूका लागि सहयोगार्थ अक्षयकोष स्थापना गर्ने उद्देश्यसहित आयोजना गर्न लागिएको हो। एनआरएनए जापान कान्साईका उपसंयोजक तथा नयाँ वर्ष विशेष...

मुद्रास्फीतिभन्दा माथि तलब वृद्धि गर्न उद्योग-व्यवसाय क्षेत्रलाई प्रधानमन्त्री सानाए ताकाइचीको आग्रह

टोकियो । जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले सन् २०२६ का लागि हुने वार्षिक तलब वार्तामा मुद्रास्फीतिभन्दा माथि पर्ने गरी तलब वृद्धि गर्न जापानी उद्योग- व्यवसाय क्षेत्रलाई आग्रह गरेकी छन्। बिहीबार जापानको सबैभन्दा प्रभावशाली उद्योग–व्यवसाय संगठन केइदानरेन (जापान बिजनेस फेडेरेसन) ले आयोजना गरेको बैठकमा बोल्दै प्रधानमन्त्री ताकाइचीले बढ्दो मूल्यवृद्धिले आधारभूत तलबलाई नउछिन्ने खालका तलब वृद्धि आवश्यक रहेको बताइन्। उनले सरकार “जिम्मेवार तर...

निलुवा समाज जापानको छैठौँ अधिवेशन डिसेम्बर ३१ मा हुने

टोकियो,जापान। बागलुङ जिल्लाको गल्कोट नगरपालिका–४ चमुवालाई मूल थलो मानी जापानलाई कर्मथलो बनाउँदै आएका नेपालीहरूको साझा संस्था निलुवा समाज जापानको छैठौँ अधिवेशन तथा बाह्रौँ साधारण सभा आगामी डिसेम्बर ३१ तारिख टोकियोमा आयोजना हुने भएको छ। ‘सुन्दर निलुवा हाम्रो सान, पूर्वाधार विकासमा हामी सबैको अभियान’ भन्ने मूल नाराका साथ सन् २०१५ मा स्थापना भएको निलुवा समाज जापानको अधिवेशन टोकियोको एसिया डाईनिङ एण्ड...