अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा टोकियोमा ‘पाल्पाली सांस्कृतिक उत्सव–२०२६’ आयोजना हुने
टोकियो । विभिन्न पेशा व्यवसायमा आवद्ध भइ जापानमा बसोबास गर्दै आएका पाल्पालीहरूको साझा संस्था पाल्पा समाज जापान ले अंग्रेजी नयाँ वर्ष सन २०२६ को अवसर पारेर पाल्पाली सांस्कृतिक उत्सव–२०२६ आयोजना गर्ने भएको छ। यही डिसेम्बर २८ तारिख, आइतबार, टोकियोको शिन–ओकुबोस्थित बारकाडे गुड टाईम्समा कार्यक्रम हुने जनाइएको छ। कार्यक्रम संयोजक बिश्बबन्धु भण्डारीका अनुसार कार्यक्रममा जापानलाई कर्मथलो बनाउँदै आएका तथा परदेशी गायकका...
सन् २०२६ बाट जापानमा आप्रवासी नीति पुनरावलोकन,सम्भावित परिवर्तनहरु बुझौं
जापानमा सन् २०२६ को जनवरीदेखि आप्रवासी तथा विदेशी नागरिकसँग सम्बन्धित नीतिहरू पुनरावलोकन गरिने बताईएको छ। हालसम्मका छलफल तथा तयारी अनुसार, यो पुनरावलोकन कुनै एक कानुन वा प्रक्रियामा सीमित रहने छैन – बरु आप्रवासन, श्रम बजार, शिक्षा, सामाजिक दायित्व, सुरक्षा र स्थानीय प्रशासन सबै क्षेत्र समेट्ने समग्र नीतिगत पुनर्संरचना हुने अपेक्षा गरिएको छ। जापानको घट्दो जनसंख्या र श्रम अभावका बाबजुद विदेशी...
जापानको सिजुओकामा एक नेपाली युवा पक्राउ,घर झगडामा श्रीमती माथी हातपात गरेको आरोप
जापान । शिजुओका प्रान्तको इवाता सहरमा पत्नीमाथि कुटपिट गरी घाइते बनाएको आरोपमा एक जना नेपाली नागरिक पक्राउ परेका छन्। प्रहरीका अनुसार सिजुओका प्रान्तको इवाता सहरमा डिसेम्बर २१ तारिख दिउँसो करिब १२ बजे घरभित्रै पत्नीको अनुहारमा मुक्का प्रहार गरी घाइते बनाएको अभियोगमा ३५ वर्षका नेपाली नागरिकलाई नियन्त्रणमा लिइएको हो। उनी इवाता सहरको तोयोओका क्षेत्रमा बसोबास गर्ने एक कारखानामा काम गर्ने कर्मचारी...
जापानको प्रमुख मध्येका एक कन्विनियन्स स्टोर फ्यामिलीमार्टले हजारौँ पसलमा क्रेन गेम थप्ने
टोकियो । जापानको प्रमुख कन्विनियन्स स्टोर चेन फ्यामिलि मार्टले आफ्ना हजारौँ शाखामा क्रेन गेम (क्ल–मेसिन) र केही कोइन–अप भिडियो गेमहरू स्थापना गर्ने योजना सार्वजनिक गरेको छ। यो निर्णय स्टोरको भित्री स्थान (फ्लोर स्पेस) प्रयोगको रणनीतिमा भइरहेको परिवर्तनको हिस्साका रूपमा आएको हो। गत वर्ष फ्यामिलीमार्टले धेरै शाखाबाट भित्रै बसेर खाने ‘इट–इन’ स्पेस क्रमशः हटाउने घोषणा गरेको थियो। त्यसैगरी, यस वसन्तदेखि हजारौँ...
जापानमा अपाङ्गता भएका ७० लाख व्यक्तिहरु पूर्ण रोजगार
टोकियो,जापान। जापानमा अपाङ्गता भएका व्यक्तिहरूको रोजगारी संख्या पहिलो पटक ७० लाख नाघेर हालसम्मकै उच्च स्तरमा पुगेको छ। तर, कानुनले तोकेको अपाङ्गता रोजगारी दर पूरा गर्न सफल भएका निजी कम्पनीहरूको अनुपात भने अझै ४६ प्रतिशतमै सीमित रहेको छ। जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार, ४० जना वा सोभन्दा बढी कर्मचारी भएका निजी कम्पनीहरूलाई न्यूनतम २ दशमलव ५...
राजकुमार बनियाको नयाँ गीत ‘एउटा फोटो’ सार्वजनिक (भिडियो)
टोकियो,जापान। हाल जापानलाई कर्मथलो बनाउँदै आएका प्रतिभाशाली सर्जक राजकुमार बनियाको नयाँ गीत ‘एउटा फोटो’ सार्वजनिक भएको छ। विदेशमा रहेर पनि नेपाली गीत–संगीतप्रति, बानियाँको माया र लगाव निरन्तर रहँदै आएको यो गीतमार्फत फेरि एकपटक देखिएको छ। नेपाली संगीत क्षेत्रमा दर्जनौँ लोकप्रिय सिर्जना दिइसकेका बनिया शब्द सिर्जना, संगीत तथा गायन—तीनै पक्षमा सक्रिय सर्जकका रूपमा परिचित छन्। आफ्नै शब्दमा सिर्जना गरिएका र मधुर...
जापानमा रिपोर्ट भएका अपराध लगातार तेस्रो वर्ष पनि उच्च, विदेशीहरुको संलग्ननता २१.४ प्रतिशतले वृद्धि
टोकियो। जापानमा सन् २०२४ मा रिपोर्ट भएका अपराधहरूको संख्या लगातार तेस्रो वर्ष पनि बढेको सरकारी तथ्यांकले देखाएको छ। अधिकांश घटना चोरी र ठगीसँग सम्बन्धित रहेका छन्। सरकारले हालै सार्वजनिक गरेको श्वेतपत्र अनुसार, गत वर्ष अन्तर्गत ७ लाख ३७ हजार ६ सय ७९ वटा अपराध दर्ता भएका छन्। यो सन् २०२३ को तुलनामा ३४ हजार ३ सय २८ घटना अर्थात् ४.९...
जापानमा यस्तो पनि हुन्छ- गुडिरहेरको बुलेट ट्रेन नै बन्यो डिस्को, यात्रुहरू नाचे गाए
नागोया। जापानको जेआर सेन्ट्रलले शुक्रबार तोकाइदो शिन्कान्सेन (बुलेट ट्रेन) को एउटा डब्बालाई नै डिस्को हलमा रूपान्तरण गर्दै विशेष कार्यक्रम आयोजना गरेको छ। ‘शिन्कान्सेन डिस्को कार’ नाम दिइएको यस कार्यक्रममा यात्रुहरूले रेलभित्रै नाचगान र सङ्गीतको मजा लिए। टोकियोदेखि शिन–ओसाका जाने क्रममा आयोजना गरिएको यो कार्यक्रम शोवा युग सुरु भएको १ सय वर्ष पुग्न लाग्दै गर्दा त्यसको सम्झनामा गरिएको हो। शोवा युग...
प्रवास नेपाली सम्पर्क विभाग जापानको नव निर्वाचित कार्यसमितिको शपथ ग्रहण सम्पन्न
टोकियो,जापान। राष्ट्रिय स्वतन्त्र पार्टी निकट प्रवास नेपाली सम्पर्क विभाग जापानको नव निर्वाचित कार्यसमितिको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ। हालै सम्पन्न दोस्रो अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले शनिवार औपचारिक रूपमा शपथ ग्रहण गरेको हो। प्रवास नेपाली सम्पर्क विभाग जापान चुबु शाखाका संयोजक विकास लम्सालका अनुसार, कार्यक्रममा नव निर्वाचित कार्यसमितिलाई राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य तथा प्रवास नेपाली सम्पर्क विभागका उप–संयोजक अर्जुन...
टोकियोको शिबुया वडामा कडा नियम,अब फोहोर जथाभावी फाल्नेहरु विरुद्ध नियन्त्रण नीति लागू हुँदै
टोकियो,जापान। टोकियोको शिबुया वडाले पछिल्ला वर्षहरूमा जथाभावी फालिने फोहोरको मात्रा तीव्र रूपमा बढेको भन्दै नयाँ कडा नीति सार्वजनिक गरेको छ। यसअनुसार आगामी आर्थिक वर्षदेखि शिबुया स्टेशन अगाडि लगायतका व्यस्त व्यापारिक क्षेत्रमा रहेका कन्भिनियन्स स्टोर, क्याफे तथा टेक–आउट खाना बिक्री गर्ने पसलहरूलाई फोहोर राख्ने डस्टबिन अनिवार्य रूपमा राख्नुपर्ने भएको छ। शिबुया वडाका प्रमुख हासेबे केनले डिसेम्बर १८ मा नयाँ नियमअनुसार शिबुया,...

