जापानका केयर हाउसहरुद्वारा केयरगिभरका लागि भारतीय नर्सहरुमा विशेष पहल

टोकियो,जापान। जापानमा वृद्ध जनसंख्या बढ्दै जाँदा केयरगिभरको गम्भीर अभाव देखिइँदै आएको छ। यही सन्दर्भमा जापानले भारतलाई नयाँ श्रम स्रोतका रूपमा हेर्न थालेको छ। ठूला केयर सेवा प्रदायक सोम्पो केयर इन्क. ले भारतबाट नर्सहरु भर्ना गरी जापानी भाषा र केयर सीपको तालिम दिएर दीर्घकालीन करियरतर्फ प्रोत्साहन गरिरहेको जापानी संचार माध्यमले जनाएका छन् । सन् २०२४ देखि नर्सिङ पृष्ठभूमि भएका भारतीयलाई करिब...

टोकियोका २३ वडामा घरायसी फोहोरमा पनि शुल्क लगाउने तयारी,टोकियोमा थप आर्थिक भार बढ्ने भयो

टोकियो,जापान। टोकियो महानगरपालिकाले घरायसी फोहोरको मात्रा घटाउन टोकियोका २३ वडामा घरायसी फोहोर शुल्क प्रणाली लागू गर्ने विषयमा छलफल अघि बढाउने तयारी गरेको छ। अक्टोबरमा सार्वजनिक गरिएको ‘टोकियोको स्रोत पुनर्चक्रण तथा फोहोर व्यवस्थापनसम्बन्धी नीतिगत दिशानिर्देशन’ को अन्तरिम प्रतिवेदनमा यो विषय समेटिएको हो। उक्त योजना सन २०२६ को आर्थिक वर्षदेखि सन २०३० आर्थिक वर्षसम्म लागू हुने गरी तयार पारिँदैछ। साथै, सन २०५०...

जापानका अधिकांश क्षेत्रमा अत्याधिक चिसो, तापक्रम उल्लेख्य रूपमा घट्यो

टोकियो,जापान। केहिदिन यता जापानका अधिकांश स्थानमा अत्यन्तै चिसो मौसम महसुस गरिएको छ। मौसम पूर्वानुमान अनुसार उत्तरदेखि पश्चिमसम्मका धेरै क्षेत्रमा चिसो हावा सक्रिय हुँदा तापक्रम सामान्यभन्दा तल झरेको छ। होक्काइदो र तोहोकु क्षेत्रमा हिमपात र कडा चिसो जारी छ भने कान्तो, चुबु र कन्साइ क्षेत्रमा पनि बिहान र साँझतिर चिसो अझ बढ्ने अनुमान गरिएको छ। पहाडी तथा जापान सागर तटीय क्षेत्रमा...

विवाहित पुरुषले तथ्य लुकाउँदा, १५ लाख १० हजार येन क्षतिपूर्ति तिर्न अदालको आदेश

टोकियो,जापान। जापानमा डेटिङ एपमार्फत सुरु भएको एक सम्बन्धले कानुनी रूप लिँदै अदालतसम्म पुगेको छ। टोकियो जिल्ला अदालतले विवाहित भएको तथ्य लुकाएर महिलासँग यौन सम्बन्ध राखेको ठहर गर्दै एक पुरुषलाई १५ लाख १० हजार येन क्षतिपूर्ति तिर्न आदेश दिएको छ। अदालतका अनुसार ती पुरुषले आफू विवाहित र सन्तान भएको कुरा लुकाएर महिलासँग चार महिनासम्म यौन सम्बन्ध राखेका थिए। यसलाई अदालतले महिलाको...

बिहुँकोट समाज कान्साई क्षेत्रीय समितिको ११औँ साधारण सभा तथा छैटौँ अधिवेशन सम्पन्न

ओसाका,जापान। बिहुँकोट समाज जापान, कान्साई क्षेत्रीय समितिको एघारौँ साधारण सभा तथा छैटौँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट लक्ष्मण न्यौपानेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ। ओसाकामा मंगलबार सम्पन्न अधिबेशनले चयन गरेको उक्त क्षेत्रीय कार्यसमिति २०२५–२०२७ रहने बताईएको छ । समितिको उपाध्यक्षमा रेशम कडेल, लक्ष्मण कडेल र टंक प्रसाद न्यौपाने (राजन), सचिवमा चेतनारायण कडेल (कृष्ण), सह–सचिव सन्तोष कडेल र मेघराज कडेल,...

जापानभर साईकल चालकहरुमाथीको नियममा कडाइ, मदिरा सेवन गरी साइकल चलाउँदा ८९६ जनाको ड्राइभिङ लाइसेन्स निलम्बन

टोकियो,जापान। जापानमा यस वर्ष जनवरीदेखि सेप्टेम्बरसम्म मदिरा सेवन गरी साइकल चलाउने घटनामा गरिएको कारबाही अत्यधिक कडा बन्दै गएको छ। राष्ट्रिय प्रहरी एजेन्सीले सार्वजनिक गरेको तथ्यांक अनुसार, यस अवधिमा मदिरा सेवनपछि साइकल चलाएका कुल ८९६ जनाको ड्राइभिङ लाइसेन्स निलम्बन गरिएको छ। गत वर्ष यही अवधिमा केवल २ जना मात्र निलम्बनमा परेका थिए, जसले नयाँ कानुनी व्यवस्था लागू भएपछि कारबाहीको स्तर...

जापानमा नेपाली युवा अमित केसीलाई ऐतिहासिक सफलता,जापानी भाषा व्यक्तृत्व प्रतियोगितामा परराष्ट्रमन्त्री पुरस्कार प्राप्त

टोकियो,जापान। विदेशीहरूका लागि जापानी भाषा व्यक्तृत्व प्रतियोगिता(外国人日本語弁論大会)मा नेपाली युवा अमित केसीले पहिलो स्थान हासिल गर्दै जापानको परराष्ट्र मन्त्री पुरस्कार प्राप्त गरेका छन्। जापानी भाषा, मौलिक अभिव्यक्ति र प्रस्तुति क्षमतामा उनि सबै फाइनलिस्टमध्ये सर्वश्रेष्ठ ठहरिदै यो सफलता हात पारेका हुन् ।   सन् १९६० मा सुरू भएको यो प्रतिष्ठित प्रतियोगिताको ६४औँ संस्करण टोकियो नजिकैको आकिशिमा सहरको फोस्टर हलमा यहि डिसेम्बर ६ तारिक...

अनेसास जापानको १४ औँ अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन,अध्यक्षमा आनन्द अधिकारी

टोकियो/जापान। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान शाखाको १४औँ अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दै संस्थाको साहित्यिक यात्रा अझ सशक्त बनाउने संकल्प व्यक्त गरेको छ। अधिवेशनबाट आनन्द अधिकारीलाई संस्थाको अध्यक्षमा सर्वसम्मत चयन गरिएको छ। अधिकारीको नेतृत्वमा अनेसास जापानले जापानमा रहेका नेपाली स्रष्टा, लेखक तथा साहित्यप्रेमीहरूलाई एकीकृत गर्दै साहित्यिक अभियानलाई अझ व्यापक बनाउने अपेक्षा...

ओकिनावाको सबैभन्दा ठूलो कमेडी शो O-1 ग्रान्ड–प्रिक्स मा नेपाली कलाकार राम प्रसाद आचार्य फाइनल चरणमा,भोटिङका लागि अनुरोध

ओकिनावा/जापान । नेपाल र जापानलाई हाँस्य–कलामार्फत जोड्दै आएका लोकप्रिय नेपाली हाँस्य कलाकार राम प्रसाद आचार्य आगामी जनवरीमा आयोजना हुने ओकिनावाको सबैभन्दा ठूलो कमेडी प्रतियोगिता O-1 グランプリ (O-1 ग्रान्ड–प्रिक्स) को फाइनल चरणमा प्रतिस्पर्धा गर्ने भएका छन्। यो प्रतिष्ठित कमेडी शो हरेक वर्ष जनवरीमा ओकिनावा टेलिभिजन (OTV)द्वारा प्रत्यक्ष प्रसारण हुँदै आएको छ। नयाँ वर्षलाई लक्षित गरी आयोजना गरिने भएकाले यसको दर्शक संख्या...

जनवरी ३ तारिख टोकियोमा ३१औँ तमु ल्होसार साँझ २०२६ आयोजना हुने

टोकियो,जापान । तमु धीं जापानको आयोजनामा “प्ये म्हस्याँ छ्या म्हमुँ, छ्या म्हस्याँ ल्हु म्हमुँ, ल्हु म्हस्याँ म्ही म्हमुँ” — अर्थात् शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए सँस्कृति हराउँछ, सँस्कृति हराए मानव अस्तित्व नै हराउँछ भन्ने मूल नारासहित ३१औँ ल्होसार साँझ कार्यक्रम आगामी जनवरी ३ तारिख आयोजना हुने भएको छ। कार्यक्रमका लागि तमु धीं जापानले सम्पूर्ण तमु (गुरुङ) समुदाय तथा...