जापानकी प्रधानमन्त्री ताकाइचीको “काम, काम, काम अनि काम”अभिव्यक्ति २०२५ को जापानकै सबैभन्दा आकर्षक अभिव्यक्ति

टोकियो/जापान।जापानकी प्रधानमन्त्री सानाए ताकाइचीद्वारा गरिएको “म काम गर्नेछु — काम, काम, काम र काम” भन्ने टिप्पणी सन् २०२५ को जापानकै सबैभन्दा आकर्षक अभिव्यक्ति घोषणा गरिएको छ। यो नतिजा सोमबार उक्त सूची चयन गर्ने संस्था टि एण्ड डि होल्डिङस्ले ले सार्वजनिक गरेको हो। ताकाइचीले सो अभिव्यक्ति गत अक्टोबर ४ तारिख सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टीको नेतृत्व चुनाव जितेपछि दिएको विजय सम्बोधनमा प्रयोग...

धादिङ समाज जापानद्वारा जापानको ३ मूख्य सहरमा रक्तदान कार्यक्रम सम्पन्न

टोकियो/जापान। धादिङ समाज जापानले स्थानीय रेडक्रस सोसाईटीसँगको सहकार्यमा आज नोभेम्बर ३०, आइतबार जापानका तीन प्रमुख सहरहरू — टोकियो, नागोया र ओसाकामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। पहिलोपटक जापानको ३ ठूला सहरमा एकैदिन आयोजना गरिएको यस कार्यक्रममा नेपाली समुदायको उल्लेखनीय सहभागिता देखिएको थियो। समाजका महासचिव सुशान्त बानियाँले दिएको जानकारी अनुसार, टोकियोमा ७१ जना सहभागीमध्ये ५३ जनाले रक्तदान गर्न सफल भए भने...

डिसेम्बर ९ तारिख ,गल्कोट स्पोर्ट्स क्लब टोकियोको छैटौँ अधिवेशन हुने

टोकियो,जापान। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेल”भन्ने मूल नारासहित सन २०१५ सालमा स्थापित गल्कोट स्पोर्ट्स क्लब टोकियोले आफ्नो छैठौँ अधिवेशन आगामी डिसेम्बर ९ तारिख ओकुबो स्थित सोलमारी मुरा हलमा आयोजना गर्ने भएको छ। स्थापना भएदेखि नै खेलकुदमार्फत स्वास्थ्य, अनुशासन र समुदायिक एकताको विकासमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको क्लब अहिले टोकियोमा रहेका गल्कोटवासी तथा खेलप्रेमी नेपालीहरूको साझा मंचको रूपमा सक्रिय...

जापानमा डिसेम्बर महिनामा थप २१७ खाद्य पदार्थको मूल्य वृद्धि हुने

टोकियो/जापान। आगामी डिसेम्बर महिनादेखि जापानमा २१७ प्रकारका खाद्य तथा पेय पदार्थका मूल्य वृद्धि हुने निश्चित भएको छ। यो तथ्यांक तेइकोकु डाटाबैंकले शुक्रबार सार्वजनिक गरेको हो। मूल्य बढ्ने वस्तुहरूमा चकलेट स्न्याक, मिसोलगायत दैनिक उपभोग्य खाद्य सामग्री छन्। गत वर्षको तुलना गर्दा यस महिना मूल्य बढ्ने वस्तुको संख्या लगभग दोब्बर भए पनि यो वर्षकै हिसाबले नोभेम्बरपछि दोस्रो कम वृद्धि भएको महिना बन्नेछ। यो...

जापानी सरकारी कर्मचारीहरूमध्ये सुत्केरी बिदा लिनेको पुरुषको संख्या ऐतिहासिक रूपमा वृद्धि, ८५.९% पुरुषहरूले बिदा लिए

टोकियो ,जापान। जापानमा सुत्केरी बिदा लिने सरकारी कर्मचारीहरूको दर हालसम्मकै उच्च स्तरमा पुगेको छ। राष्ट्रिय जनशक्ति प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार, आर्थिक वर्ष सन २०२४ मा सुत्केरी बिदाको अधिकार भएका सरकारी कर्मचारीमध्ये ८५.९ प्रतिशतले बिदा लिएका छन्। यो संख्या अघिल्लो वर्षको तुलनामा ५ प्रतिशत बिन्दुले वृद्धि भएको हो। यस मध्ये, एक महिनाभन्दा बढी अवधि सुत्केरी वा बाल-हेरचाह बिदा लिने कर्मचारीको...

रोयल बरो अफ ग्रीन्विच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत (बिस्तृत जानकारी)

लन्डन,युके । रोयल बरो अफ ग्रीन्विच नेप्लिज सोसाइटीले २०२५-२७ कार्यकालका लागि मनोनीत सल्लाहकार समितिको नामावली सार्वजनिक गरेको छ। सोसाइटीको संस्थागत क्षमता वृद्धि, समुदाय समन्वय तथा योजनागत कार्यान्वयनलाई सशक्त बनाउनका लागि यस विस्तारित सल्लाहकार समितिको गठन गरिएको अध्यक्ष ह्यारी गुरुङले बताए । सार्वजनिक नामावली अनुसार प्रमुख सल्लाहकारमा मोहन गुरुङ तथा संस्थापक प्रमुख सल्लाहकार एलन पाण्डे रहने छन् । समितिमा अनुभवी व्यक्तित्व,...

टोकियोवासीमा खुशीको खबर,वयस्कलाई ११ हजार तथा नवजात शिसु हेरचाहका लागि थप ३० हजार येन दिने तयारी

टोकियो/जापान। टोकियो महानगर सरकारले बढ्दो मूल्यवृद्धिको प्रभाव कम गर्न लक्षित अतिरिक्त पूरक बजेट सार्वजनिक गरेको छ। नयाँ प्रस्तावित योजनाअनुसार टोकियोले आफ्नै एप प्रयोग गर्ने नागरिकलाई प्राप्त हुने प्रोत्साहन पोइन्ट ७००० येनबाट बढाएर ११ हजार यने पुर्‍याउने निर्णय गरेको छ। यो सुविधा टोकियोमा बसोबास गर्ने र माइ नम्बर कार्डमार्फत प्रमाणीकरण गर्ने १५ वर्षभन्दा माथिका व्यक्तिहरूले पाउनेछन्। पोइन्ट वितरण कहिले सुरु...

जापानको पर्यटन उद्योगमा फ्रन्टलाईन श्रमिक अभाव, कम तलब मुख्य कारण

टोकियो,जापान। जापानको पर्यटन क्षेत्रसँग सम्बन्धित व्यक्ति लक्षित एउटा सर्वेक्षणले वर्तमान समयको सबैभन्दा ठूलो चुनौतीको रूपमा अग्रपंक्ति(फ्रन्ट लाईन)मा गर्ने श्रमिकको अभाव देखाएको छ। सर्वेक्षणमा सहभागी मध्ये ४८.६ प्रतिशतले श्रमिक अभावलाई पर्यटन क्षेत्रमा देखा परेको प्रमुख समस्या भएको उल्लेख गरे। यससँगै पर्यटन व्यवस्थापनका लागि आवश्यक विशेष दक्षता भएका जनशक्तिको कमी पनि ठूलो चुनौती बनेको सर्वेक्षणमा सहभागी ४१.३ प्रतिशत ले बताए। पर्यटन क्षेत्रको दीगो...

टोकियोको हानेदा विमानस्थलमा शौचालय अवरुद्ध, यात्रुहरूलाई असुविधा

टोकियो/जापान। विश्वका अति व्यस्त विमानस्थलमध्ये एक हानेदा अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार यात्रुहरूले निकै असुविधा खेप्नुपर्‍यो । टर्मिनल २ मा रहेका करिब ७० प्रतिशत शौचालय अवरुद्ध भएपछि उडान पर्खिरहेका यात्रुहरूको समस्या बढेको थियो। विमानस्थल सञ्चालक कम्पनीका प्रवक्ताका अनुसार बिहीबार रातिदेखि शौचालयमा समस्या देखिन थालेको थियो। शुक्रबार दिउँसोसम्म पनि १ सय ४४ शौचालय क्षेत्रमध्ये ५१ क्षेत्र प्रभावित रहेको पुष्टि गरिएको थियो। समस्याको मुख्य कारण...

ओसाका एक्स्पोपछि चर्चा बढेको ‘मानिस धुने मेसिन’ अब टोकियोमा, यामादाले बिक्रीमा ल्याउने तयारी

टोकियो/जापान। ओसाका एक्स्पोमा प्रदर्शनीपछि विश्वभर चर्चामा आएको मानिस धुने ‘Human Washing Machine’ अब बजारमा आउने निश्चित भएको छ। जापानको प्रमुख इलेक्ट्रोनिक्स समूह यामादा होल्डिंग्सले टोकियोको इकेबुकरोस्थित आफ्नो मुख्य स्टोरमा उक्त मेसिन प्रदर्शन र अनुभवका लागि राखिने घोषणा गरेको छ। कम्पनीका अनुसार डिसेम्बर २५ देखि मिराई ह्युमान वासिङ मेसिन ( Mirai Human Washing Machine)नाम दिइएको मेसिनको डेमो मोडेल सर्वसाधारणका लागि उपलब्ध...