जापानमा ‘ब्ल्याक फ्राइडे’ सेल तात्दै, उपभोक्ताहरू सस्तो बस्तुमा आकर्षित

टोकियो/जापान । जापानभर ब्ल्याक फ्राइडे क्याम्पेनले बजार तातेको छ। खुद्रा व्यापारहरूले शुक्रबार हुने मुख्य सेलअघि नै आकर्षक छुट प्रस्ताव गर्दै ग्राहकहरूको ध्यान तानिरहेका छन्। पछिल्लो समय मूल्यवृद्धि (मुद्रास्फीति) बढेसँगै बचतमुखी बनेका उपभोक्ताहरू विशेषगरी सस्तो र आवश्यक वस्तुमा केन्द्रित छन्। टोकियोस्थित प्रमुख सुपरमार्केट सञ्चालनकर्ता इतो–योकादोले ताजा खाद्य सामग्रीसहित केही वस्तुहरूलाई ९६ येन र ९६० येन (कर बाहेक) मा बिक्रीमा राखेको छ।...

जापानमा ग्राहकद्वारा हुने दुर्व्यवहार रोक्न नयाँ कानून लागू हुँदै

टोकियो। जापानमा सेवा क्षेत्रमा काम गर्ने कर्मचारीमाथि ग्राहकबाट हुने दुर्व्यवहार रोकथामका लागि बनेको संशोधित कानून सन् २०२६ अक्टोबर १ देखि लागू हुने भएको छ। श्रम, स्वास्थ्य तथा कल्याण मन्त्रालयले सोमबार श्रम नीति परिषद्को बैठकमार्फत कानूनको प्रावधान र कार्यान्वयन मिति सार्वजनिक गरेको हो। मन्त्रालयका अनुसार, यो कानून जापानभरका सबै कम्पनी र नगरपालिकाहरुमा अनिवार्य रूपमा लागू हुनेछ। मन्त्रालयले कानूनसँगै जारी गरेको मार्गदर्शनमा...

जापानका ३ प्रमुख सहरमा गल्कोट समाज जापानको ‘सांगीतिक श्रृंखला २०२६’

टोकियो। गल्कोट समाज जापानले अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा जापानका तीन प्रमुख सहर ओसाका, नागोया र टोकियोमा सांगीतिक कार्यक्रम गर्ने भएको छ। संस्थाले सामाजिक सेवा, एकता र समुदायमाझ आपसी सद्भावलाई अझ सुदृढ बनाउँदै हरेक वर्ष जस्तै यस वर्ष पनि सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। सन् २००६ मा स्थापना भएको गल्कोट समाज जापानले “समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षा,...

जापान सरकारले यो जाडोमा विद्युत् र ग्यासको बिलमा राहत दिने, सहयोग रकम बढाउने तयारी

टोकियो,जापान। जापान सरकारले यो जाडो मौसमलाई ध्यानमा राख्दै विद्युत् र ग्यास प्रयोगकर्ताहरूका लागि प्रदान हुने आर्थिक सहयोगको परिमाण विस्तार गर्ने तयारी गरेको छ। नयाँ आर्थिक नीतिमा समावेश गरिएका योजनाअनुसार, आगामी वर्ष जनवरीदेखि मार्चसम्मको तीन महिनामा एक सामान्य परिवारले करिब ६ हजार जापानी येन बराबरको आर्थिक बोझ कम हुने अनुमान गरिएको छ। प्रधानमन्त्री सानाए ताकाइचीले नोभेम्बर १४ मा संसदको बजेट समितिमा...

जापानी फिल्म नेपाली चेली सुजीताको डेब्यु,जापानी ठुलो पर्दामा नेपाली कलाकारको उदय

टोकियो/जापान। पछिल्ला वर्षहरुमा नेपाली प्रतिभा अन्तर्राष्ट्रिय स्तरमा देखिन थालेका छन् । यसै क्रममा, अहिले पछिल्लो चरणमा जापानको ठूलो पर्दामा नेपाली अभिनेत्री सुजीता पाण्डेको अभिनयले चर्चा बटुलिरहेको छ। अर्घाखाँचीको मालारानी घर भएकी सुजिता हाल जापानमा रहेकी छन् र जापानी फिल्म उद्योगमा आफ्नो पाइला अगाडी बढाउँदै छिन् । सुजीताले अभिनय गरेको नयाँ फिल्मको नाम “२२nd Century Cat” हो। यस फिल्मको निर्देशक तथा...

महिलामा मद्यपानका जोखिम बढ्दो, जापानी विशेषज्ञको चेतावनी

टोकियो,जापान। जापानमा पछिल्ला वर्षहरूमा अत्यधिक मद्यपानबाट हुने स्वास्थ्य जोखिमबारे जनचेतना बढ्दै गए पनि महिलाहरूका लागि यो अझ खतरनाक सावित हुने एक अध्ययनले देखाएको छ। विशेषज्ञहरूका अनुसार महिलाहरूले पुरुषसरह मात्रामा मद्यपान गरेमा छिट्टै कलेजो सिरोसिसजस्ता गम्भीर रोगहरू विकसित हुन सक्छन्। एनएलआई अनुसन्धान संस्थानकी वरिष्ठ अनुसन्धानकर्ता युको मुरामाचुले स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले सन् २०२३ मा गरेको “राष्ट्रिय स्वास्थ्य तथा पोषण सर्वेक्षण”...

जापानमा इन्फ्लुएन्जा संक्रमण तीव्र, २५ प्रान्तमा चेतावनी स्तर नाघ्यो

टोकियो/जापान। जापानमा यस वर्षको इन्फ्लुएन्जा संक्रमण असामान्य रूपमा तीव्र गतिमा फैलिरहेको छ। स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार, देशभरका नियमित निगरानी स्वास्थ्य संस्थाहरूमा एक साताको अवधिमा हरेक केन्द्रमा औसत १४.९० नयाँ इन्फ्लुएन्जा संक्रमित भेटिएका छन्। यो दर चेतावनी स्तर १० भन्दा धेरै माथि पुगेको छ। अघिल्लो साताको तुलनामा यो दर दोब्बरभन्दा बढी भएको हो। मन्त्रालयले करिब...

जापानले विदेशी श्रमिक स्वीकार्ने प्रणालीलाई “उचित रूपमा सञ्चालन गर्नेछः प्रधानमन्त्री ताकाइचीको

टोकियो,जापान। जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले विदेशी श्रमिक कार्यक्रमलाई “सन्तुलित रूपमा सञ्चालन गर्ने र आवश्यक सीमासहित व्यवस्थित रूपमा व्यवस्थापन गर्ने” घोषणा गरेकी छिन्। यो वक्तव्य उनले संसदमा सान्सेइतो पार्टीका नेता सोहेइ कामियाका प्रश्नका जवाफमा दिएकी हुन्। कामियाले हाल सरकार विदेशी नागरिकहरूलाई “सीमाबिनाको नीतिअनुसार” स्वीकार गरिरहेको भन्दै जनस्तरमा असन्तोष र चिन्ता फैलिएको बताएका थिए। उनले भने, “जापानको संस्कृति, परम्परा र सार्वजनिक सुरक्षाको...

जापानका विश्वविद्यालयहरू अंग्रेजी माध्यममा तर्फ उन्मुख,प्रमुख विश्वविद्यालयहरुले अंग्रेजी कोर्स बढाउँदै

टोकियो,जापान। जापानका विश्वविद्यालयहरूले अब घरेलु विद्यार्थीका लागि समेत अंग्रेजी भाषामा पढाइ सुरु गर्ने तयारी तीव्र पारेका छन्। हालसम्म विदेशी विद्यार्थी वा एक्स्चेन्ज कार्यक्रममा सहभागी हुनेहरूका लागि मात्र अंग्रेजी कक्षा चलाइँदै आएको भए पनि अब अधिकांश विश्वविद्यालयहरूले आफ्ना मुख्य कार्यक्रमहरू अंग्रेजीमा पढाउने नीति अगाडि बढाइरहेका छन्। टोकियो विश्वविद्यालयको इन्जिनियरिङ्ग स्नातकोत्तर विद्यालयले सन् २०२६ देखि सबै कक्षा अंग्रेजीमा सञ्चालन गर्ने घोषणा गरेपछि...

जापानमा सन् २०२५ का लोकप्रिय शिशु नामहरूमा फूल र रङ्गको प्रभाव

टोकियो,जापान। जापानमा बच्चाको नाम राख्दा उच्च सोच र सांस्कृतिक अर्थको विशेष ध्यान दिइन्छ। “तामाहियो” नामक अनलाइन पोर्टल सञ्चालन गर्ने बेनेस्से कम्पनीले सन् २०२५ मा जन्मिएका करिब १ लाख ६६ हजार शिशुहरूको नाम अध्ययन गरी सबैभन्दा लोकप्रिय नामहरूको सूची सार्वजनिक गरेको छ। केटाहरूका शीर्ष ५ नाम ५. रेन (蓮) – अर्थ: कमल फूल। पछिल्लो दशकदेखि निरन्तर लोकप्रिय यो नाम सभ्य र सशक्त...