टोकियोको यामानोते रेलमार्ग संचालनको एक शताब्दी पुरा

टोकियो,जापान। पूर्वी जापान रेलवेज (जेआर ईस्ट – JR East) ले टोकियोको प्रसिद्ध यामानोते लूप लाइन रेलमार्ग सञ्चालनको सयौं वर्ष पूरा भएको अवसरमा विशेष कार्यक्रम आयोजना गरेको छ। राजधानीको केन्द्रीय भागलाई समेट्ने ३४.५ किलोमिटर लामो यो रेलमार्ग सन् १९२५ मा पूर्णमा बनेको थियो। इकेबुकुरो स्टेशनबाट रेट्रो डिजाइनको रेल चलाउँदै गरिएको कार्यक्रममा बालबालिकादेखि अभिभावकसम्म सहभागी भएका थिए। यात्रुहरूले पुरानो डिजाइनको रेलले पुराना...

जापानमा उपभोग्य वस्तुको मूल्य वृद्धिः अण्डा र तरकारीको मूल्य अझ बढ्ने अनुमान

टोकियो,जापान। टोकियोका २३ वटै वडामा गत अक्टोबर महिनाको उपभोक्ता मूल्य सूचकाङ्क अघिल्लो वर्षको सोही महिनाको तुलनामा २.८ प्रतिशत बढेको सरकारी तथ्याङ्कले देखाएको छ। यो वृद्धिदर गत सेप्टेम्बरको २.५ प्रतिशतभन्दा ०.३ अंक बढी हो, र पछिल्ला ५ महिनामध्ये पहिलो पटक वृद्धि भएको हो। जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय का अनुसार मूल्य वृद्धिको मुख्य कारण यस वर्षको गर्मीमा गरिएको पानीको आधारभूत...

जापानमा सन् २०२४ आर्थिक वर्षमा विद्यालय जान अस्वीकार गर्ने विद्यार्थीहरूको संख्या रेकर्ड उच्च

टोकियो,जापान। जापानको शिक्षा मन्त्रालयद्वारा सार्वजनिक गरिएको सर्वेक्षणअनुसार सन् २०२४ मार्चमा समाप्त भएको आर्थिक वर्षमा विद्यालय जान अस्वीकार गर्ने प्राथमिक र माध्यमिक तहका विद्यार्थीहरूको संख्या अहिलेसम्मकै सबैभन्दा धेरै ३ लाख ५३ हजार ९७० पुगेको छ। यो संख्या अघिल्लो आर्थिक वर्ष २०२३ मा रहेको ३ लाख ४६ हजार ४८२ भन्दा बढि हो। लगातार १२ वर्षदेखि विद्यालय जान नमान्ने विद्यार्थीहरूको संख्या वृद्धि हुँदै...

टोकियो अन्तर्राष्ट्रिय फिल्म महोत्सव सुरु,एशियाली स्टोरी टेलिङ र विश्व स्टारहरूमा केन्द्रित

टोकियो, जापान । टोकियो अन्तर्राष्ट्रिय फिल्म महोत्सवको ३८औँ संस्करण सोमबार टोकियोको हिबियामा भव्य रूपमा सुरु भएको छ। उद्घाटन समारोहअघि टोकियो ताकाराजुका थियटरमा आयोजना गरिएको रेड कार्पेटमा विश्वभरका नाम चलेका कलाकार र फिल्म निर्माताहरूले सहभागिता जनाएका थिए। समारोहमा करिब २०० भन्दा बढी फिल्मकर्मी र कलाकारहरूलाई हजारौँ प्रशंसकले उत्साहका साथ स्वागत गरे। यस वर्षको महोत्सवले एशियाली स्टोरी टेलिङ र अन्तर्राष्ट्रिय सहकार्यलाई प्रमुख...

जापानी सुशीका दिग्गज जिरो ओनो १०० वर्षका भए, अझै पनि ‘रिटायर्ड’ हुने सोच छैन

टोकियो,जापान। विश्वप्रसिद्ध सुशी सेफ जिरो ओनोले १०० वर्षको जीवन यात्रा पूरा गरेका छन् तर अझै पनि उनी आफ्नो जीवनको सबैभन्दा ठूलो रहस्य ‘काम’ नै हो भनी विश्वास गर्छन्। सुशीकलाका जादुगरका रूपमा परिचित ओनोले लगातार एक दशकभन्दा बढी समयसम्म तीन मिचेलिन स्टार कायम राख्दै विश्वका सबैभन्दा ज्येष्ठ प्रमुख सेफको कीर्तिमान बनाएका छन्। १०० वर्ष उमेर पुगेका ओनोले भनेका छन्, “म...

जापानमा माध्यमिक विद्यालय पुगेपछि बालबालिकाको खर्च तीव्र रूपमा बढ्ने एक सर्वेक्षण

टोकियो,जापान। जापानमा बच्चा हुर्काउने कुल खर्च माध्यमिक वा उच्च माध्यमिक विद्यालय पुगेपछि उल्लेखनीय रूपमा बढ्ने तथ्य सार्वजनिक भएको छ। राष्ट्रिय बाल स्वास्थ्य तथा विकास केन्द्रद्वारा गरिएको नयाँ अध्ययनले बालपालन खर्च वर्षेनी बढ्दो क्रममा रहेको र अभिभावकको आर्थिक बोझ अझ गहिरिँदै गएको देखाएको छ। अध्ययनअनुसार, माध्यमिक तहसम्म बच्चा हुर्काउन औसत १ करोड ६२ लाख येन खर्च हुने अनुमान गरिएको छ। त्यसैगरी,...

अनेसास जापानद्वारा ७७ औँ साहित्य शृंखला तथा साहित्यपोस्ट एपको उद्घाटन कार्यक्रम आयोजना गरिँदै

टोकियो,जापान। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरले ११७ औँ लक्ष्मी जयन्तीको अवसर पारेर ७७ औँ नियमित साहित्य शृङ्खला आयोजना गर्ने भएको छ। यो कार्यक्रम यही अक्टोबर २६ गते आइतबार टोकियोको सिनओकुबोस्थित सोल्मारी हलमा हुने जनाइएको छ। आयोजक संस्था अनेसास जापानका अनुसार, सो अवसरमा नेपालबाट आउनुभएका साहित्यकार तथा साहित्यपोस्टका प्रधान सम्पादक अश्विनी कोइरालाको विशेष स्वागत तथा सम्मान कार्यक्रम राखिनेछ। साथै,...

जापानमा चामलको मूल्य फेरि बढ्यो, पाँच सातापछि पहिलो वृद्धि

टोकियो/जापान। जापानभरका सुपरमार्केटहरूमा अक्टोबर १९ सम्मको साताभित्र बिक्री भएका चामलको औसत मूल्य पुनः बढेको छ। कृषि, वन तथा मत्स्य मन्त्रालयका अनुसार ५ किलो चामलको औसत खुद्रा मूल्य करसहित ४ हजार २ सय ५१ येन पुगेको छ, जुन अघिल्लो साताको तुलनामा १०९ येनले वृद्धि भएको हो। यो वृद्धि पाँच सातापछि पहिलो पटक भएको हो। मन्त्रालयले देशभरका करिब १ हजार सुपरमार्केटमा बिक्री...

सावधान ! जापानको सेन्दाईमा ३५ करोड येन बराबरको सुन र करिब १ करोड येन नगद ठगी

सेन्दाई जापान। जापानको सेन्दाई सहरमा बसोबास गर्ने ७० वर्षकी एक महिलालाई नक्कली प्रहरी अधिकारी बनेर एक व्यक्तिले करिब ३५ करोड येन बराबरको सुनका ढिक्का (१८.६ किलोग्राम) र करिब १ करोड येन नगद ठगी गरेको घटना बाहिर आएको छ। यो घटनालाई प्रहरीले विशेष ठगीको रूपमा अनुसन्धान गरिरहेको छ। प्रहरीका अनुसार, यो वर्ष जुलाई महिनामा ती महिलाको घरमा एनटिटि कम्पनीको नाममा स्वचालित फोन...

जापानमा सार्वजनिक स्थलमा अनुशासन नमान्दा हुने कानूनी सजाय र सामाजिक प्रभाव

जापानलाई विश्वकै सबैभन्दा अनुशासित समाज मानिन्छ। यहाँको सार्वजनिक जीवनमा नियम, मर्यादा र शिष्टाचारको उच्च मूल्य छ। तर, यदि ती सामाजिक वा कानूनी अनुशासनहरू पालना नगरेमा के हुन सक्छ ? यो प्रश्न धेरै विदेशीहरूका लागि महत्त्वपूर्ण विषय हो। जापानमा धेरै व्यवहारहरू “कानूनले होइन, संस्कृतिले नियन्त्रण गर्ने” किसिमका हुन्छन्। जस्तै -रेलमा ठूलो स्वरमा कुरा गर्नु, भीडमा धकेल्नु,बस तथा ट्रेनमा मोवाईल फोनमा कुरा...