म,यसकारण मेरी श्रीमतीको ईज्जत गर्दछु( भिडियो सहित)
टोकियो । हाम्रो समाजमा अझै पनि श्रीमतीहरुको तुलनामा श्रीमानहरु नै सम्मानित र ईज्जतदार भन्ने मानसिकता बाँकी नै छ । केहि पढेलेखेका र जान्नेबुझ्ने मनकारीहरुले समान व्यवहार गरे भनेपनि जोईटिंग्रे,स्वास्नीको गुलाम आदि आदी उपनामहरु दिईन्छ । तर यो भिडियो हेर्नुस् ति सबै कुराहरु बिर्सेर हरेक श्रीमतीलाई सम्मान गर्न नतमस्तक हुनुहुनेछ । ...
रुटमा चल्ने माइक्रोबस निलम्वन हुदा यात्रु मर्कामा
काठमाडौं, २९ बैशाख । गोङ्गबु–सामाखुशी क्षेत्र हुँदै रत्नपार्क चल्ने २६ माइक्रोबसलाई यातायात व्यवस्था विभागले निलम्बन गरेपछि यात्रु मर्कामा परेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यही वैशाख २१ गते आह्वान गरेको बन्दमा बस सञ्चालन नगरेको भन्दै विभागले गोङ्गब भएर रत्नपार्क चल्ने माइक्रोबसलाई निलम्बन गरेको थियो । बानियाँटारबाट सामाखुशी जान लागेकी सत्यकला दवाडी सवारी नपाएपछि हिँडेर गइन् । ‘माइक्रोबस कम...
निषेधित क्षेत्रमा भारतीय मिडियाले खिचे भिडियो तर नेपाली मिडियाले प्रवेश नै पाएनन् (हेर्नुहोस् भिडियोमा)
मुक्तिनाथ, २९ बैशाख । कसैले पनि कुनैपनि मुख्य मन्दिरको भित्र गएर फोटो खिच्न पाइदैन । त्यहाँ फोटो खिच्न मनाही छ भनेर लेखिएको हुन्छ ।। तर, आज मुक्तिनाथ मन्दिरमा भारतीय टेलिभिजनका पत्रकारलाई खुलेआम फोटो, भिडियो खिच्न छुट दिईयो । मोदीको मुक्तिनाथ दर्शनका क्रममा यहाँ पुगेका भारतीय टेलिभिजनका पत्रकारहरूले मूल मन्दिरको भित्री भागको समेत फोटो तथा तथा भिडियो खिचेका हुन् । नेपाली...
कर्मचारी नै अटेर
काठमाडौं, २९ बैशाख । दुर्गम क्षेत्रका स्थानीय तहमा कर्मचारीको अभाव भइरहेका बेला धेरैजसो निजामती कर्मचारीले ती स्थानमा जान मानेका छैनन् । दुर्गम क्षेत्रका स्थानीय तहमा कामकाज गरेका अधिकांश कर्मचारीले सुगम स्थानीय तहमा मात्र काम गर्न सरकारसँग निवेदन दिएसँगै दुर्गम स्थानीय तहमा काम गर्ने कर्मचारीको अभाव झनै हुने भएको आजको गोरखापत्र दैनिकमा समाचार छ । सरकारले गत वैशाख १९ गतेभित्र १५ दिनको...
तरकारीको फरक–फरक मूल्यमा विक्रेताकै मनोमानी
काठमाडौं, २९ बैशाख । उपत्यकाभित्रै रहेका तरकारी बजारमा तरकारीको मूल्य फरक–फरक पाइएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार र अन्य तरकारी बजारमा अनुगमन गर्दा एउटै तरकारीको मूल्य पनि फरक फरक पाइएको हो । तरकारी व्यवसायीहरूले तरकारीको मूल्य निर्धारणमा मनोमानी गर्दा आपसमा जोडिएर रहेका पसलमै समेत तरकारीको मूल्य फरक फरक हुने गरेको आजको राजधानी दैनिकमा खबर छ । कालीमाटी तरकारी बजारमा...
नेपालीबाट पनि ‘सेक्स टोर्सन’
काठमाडौं, २९ बैशाख । नेपाली सर्ट मुभिकी नायिका सरिना शर्मा (नाम परिवर्तन) प्रेमीसँग खुसी थिइन् । उनीहरु काठमाडौंमै लिभिङ टुगेदरमा थिए । त्यसो हुँदा दुईबीच सबै खालका सम्बन्ध भइसकेका थिए । यही क्रममा दुईबीच राजीखुसीसँगै शारीरिक सम्बन्धको भिडियो खिचियो । भिडियो दुवैले सेयर गरे । दुईबीच विवाहको कुरा चल्दै थियो । अचानक खटपट भयो । बोलचाल बन्द भयो । सम्बन्धमा...
‘मन मिल्यो भने जो केटासँग पनि विवाह गर्छु’-आश्था राउत
काठमाडौं । गायिका आस्था राउतले खोजे जस्तो केटा नपाएका कारण विवाह नगरेको बताएकी छिन् । एउटा टेलिभिजन कार्यक्रममामा अन्तर्वार्ताका क्रममा राउतले सज्जन विज्नेशम्यान युवकलाई आफूलाई मन पर्ने बताएकी छिन् ‘मन मिल्यो भने जो केटासँग पनि विवाह गर्छु’, उनले भनिन्, ‘विभिन्न माध्यमबाट विवाहको प्रस्ताव आइरहेको छ ।’ संगीत बुझेको व्यक्तिलाई श्रीमान् बनाउने योजना रहेको उनले बताइन् । विवाहका लागि घरपरिवारमा ठूलो दवाव...
जापानमा फेरि अर्की एक नेपालीको निधन
जापानमा एक नेपाली युवतीको निधन भएको छ । गल्कोट हटिया घर भएकी सोनु श्रेष्ठको नाकानोस्थित एक अस्पातलमा उपचारको क्रममा निधन भएको हो । एक हप्ता अघि सो अस्पातल उपचारका लागि पुगेकी श्रेष्ठ फर्कदा अस्पतलको गेटमा वेहोस् भएपछि पूनः भर्ना गरिएको थियो । एक हप्ताको उपचार पश्चात उनलाई हस्पिटलले मृत घोषणा गरेको हो । मृतक श्रेष्ठको अन्त्यष्ठी यही शनिवार दिउँसो २ः३० मा सिनागावा...
विदेशी भूमिमा नेपाली श्रमिकको डरलाग्दो मृत्युदर
काठमाडौँ, २७ वैशाख । सप्तरीका ४४ वर्षीय दशनराम मोची रोजगारीको सिलसिलामा दुबई गएको चार महिना नबित्दै परिवारले उहाँ लडेर घाइते भएको खबर पायो । घाइते भएको २४ घण्टामै उहाँको दुःखद निधन भयो । आफू काम गर्दै आएको निर्माण कम्पनीको भवनबाट लडेर घाइते हुनुभएका मोची गत असोज ३१ गते पहिलो पटक वैदेशिक रोजगारमा जानुभएको थियो । गत माघ २२ गते...
सरकारको फितलो अनुगमनः बिचौलियाले नै खान्छन तीन सय प्रतिशत नाफा
काठमाडौं, २७ बैशाख । सरकारको फितलो अनुगमन र व्यापारीहरुको सिन्डिकेटका कारण काठमाडांैका उपभोक्ताले कृषकले बिक्री गरेभन्दा तीन सय प्रतिशत बढी मूल्य तिरेर तरकारी उपभोग गर्नुपरेको छ । किसानदेखि उपभोक्तासम्म पुग्दा तरकारीको मूल्यमा करिब तीन सय प्रतिशत बढी मूल्यान्तर भेटिएको छ । किसानदेखि उपभोक्तासम्म आइपुग्दा पाँचभन्दा बढी तहमा नाफाखोरको जालोका कारण कृषकले कम र उपभोक्ताले बढी मूल्य तिर्नु परिरहेको आजको राजधानी...

