छोरीज्वाई मिलेर बुवाको हत्या

चितवन, ५ साउन । पूर्वी चितवनको कालिका नगरपालिकास्थित पदमपुरमा एक पुरुषको आफ्नै छोरी र ज्वाईहरु मिलेर धारिलो हतियार प्रहार गरी हत्या भएको छ । चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार कालिका नगरपालिका–२ स्थित पदमपुरका ५० वर्षीय भुमिनन्द दुलालको बुधबार यसरी हत्या भएको हो । घटनाको प्रारम्भिक अनुसन्धानमा उनका छोरीहरु अञ्जना दुलाल, बेलकुमारी दुलाल, अप्सरा दुलाल र ज्वाई टेकबहादुर बुढासहितका व्यक्तिको...

भक्तपुरमा चालिस प्रतिशत खेत बाँझै

भक्तपुर, १ साउन । भक्तपुरमा यसवर्ष ६० प्रतिशत रोपाई भएको छ । मनसुन कमजोर भई पर्याप्त वर्षा नभएपछि असार सकिए पनि भक्तपुरमा अझै ४० प्रतिशत जमिनमा रोपाइँ गर्न बाँकी रहेको हो । अघिल्लो वर्षहरुमा असारको अन्तिम साता नै रोपाइँ सकिने भक्तपुरमा यस वर्ष मनसुन कमजोर भई पर्याप्त वर्षा नहुँदा असार सकिए पनि जिल्लामा ४० प्रतिशत खेत अझै बाँझो रहेको जिल्ला...

गुलाबी सँसार! जहाँ मन बस्छ (फोटोफिचर)

टोकियो । गुलाव एउटा फूलको प्रजाति हो। यो फूल विश्वकै प्रसिद्ध फूल हो। यो फूललाई प्रेमको प्रतिक पनि मानिन्छ, प्रेम दिवसमा आफ्नो प्रेमी/प्रेमिकालाई गुलाफ दिएर प्रेम व्यक्त गरिन्छ । गुलाफको फुललाई आयुर्वेदिक औषधी तथा आधुनिक सौन्दर्य प्रशाधनकोरुपमा पनि उपयोग गरिन्छ । वैज्ञानिक बर्गीकरण आज जापानको टोकियो स्थित योयोगी पार्कमा फुलेका  विभिन्न गुलाफका फुलहरुका तस्बिरहरु  यहाँ प्रस्तुत गरिएको छ । तस्बिर :राजन गौतम् ...

पोल गाडेको पाँच वर्षपछि बिजुली बल्यो

काठमाडौं, ३१ जेठ । बिजुलीको पोल गाडेको पाँच वर्षमा बिजुली बत्ती बलेपछि दुर्गमका स्थानीयवासीमा खुसियाली छाएको छ । रामपुर नगरपालिकाको दुर्गम र अति विकट क्षेत्र वडा नं ३ र ४ का विभिन्न स्थानमा बिजुली बत्ती विस्तार भएपछि स्थानीय लाभान्वित बनेका हुन् । नगरपालिकाको केन्द्रबाट झन्डै तीन घन्टाको पैदलमा पुगिने विकट क्षेत्र गैलुक, लामटाङ र लाँकुरीमा बिजुली बत्ती बलेपछि गाउँ नै...

जाजरकोटमा एक गाग्री पानीका लागि घन्टौँ हिँड्नुपर्ने बाध्यता

जाजरकोट, २९ जेठ । त्रिवेणी नलगाड नगरपालिका–४, प्यारगाराकी सुशीला सार्कीलाई एक गाग्री पानी ल्याउन दैनिक छ घन्टाको समय खर्चनुपर्छ । घर नजिक पानीको सुविधा नहुँदा सुशीला मात्र हैन प्यारगाराका ३० घरपरिवारलाई तीन घन्टा टाढाको नाउलोबाट पिउने पानी ओसार्नुपर्ने बाध्यता छ । प्यारगाराका ३० घरपरिवारका पशुचौपायालगायतको पनि एकमात्र पानीको स्रोत हो, छिपछिपे मूलको नाउलो । यसमा पानीको स्रोत कम हुँदा गाग्री...

करार कर्मचारीलाई पनि स्थायी सरह तलब भत्ता !

काठमाडैं, २८ जेठ । करार कर्मचारीहरुले पनि स्थायी कर्मचारी सरह चाडपर्व र पोशाक भत्ता पाउने भएका छन् । यसको अतिरिक्त उनीहरुले महिनामा एक दिन अतिरिक्त विदा पनि पाउनेछन् । प्रचण्ड नेतृत्वको सरकारले जाँदाजाँदै करार कर्मचारीहरुलाई पनि स्थायी सरह पोशाक भत्ता, चाडपर्व भत्ता र महिनाको एक दिन विदा दिने निर्णय गरेको हो । गत बैशाख २१ गतेको मन्त्रिपरिषद बैठकबाट उक्त निर्णय...

१२० मिटरको दुरीमा जेब्रा क्रसिङ र तत्काल सडक बत्ति जडान गर्न विकास समितिको निर्देशन

काठमाडौं, २६ जेठ । संसदको विकास समितिले १२० मिटरको दुरीमा जेब्रा क्रसिङ र तत्काल सडक पेटी नभएको ठाउँमा पेटी बनाउन निर्देशन दिएको छ । विकास समितिको शुक्रबारको बैठकले उपत्यकाको सडकमा १२० मिटरमा जेब्रा क्रसिङ राख्ने गरी ७ दिनभित्र मापदण्ड बनाउन र २ महिनाभित्र कार्यान्वयन गरिसक्न सडक विभाग, यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी निर्देशन दिएको छ । विकास समितिले ट्राफिक...

टोकियोमा एकदिने मनोवैज्ञानिक प्रथामिक उपचार तालिम सम्पन्न

७ जुन, टोकियो । जापानको टोकियोमा रहेका नेपालीहरुका लागी मनोवैज्ञानिक प्राथमिक उपचार तालिम सम्पन्न भएको छ । टोकियोको सिनओकुवो स्थित नेपाली मुरा  हलमा सम्पन्न कार्यक्रम, “आत्महत्या रोकथाम अभियानका अभियन्ता तथा क्लिनिकल मनोविज्ञ डा.विजय ज्ञवालीले आयोजना गरेका हुन् । डा ज्ञावलीका अनुसार, वैदेशिक रोजगार, अध्ययन र अन्य शिलशिलामा जापान आउने  नेपाली युवाहरुको संख्या बढेसँगै यहाँ समस्याहरु पनि बढ्दै गईरहेको छ...

मन्सरा बचाऔँ अभियानमा बेटर नेपाल

काठमाडौं, २२ जेठ । नेपाली युवाको अन्तर्राष्ट्रिय सञ्जाल मिसन बेटर नेपालले आँखाको क्यान्सरबाट ग्रसित कालिकोटकी बालिका मन्सरा लुहारको जीवन बचाउनका लागि अभियान सुरु गरेको छ । गत सालदेखि नै कालिकोटको दुर्गम भेगका बासिन्दाको स्वास्थ्य सुधारका लागि क्रियाशील मिसनले मनसराको आँखाको शल्यक्रियाका लागि अभियान सुरु गरेको हो । कालिीकोट रास्कोट नगरपालिका७ निवासी रने लुहारकी चार वर्षीया छोरी मनसराको आँखामा केही महिना...

माफी मागी फर्कियो भारतीय प्रहरी टोली

भीमदत्तनगर, १९ जेठ । नेपाल प्रहरीसित समन्वय नगरी अपहरणको शैलीमा नेपाली नागरिकलाई पक्राउ गरी भारत लैजाँदै गरेको अवस्थामा डोटीबाट पक्राउ परेको भारतीय प्रहरीको टोलीलाई आज छोडिएको छ । भारतको कर्णाटक राज्यबाट आएको प्रहरी नायब उपरीक्षक नागराजसहितको टोलीलाई आज कञ्चनपुर प्रहरीले सीमावर्ती भारतीय बजार वनवासा थानाका प्रहरी नायब निरीक्षक राजेश पाण्डेयको जिम्मा लगाएको छ । नागराजसहितको पाँचजना भारतीय प्रहरी टोली कञ्चनपुरकै गड्डाचौकी...