धादिङ समाज जापान, कान्साई क्षेत्रीय समितिको दोस्रो अधिवेशन हुने

ओसका, जापान । धादिङ समाज जापान, कान्साई क्षेत्रीय समितिको दोस्रो अधिवेशन ओसाकामा हुने भएको छ । सामुदायिक एकता, सहकार्य, र समझदारीको माध्यमबाट सामाजिक रूपान्तरणमा टेवा पुर्‍याउने उद्देश्यका साथ स्थापना भएको समाजको दोस्रो अधिवेशन आयोजना हुन लागेको समाजका अध्यक्ष दिपक भण्डारीले जानकारी दिए। अधिवेशन यही मे २५ तारिक आइतबार ओसाका स्थित नानिवा कुमिन सेन्टर मा साँझ ५ बजेदेखि सुरु हुने बताईएको...

नेपाली बक्सर ‘हिमालयन चितुवा’ले राखे जापानमा,नयाँ कीर्तिमान

ओसाका, जापान। नेपाली युवा बक्सर अविरल घिमिरेले जापानको ओसाका सहरमा आइतबार सम्पन्न विश्वप्रसिद्ध ‘के वन क्रस १७५’को उपाधि चुम्दै नयाँ कीर्तिमान बनाउन सफल भएका छन् । ‘हिमालयन चितुवा’को नामले विश्वभर परिचित बक्सर घिमिरेले पहिलोपटक तीनवटा अन्तर्राष्ट्रिय ‘किक बक्सिङ टाइटल’ हात पार्दै अदम्य साहस तथा असाधारण उपलब्धि हासिल गरेका हुन् । किक बक्सिङ खेल क्षेत्रमा एकपछि अर्को ऐतिहासिक कीर्तिमान बनाउन सफल...

अन्तर्राष्ट्रिय नेपाली समाज जापानको दोस्रो अधिवेशन सम्पन्न, मोती गुरूङको अध्यक्षतामा २७ सदस्यीय समिति चयन

टोकियो/जापान। मअन्तर्राष्ट्रिय नेपाली समाज जापानको दोस्रो अधिवेशन आईतबार टोकियोमा भौतिक तथा भर्चुअल माध्यममार्फत सम्पन्न भयो । अधिवेशनले मोती गुरूङको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। कार्यक्रमको सभापतित्व प्रकाश के.सी.ले गरेका थिए। अधिवेशनमा प्रमुख अतिथिको रूपमा नेपाल समाजवादी पार्टीकी केन्द्रीय सदस्य सरिता ढकालको विशेष उपस्थिति रहेको थियो। त्यस्तै, अतिथिका रूपमा प्रवास प्रदेश समितिका उपाध्यक्ष धनबहादुर विक, संस्थाका संरक्षक पदमसिंह...

जापानी महिला जुनको ताबेईको यात्राबाट सुरु भएको महिलाहरुको सगरमाथा आरोहण,१ हजार नजिक पुग्दै

टोकियो/जापान। विश्वको सर्वोच्च शिखर सगरमाथामा महिला आरोहणकर्ताद्वारा गरिने हजारौँ पटकको सफल चढाइको सङ्ख्या अब चाँडै १ हजार पुग्न लागेको छ। सन् १९७५ को मे १६ मा जापानकी जुनको ताबेईले सगरमाथाको चुचुरोमा पाइला राख्दै इतिहास रचिन्। उनी सगरमाथा चढ्ने पहिलो महिला थिइन्। आज, पाँच दशकपछि, हिमालयन डाटाबेसका तथ्यांकअनुसार महिलाहरूले ९६२ पटक सगरमाथा सफलतापूर्वक चढिसकेका छन्। पुरुषहरूले भने ११ हजार ९५५ पटक...

जापानमा आधारभूत ज्ञानविना पहाड चढ्ने विदेशी पर्यटकले बारम्बार समस्या निम्त्याउँदै ,तपाईं पनि सतर्कता अपनाउनुहोस्

टोकियो/जापान। पहाड चढ्नुअघि पूर्वतयारी र मौसमको मूल्याङ्कन नगरी जोखिम मोल्ने विदेशी पर्यटकहरूले जापानमा बारम्बार उद्धारको अवस्थाको सिर्जना गरिरहेका छन्। पछिल्लोपटक, होक्काइदोको माउन्ट योतेईमा एक बेलायती जोडीले चिसोले हिँड्न नसक्ने अवस्था आयपछि हेलिकप्टरमार्फत उद्धार गर्नुपर्‍यो। यहि मे १३ तारिख साँझ ६:१० बजे ती ३० वर्षीय पुरुषले आपतकालीन नम्बरमा फोन गरेर आफू र आफ्नी प्रेमिका (२९ वर्षीया) चिसोका कारण थला परेको र...

जापानले सन् २०२६ को अप्रिलदेखि सुत्केरी खर्च पूर्णरूपमा बेहोर्ने तयारी

टोकियो/जापान। जापानमा घट्दो जन्मदरलाई सुधार गर्न जापानको स्वास्थ्य मन्त्रालयले सुत्केरी खर्चमा लाग्ने व्यक्तिगत भुक्तानी हटाउने तयारी गरेको छ। यो नीति सन् २०२६ को अप्रिलदेखि कार्यान्वयनमा ल्याउन सकिने अनुमान गरिएको छ। बुधवार विज्ञहरूको एक प्यानलले स्वीकृत गरेको प्रस्तावित योजनामा सामान्य सुत्केरी खर्चलाई सार्वजनिक स्वास्थ्य बिमा प्रणालीमार्फत पूर्णरूपमा कभर गर्ने योजना समावेश गरिएको क्योदो न्युजले जनाएको छ। हालसम्म सामान्य सुत्केरी प्रक्रियालइ रोग वा...

नेवा: अन्तर्राष्ट्रिय फोरम जापानद्वारा २५६९औं बुद्ध जयन्ति आयोजना गरिने

टोकियो/जापान । जापानमा सक्रिय नेवाः समुदायको संस्था नेवा: अन्तर्राष्ट्रिय फोरम जापानले २५६९औं बुद्ध जयन्ति यस वर्ष पनि विशेष कार्यक्रम सहित मनाउने  भएको छ।कार्यक्रम टोकियोको शिबुया-कु, हातागायामा अवस्थित “गोतामी बिहार” परिसरमा आयोजना गरिने संस्थाले जानकारी दिएको छ। संस्थाका अध्यक्ष रूपेश डंगोलले भने – “बुद्धको जन्मस्थल नेपाल हो। हामी नेपाली जहाँ भए पनि बुद्ध जयन्ति मनाउनु हाम्रो कर्तव्य हो। त्यसैले संस्थाको स्थापना...

खुसीको खबर ! जापानमा १८ हप्ता पछि चामलको मूल्य घट्यो, सुपरमार्केटमा बिक्री मात्रा बढ्दा ‘स्टक अभाव’

टोकियो/जापान। जापानभरिका सुपरमार्केटहरूमा मे ४ तारिखसम्मको एक साताको अवधिमा बिक्री भएको चामलको औसत मूल्य करसहित ५ केजीको लागि ४ हजार २ सय १४ येन रहेको छ, जुन अघिल्लो साताको तुलनामा १९ येनले कम हो। चामलको औसत मूल्य घटेको यो गत वर्षको डिसेम्बरयता पहिलो पटक हो । अर्कोतर्फ, सुपरमार्केटहरूमा चामल बिक्रीको परिमाण भने हालका दिनहरूमा अघिल्लो वर्षको तुलनामा बढ्दो क्रममा रहेको...

जापानमा उपचाररत नेपाली किशोरी रञ्जिता थापाको जीवन रक्षाका लागि सहयोगको अपील

टोकियो/जापान । नेपाल चितवन घर भइ जापानमा अध्ययनका लागि आएकी, रञ्जिता थापाको जिवन रक्षाको लागि सहयोगको अपिल गरिएको छ। जापानको राजधानी टोकियोको सिन्जुकुस्थित  एक अस्पतालमा उपचाररत नेपाली किशोरी रञ्जिता थापाको जीवन रक्षाका लागि उनको परिवारले सहयोगको अपील गरेको हो। लामो समयदेखि ब्रेन ट्युमरसम्बन्धी समस्याबाट ग्रस्त रञ्जिता हाल जीवनका लागि संघर्षमा रहेकी छन्। रञ्जिताकी आमा लक्ष्मी थापाका अनुसार छोरीको टाउकोमा गम्भीर ट्युमर...

जापानमा बसोबास गर्ने ३९ प्रतिशत मानिसहरुले एक्लोपन महसुस गर्ने सरकारी अध्ययन

टोकियो/जापान। सन् २०२४ मा गरिएको एक सरकारी सर्वेक्षण अनुसार, जापानमा करिब ३९ प्रतिशत मानिसहरुले एक्लोपन महसुस गर्ने बताएका छन्। गत वर्ष अप्रिलदेखि लागू भएको एक्लोपनको समस्या समाधान गर्ने कानुनले खास प्रभाव पार्न अझ बाँकी देखिएको छ। सन् २०२४ को सर्वेक्षणमा “बारम्बार वा सधैं,”  वा “कहिलेकाहीँ मात्र” एक्लोपन महसुस गर्ने व्यक्तिहरूको संख्या ३९.३ प्रतिशत थियो, जुन सन् २०२३ को सर्वेक्षणको तुलनामा...