मृगौला र क्यान्सर रोगबाट पिडीतलाई दोलखा समाज जापानको सहयोग रकम हस्तान्तरण
टोकियो, जापान । दोलखा समाज जापान द्वारा संचालित संयुक्त जिवन रक्षा अभियान अन्तर्गत जम्मा भएको सहयोग रकम हस्तान्तरण गरिएको छ । जापानमा बसोबास गर्ने दोलखालीहरुबाट संकलन गरिएको करिब २ लाख पन्ध्र हजार जापानिज यन सहयोग रकम हस्तान्तरण गरिएको हो। दुबै मृगौला फेल भई विर अस्पतालमा उपचारत रहेका दोलखा जिल्ला विगु गाँउपालिका वडा नं ४ साविक लादुक चित्रे बस्ने हरी...
ब्लु ब्वाइज युनियनद्वारा दाईगाकु तथा सेन्मोन गाक्को प्रवेश तयारी सेमिनार कार्यक्रम आयोजना गरिँदै
ओसाका/जापान। आउदो वर्षको मार्च महिनामा जापानी भाषा स्कुल (निहोङ्गो गाक्को )सोचुग्योउ भई अप्रिल महिनाबाट (दाईगाकु)विश्वविद्यलय तथा भोकेस्नल कलेज सेन्मोन गाक्को प्रवेश गर्ने तयारीमा रहेका नेपाली विद्यार्थीहरुलाई लक्षित गरि ब्लु ब्वाइज युनियन ओसाकाले जुन २८ तारिख एक कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम, दिउँसो १३:०० बाट १७:०० बजे सम्म 大阪府社会福祉会館(FINE財団) हलमा (7 Chom-4-15 Tanimachi, Chuo Ward,Osaka, 542-0012,Japan Room No.503)विभिन्न गाक्कोहरुसँग सहकार्य...
जुन ८ तारिख जापानमा म्याग्देलीहरुको बार्बेक्यु तथा भेटघाट कार्यक्रम आयोजना हुने,सम्पूर्ण म्याग्देलीहरुमा उपस्थितिका लागि अनुरोध
टोकियो/जापान। जापानमा रहेका म्याग्देलीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले यही आउँदो जुन ८ तारिक आइतबार बार्बेक्यु (BBQ) तथा भेटघाट कार्यक्रम आयोजना गरिने भएको छ। कार्यक्रम बिहान ११ बजे देखि सुरु भई बेलुकी ५ बजे सम्म चल्नेछ। सहभागीहरूमाझ आपसी चिनजान, कामको थकान मेट्दै रमाइलो वातावरणमा समय बिताउने लक्ष्यका साथ यो कार्यक्रमको आयोजना गरिन लागेको हो। कार्यक्रम कानागावाकेन, इशेहारा सिटी, ह्युगा २१८४-१ (〒259-1101,...
धादिङ समाज जापान नागोया क्षेत्रीय समितिको तेस्रो अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन
नागोया/जापान। धादिङ समाज जापानको नागोया क्षेत्रीय समितिको तेस्रो अधिवेशन आज शनिबार,नागोयामा सम्पन्न भएको छ। अधिवेशनले नयाँ कार्यसमिति चयन गर्दै सामाजिक एकता र जापानबासी धादिङेलीहरुबीच आपसी समन्वयलाई अझ सशक्त बनाउने अठोट व्यक्त गरेको छ। प्रमिला तिमल्सिना सिग्देलको अध्यक्षता रहेको अधिवेशन समारोहमा धादिङ समाज जापान केन्द्रीय समितिका अध्यक्ष बिमल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो। त्यसैगरि विशेष अतिथिहरुमा धादिङ समाज जापान केन्द्रका संरक्षक...
जापानमा ट्याक्सी चालकद्वारा ५० जना महिलामाथि बलात्कारको अभियोग, सन् २००८ देखिका भिडियो फेला
टोकियो/जापान। जापानको राजधानी टोकियोमा एकजना पूर्व ट्याक्सी चालकले करिब ५० जना महिलालाई निन्द्रा लाग्ने औषधि खुवाएर बलात्कार गर्ने तथा अस्लिल भिडियोहरु खिच्ने गरेको अभियोगमा पक्राउ गरिएको जापानी संचार माध्यमहरुमा खबर प्रकाशित भएको छ। टोकियो प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार, पूर्व ट्याक्सी चालक ५४ वर्षीय पुरुषले सन् २००८ देखि यौन दुर्व्यवहार गर्दै आएका थिए, जसको ३ हजारभन्दा बढी भिडियो र तस्बिरहरू प्रहरीले...
टोकियोमा रेलको लिकमा फोहोर फ्याँकेर अवरोध सिर्जना गरेको अभियोगमा एक नेपाली विद्यार्थी पक्राउ
टोकियो/ जापान । जापानको टोकियोस्थित नाकानो क्षेत्रमा रेलको लिकमा फोहोरको पोको फ्याँकेर रेल आवागमनमा अवरोध पुर्याएको आरोपमा एक नेपाली विद्यार्थी पक्राउ परेका छन्। जापानी संचार माध्यमहरुमा जापान प्रहरीलाई उदृत गरि प्रकाशित खबरका अनुसार, टोकियोस्थित एक विश्वविद्यालयमा अध्ययनरत २५ वर्षीय नेपाली नागरिक पक्राउ परेका हुन् । ति नेपालीले गएको वर्षको डिसेम्बर महिनामा जेआर नाकानो स्टेशन र हिगाशी नाकानो स्टेशनको बीचमा रहेको रेलको...
जापानमा क्यासलेस पेमेन्टको प्रयोग तीब्रगतिमा बढ्दो, ४० प्रतिशत नाघ्यो, तपाईं पनि प्रयोग गर्नुहुन्छ कि?
टोकियो / जापान।जापानमा नगदरहित (क्यासलेस) भुक्तानीको प्रयोग तीव्र गतिमा बढिरहेको छ। क्रेडिट कार्ड, इलेक्ट्रोनिक मनी तथा QR कोडमार्फत हुने कारोबार प्रमुख रूपमा अपनाइँदै गएको छ। हाल व्यक्तिगत उपभोगको कुल खर्चमध्ये ४२.८ प्रतिशत नगदरहित माध्यमबाट भइरहेको छ भन्ने तथ्याङ्क सार्वजनिक भएको छ। जापानको अर्थ, व्यापार तथा उद्योग मन्त्रालयले सन् २०२५ सम्म नगदरहित कारोबारलाई ४० प्रतिशत पु-याउने लक्ष्य लिएको थियो, तर त्यो...
टोकियोमा चार महिनासम्म पानीको आधारभूत शुल्क निःशुल्क, मूल्यवृद्धिको मार कम गर्ने पहल
टोकियो/जापान ।जापानको राजधानी टोकियोमा यो गर्मीयाम विशेष योजनाअन्तर्गत सर्वसाधारण घरपरिवारको पानीको आधारभूत महशुल निःशुल्क गरिने भएको छ। मूल्यवृद्धिका कारण बढ्दो घरेलु खर्चलाई ध्यानमा राख्दै टोकियो महानगरले यो अस्थायी तर प्रभावकारी निर्णय लिएको हो। टोकियो महानगरका अनुसार, यस वर्षको जुनदेखि सेप्टेम्बर वा जुलाईदेखि अक्टोबरसम्मको चार महिनाको अवधिमा, टोकियो महानगरभित्रका सबै सामान्य उपभोक्ताहरूले पानीको आधारभूत शुल्क तिर्नुपर्ने छैन। प्रयोग गरिएको पानीअनुसार लाग्ने...
सन् २०३० सम्म जापानभरि ४ हजार रेल स्टेशनमा “होम डोर” जडान गरिने
टोकियो-जापान। जापानको भूमी तथा यातायात मन्त्रालयले रेलवे स्टेशनहरूमा यात्रु सुरक्षाका लागि जडान गरिँदै आएको “होम डोर” (platform screen doors) को संख्या सन् २०३० को अन्त्यसम्ममा ४ हजार स्थानहरू सम्म पुर्याउने नयाँ लक्ष्य लिएको छ। हालसालै प्रकाशित विवरण अनुसार, सन् २०२३ को अन्त्यसम्ममा देशभर २,६४७ वटा स्टेशनहरूमा होम डोर जडान भइसकेका छन्। मन्त्रालयले यसअघि निर्धारण गरेको सन् २०२४ भित्र ३ हजार...
पूर्वी तथा पश्चिमी जापानमा उच्च गर्मीको सम्भावना, हीट स्ट्रोकबाट सतर्क रहन अनुरोध
टोकियो/जापान। आज २० तारिखका दिन जापानको पूर्वी तथा पश्चिमी क्षेत्रमा मौसम प्रायः सफा रहने र दिनभर तापक्रम उच्च रहने भएकाले अधिकांश स्थानमा तापक्रम ३० डिग्री सेल्सियसभन्दा माथि पुग्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ। यस्तो अवस्थामा गर्मीजन्य स्वास्थ्य समस्याहरुबाट बच्न विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ। मौसम विभागका अनुसार, विशेष गरी साइतामाको चिचिबु सहरमा दिनको अधिकतम तापक्रम ३५ डिग्री...

