कुमामोतो नेपाली समाज, जापानको चौथो अधिवेशन सम्पन्न,रोशन भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

कुमामोतो/जापान। कुमामोतो  नेपाली समाज, जापानले आफ्नो चौथो अधिवेशन सफलतापूर्वक सम्पन्न गरेको छ। कुमामोतोको ईसान रेस्टुरेन्टमा सम्पन्न उक्त कार्यक्रमले रोशन भट्टराईको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ। कार्यसमितिका पदाधिकारीहरूमा उपाध्यक्ष बद्री सापकोटा, महिला उपाध्यक्ष रूपा नेपाली, सचिव सुजन कटुवाल, सहसचिव कपिल तिमल्सिना र बिक्रम बी.के., कोषाध्यक्ष सन्तोष अधिकारी, सह-कोषाध्यक्ष कैलाश बुढाथोकी, र युवा संयोजक मदन गुरुङ चयन भएका छन्। सदस्यहरूमा...

जापानी वैज्ञानिकद्वारा नयाँ प्लास्टिक आविस्कार , समुद्री पानीमा केही घण्टामै विलिन हुने

टोकियो/जापान। साईतामाको वाको शहरमा कार्यरत जापानी वैज्ञानिकहरूको एक टोलीले यस्तो प्लास्टिक विकास गरेको छ, जुन समुद्री पानीमा केही घण्टामै पूर्ण रूपमा विलिन हुन्छ। समुद्र प्रदूषण र जलजीवहरूको अस्तित्वमा खतरा बनिरहेको प्लास्टिक समस्याको समाधानतर्फ यो खोज एक महत्वपूर्ण उपलब्धि मानिएको छ। रिकेन सेन्टर फर इमर्जेन्ट म्याटर साइन्स र टोकियो विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले बनाएको यो नयाँ प्लास्टिक अन्य बायोडिग्रेडेबल (जैविक रूपमा नष्ट हुने)...

राष्ट्रसन्त स्वामी परमानन्द सरस्वतीको सम्मानमा रु १० को टिकट सार्वजनिक गर्ने निर्णयप्रति बिहुँकोट समाज जापानको कृतज्ञता

टोकियो, जापान – नेपालका प्रतिष्ठित आध्यात्मिक गुरु राष्ट्रसन्त ब्रह्मलिन स्वामी श्री १००८ परमानन्द सरस्वती महाराजको सम्मानमा नेपाल सरकारले रु १० को टिकट सार्वजनिक गर्ने निर्णय गरेकोमा बिहुँकोट समाज जापानले हार्दिक कृतज्ञता प्रकट गरेको छ। बागलुङ जिल्लाको बिहुँकोट–६, पौवाडाँडास्थित श्री परमेश्वर राम मन्दिर परिसरमा जन्मनु भएका स्वामीजी नेपाली योग, तान्त्रिक साधना र आध्यात्मिक जागरणको एक उज्यालो नाम हुनुहुन्थ्यो। २०५३ सालमा ब्रह्मलीन...

जापानमा ठूलो मात्रा न्यूनतम पारिश्रमिक वृद्धि गर्न श्रमिक संगठनको माग,श्रम मन्त्रालयमा औपचारिक अनुरोध

टोकियो/जापान। जापानको श्रमिक संगठन रेनगोले मूल्यवृद्धिका कारण श्रमिकहरूको जीवन झनै कठिन बन्दै गइरहेको भन्दै, न्यूनतम पारिश्रमिकमा ठूलो मात्रामा वृद्धि गर्न र त्यसका लागि आवश्यक वातावरण तयार गर्न आग्रह गर्दै स्वास्थ्य श्रम मन्त्रालय समक्ष औपचारिक अनुरोध पेश गरेको छ। रेन्गोले चालु आर्थिक वर्षको न्यूनतम पारिश्रमिकसम्बन्धी राष्ट्रिय सल्लाहकार समितिमा छलफल सुरु हुनु अघि यस्तो आग्रह गरेको हो। रेनगोका कार्यालय प्रमुख शिमिजु ले...

अर्घाखाँची समाज जापान चुबु क्षेत्रीय समिति नागोयाको अध्यक्षमा मनोज खनाल चयन

टोकियो/जापान।  जापान अर्घाखाँची समाज जापानको नागोया क्षेत्रीय समितिको प्रथम अधिवेशन, गत आईतबार नागोयामा सम्पन्न भएको छ । अधिवेशनले मनोज खनालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा अनिल पौडेल र निमानन्द आचार्य चयन भएका छन् । त्यसैगरि सचिवमा सविता पन्थी सह-सचिवमा माधव खत्री कोषाध्यक्ष मनोज पौडेल सदस्यहरु कृष्ण भुसाल कोपिला पन्न्थी पशुपति पाण्डे चयन भएका छन् । क्षेत्रिय...

जापानको राजधानी टोकियोमा २ वर्षयताकै उच्च महंगी

टोकियो/ जापान । टोकियोमा मे महिनामा आधारभूत उपभोक्ता मूल्य गत वर्षको सोही अवधिको तुलनामा ३.६ प्रतिशतले वृद्धि भएको छ। यो दर पछिल्ला २ वर्षयताकै उच्चतम हो भन्ने सरकारी तथ्यांकले देखाएको छ। खासगरी चामलको मूल्यमा तीव्र वृद्धि हुँदा यो दर उच्च भएको हो। टोकियोको कोर उपभोक्ता मूल्य सूचकांकमा ताजा फलफूल तथा तरकारीजस्ता अस्थिर वस्तुहरू समेटिँदैन। जनवरी २०२३ मा यो सूचकाङ्क ४.३...

जापानको कान्तो क्षेत्रमा चेतावनी तहको भीषण वर्षाको सम्भावना

टोकियो/जापान। ३० तारिखका दिन कान्तो क्षेत्रमा चेतावनी दिनुपर्ने तह को भीषण वर्षा हुने प्रबल सम्भावना रहेको छ। विशेष गरी बिहानको कार्यालय तथा विद्यालय जाने व्यस्त समयमा वर्षाको मात्रा चरम बिन्दुमा पुग्ने पूर्वानुमान गरिएको छ, जसका कारण जनजीवन र यातायातमा ठूलो असर पर्न सक्ने भएकाले विशेष सतर्कता अपनाउन आवश्यक छ। भारी वर्षा गराउन सक्रिय वर्षा बादलहरू हाल प्रशान्त महासागर तटीय क्षेत्र...

जापानले यसै आर्थिक वर्षभित्र मिसाईल आक्रमण भएमा आश्रय लिने स्थानहरु सुनिश्चित गर्ने मार्गनिर्देशन कार्यन्वयन गर्ने

टोकियो-जापान। जापान सरकारले पहिलो पटक देशभरका भूमिगत संरचनाहरूको सर्वेक्षण सम्पन्न गरेको छ, जसको उद्देश्य मिसाईल आक्रमण भएमा नागरिकहरूको संरक्षणका लागि सम्भावित आश्रयस्थलहरू पहिचान गर्नु हो। सर्वेक्षण अनुसार, जापानभर आपतकालीन अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्न सकिने क्षेत्रफल अहिलेको तुलनामा झण्डै दोब्बर बनाउन सकिने देखिएको छ। यस्ता आश्रयस्थलहरू केही घण्टाको लागि मात्र प्रयोग हुने उद्देश्यले बनाइन्छन्। चालु आर्थिक वर्षभित्र सरकार यस्तो आश्रयस्थलहरू सुनिश्चित...

जापानमा जुन महिनाको पहिलो सातामै चामलको मूल्य आधा घट्ने,प्रतिवद्धा अनुसार नतिजा दिने कृषि मन्त्रीको भनाई

टोकियो/जापान। जापानका कृषिमन्त्री शिन्जिरो कोइजुमीले सोमबार घोषणा गर्दै आगामी जूनको सुरुमै उपभोक्ताले सुपरमार्केटमा आधा मूल्यमा चामल किन्न सक्ने जानकारी दिएका छन्। सरकारले चामलको मूल्य घटाउन ३ लाख मेट्रिक टन सञ्चित चामल खुद्रा व्यापारीहरूलाई सिधै बिक्री गर्ने योजना सार्वजनिक गरेको हो। सरकारले सन् २०२२ मा उत्पादन भएको २ लाख टन र २०२१ को १ लाख टन चामल  ११,५५६ येनमा  ६० किलोको...

जापानमा, आगामी वर्षको मार्चमा सोचुग्योउ भई कम्पनी प्रवेश हुने विद्यार्थीहरुको लागि अबको चुनौती तथा अवसरहरु

यतिबेला जापानमा अध्ययनरत २०२६ मार्च महिनामा दाईगाकु तथा सेन्मोन गाक्को सोचुग्योउ (Graduate)हुने विद्यार्थीहरु स्युउस्योकुको लागि कम्पनी खोज्ने तयारीमा रहेका छन। यिनै कुराहरुलाई मध्यनजर गर्दै भाषा ,सीप तथा सम्बन्धित विषयको क्षेत्रमा क्षमतावान र योग्य विदेशी विद्यार्थीहरुलाई आफ्नो कम्पनीमा राख्नको लागि विभिन्न कम्पनीहरुले अब विस्तारै सेचुमेखाइ(Seminar) कक्षाहरु सन्चालन गर्नेछन ।त्यसैले गाक्कोमा कम्पनीहरुबाट आउने सुचना तथा जानाकारीसँग अपडेट हुँदै अघि बढ्नु पर्दछ।सेचुमेईखाई...