टोकियोमा विशेष ठगीको घट्ना बढ्दै, प्रहरी अधिकारीको नाउँमा ८३ अर्ब येनभन्दा बढीको क्षति

टोकियो/जापान । टोकियो महानगर प्रहरीले सन् सन २०२५ को मे महिनाको अन्त्यसम्मको विशेष ठगी सम्बन्धी विवरण सार्वजनिक गर्दै यस वर्ष अघिल्लो वर्षको तुलनामा घटनाको संख्या र आर्थिक क्षति दुवै उल्लेखनीय रूपमा बढेको जानकारी दिएको छ। प्रहरीका अनुसार, प्रहरी अधिकारीको नाउँमा गरिएको ठगी सबैभन्दा गम्भीर समस्या बनेको छ। यस्तो किसिमको ठगीबाट मात्र ८३ अर्ब ४० करोड येनभन्दा बढीको क्षति भएको जनाइएको...

जापानमा लसोन संचालनको ५० वर्ष पुग्यो, जापानभर १४ हजार ६ सय ५८ पसल संचालनमा

टोकियो/जापान। सन् १९७५ को जुन महिनामा ओसाका प्रिफेक्चरको तोयोनाकामा पहिलोपटक पसल सञ्चालनमा ल्याएको लसोनले हाल ५० वर्षे यात्रा पूरा गरेको छ। टोकियोमा मुख्यालय रहेको लसोन कम्पनी आज जापानभित्र १४ हजार ६ सय ५८ वटा तथा विदेशमा ७ हजार ५ सय ४८ वटा स्टोर सञ्चालन गरिरहेको छ। लसोनका अध्यक्ष तथा सीईओ सादानोबु ताकेमासुले पहिलो पसलमै आयोजना गरिएको एक विशेष समारोहमा भने,...

जापानमा धान रोपाइँ – परम्परा, प्रविधि र प्रकृतिसँगको सह अस्तित्व

हामी सबैलाई थाह छ कि, जापान प्रविधि विकासमा निकै ठूलो फड्को मारेको मुलुक हो। यद्यपी,जापानको एउटा विशेषता भनेकै- प्रविधिसँगै परम्परालाई जोगाउँदै अघि बढ्नु हो। सहरको व्यस्त जीवनशैलीसँगै गाउँको परिश्रम, प्रकृतिको लय र कृषिको कदर आज पनि यहाँको मूख्य आकर्षणको रुपमा रहेको छ।जापानको यस्तै एक मौसमी परम्परा हो – धान रोपाइँ (田植え – ताउए), जुन प्रत्येक वर्ष मे महिनाको अन्त्यदेखि...

जुन २१ तारिख तोचिगीमा प्रथम नेपाल फेस्टिवल आयोजना गरिने

तोचिगी/जापान। “नेपाल जापान मित्रताको सम्मान,भाषा कला सँस्कृतिको आदान प्रदान” भन्ने मूल नाराका साथ तोचिगीमा पहिलो पटक नेपाल फेस्टिवल आयोजना गरिने भएको छ। जापान लगायत जापानमा रहेका अन्तर्राष्ट्रीय  समुदायमा नेपाली भाषा,कला,सँस्कार सँस्कृति,रितिरिवाज,खानपान र भेषभुषाको प्रचार प्रसार गरी देशको पर्यटन  प्रवर्द्धनमा टेवा पुर्याउनुका साथै जापान संगको नेपालको सम्बन्ध थप प्रगाढ बनाउनका लागि उचुनोमियाको एकी स्थीत लाइटक्युवमा प्रथम नेपाल फेस्टिबलको आयोजन गर्न लागिएको...

सफ्टबैंक प्रयोगकर्ताहरु सतर्क रहौँ, १ लाख ४० हजार जनाको व्यक्तिगत जानकारी चुहावट भएको आशंका

टोकियो/जापान । जापानको मूख्य मोबाईल सेवा प्रदायक कम्पनी मध्येको एक सफ्टबैंकले जुन ११ तारिखमा घोषणा गरे अनुसार मोबाइल फोन सेवा ब्रान्ड “सफ्टबैंक” र “वाईमोबाइल” का करिब १ लाख ४० हजार ग्राहकहरूको नाम, ठेगाना लगायतका व्यक्तिगत विवरण चुहिएको आशंका गरिएको छ। व्यक्तिगत ग्राहकलाई लक्षित गरी टेलिफोनमार्फत गरिने बिक्री प्रवर्द्धनको कामका लागि जिम्मा दिइएको एक कम्पनीमा, त्यस कम्पनीसँग सम्बन्धित एक पूर्वकर्मचारीले...

जापानी मन्दिरका मौन रक्षक : कोमाइनु (狛犬)

जापानी शिन्तो संस्कृति र मन्दिर वास्तुकलामा एउटा विशिष्ट मूर्ति देख्न पाइन्छ  जसको नाम कोमाइनु (狛犬) हो । जो, सिंह र कुकुरको संयोजन जस्तो  देखिन्छ । यस्ता मूर्तिहरू मन्दिरको प्रवेशद्वारमा जोडीमा राखिन्छन् र मन्दिरको प्रवेशद्वारमा उभिएर उक्त मन्दिर रक्षा गर्ने प्रतीकको रुपम मानिन्छन्। कोमाइनुका दुई मूर्तिमध्ये एकको मुख खुल्ला हुन्छ र अर्काको बन्द — जसले “अ” र “उन्” ध्वनि जनाउँछ, अर्थात्...

टोकियोको कन्टेनर यार्डमा भेटियो खतरनाक विषालु कमिला, सतर्क रहन टोकियो महानगरको अनुरोध

टोकियो/जापान । टोकियो महानगरले जुन ९ तारिख दिएको जानकारी अनुसार, ओता नगरको चुअओ बोउतेई को कन्टेनर यार्डमा जुन ४ तारिख भेटिएको करिब ६० वटा कमिला खतरनाक विषालु हिआरी (ヒアリ – Fire Ant) भएको पुष्टि भएको छ। हिआरी दक्षिण अमेरिकी मूलको विशेष प्रकारको घातक कमिला हो जसलाई जापान सरकारले ‘विशेष गैर-स्वदेशी प्रजाति’ मानेको छ। हिआरीले टोकेपछि शरीरमा “जलिरहेकोजस्तो पीडा” महसुस हुन्छ...

जापानको योकोहमामा दुई मिनीबाइक ठोक्किँदा एक जनाको मृत्यु, घटनामा नेपाली युवती पक्राउ

टोकियो/जापान। ८ तारिख बिहान १:४५ बजे, योकोहामा सिटीको मिदोरी वार्ड अन्तर्गत कामोई २ चोमे क्षेत्रमा पर्ने एक सहरको सडकमा , योकोहामाको कानागावा वार्डमा बसोबास गर्ने ६६ वर्षीय पुरुषको मिनिबाईक पत्रिका वितरणकर्मीको मिनीबाइक आपसमा ठोक्किएका थिए। घाइते भएका पुरुषलाई अस्पताल लगिएको थियो, यद्यपी उनलाई अस्पतालले मृत घोषणा गरिदिएको थियो। सोहि घटनामा नेपाली युवती पक्राउ परेको बताईएको छ। त्यस घटनापछि, मिदोरी प्रहरी...

जापान सरकारद्वारा थप २ लाख टन चामल सञ्चित भण्डारबाट बजारमा पठाइने

टोकियो/जापान। जापान सरकारले चामलको उच्च मूल्य नियन्त्रण गर्नका लागि आफ्ना सञ्चित भण्डारबाट थप २ लाख टन चामल प्रत्यक्ष रूपमा खुद्रा विक्रेताहरूसँग सम्झौता गरेर बजारमा ल्याउने योजना बनाएको छ। कृषि मन्त्री शिन्जिरो कोइजुमीले मङ्गलबार उक्त जानकारी दिएका हुन् । यो चामल सन् २०२० र २०२१ को बालीबाट सङ्कलन गरिएका गरी १-१ लाख टन हुनेछ। कोइजुमीका अनुसार २०२० को चामल खुद्रा पसलहरूमा...

लुटपाटको अभियोगमा जापानको साइतामा भारतीय तथा नेपाली नागरिकहरु पक्राउ

साईतामा/जापान। जापानको साईतामा अनुहारमा मसला दलेर ७८  लाख येन बराबरको लुटपाटको अभियोगमा चार जना भारतीय तथा नेपाली नागरिक पक्राउ परेको जापानी संचार माध्यमहरुले खबर प्रकाशन गरेका छन् । साईतामा प्रहरीको अनुसन्धान विभागले जुन ९ तारिख सार्वजनिक गरेको विवरणअनुसार, लुटपाट तथा शारीरिक क्षति पुर्‍याएको अभियोगमा इबाराकी प्रिफेक्चर , युकी शहर निवासी ३१ वर्षीय  शर्मा अमन सहितका भारतीय नागरिक र नेपाली गरि...