जापानमा महँगी दुई वर्षयताकै उच्च विन्दुमा

टोकियो/जापान। प्रधानमन्त्री शिगेरु ईशिबा आगामी ग्रीष्मकालीन निर्वाचनको तयारीमा जुटिरहँदा जापानको उपभोक्ता मूल्य वृद्धिदर (महँगी) पछिल्ला दुई वर्षयताकै उच्च विन्दुमा पुगेको छ। मुलुकको मुद्रास्फीति दर अनुमानभन्दा बढी तीव्र गतिमा बढेको देखिएको छ, जसले बैंक अफ जापानलाई मूल्य स्थायित्वको रणनीतिमा पुनर्विचार गर्न बाध्य पार्न सक्छ। शुक्रबार सार्वजनिक गरिएको जापानको आन्तरिक मामिला मन्त्रालयको विवरणअनुसार, ताजा खाद्य वस्तुहरू बाहेकको उपभोक्ता मूल्य गत वर्षको मे...

क्योटो नेपाली कम्युनिटीको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा नरेश ओली चयन

क्योटो/जापान । जापानको क्योटोमा रहेका नेपालीहरूद्वारा स्थापित ‘क्योटो नेपाली कम्युनिटी’को प्रथम अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले सन्(२०२५–२०२७)कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गरेको छ। नयाँ कार्यसमितिको अध्यक्षमा नरेश ओली, वरिष्ठ उपाध्यक्षमा शंकर भुसाल तथा उपाध्यक्षहरूमा राम भक्त सापकोटा, गोबिन्द सापकोटा, गोपाल खत्री, लालसा सापकोटा र धिरेन्द्र बहादुर शाही चयन भएका छन् । सचिवमा सुबिन न्यौपाने, सह–सचिवहरूमा कपिल आचार्य र बिमल गैरे...

स्वामी श्री राजेश्वरानन्द जी जापान आगमन हुँदै ,नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम तय

टोकियो/जापान। “सेवा परमो धर्म”भन्ने जीवन मन्त्रका सशक्त वाहक स्वामी श्री राजेश्वरानन्द जी महाराज भारतको नयाँ दिल्लीबाट जापान आउन लाग्नुभएको छ। सेवा, प्रेम, दया, त्याग र शान्तिको सन्देश फैलाउने उद्देश्यले उहाँ शनिबार (जुन २१) टोकियोस्थित हानेदा विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ। मानवता र सनातन धर्मका सन्देशवाहक महाराज श्रीले भारतका विभिन्न राज्यहरूमा आश्रम, मन्दिर तथा समाजसेवा केन्द्रहरू सञ्चालन गर्दै आउनुभएको छ।...

४० भन्दा बढि साइकल चोरेपछि जापानको निगातामा ५१ वर्षीय व्यक्ति पक्राउ

टोकियो/ जापान । जापानको निगाता प्रिफेक्चरको निगाता सिटीमा घटेको एक अनौठो घटनाले धेरैको ध्यान खिचेको छ। ५१ वर्षीय एक व्यक्तिलाई साइकल चोरीको आरोपमा पक्राउ गरिएको छ। उनले पछिल्ला चार वर्षको अवधिमा ४२ वटा साइकल चोरेको स्वीकार गरेका छन्। कारण के भने? “म आफैँले चाहेजस्तो परफेक्ट साइकल बनाउने सोचमा थिएँ,” उनले प्रहरीलाई भनेका छन्। गत एप्रिल २ तारिखमा एक सामान्य सडक...

जापानमा चामलको औसत मूल्य लगातार चौथो हप्ता पनि घट्यो,तपाईको तिर ५ किलोको मूल्य कति छ ?

टोकियो/जापान। जापानको कृषि, वन तथा मत्स्य मन्त्रालयले जुन १९ तारिख देशभर बिक्री हुने चामलको औसत मूल्यसम्बन्धी नयाँ तथ्यांक सार्वजनिक गरेको छ। यो डेटा पहिलेजस्तो २ हप्ता पुरानो नभई, १ हप्ता अघिको हो र निजी क्षेत्रबाट संकलन गरिएको हो। नयाँ तथ्यांक अनुसार, जुन १५ तारिखसम्मको एक हप्ताको अवधिमा देशभरका करिब ६ हजार स्टोर (सुपरमार्केट, होम सेन्टर र ड्रगस्टोरहरू) मा चामलको औसत...

तपाई पनि किन्ने कि ? जापानमा ७ हजार डलरको एक सिटे विद्युतीय कारको आकर्षण उच्च

जापान। हिरोशिमाको ग्रामीण उपनगरमा रहेको जापानी स्टार्टअपले जापानको विद्युतीय सवारी साधन बजारलाई नयाँ जीवन दिनको लागि एकदमै सानो र सस्तो कार तयार पारेको छ। केजी मोटर्स(KG Motors)नामक कम्पनीले उत्पादन गरेको यो कार एक सिटको ब्याट्रीबाट चल्ने विद्युतीय सवारी हो, जुन आधुनिक कारभन्दा बढी भविष्यको गोल्फ कार्टजस्तो देखिन्छ। तर, यसको आकर्षण यति बढी छ कि कम्पनीले सन् २०२७ मार्चसम्म डेलिभरी गर्ने...

बागलुङ समाज जापान, कान्साई क्षेत्रीय समितिको प्रथम अधिवेशन सर्वसम्मत रुपमा कार्यसमिति चयन

ओसाका/जापान। बागलुङ समाज जापान, कान्साई क्षेत्रीय समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ। गत  सोमबार ओसाकको तेन्नोजीस्थित बाँसुरी रेस्टुरेन्टमा आयोजित अधिवेशनले सर्बसम्मतरुपमा  कार्यसमिति चयन गरेको छ। नवगठित कार्यसमितिमा संयोजकको रूपमा बेद प्रसाद कँडेल चयन भएका छन्  भने राम थापा (नारायण), सुजन शर्मा, र जीवन घर्ती उपसंयोजक पदमा चयन भएका छन् । त्यसैगरि अन्य पदाधिकारीहरुमा कुशल बोहोरा सचिव तथा दिनेश पौडेल सह-सचिव...

जापानभरि तापक्रम वृद्धि, कतिपय ठाउँमा अत्यधिक गर्मीको सम्भावना,हीटस्ट्रोक बाट जोगिने उपाय अप्नाउन आग्रह

टोकियो/जापान। १७ तारिख जापानको पूर्वी क्षेत्र केन्द्रित भएर अत्यधिक गर्मी भयो। आज १८ तारिख पनि जापानको उत्तरदेखि पश्चिम क्षेत्रसम्म धेरैजसो स्थानमा तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने पूर्वानुमान गरिएको छ। यसैले हीटस्ट्रोकबाट बच्न विशेष सतर्कता अपनाउन आह्वान गरिएको छ। १७ तारिख, यामानाशीको कोफु शहरमा ३८.२ डिग्रीगुम्मा गुन्माको ताकासाकी शहरमा ३७.७ डिग्री, शिजुओका शहरमा ३७.६ डिग्री तापक्रम कायम भएको थियो भने...

जापानको यामागातामा २०० किलो चेरी चोरिए, करिब १० लाख येनको क्षति

यामागाता/जापान। जापानको उत्तरपूर्वी क्षेत्रमा पर्ने यामागाता प्रिफेक्चरको एक बगैंचाबाट करिब २०० किलो प्रिमियम चेरी चोरी भएको प्रहरीले बताएको । प्रहरीका अनुसार चोरी गरिएका चेरीहरूको अनुमानित मूल्य करिब १० लाख येन रहेको छ॥ यामागाता प्रिफेक्चुरल प्रहरीले जनाए अनुसार, कामिनोयामा सहरमा रहेको उक्त बगैंचामा कुल ६७ वटा चेरीका बोटहरू थिए। तीमध्ये लोकप्रिय ‘सातो निशिकी’ प्रजातिका करिब ५० वटा बोटका फलहरू मात्र चोरी...

जापानका सुपरमार्केटमा चामलको मूल्य लगातार तेस्रो हप्ता घट्यो, अघिल्लो साताभन्दा ४८ येन सस्तो

टोकियो/जापान। जापानभरिका सुपरमार्केटहरूमा जुन ८ तारिखसम्मको एक सातामा बिक्री भएको चामलको औसत मूल्य ५ किलोको लागि करसहित ४,१७६ येन पुगेको छ। यो मूल्य अघिल्लो साताभन्दा ४८ येन कम हो । कृषि, वन तथा मत्स्य मन्त्रालयले देशभरका करिब १ हजा सुपरमार्केटमा बिक्री भएको चामलको मूल्य संकलन गरी साप्ताहिक रूपमा सार्वजनिक गर्ने गर्दछ।यसअनुसार जुन २ देखि ८ तारिखसम्मको एक हप्ताको अवधिमा चामलको...