दोलखा समाज जापानको समर पिकनिक बाबिक्यू कार्यक्रम सम्पन्न

ओसाका, जापान । दोलखा समाज जापान केन्द्रिय समितिले समर पिकनिक (बार्बिक्यू)कार्यक्रम गत आईतबार टोकियोमा सम्पन्न गरेको छ । जुनको २२ तारिख टोकियोको कासाई रिन्काई पार्कमा जापानमा रहेका दोलखाबासी तथा अन्य नेपालीहरुको सहभागितामा भव्य रुपमा कार्यक्रम सम्पन्न भएको समाजका अध्यक्ष संजिव पोखरेलले जानकारी दिनु भयो। दोलखालीहरु बीचमा भाईचाराको सम्बन्ध कायम राख्दै एक अर्कालाई जानकारी रहेको विषयमा सकेको सहयोग पुर्याउन तथा पारिवारिक...

गुरुङ समाज जापान कान्साई क्षेत्रीय समितिले बार्बेक्यु तथा भेटघाट कार्यक्रम आयोजना गर्ने

ओसाका/जापान। गुरुङ समाज जापानको कान्साई क्षेत्रीय समितिले आगामी जुलाई १३ तारिखका दिन पारिवारिक भेटघाट तथा बार्बेक्यु कार्यक्रम आयोजना गर्ने भएको छ। समाजका सचिव युना गुरुङका अनुसार प्रवासमा रहेका नेपालीबीच आपसी भाइचारा, सामाजिक सद्भाव र एकता मजबुत बनाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो। सचिव गुरुङले जानकारी दिँदै भने- “कान्साई क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्था, बुद्धिजीवी, समाजसेवी तथा सम्पूर्ण नेपाली समुदायबीच आत्मीयता...

जापानभर एकै सातामा ८ हजार ६०३ जना गर्मीका कारण अस्पताल भर्ना, एक हप्तामै १८ जनाको मृत्यु

टोकियो/जापान। जापानमा गर्मीका कारण अवस्था जटिल बन्दै गएको छ। अग्नि तथा प्रकोप व्यवस्थापन एजेन्सीका अनुसार जुन १६ देखि जुन २२ सम्मको एक हप्तामा देशभरि ८ हजार ६०३ जना मानिसहरुलाई गर्मीले निम्त्याउने लक्षण जस्तै हीटस्ट्रोकका कारण अस्पताल भर्ना गरिएको छ।यो संख्या अघिल्लो साताको तुलनामा नौ गुणा बढी हो। क्षेत्रगत विवरणअनुसार सबैभन्दा धेरै बिरामी टोकियोमा रहेका छन्, जहाँ ८९६ जना उपचारका लागि...

जापानमा बेन्तो पसलहरू धमाधम बन्द हुँदै, सन् २०२५ मा अझ धेरै संख्यामा टाट पल्टिने प्रक्षेपण

टोकियो/जापान। जापानको हालको आर्थिक संकट र बढ्दो मुद्रास्फीतिका कारण बेन्तो पसलहरू ठूलो कठिनाइमा परेका छन्। देशभर फैलिँदो स्थिर मुद्रास्फीतिको प्रभावले गर्दा साना व्यवसायहरू चलाउन झनै चुनौतीपूर्ण बन्दै गएको छ। तेइकोकु डाटाबैंकको हालैको प्रतिवेदन अनुसार सन् २०२५ को जनवरीदेखि मे महिनासम्म मात्र २२ वटा बेन्तो पसलहरू टाट पल्टिएका छन्। यो संख्या गत वर्षको सोही अवधिको तुलनामा बढी हो। सन् २०२४ मा...

थाह पाईराखौँ ! सन् २०२६ अप्रिलदेखि जापानमा साइकल चढ्दा नियम उल्लङ्घन गरेमा जरिवाना

टोकियो/जापान। जापानमा सन् २०२६ अप्रिलदेखि साइकल चढ्नेहरूको लागि नयाँ कडा नियम लागू हुने भएको छ। अब ट्राफिक नियम उल्लङ्घन गरेमा साइकल चालकले पनि कार चालकसरह ‘ निलो चिट’ पाउनेछन् र जरिवाना तिर्नुपर्नेछ। पैदलमार्गमा साइकल चलाउनेलाई ६ हजार येन जरिवाना लाग्नेछ। यो नियम लागू भएपछि टोकियो लगायतका सहरहरूमा धेरै साइकल यात्रीहरू चिन्तित देखिएका छन्। यस नियम अनुसार कसैले मोबाइल हेर्दै साइकल चलाएमा...

टोकियोमा दुई दिने तीज फेस्टिवल हुँदै

टोकियो/जापान। नेपाली महिलाहरुको  पर्व हरितालिका तीज को अवसर पारेर टोकियोको शिनओकुबोमा यस वर्ष दुई दिने तीज फेस्टिवल हुने भएको छ। जापानस्थित नेपाली समुदायको बाक्लो उपस्थिति रहने शिनओकुबो–ताकादानोबाबा स्टेशनको बीचमा रहेको चर्चित तोयामा पार्कमा आगामी अगष्ट २३ (शनिबार) र २४ (आइतबार) दुई दिन यो भव्य फेस्टिवल आयोजना गरिने आयोजकहरूले जनाएका छन्। साँस्कृतिक सद्भाव र सामाजिक सहभागितालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुन...

कर्णाली प्रदेश समाज जापान, कान्साईको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा कुमार झरेन्द्र कवर(अन्जन) निर्वाचित

ओसाका/जापान। कर्णाली प्रदेश समाज जापानको कान्साई क्षेत्रीय समितिको तेस्रो अधिवेशन भव्यरूपमा सम्पन्न भएको छ। अधिवेशनले झरेन्द्र कुमार कवर (अन्जन)लाई अध्यक्ष पदमा सर्वसम्मत रूपमा चयन गरेको छ। नव निर्वाचित कार्यसमितिको अध्यक्षमा – झरेन्द्र कुमार कवर (अन्जन),उपाध्यक्षहरूमा – अम्मर सेजुवाल, लोकमान पुन मगर, सुरक्षा शाही,सचिवमा – प्रकाश रसाइली (भावुक),सह-सचिवमा – गणेश सिं ठकुरी र तारा रावल, कोषाध्यक्षमा – नित्या खड्का ,सह-कोषाध्यक्षमा – शान्ति...

२९ तारिख धादिङ समाज जापानद्वारा बार्बेक्यु कार्यक्रम आयोजना गरिने

टोकियो/जापान। आगामी जुन २९ तारिख, एनपिओ होउजिन (NPO 法人) धादिङ समाज जापानले आपतकालिन राहत कोष निर्माणका लागि सहयोगस्वरूप बार्बेक्यु कार्यक्रम आयोजना गर्ने भएको छ। उक्त कार्यक्रम चिबा स्थित साकुरा चुचुमि पार्कमा हुने समाजले जानकारी दिएको छ। बिहान १० बजेबाट सुरु भई अपरान्ह ४ बजेसम्म सञ्चालन हुने कार्यक्रममार्फत जापानबासी नेपाली समुदायबीच आपसी भेटघाट र सहकार्यलाई प्रगाढ बनाउने अपेक्षा गरिएको छ। समाजका अध्यक्ष...

जापानको ओगासावारा टापु नजिकै यो वर्षको दोस्रो ताईफु सुरु

टोकियो/जापान । जापान मौसम विज्ञान एजेन्सीको अनुसार, यो वर्षको दोस्रो ताईफु (जापानमा हरेक वर्ष ताईफुको गणना गरि नाम राख्ने गरिन्छ )सोमबार बिहान ओगासावारा टापु नजिकैको समुद्री क्षेत्रमा विकसित भएको छ। सोमबार बिहान ९ बजेतिर उक्त ताईफु ओगासावारा टापुको किनार नजिकै उत्तरपश्चिमतर्फ प्रतिघण्टा १५ किलोमिटरको गतिमा सर्दै थियो। यसको केन्द्रिय चाप १००४ हेक्टोपास्कल मापन गरिएको छ। ताईफु २, चिचिजिमा टापुको नजिक पुगिसकेपछि...

लमजुङ समाज जापानको अधिवेशन सम्पन्न,अध्यक्षमा नमस्ते गुरुङ सर्वसम्मत चयन

टोकियो/जापान।  लमजुङ समाज जापानको अधिवेशन सम्पन्न भएको छ। आइतबार टोकियोमा सम्पन्न अधिवेशनले लिल  गुरुङ (नमस्ते) लाई सर्वसम्मत रूपमा आगामी दुई वर्षका लागि समाजको अध्यक्षमा चयन गरेको छ। अधिवेशनले अध्यक्ष गुरुङको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। नवगठित कार्यसमितिको महासचिवमा महेन्द्र न्यौपाने चयन भएका छन् भने उपाध्यक्षहरुमा दामोदर धिताल, सोम गुरुङ र महिला उपाध्यक्षमा रूपी दूरा चयन भएकी छन्...