जापानका ठूला कन्विनिएंस स्टोरहरूले कफी लगायतका पेय पदार्थको मूल्य वृद्धि गर्दै

टोकियो/जापान। कच्चा पदार्थको मूल्यमा तीव्र वृद्धि र ढुवानी खर्च बढ्दै गएको कारण, ठूला कन्विनिएंस स्टोरहरूमा कफीको मूल्य पुनरावलोकन गर्ने क्रम तीव्र भएको छ। यससँगै पेय पदार्थको मूल्य बढाउने लहर विभिन्न कम्पनीहरूबीच बढ्दै गएको देखिन्छ। ठूला कन्विनिएंस स्टोर “लसन्” ले यो महिनाको १ तारिखदेखि स्टोरभित्र उपलब्ध गराइने केही कफी र काफे लात्तेको मूल्य औसतमा लगभग १० प्रतिशतले बढाएको छ।त्यसअन्तर्गत, आइस कफीको...

जुलाई ५ मा ठूलो विपद् आउने अफवाहले जापानमा ५ खर्ब ६० अर्ब येन बराबरको आर्थिक क्षति

टोकियो/ जापान । जुलाई ५ मा ठूलो भूकम्प वा प्राकृतिक विपद् आउँछ भन्ने हल्लाले जापानभरि त्रास फैलायो । हल्लाकै कारण फैलिएको त्रास अझै कायम छ। कुनै वैज्ञानिक प्रमाण नभएको यो अफवाहले जापानको पर्यटन क्षेत्रमा गम्भीर असर पारेको छ। चिन्ताजनक रूपमा, भ्रमका कारण जापानको पर्यटनबाट हुने आम्दानीमा ५ खर्ब ६० अर्ब येनभन्दा बढीको गिरावट भएको अनुमान गरिएको छ। यो अफवाह एकजना...

जापानमा तपाईको घरयासी खर्च कस्तो छ ? जापानीहरुले चाहीँ सन् २०२२ को गर्मी यताकै उच्च स्तरको खर्च गरेछन्

टोकियो/जापान।जापानका घरपरिवारहरूले मे महिनामा सन् २०२२ को गर्मी यताकै धेरै खर्च गरेका छन्। लगातारको महँगीका बाबजुद, यो खर्च वृद्धिले अमेरिकी भन्सार शुल्कले पारेको नकारात्मक असरबीच जापानी अर्थतन्त्रलाई केही राहत दिएको देखिएको छ। जापानको आन्तरिक मामिला मन्त्रालयका अनुसार, मूल्य समायोजनसहितको पारिवारिक खर्च गत वर्षको सोही महिनाको तुलनामा ४.७% ले बढेको छ।यो वृद्धिदर अर्थशास्त्रीहरूले अनुमान गरेको १.२% को औसत पूर्वानुमानभन्दा धेरै हो। मन्त्रालयका...

आज पनि जापानका विभिन्न क्षेत्रमा उच्च गर्मी हुने,हिटस्ट्रोकबाट बच्न सतर्कता अप्नाऔँ

टोकियो/जापान। लगातार अत्यधिक गर्मी भइरहेका बेला, आज जुलाई ६ तारिख पनि जापानको पश्चिमी र पूर्वी क्षेत्रहरूमा अधिकतम तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने सम्भावना रहेको छ। यसैले हिटस्ट्रोक(गर्मीबाट हुने बिरामी)बाट बच्न विशेष सावधानी अपनाउन मौसम विभागले आग्रह गरेको छ। जापान मौसम विभागका अनुसार ६ तारिखमा पनि पश्चिम जापान उच्च वायुमंडलीय दबाव प्रणालीको प्रभावमा आउनेछ, जसका कारण प्रायः क्षेत्रहरूमा आकाश सफा...

दक्षिण चाईना सागरमा आएको ताईफु ४ आउँदो हप्ता जापानको ओकिनावा, साकिशिमा टापुहरूसम्म पुग्ने सम्भावना

टोकियो/जापान। ५ तारिखको बिहान दक्षिण चाईना सागरमा ताईफु ४ उत्पन्न भएको छ। यो ताईफु आउँदो हप्ता जापानको ओकिनावा प्रिफेक्चर अन्तर्गत पर्ने साकिशिमा टापुहरूसम्म नजिकिन सक्ने खतरा रहेकोले मौसम विभागले आगामी जानकारीप्रति सतर्क रहन आग्रह गरेको छ। जापान मौसम विभागका अनुसार, ५ तारिख बिहान ३ बजे, दक्षिण चीन सागरमा रहेको एउटा उष्णकटिबन्धीय न्यूनचाप क्षेत्र ताईफुमा परिणत भएको हो। ताईफुको केन्द्रमा वायुचाप ९९६...

यस वर्ष पनि जापानमा तलब ५% भन्दा धेरैले वृद्धि ,तपाईको तलब पनि बढ्यो कि ?

टोकियो/जापान।जापानका प्रमुख कम्पनीहरूले यस वर्षको वसन्तकालीन तलब वार्तामा औसत ५.२५ प्रतिशत तलब वृद्धि गर्ने सहमति जनाएका छन्। यो दर लगातार दोस्रो वर्ष ५ प्रतिशतभन्दा माथि पुगेको हो। तर यो वृद्धिले चालू मुद्रास्फीतिलाई सम्हाल्न भने सकेको छैन। ५ हजारभन्दा बढी श्रमिक युनियनहरूको वार्ता नतिजा संकलन गर्दा, मासिक तलबमा औसत १६ हजार ३ सय ५६ वृद्धि भएको पाइएको छ। गत वर्ष पनि...

आज पनि जापानभर उच्च गर्मी ३५ डिग्रीभन्दा माथिको तापक्रमको पूर्वानुमान,हिटस्ट्रोकबाट बच्न सतर्कता अप्नाऔँ

टोकियो/जापान। आज जुलाई ४ तारिख पनि समग्र जापान संगै पश्चिम क्षेत्रमा उच्च गर्मीको अवस्था जारी रहने मौसम विभागले जनाएको छ। धेरै स्थानमा तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने सम्भावना रहेकाले, हिटस्ट्रोक बाट जोगिन कडा सतर्कता अपनाउन अनुरोध गरिएको छ। जापानको मौसम विभागका अनुसार, आज पनि पश्चिम जापान क्षेत्र उच्च चाप प्रणालीको प्रभावमा रही मौसम सफा रहनेछ र तापक्रम अझै बढ्नेछ। मुख्य...

जापानमा जुलाई महिनामा पनि खाद्य सामग्रीमा मूल्यवृद्धि, २ हजार १ सयभन्दा बढी वस्तुहरू प्रभावित, अघिल्लो वर्षको सोही महिनाको तुलनामा पाँच गुणा वृद्धि

टोकियो/जापान। जापानमा जुलाई महिनामा मूल्यवृद्धि हुने तय भएका खाद्य सामग्रीहरू २ हजार १ सय ५ वटा भन्दा बढी पुगेका छन्। यो संख्या अघिल्लो वर्षको यही महिनामा मूल्य बढेका वस्तुहरूको तुलनामा पाँच गुणा धेरै हो। निजी अनुसन्धान संस्था “तेइकोकु डाटा बैंक” का अनुसार, गत वर्ष जुलाई महिनामा मूल्य बढेका वस्तुहरूको संख्या ४ सय १८ वटा थियो भने यो वर्षको जुलाई महिनामा...

जापानमा आज व्यापक रुपमा उच्च गर्मी, कान्तोदेखि पश्चिम क्षेत्रसम्म ३५ डिग्रीभन्दा माथि तापक्रम पुग्ने, सतर्क रहन आग्रह

टोकियो/जापान। जापानभरि आज शनिबार व्यापक रुपमा अत्यधिक गर्मी बढिने मौसमी पूर्वानुमान रहेको छ।मौसम विभागका अनुसार, जापानको धेरैजसो क्षेत्रमा आजको तापक्रम बिहानदेखिनै सामान्य भन्दा धेरै माथि पुग्दै गृष्मकालीन मौसम जस्तै अवस्था देखिएको छ। कान्तो क्षेत्रदेखि पश्चिम जापानसम्मका विभिन्न सहरहरूमा तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने क्रम जारी छ। आज कोफु शहरमा ३६ डिग्री, नागोया र यामागुचीमा ३५ डिग्री तापक्रम पुग्ने अनुमान...

जापानमा कामसम्बन्धी मानसिक रोगका घटना लगातार छैटौं वर्ष उच्च स्तरमा पुग्यो

टोकियो/जापान। जापानमा काम सम्बन्धी मानसिक रोगका घटनाहरू आर्थिक वर्ष सन २०२४ मा १ हजार ५५ पुगेका छन्। यो संख्या अघिल्लो वर्षको तुलनामा १७२ ले बढी हो। लगातार छैटौं वर्ष यो संख्या नयाँ रेकर्ड बनेको जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले जनाएको छ। यो अवधिमा मानसिक रोगका कारण आत्महत्या वा आत्महत्याको प्रयास सम्बन्धी ८८ घटना दर्ता भएका छन्। यो अघिल्लो वर्षभन्दा...