जापानको जीवनस्तर सूचकांक १५ वर्षयताकै खराब

टोकियो/जापान। जापानमा जीवनयापन अवस्था गत वर्षको तुलनामा सहज भएको सोच्ने जनसंख्याको अनुपात विगत १५ वर्षयताकै न्यूनतम स्तरमा झरेको छ। बैंक अफ जापानले सार्वजनिक गरेको जुन महिनाको त्रैमासिक सर्वेक्षणले यस्तो देखाएको हो। सर्वेक्षणअनुसार “लिभिङ कन्डिसन डिफ्युजन इन्डेक्स” (जसले गत वर्षको तुलनामा जीवनयापन अवस्था सुधारिएको भन्ने उत्तर दिनेहरूको प्रतिशतबाट खराब भएको भन्नेहरूको प्रतिशत घटाएर निकालिन्छ )माइनस ५७.२ मा पुगेको छ। यो सन्...

मुद्रास्फीतिका कारण जापानमा केहि कम्पनीहरुमा वर्षमा दुई पटक तलब वृद्धि, कर्मचारी आकर्षणमा जोड

टोकियो / जापान । जापानमा पछिल्ला महिनाहरूदेखि बढ्दो मुद्रास्फीतिका कारण विभिन्न कम्पनीहरूले आफ्ना कर्मचारीको तलब वर्षमा दुई पटक बढाउने नीति ल्याउन थालेका छन्। यो कदम कर्मचारीको जीवनस्तर सुधार गर्नुका साथै नयाँ जनशक्ति आकर्षण गर्ने उद्देश्यसहित लिइएको हो। जापानको प्रमुख इलेक्ट्रोनिक्स रिटेल कम्पनी नोजिमाले यो आर्थिक वर्षदेखि आधारभूत तलव (基本給) मा वर्षमा दुई पटक वृद्धि गर्ने निर्णय गरेको छ।यसअन्तर्गत आगामी सेप्टेम्बर...

ओसाका एक्सपोमा ३ महिनामा १ करोडभन्दा बढी दर्शक पुगे , शनिबार एकैदिन १ लाख ६४ हजारको उपस्थिति

ओसाका/जापान । सन् २०२५ को ओसाका-कान्साई विश्व प्रदर्शनी (एक्सपो) सुरु भएको तीन महिना पूरा हुँदा सम्ममा झण्डै १ करोड ८ हजार सर्वसाधारण दर्शकले एक्सपोको अवलोकन गरिसकेका छन्। गत अप्रिल १३ मा उद्घाटन भएको यो एक्सपोमा शनिबार (जुलाई १२) को दिन मात्रै १ लाख ६४ हजार जनाले अवलोकन गरेका थिए, जुन दैनिक हिसाबमा अहिलेसम्मको तेस्रो ठूलो उपस्थिति हो। शनिबार जापानी आत्मरक्षा...

धादिङ समाज जापान क्षेत्रीय समिति नागोयाद्वारा आयोजित आपत्कालीन राहतकोष सहयोगार्थ बार्बेक्यु कार्यक्रम सम्पन्न

नागोया/जापान। धादिङ समाज जापान क्षेत्रीय समितिद्वारा नागोयाद्वारा आयोजित आपत्कालीन राहतकोष सहयोगार्थ बार्बेक्यु (BBQ) कार्यक्रम सम्पन्न भएको छ। समाजले जनाए अनुसार कार्यक्रम जापानको नागोयामा आज १२ जुलाईका दिन भव्य रूपमा सम्पन्न भएको हो । कार्यक्रममा केन्द्रीय अध्यक्ष विमल श्रेष्ठ, महासचिव सुशान्त बानियाँ तथा संस्थाका संरक्षक लगायतका विभिन्न पदाधिकारीहरू तथा जापानको नागोया र त्यस वरपर क्षेत्रका धादिङेलीहरू सक्रिय रूपले सहभागी भएका थिए। कार्यक्रममा...

जापानका सबै प्रिफेक्चरमा न्यूनतम तलब प्रतिघण्टा १,००० येनभन्दा माथि पुग्ने संकेत,सन २०३० अघिनै प्रतिघण्टा १,५०० येन पुर्याउने लक्ष

टोकियो/जापान। सन् २०२५ अक्टोबरदेखि लागू हुने न्यूनतम तलबको सन्दर्भमा जापानको श्रममन्त्रीको सल्लाहकार संस्था केन्द्रीय न्यूनतम तलब परामर्श परिषदले जुलाई ११ मा न्युनतम तलवबारे छलफल सुरु गरेको छ। गत वर्ष यो परिषद्ले इतिहासमै सबैभन्दा ठूलो दर ५१ येन (५.१%) ले न्यूनतम तलब वृद्धि गर्ने सिफारिस गरेको थियो, जसअनुसार अहिले देशको औसत न्यूनतम तलब १०५५ येन पुगेको छ। यस वर्षको वसन्तकालीन मजदुर...

जापानको खागोसिमास्थित तोशिमा गाउँ क्षेत्रमा १ हजार ८ सयभन्दा बढी पटक भूकम्पको झट्का, मौसम विभागद्वारा उच्च सतर्कताको आह्वान

खागोसिमा/जापान। जापानको खागोसिमा प्रिफेक्चर अन्तर्गत पर्ने तोशिमामुरा क्षेत्रमा पछिल्ला दिनहरूमा भूकम्प गतिविधि अत्यन्तै सक्रिय देखिएको छ। तोकारा आईल्याण्ड नजिकको समुद्री क्षेत्रमा भूकम्पको आवृत्ति तीव्र बन्दै गइरहेका बेला, हालसम्म १ हजार ८ सय ६१ पटक भूकम्प मापन स्केल १ वा सोभन्दा माथिको झट्का मापन गरिएको जापानको मौसम विभाग ले जानकारी दिएको छ। तोकारा क्षेत्र अन्तर्गतको आकुसेकिजिमा तथा कोताकराजिमा आसपास गएको जुन...

जापानको फुजी पर्वत आरोहणका लागि शिजुओकातर्फका अन्तिम ३ पदमार्ग पनि खुले, सबै आरोहीबाट ४ हजार येन शुल्क

शिजुओका/ जापान । जापानको अग्लो शिखर फुजी पर्वतको यो वर्षको पूर्ण आरोहण सिजन बिहीबारदेखि सुरु भएको छ, शिजुओका प्रिफेक्चरको तीनवटै पदमार्ग (फुजिनोमिया, गोतेनबा र सुबासिरी) औपचारिक रूपमा खुलेका छन्। यससँगै ती मार्ग प्रयोग गर्ने सबै आरोहीबाट प्रति व्यक्ति ४ हजार येन शुल्क लिइने भएको छ। यसअघि जुलाई १ मा यामानाशी प्रिफेक्चरको सबैभन्दा लोकप्रिय योशिदा पदमार्ग खुलेको थियो। दुबै प्रिफेक्चरले बुलेट...

पर्वत समाज जापानको आठौँ अधिवेशन सम्पन्न, अध्यक्षमा राम प्रसाद बास्तोला चयन

टोकियो/जापान। पर्वत समाज जापानको आठौं अधिवेशन यहि जुलाई ८ तारिख टोकियोमा सम्पन्न भएको छ। अधिवेशनबाट राम प्रसाद बास्तोला नयाँ कार्यकालका लागि अध्यक्ष पदमा चयन भएका छन्। नयाँ कार्यसमितिको – वरिष्ठ उपाध्यक्षमा मूक्तिराज रेग्मी चयन भएका छन् भने उपाध्यक्षहरूमा जीवन गुरुङ, अनिल पन्त, राजेन्द्र शर्मा, सुमन सुवेदी, अर्जुन तिवारी, रामकृष्ण शर्मा र रमेश राज जैसी रहेका छन्। महासचिवको जिम्मेवारी विमल न्यौपानेले पाएका...

दोलखा समाज जापानले १ करोडको कल्याणकारी अक्षय कोष स्थापना गर्ने

टोकियो/जापान । जापानमा रहेका दोलखा जिल्लाका नेपालीहरूको साझा संस्था दोलखा समाज जापानले आफ्नो सामाजिक दायित्व अझ मजबुत पार्ने उद्देश्यले १ करोड रकम बराबरको कल्याणकारी अक्षय कोष स्थापना गर्ने घोषणा गरेको छ। समाजको हालै सम्पन्न विशेष बैठकबाट सर्वसम्मत निर्णय गर्दै सो कोषमार्फत आर्थिक, सामाजिक तथा आपतकालीन अवस्थामा सहयोग पुर्‍याउने लक्ष्य लिइएको छ। कोष स्थापनासँगै दोलखाली समुदाय मात्र नभई जापानमा रहेका अन्य...

जापानमा निधन भएकी नेपाली महिला शर्मिला पाईजाको पार्थिव शरीर नेपाल पठाउन सहयोगको अपिल

टोकियो/जापान । जापानको इबाराकी प्रिफेक्चरको युकीसीमा बसोबास गर्दै आएकी नेपाली महिला शर्मिला पाईजाको दुखद निधन भएको छ। उहाँको पार्थिव शरीर नेपाल लैजानका लागि गैरआवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति, तोचिगीले आर्थिक सहयोगका लागि सार्वजनिक अपिल गरेको छ। बाग्लुङ जिल्ला, ढोरपाटन नगरपालिका-६ चामी दुवार स्थायी ठेगाना भई जापानमा रोजगारीरत भुवन बुढा मगरकी श्रीमती शर्मिला पाईजा गत जुन ३० तारिख नियमित गर्भजाँचका...