नक्कली जाईर्युकार्ड प्रकरणमा जापानमा दुई चिनियाँ नागरिक पक्राउ, १० हजारभन्दा बढी व्यक्तिगत डाटा फेला

टोकियो/जापान । जापानमा बसोबास गर्ने विदेशी नागरिकहरूलाई प्रदान गरिने जाईर्युकार्ड (बसोबास अनुमति पत्र) नक्कली बनाएको आरोपमा दुई जना चिनियाँ नागरिकहरूलाई टोकियो प्रहरीले पक्राउ गरेको छ। घटनासँग सम्बन्धित स्थानहरूबाट करिब १० हजारभन्दा बढी व्यक्तिगत डाटाहरू फेला परेका छन्, जसमा जापानी नागरिकको नाममा दर्ता भएका कागजातहरू समेत समावेश छन्। पक्राउ पर्नेमा ३५ वर्षीय तु जिङ च्याङ र ३६ वर्षीया ली लोंग रहेका...

चामलको मूल्य घटाउन सरकारले आपतकालीन भण्डार प्रयोग गरे पनि बजार मूल्य अहिलेसम्म उच्चै, कारण के हो?

टोकियो/जापान। जापान सरकारले राष्ट्रिय आपतकालीन चामल भण्डार प्रयोग गरेर मूल्य घटाउने प्रयास गरे पनि जापानको मुख्य खाद्यान्न चामलको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। पछिल्लो समयमा जापानमा ५ केजी चामलको औसत मूल्य ४,२२० येन पुगेको छ। यो लगातार १६ औं सातासम्म मूल्य वृद्धि हो र अघिल्लो वर्षको सोही अवधिको तुलनामा दोब्बरभन्दा बढी हो। सरकारले चामलको मूल्य घटाउने उद्देश्यले यस वर्ष मार्चको...

जापानमा आज बालदिवस, तर बच्चाहरूको संख्या ४४ वर्षदेखि लगातार घट्दै

टोकियो/जापान । मे ५ तारिख जापानमा आज बालदिवस “こどもの日” मनाइँदैछ। बालबालिकाको खुशी र भविष्यको कामना गर्दै मनाइने यो विशेष दिनमा, सरकारी तथ्यांकले भने चिन्ताजनक अवस्था देखाएको छ। देशभर १५ वर्षमुनिका बालबालिकाको संख्या १ करोड ३६ लाख ६० हजारमा झरेको छ, जुन गत वर्षको तुलनामा ३५ लाखले कम हो। यो गिरावट ४४ वर्षदेखि लगातार भइरहेको छ। आन्तरिक मामिला मन्त्रालयका अनुसार, बालबालिकाको...

जापानमा नर्सिङ केयरमा जनशक्ति अभाव, माग अनुसार सेवा प्रदान गर्न मुस्किल

टोकियो/जापान। जापानमा नर्सिङ केयर(介護)मा जनशक्ति अभाव प्रमुख समस्या बन्दै आएको  जापान केयर क्राफ्ट युनियनले जनाएको छ ।संघका अनुसार खासगरी होउमोनखाईगो(訪問介護 – होम भिसिट केयर) मा हेल्परको अभाव गम्भीर समस्या बन्दै गएको बताईएको छ। पछिल्लो सर्वेक्षणमा अधिकांश नर्सिङ केयर कम्पनीहरुमा जनशक्तिको कमीका कारण सेवाको अनुरोध अस्वीकार गर्नुपरेका देखिएको छ। नर्सिङ केयर कर्मचारी लगायतका व्यक्तिहरू मिलेर बनाइएको श्रमिक संघ “जापान केयर क्राफ्ट...

जापानको गुन्मा प्रिफेक्चरमा धाराको पानी पिएर १४ जना मानिसहरु बिरामी

गुन्मा, जापान । जापानको गुन्मा प्रिफेक्चरको कन्ना नगरले वितरण गरेको धाराको पानीका कारण अप्रिल महिनामा १४ जना बासिन्दा फुड प्वाइजनिङ (आहारजन्य विषाक्तता) बाट प्रभावित भएको खबर गुन्मा प्रिफेक्चरका अधिकारीहरूले सार्वजनिक गरेका छन्। प्रभावित हुनेमा १० पुरुष र ४ महिला रहेका छन्, जसमा ९ वर्षभन्दा कम उमेरका बालबालिकादेखि लिएर ८० वर्षसम्मका वृद्धवृद्धा छन्। उनीहरूमा देखिएका लक्षणहरूमा पखला लाग्ने, पेट दुख्ने तथा...

जापानमा यस वर्ष १४ हजारभन्दा धेरै खाद्य वस्तुहरूको मूल्य वृद्धि ,आम उपभोक्ता मारमा

टोकियो/जापान। सन् २०२५ को एक वर्षभित्र मूल्य वृद्धि हुने खाद्य वस्तुहरूको संख्या १४ हजारभन्दा बढी हुने अनुमान गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा पनि बढी हो। कच्चा पदार्थको मूल्य वृद्धिदेखि लिएर जनशक्ति अभावसम्मका कारणले विभिन्न खाद्य वस्तुहरूको मूल्यमा व्यापक वृद्धि भइरहेको छ। निजी अनुसन्धान संस्था तेइकोकु डेटा बैंकले जापानभरका प्रमुख १९५ वटा खाद्य उत्पादन कम्पनीहरूमाथि गरेको सर्वेक्षणअनुसार,यस महिनामा मात्रै ४७८...

धादिङ समाज जापानद्वारा आपतकालीन राहत कोष स्थापना गर्ने

टोकियो/जापान। जापानमा सक्रिय नेपाली संस्था ‘धादिङ समाज जापान’ले आपतकालीन अवस्थाहरूमा सहयोग गर्नका लागि विशेष राहत कोष स्थापनाको घोषणा गरेको छ। प्रारम्भिक चरणमा ६ लाख (६०万円) को राहत कोष खडा गरिने जानकारी समाजका अध्यक्ष बिमल श्रेष्ठले दिएका छन्। श्रेष्ठका अनुसार, भइपरी आउने प्राकृतिक विपत्ति, दुर्घटना वा आकस्मिक अवस्थाहरूमा बारम्बार चन्दा संकलन गर्नुपर्ने बाध्यताबाट मुक्त हुने उद्देश्यले यो राहत कोष स्थापनाको निर्णय...

जापानमा ४५ प्रतिशतभन्दा बढी पूर्णकालीन कर्मचारीहरुले ‘चुपचाप राजीनामा’ गर्ने एक सर्वेक्षण

टोकियो/जापान। जापानमा करिब ४५ प्रतिशत पूर्णकालीन कर्मचारीहरू ‘चुपचाप राजीनामा’ दिएर जागिर छाड्ने गरेको पछिल्लो एक सर्वेक्षणले देखाएको छ। यस्तो तथ्य रोजगारी मिलाउने कम्पनी माइएनाभी द्वारा गरिएको एक सर्वेक्षणमा देखाइएको हो । २० देखि ५९ वर्ष उमेर समूहका ३ हजार उत्तरदातामध्ये यो प्रवृत्ति युवापुस्तामा झन् प्रस्ट देखिएको छ । २० वर्ष उमेर समुहका कर्मचारीहरु मध्ये ४६.७ प्रतिशतले आफू ‘चुपचाप राजीनामा’ गर्ने...

‘यामीबाइतो’ बाट सावधान रहनुहोस्: जापानमा विदेशी र विद्यार्थीहरूलाई लक्षित गर्दै अवैधानिक पार्टटाइम कामहरू बढ्दो

टोकियो/जापान। जापान विश्वका सबैभन्दा सुरक्षित मुलुकहरूमा गनिन्छ, तर यहाँका सबै खालका जोखिम खुला रूपमा देखिंदैनन्। पछिल्ला वर्षहरूमा सामाजिक सञ्जालमा यस्ता पार्टटाइम कामहरू देखापर्न थालेका छन्, जसले “छिटो पैसा”, “अनुभव नचाहिने”, र “सजिलो काम” जस्ता लोभलाग्दा वाचा गर्छन्। यीमध्ये धेरैजसो यामीबाइतो (闇バイト) का रूपमा चिनिन्छन्, जसको अर्थ हुन्छ “डार्क पार्टटाइम जब”। देख्नमा सामान्य लाग्ने यी यामीबाइतोहरू वास्तवमा ठगी, गैरकानुनी कारोबार वा...

अनेसास जापानको आयोजनामा जापानमै पहिलोपटक समुन्द्रमाथि साहित्यिक यात्रा सम्पन्न

टोकियो/जापान। अनेसास जापानको ७४ औं नियमित साहित्यिक शृङ्खला अन्तर्गत समुन्द्रमाथि साहित्यिक यात्रा सम्पन्न भएको छ। कार्यक्रम यही अप्रिल २७ तारिख जापानको खानागावा प्रिफेक्चरको योकोसुका सहरदेखि नजिकको सारूसिमा टापुमा पुगेक सम्पन्न भएको थियो। योकोसुका शहरबाट पानी जहाजको छोटो यात्रापछि पुगिने उक्त टापुमा नेपाली साहित्यिक कार्यक्रम आयोजना गरेको यो जापानमै पहिलो पटक हो । संस्थाका अध्यक्ष अरुण पौडलको अध्यक्षतामा सुरु गरिएको कार्यक्रममा अनेसासका...